गौशाला न.पा.को विद्यालयको भवन निर्माणमा भ्रष्टचार (भिडियो सहित )

5 वर्ष पहिले प्रकाशित

(2078-02-07 B.S.)

2968 पटक देखिएको

ज्येष्ठ ७ ,गौशाला   

निरन्जन साह

गौशाला नगरपालिकाले लकडाउनमा पनि विकास निर्माणका कार्यहरु गरिरहेका छन् | तर लकडाउनको अवस्थामा भ्रष्टाचार पनि बढिरहेको छ | विद्यालयको भवन निर्माणमा हुनुपर्ने गुणस्तरीय छडको प्रयोग नभएर सडेगलेका छडहरुको प्रयोग गरेर गुणस्तरहीन भवन निर्माण गरिरहेको एक स्थानीयले गुनासो गरेका छन् |

श्री मा.वि.भेडियाही फुलकाहा-६ मा ८ कोठे सामुदायिक विद्यालय भवन गौशाला नगरपालिकाको योजनामा तयार गर्न लागिएको छ | आ.व.२०७७-०७८ को योजना अनुसार ७० लाख नगरबाट विनियोजन गरि +२ सम्मको कक्षा संचालन गर्ने उद्देश्यले भवन निर्माणको कार्य भइरहेको छ | भवन निर्माणको उपभोक्ता समितिका अध्यक्ष रामबाबु यादवको अध्यक्षतामा भवन निर्माण भइरहेको उक्त वडाका वडा अध्यक्ष नथुनी राउतले जानकारी दिएका छन् |

उक्त भवनमा वर्षौ पुरानो सडेगलेका छडको प्रयोग गरिएको छ | त्यसमा न नगरपालिकाको योजना शाखाले अनुगमन गरेको छ न त वडा कार्यालयले नै कुनै  चासो देखाएको छ | पुरानो सडेगलेका पातलो अढाईसुता छड मात्र प्रयोग गरेर निर्माण गरिएको भवन गुणस्तरहीन रहेको त्यहाँका स्थानीयहरुले गुनासो गरेका छन् |  उपभोक्ता समितिका अध्यक्ष रामबाबु यादवले सडेगलेको छड जानीजानी प्रयोग गरेको स्वीकार गर्दै भन्दछन,"हामीले डुबरबन्नाको नितेश हार्डवेयरबाट छड ल्याउने गरेका छौ लकडाउनको समयमा त्यहाँ छडको अभाव भएकोले आवश्यकता अनुसारको गुणस्तरीय छड नपाएकोले यस्तो छडको प्रयोग गरिएको हो |"

यसमा वडा अध्यक्ष पनि ३-४ दिन बिराएर अनुगमन गरिरहेको बताएका छन् | जबकी उनले अनुगमन गरेर पनि त्रुटीहरुलाई हेरिएको छैन नगर को योजना भएकोले यसमा नगरपालिकाले पनि अनुगमन गर्नुपर्ने हुन्छ | तर यस प्रकारको वेवास्त़ाले यस कार्यप्रति कुनै चासो नभएको र लकडाउनमा भ्रष्टाचारलाइ बढावा दिइएको पनि प्रष्ट भएको छ |

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..

गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ वर्षीय युवकको हत्या गरी शवलाई नौ टुक्रा पारेर सेफ्टी ट्य..

3 दिन पहिले

वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..

गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..

7 दिन पहिले

नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन

गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिर..

13 दिन पहिले

बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ ..

महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..

14 दिन पहिले

पानी नपर्दा धान उत्पादन घट्ने चिन्तामा किसान

महोत्तरी, भदौं १७ गते । महोत्तरीको गौशाला नगरपालिकाअन्तर्गतका किसानहरूले लामो समयदेखि पर्याप्त वर्षा नहुँदा यस..

16 दिन पहिले

रसुवाका बाढीपीडितका लागि सम्सी गाउँपालिकाद्वारा १० लाख..

महोत्तरी भदौं ११ गते । रसुवा जिल्लामा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग ..

22 दिन पहिले