स्टाफ नर्समा कोरोना संक्रमण भएको पुष्टि भएपछि। स्वास्थ्यकर्मी त्रासमा

6 वर्ष पहिले प्रकाशित

(2077-02-01 B.S.)

3272 पटक देखिएको

वीरगञ्ज, २ जेठ । 

वीरगञ्जको नारायणी अस्पतालमा रहेको आइसोलेसन वार्डमा खटिएकी एकजना स्टाफ नर्समै कोरोना भाइरसको संक्रमण देखिएको छ । यसअघि दुईपटक गराइएको परीक्षणमा कोरोनाको संक्रमण नदेखिए पनि पछिल्लो समयमा गरिएको परीक्षणमा उनको पोजिटिभ रिपोर्ट आएको थियो ।

अस्पतालमा कोरोना संक्रमितको सख्या बढ्दै गएपछि अस्पतालको पेडियाट्रिक विभागमा कार्यरत ती स्टाफ नर्सलाई अस्पतालको आइसोलेसन वार्डमा खटाइएको थियो ।

छत्तीस वर्षीया स्टाफ नर्समा कोरोना संक्रमण भएको पुष्टि भएपछि अस्पतालमा कार्यरत अन्य सबै स्वास्थ्यकर्मी त्रासमा रहेका छन् । बुधबार साँझ परीक्षणमा पोजेटिभ देखिएका तीन जनामध्ये एकजना स्टाफ नर्स रहेकी अस्पतालका मेसु डा. मदन उपाध्यायले जानकारी दिए ।

पर्सा जिल्लामा एक स्टाफ नर्स र दुईजना पत्रकारसहित कोरोना संक्रमितको संख्या ८५ जना पुगेको छ । पर्साको सदरमुकाम वीरगञ्ज र पर्साकै विभिन्न ग्रामीण क्षेत्रमासमेत संक्रमित फेला परेका हुन् । पहिले वीरगञ्जमा मात्र पुगेको कोरोना ग्रामीण क्षेत्रमा पुगेको छ । पर्साको जयमङ्गलापुर, सम्झौता, तुलसीवर्वा, धोबिनी र भिस्वामा पनि सङ्क्रमित फेला परेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..

गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..

2 दिन पहिले

नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन

गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिर..

8 दिन पहिले

बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ ..

महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..

9 दिन पहिले

पानी नपर्दा धान उत्पादन घट्ने चिन्तामा किसान

महोत्तरी, भदौं १७ गते । महोत्तरीको गौशाला नगरपालिकाअन्तर्गतका किसानहरूले लामो समयदेखि पर्याप्त वर्षा नहुँदा यस..

11 दिन पहिले

रसुवाका बाढीपीडितका लागि सम्सी गाउँपालिकाद्वारा १० लाख..

महोत्तरी भदौं ११ गते । रसुवा जिल्लामा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग ..

17 दिन पहिले

सोनमा–७ मा आधारभूत स्वास्थ्य सेवा केन्द्रसहित बर्थिङ्ग..

निरन्जन कुमार साह  महोत्तरी, साउन १। महोत्तरीको सोनमा गाउँपालिका–७, सुन्दरपुरमा आधारभूत स्वास्थ्य सेवा केन्..

2 महीना पहिले

पीडितको घरमै पुगेर उम्मेदवार महतोको मानवीय पहल

  महोत्तरी ,माघ १३ गते । भ्रष्टाचारको अन्त्य र जनताको प्रत्यक्ष सेवा गर्ने प्रतिबद्धतासहित महोत्तरी क्षेत्र ..

8 महीना पहिले

कठै, यो चिसो

निरन्जन कुमार साह, महोत्तरी  कठै, यो चिसो केवल मौसमको कुरा होइन, यो राज्य, समाज र हाम्रो सामूहिक संवेदनशीलताको पर..

8 महीना पहिले

मौसम परिवर्तनसँगै स्वास्थ्य जोखिम बढ्दो, सचेत रहन डा. जा..

ममता शर्मा महोत्तरी, कार्तिक २३ गते ।  मौसम परिवर्तनसँगै महोत्तरी लगायत मधेशका विभिन्न क्षेत्रमा रुघाखोकी, सर्..

10 महीना पहिले

महोत्तरीको सम्सी गाउँपालिकामा स्तनपान कक्ष संचालन

निरन्जन कुमार साह, महोत्तरी । महोत्तरीको सम्सी गाउँपालिकामा स्तनपान कक्ष निर्माण गरिएको छ । पालिकाले केहि दिन..

1 वर्ष पहिले

जनकपुरको विभिन्न अस्पतालमा मुख्य मन्त्रीको अनुगमन 

निरन्जन कुमार साह , महोत्तरी  मधेश प्रदेशका मुख्य मन्त्री सतिश कुमार सिंहले जनताको स्वास्थ्य सुरक्षा सुनिश्चि..

2 वर्ष पहिले