गौशालामा योग शिविर सप्ताह संचालन

4 वर्ष पहिले प्रकाशित

(2078-10-01 B.S.)

7293 पटक देखिएको

ममता शर्मा  

महोत्तरीको गौशाला नगरपालिकामा योग शिविर संचालन हुने भएको छ । शनिवार गौशाला -४ रजखोर स्थित रहेको गौशाला नगरपालिकाको नयाँ भवनमा योग शिविर सप्ताहको उद्घाटन भएको छ । आइतबार देखि संचालन हुने सप्ताह योग शिविरको पुर्व शिक्षा विज्ञान तथा प्रविधि मन्त्रि माननीय गिरिराजमणि पोखरेलले पानसमा मैनबत्ति बालेर उद्घाटन गरेका छन् ।

राष्ट्रिय योग दिवसको अवसरमा गौशाला नगरपालिका योग शिविर मूल आयोजक समितिद्वारा आयोजना गरिएको यस शिविर विशिष्ट योग गुरुहरु द्वारा १ हप्तासम्म बिहान ७ बजेदेखि  संचालन गरिने भएको हो ।

“सर्वाङगीण विकासको लागि योग” मूल नारा सहित आयोजना गरिएको यस योग शिविर सप्ताहको उद्घाटन समारोहमा नगर प्रमुख शिवनाथ महतो ,पुर्व मन्त्रि माननीय गिरिराजमणि पोखरेल ,नगरका प्रवक्ता भोजबहादुर दर्लामी ,योग गुरु प्रेम आलोक ,गणेश गैडेल, सिर्जना  पौडेल ,आशा कार्की लगायत नगरपालिकाका कर्मचारी ,शिक्षक तथा जनसमुदायको सहभागिता रहेको थियो ।

योग प्रतिको विशेषता दर्सौउदै पुर्व मन्त्रि पोखरेलले योगले मानिसलाई चिन्ता र समस्याबाट जोगिन बाटो देखाउने कार्य गर्ने बताएका छन् ।उनले भने  “चिन्ता बाट मुक्ति पाउने बाटो नै योग हो । योगले शारीरिक समस्या निराकण गर्नुका साथै शरीरलाइ उर्जा प्रदान गर्ने तथा आयु बढाउँन मद्दत गर्दछ । शरीर रुपान्तरण गर्ने शक्तिशाली शासन योग,ध्यान हो । यो ७ औ राष्ट्रिय योग दिवस मात्र नभएर हामीले अन्तराष्ट्रिय योग दिवस पनि मनाउछौ । तसर्थ मानिसलाइ जीवनको हरेक आधारभुत आवश्यकता संगै जीवनमा आत्मादेखि खुसि तथा सन्तुष्टि प्राप्त गर्न ध्यानको जरुरत पर्दछ  ।

उनले योगले मानिसलाई प्रकृति मैत्री बनाउछ भन्दै योगले जीवनको समग्र विषय समेटर हिड्ने उल्लेख गरेका छन् । साथै गौशाला नगरपालिकामा प्रभावकारी शिक्षण नभएकोले शिक्षकहरु बदल्नुपर्ने ,विद्यालय व्यवस्थित गर्नुपर्ने नगरप्रमुखलाइ ध्यानाकर्षण समेत गराएका छन् ।

गौशाला नगरपालिकाको १२ वटै वडामा योग ध्यान केन्द्र स्थापना गर्ने बताउदै नगर प्रमुख शिवनाथ महतोले गौशालाको आरोग्य केन्द्रमा नियमित रुपमा योग संचालन हुने जानकारी दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

गौशालामा सांस्कृतिक खाना प्रदर्शन कार्यक्रम सम्पन्न

भाग्यरेखा ठाकुरमहोत्तरी ,पुष १० गते ।महोत्तरी जिल्लाको गौशाला नगरपालिकामा अवस्थित गौशाला एकेडेमी स्कुलले वि..

3 दिन पहिले

मधेसका आवाज डा. बीरवंश बैठालाई ‘तेस्रो दादासाहेब फाल्के ..

मलङ्वा (सर्लाही) — मधेसको सामाजिक, शैक्षिक तथा मानवअधिकार क्षेत्रमा निरन्तर आवाज उठाउँदै आएका डा. बीर वंश बैठाला..

6 दिन पहिले

गौशालामा दुई भारतीयसहित चार जना लागूऔषधसहित पक्राउ

गौशाला (महोत्तरी) — महोत्तरीको गौशालामा दुई जना भारतीय नागरिकसहित चार जनालाई ठूलो परिमाणको प्रतिबन्धित लागूऔष..

6 दिन पहिले

महत्तरी क्षेत्र नं. ४ बाट प्रचण्ड र भरत प्रसाद साह उम्मेद..

निरन्जन कुमार साह महत्तरी, पुष ७ गते । आउदै गरेको फाल्गुन २१ गतेको प्रतिनिधि सभा सदस्यको निर्वाचनको लागि महोत्तर..

6 दिन पहिले

सामुदायिक रेडियो अझै पनि विश्वसनीय सञ्चार माध्यम हो : मु..

निरन्जन कुमार साह, महोत्तरी । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले रेडियो वर्तमान समयमा पनि ज..

7 दिन पहिले

मौसम परिवर्तनसँगै स्वास्थ्य जोखिम बढ्दो, सचेत रहन डा. जा..

ममता शर्मा महोत्तरी, कार्तिक २३ गते ।  मौसम परिवर्तनसँगै महोत्तरी लगायत मधेशका विभिन्न क्षेत्रमा रुघाखोकी, सर्..

2 महीना पहिले

महोत्तरीको सम्सी गाउँपालिकामा स्तनपान कक्ष संचालन

निरन्जन कुमार साह, महोत्तरी । महोत्तरीको सम्सी गाउँपालिकामा स्तनपान कक्ष निर्माण गरिएको छ । पालिकाले केहि दिन..

7 महीना पहिले

जनकपुरको विभिन्न अस्पतालमा मुख्य मन्त्रीको अनुगमन 

निरन्जन कुमार साह , महोत्तरी  मधेश प्रदेशका मुख्य मन्त्री सतिश कुमार सिंहले जनताको स्वास्थ्य सुरक्षा सुनिश्चि..

10 महीना पहिले

महोत्तरीमा ४५ हजार ४ सय ६४ जना किशोरिलाई खोप लगाइने 

आर.जे. इर्साद  महोत्तरी , माघ १६ गते  महोत्तरीको जलेश्वर स्थित रहेको जिल्ला समन्वय समिति कार्यालयको बैठक हलमा ..

11 महीना पहिले

गौशालामा रक्तदान कार्यक्रम सम्पन्न

निरन्जन कुमार साह महोत्तरी , कार्तिक १६ गते   महोत्तरीको गौशालामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । नव जीवन सा..

1 वर्ष पहिले

गौशालामा स्तनपान सप्ताह कार्यक्रम सम्पन्न

ममता शर्मा , महोत्तरी महोत्तरीको गौशालामा सामुदायिक विकास पैरवी मंचले विभिन्न स्वास्थ्य चौकीमा स्तनपान सप्ताह ..

1 वर्ष पहिले