गौशाला न.पा.को विद्यालयको भवन निर्माणमा भ्रष्टचार (भिडियो सहित )

5 वर्ष पहिले प्रकाशित

(2078-02-07 B.S.)

2905 पटक देखिएको

ज्येष्ठ ७ ,गौशाला   

निरन्जन साह

गौशाला नगरपालिकाले लकडाउनमा पनि विकास निर्माणका कार्यहरु गरिरहेका छन् | तर लकडाउनको अवस्थामा भ्रष्टाचार पनि बढिरहेको छ | विद्यालयको भवन निर्माणमा हुनुपर्ने गुणस्तरीय छडको प्रयोग नभएर सडेगलेका छडहरुको प्रयोग गरेर गुणस्तरहीन भवन निर्माण गरिरहेको एक स्थानीयले गुनासो गरेका छन् |

श्री मा.वि.भेडियाही फुलकाहा-६ मा ८ कोठे सामुदायिक विद्यालय भवन गौशाला नगरपालिकाको योजनामा तयार गर्न लागिएको छ | आ.व.२०७७-०७८ को योजना अनुसार ७० लाख नगरबाट विनियोजन गरि +२ सम्मको कक्षा संचालन गर्ने उद्देश्यले भवन निर्माणको कार्य भइरहेको छ | भवन निर्माणको उपभोक्ता समितिका अध्यक्ष रामबाबु यादवको अध्यक्षतामा भवन निर्माण भइरहेको उक्त वडाका वडा अध्यक्ष नथुनी राउतले जानकारी दिएका छन् |

उक्त भवनमा वर्षौ पुरानो सडेगलेका छडको प्रयोग गरिएको छ | त्यसमा न नगरपालिकाको योजना शाखाले अनुगमन गरेको छ न त वडा कार्यालयले नै कुनै  चासो देखाएको छ | पुरानो सडेगलेका पातलो अढाईसुता छड मात्र प्रयोग गरेर निर्माण गरिएको भवन गुणस्तरहीन रहेको त्यहाँका स्थानीयहरुले गुनासो गरेका छन् |  उपभोक्ता समितिका अध्यक्ष रामबाबु यादवले सडेगलेको छड जानीजानी प्रयोग गरेको स्वीकार गर्दै भन्दछन,"हामीले डुबरबन्नाको नितेश हार्डवेयरबाट छड ल्याउने गरेका छौ लकडाउनको समयमा त्यहाँ छडको अभाव भएकोले आवश्यकता अनुसारको गुणस्तरीय छड नपाएकोले यस्तो छडको प्रयोग गरिएको हो |"

यसमा वडा अध्यक्ष पनि ३-४ दिन बिराएर अनुगमन गरिरहेको बताएका छन् | जबकी उनले अनुगमन गरेर पनि त्रुटीहरुलाई हेरिएको छैन नगर को योजना भएकोले यसमा नगरपालिकाले पनि अनुगमन गर्नुपर्ने हुन्छ | तर यस प्रकारको वेवास्त़ाले यस कार्यप्रति कुनै चासो नभएको र लकडाउनमा भ्रष्टाचारलाइ बढावा दिइएको पनि प्रष्ट भएको छ |

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

महोत्तरीमा पत्नीको हत्या प्रकरण धारिलो हतियार प्रहार ग..

निरन्जन कुमार साह महोत्तरी, कात्तिक २९ गते । महोत्तरीको औरही नगरपालिका–६ मा शनिवार बैरिया बस्ने २५ वर्षीया कवि..

5 दिन पहिले

मौसम परिवर्तनसँगै स्वास्थ्य जोखिम बढ्दो, सचेत रहन डा. जा..

ममता शर्मा महोत्तरी, कार्तिक २३ गते ।  मौसम परिवर्तनसँगै महोत्तरी लगायत मधेशका विभिन्न क्षेत्रमा रुघाखोकी, सर्..

11 दिन पहिले

माओवादी केन्द्रले मधेश प्रदेश संसदीय दलको नेतामा भरत प्..

महोत्तरी, कात्तिक १७ गते ।नेकपा (माओवादी केन्द्र)ले मधेश प्रदेश सभामा आफ्नो संसदीय दलको नेताको जिम्मेवारी फेरि ए..

17 दिन पहिले

आयोजककै कब्जामा मुन्नी मिश्री भलिबलको उपाधि

  महोत्तरी, कार्तिक ९ गते । गौशालाको कान्तिबजारमा सम्पन्न तेश्रो मुन्नी मिश्री भलिबलको उपाधि आयोजकले सुरक्ष..

25 दिन पहिले

बजारको फोहोरको आलोचना भएपछी महतो खुलासा गरे वास्तविक कु..

महोत्तरी, कार्तिक ९ गते ।महोत्तरीको गौशाला बजार फोहोर भएपछी जनसमुदायले गरेको आलोचनालाइ चिर्दै देव नारायण महतो..

25 दिन पहिले

मौसम परिवर्तनसँगै स्वास्थ्य जोखिम बढ्दो, सचेत रहन डा. जा..

ममता शर्मा महोत्तरी, कार्तिक २३ गते ।  मौसम परिवर्तनसँगै महोत्तरी लगायत मधेशका विभिन्न क्षेत्रमा रुघाखोकी, सर्..

11 दिन पहिले

माओवादी केन्द्रले मधेश प्रदेश संसदीय दलको नेतामा भरत प्..

महोत्तरी, कात्तिक १७ गते ।नेकपा (माओवादी केन्द्र)ले मधेश प्रदेश सभामा आफ्नो संसदीय दलको नेताको जिम्मेवारी फेरि ए..

17 दिन पहिले

बजारको फोहोरको आलोचना भएपछी महतो खुलासा गरे वास्तविक कु..

महोत्तरी, कार्तिक ९ गते ।महोत्तरीको गौशाला बजार फोहोर भएपछी जनसमुदायले गरेको आलोचनालाइ चिर्दै देव नारायण महतो..

25 दिन पहिले

छठ मनाउँदा मौसमको ख्याल गर्न अनुरोध

महोत्तरी, कार्तिक ८ गते । हिन्दू धर्मावलम्बीहरूको महान पर्व छठको अवसरमा मौसमविद्हरूले स्वास्थ्य र सुरक्षाप्रत..

26 दिन पहिले

महोत्तरीमा प्रदेशस्तरीय भलिवल प्रतियोगिता हुँदै

ममता शर्मामहोत्तरी, कार्तिक ६ गते । महोत्तरीको गौशालामा प्रदेशस्तरीय तेस्रो मुन्नी मिश्री स्मृति भलिवल प्रति..

28 दिन पहिले

देउसी भैलो खेल्दा स्वास्थ्य र अनुशासनमा ध्यान दिन सुझाव

निरञ्जन कुमार साह महोत्तरी, कार्तिक ५ गते । नेपालीहरुको मौलिक पर्व तिहारमा देशभर देउसी भैलोको रौनकता छाएको छ । दे..

29 दिन पहिले

महोत्तरीमा पत्नीको हत्या प्रकरण धारिलो हतियार प्रहार ग..

निरन्जन कुमार साह महोत्तरी, कात्तिक २९ गते । महोत्तरीको ..