सरकार गठनका लागि दलीय अनुशासन आवश्यक नरहेको विपक्षी दलहरूको जिकिर
जेष्ठ १२
नेपाली कांग्रेसको नेतृत्वमा विपक्षी दलहरू सर्वोच्च अदालतसँग गुहार माग्न पुगेका छन् । नेपालको संविधान (२०७२) धारा ७६ को उपधारा ५ अनुसार सरकार गठनका लागि दलीय अनुशासन आवश्यक नरहेको जिकिर विपक्षी दलहरूको छ ।
राष्ट्रपति विद्यादेवी भण्डारीले रातदिन समेत गरी २१ घण्टाको समय सीमा तोकेर उपधारा ५ अनुसारको सरकार गठनका लागि आह्वान गरेपछि माननीय सदस्य (मुख्य विपक्षी दलका नेता होइन) शेरबहादुर देउवाले जेठ ७ गते शुक्रबार सत्तारुढ एमालेका १२१ मध्ये २६ जना र जसपाका ३२ मध्ये १२ सांसदको समेत समर्थन लिएर प्रधानमन्त्री पदको दाबी गरे । देउवाको दाबी राष्ट्रपतिका अस्वीकृत भयो । सत्तारुढ एमाले र अर्को दल जसपाले संस्थागतरूपमा प्रधानमन्त्री केपी शर्मा ओलीको पक्षमा दाबी राष्ट्रपतिबाट बताइयो ।
सांसदहरूको संख्यात्मक आधारमा देउवाको पक्षमा र दलीय आधारमा ओलीको पक्षमा बहुमत देखिएको अवस्थामा राष्ट्रपति भण्डारीले विज्ञ व्यक्तिहरूसँग परामर्श गर्ने अपेक्षा धेरैको थियो । आवश्यक परे राष्ट्रपतिबाट सर्वोच्च अदालतसँग परामर्श होला नभए प्रतिनिधिसभामा फिर्ता होला भन्ने अनुमान पनि कतिको थियो ।
राष्ट्रपतिबाट दुवैको ‘दावी नपुगेको’ देखाएर उपधारा ३ अन्तर्गतका प्रधानमन्त्री ओलीलाई नै निरन्तरता दिने निर्णय भयो । ओलीले त विश्वासको मत लिन सक्दिनँ भनेर हात उठाएका थिए । लगत्तै मध्यरातमा तिनै प्रधानमन्त्रीको सिफारिसमा प्रतिनिधिसभा विघटन गरियो ।
मुद्दा सर्वोच्च अदालत पुगेको छ र सिधै धारा ७६ को उपधारा ३ र उपधारा ५ को व्याख्यासँग सम्बन्धित छ । सरसर्ती हेर्दा झगडियाको एउटा पक्ष राष्ट्रपति भण्डारी र अर्को पक्ष कांग्रेस सभापति देउवा हुन् । बढीमा दुई महिनाभित्र सर्वोच्च अदालतले फैसला दिने अपेक्षा छ ।
राष्ट्रपति भण्डारी वा रिट निवेदनका नेतृत्वकर्ता देउवा, जसको पक्षमा फैसला भए पनि लोकतन्त्रले हार्ने विश्लेषण राजनीतिक वृत्तमा हुन थालेको छ । खासगरी नेपाली कांग्रेस निकटका बुद्धिजीवी र बहुदलीय लोकतन्त्रका शुभचिन्तकहरू यतिबेला सकसमा देखिएका छन् ।
मुलुकमा यसै पनि संविधान, कानून र लोकतान्त्रिक मूल्यपद्धति बुझेको जमात अत्यन्त सानो छ । यो सानो जमातका अधिकांश मानिस प्रधानमन्त्री ओलीको पक्ष र विपक्ष कित्तामा विभाजित छन् । तेस्रो कित्ताको संख्या अत्यन्त न्युन छ । संविधान, कानून र लोकतान्त्रिक मूल्यपद्धतिको पक्षमा उभिनेको आवाज ओलीको पक्ष या विपक्षमा विभक्त हुनेहरूको हल्लाले निस्तेज बनाएको छ ।
महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..
गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ वर्षीय युवकको हत्या गरी शवलाई नौ टुक्रा पारेर सेफ्टी ट्य..
3 दिन पहिले
वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..
गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..
7 दिन पहिले
नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन
गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिर..
13 दिन पहिले
बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ ..
महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..
14 दिन पहिले
पानी नपर्दा धान उत्पादन घट्ने चिन्तामा किसान
महोत्तरी, भदौं १७ गते । महोत्तरीको गौशाला नगरपालिकाअन्तर्गतका किसानहरूले लामो समयदेखि पर्याप्त वर्षा नहुँदा यस..
16 दिन पहिले

रसुवाका बाढीपीडितका लागि सम्सी गाउँपालिकाद्वारा १० लाख..
महोत्तरी भदौं ११ गते । रसुवा जिल्लामा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग ..
22 दिन पहिले
महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..
गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ ..
वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..
गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशक..
कमेन्ट गर्नुहोस्
view comments