कोभिड-१९ महामारीको अवस्था भारतमाभन्दा नेपालमा डरलाग्दो
जेष्ठ १७
कोभिड-१९ महामारीको अवस्था भारतभन्दा नेपालमा 'डरलाग्दो' रहेको तथ्यांकले देखाएको छ। चिकित्सकहरूले पनि अझै ढुक्क हुने अवस्था नरहेको बताएका छन्।
भारत तथा नेपालको स्वास्थ्य मन्त्रालयको तथ्यांक अनुसार संक्रमण दर नेपालमा उच्च देखिएको छ। अहिलेसम्म नेपालमा प्रति १० लाखमा २५५ जनामा संक्रमण देखिएको छ। जबकी भारतमा प्रति १० लाखमा १४९ जनामा मात्रै संक्रमण देखिएको छ।
सोमबार बिहानसम्मको तथ्यांकअनुसार नेपालमा संक्रमितको संख्या पाँच लाख ५७ हजार १२४ पुगेको छ। भारतमा दुई करोड ८० लाख ४७ हजार ५३४ जनामा संक्रमण देखिएको छ।
कोरोनाबाट मृत्यु हुने दर पनि भारतको भन्दा नेपालमा उच्च रहेको छ। नेपालमा प्रति १० लाखमा ५ जनाको मृत्यु भएको छ। जबकी भारतमा प्रति १० लाखमा २.८ जनाको मृत्यु भएको छ।
अहिलेसम्म नेपालमा कोरोनाबाट सात हजार २७२ जनाले ज्यान गुमाएका छन्। भारतमा तीन लाख २९ हजार १२७ जनाको ज्यान गएको छ।
अहिलेसम्म देखिएका संक्रमितमध्ये मृत्यु हुनेको प्रतिशत पनि भारतको भन्दा नेपालमा बढी छ। संक्रमित भएकामध्ये नेपालमा १.३ जनाको ज्यान जाने गरेको छ। भारतमा भने १.२ जनाको ज्यान गएको छ।
कोभिड–१९ संक्रमण दर पनि भारतको भन्दा नेपालमा उच्च देखिएको छ। स्वास्थ्य मन्त्रालयका अनुसार नेपालमा कोरोना संक्रमणदर ३७.७ प्रतिशत रहेको छ। जबकी भारतमा १०.४ प्रतिशत रहेको छ।
स्वास्थ्य मन्त्रालयका डा. विराज कर्माचार्य संक्रमणदर ५ प्रतिशतभन्दा कम हुनुपर्ने बताउँछन्। संक्रमणदर ५ प्रतिशतभन्दा बढी हुँदा दैनिक पुष्टि हुने संक्रमितको संख्याभन्दा वास्तविक संक्रमित बढी हुने बताउँछन्।
संक्रमित निको हुनेदर पनि नेपालमा भारतको भन्दा कम रहेको छ। भारतमा अहिलेसम्म ९०.३ प्रतिशत संक्रमित निको भएका छन्। नेपालमा भने ७८.१ प्रतिशत संक्रमित मात्रै निको भएका छन्।
अहिलेसम्म भारतमा दुई करोड ५६ लाख ९२ हजार ३४२ संक्रमित निको भएका छन्। नेपालमा चार लाख ४० हजार ९५५ जना निको भएका छन्।
सक्रिय संक्रमितको प्रतिशत पनि नेपालमै उच्च रहेको छ। भारतमा ८.५ प्रतिशत सक्रिय संक्रमित छन भने नेपालमा २०.७ प्रतिशत सक्रिय संक्रमित रहेका छन्।
दक्षिण एसियाका अन्य देशको तुलनामा पनि नेपालको अवस्था राम्रो देखिएको छैन। धेरै देशको तुलनामा नेपालमा संक्रमण र मृत्युदर उच्च रहेको छ।
महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..
गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ वर्षीय युवकको हत्या गरी शवलाई नौ टुक्रा पारेर सेफ्टी ट्य..
3 दिन पहिले
वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..
गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..
7 दिन पहिले
नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन
गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिर..
13 दिन पहिले
बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ ..
महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..
14 दिन पहिले
पानी नपर्दा धान उत्पादन घट्ने चिन्तामा किसान
महोत्तरी, भदौं १७ गते । महोत्तरीको गौशाला नगरपालिकाअन्तर्गतका किसानहरूले लामो समयदेखि पर्याप्त वर्षा नहुँदा यस..
16 दिन पहिले

रसुवाका बाढीपीडितका लागि सम्सी गाउँपालिकाद्वारा १० लाख..
महोत्तरी भदौं ११ गते । रसुवा जिल्लामा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग ..
22 दिन पहिले
महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..
गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ ..
वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..
गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशक..
कमेन्ट गर्नुहोस्
view comments