सर्लाहीमा हात्तिको आतंक ,स्थानीय त्रसित

5 वर्ष पहिले प्रकाशित

(2078-02-16 B.S.)

2204 पटक देखिएको

जेष्ठ १६  

सर्लाहीमा जंगली हात्तीले फेरि आतंक मच्चाएको छ।

आज बिहानपख गाउँ पसेका तीनवटा जंगली हात्तीले लालबन्दी नगरपालिका–१०पोखरीटोलमा चार वटा घर भत्काएको छ ।

स्थानीय श्याममाया मगर, पहलमान मोक्तान, नुरुल अन्सारी र देवलाल डिमडुङकको घर जंगली हात्तीले आक्रमण गरी भत्काएको छ। घरभित्र राखिएको धान र गहुँ लगायत अन्न खाइदिएको छ। हात्ती आएको थाहा पाएपछि घरका मानिसले भने भागेर ज्यान जोगाएका छन्।

तामाङ समुदायका मानिसको शव अन्त्येष्टि गर्ने घाटमा रहेको टहरो र फूटबल मैदानको पोल समेत उखेलिदिएको छ।

गाउँमा जंगली हात्ती देखा परेपछि स्थानीयवासी त्रसित भएका लालबन्दी नगरपालिका–१० का वडाध्यक्ष तोपबहादुर श्रेष्ठले जानकारी दिए। उनका अनुसार गएको ३ गते मात्र १० नम्वर वडामाहात्तीले ६ वटा घरमा क्षती पुर्याएका थिए। एकसाता अघि हरिवन १ चापिनीमा पनि एक घरमा क्षति पुर्‍याएको थियो।

अहिले हात्तीको समुह हरिवन नगरपालिकाको चुरे क्षेत्र र लालबन्दी नगरपालिकाको बागवानी र वन क्षेत्रमा देखापर्ने गरेको स्थानीयवासीले बताएका छन्‌। वडाध्यक्ष श्रेष्ठले क्षतिपूर्ति र हात्ती नियन्त्रणका लागि पटक पटक पहल हुँदा समेत सम्बन्धित निकायको ध्यान नगएको आरोप लगाए।

हात्तीको आक्रमणबाट तीन वर्ष पहिले यसै वडाका एक स्थानीयले ज्यान गुमाएका थिए। 

मानिसहरूले हात्तीलाई जिस्क्याएर आतंकित बनाइरहेकाले बेला-बेलामा मानव बस्तीमा पसेर क्षति गरेको डिभिजन वन कार्यालय लालबन्दीका प्रमुख माधव देवले तर्क गरे। उनले हात्ती नियन्त्रणका लागि सम्बन्धित निकायमा जानकारी गराइसकेको बताए।

सर्लाहीमा महिनौंदेखि हात्ती आतंक नरोकिँदा सर्लाहीको लालबन्दी र हरिवन नगरपालिकाको वन क्षेत्र छेउछाउ घर भएका स्थानीयवासी त्रासमा रहने गरेका छन्‌।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..

गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ वर्षीय युवकको हत्या गरी शवलाई नौ टुक्रा पारेर सेफ्टी ट्य..

3 दिन पहिले

वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..

गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..

7 दिन पहिले

नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन

गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिर..

13 दिन पहिले

बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ ..

महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..

14 दिन पहिले

पानी नपर्दा धान उत्पादन घट्ने चिन्तामा किसान

महोत्तरी, भदौं १७ गते । महोत्तरीको गौशाला नगरपालिकाअन्तर्गतका किसानहरूले लामो समयदेखि पर्याप्त वर्षा नहुँदा यस..

16 दिन पहिले

रसुवाका बाढीपीडितका लागि सम्सी गाउँपालिकाद्वारा १० लाख..

महोत्तरी भदौं ११ गते । रसुवा जिल्लामा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग ..

22 दिन पहिले