गौशालामा योग शिविर सप्ताह संचालन

5 वर्ष पहिले प्रकाशित

(2078-10-01 B.S.)

7500 पटक देखिएको

ममता शर्मा  

महोत्तरीको गौशाला नगरपालिकामा योग शिविर संचालन हुने भएको छ । शनिवार गौशाला -४ रजखोर स्थित रहेको गौशाला नगरपालिकाको नयाँ भवनमा योग शिविर सप्ताहको उद्घाटन भएको छ । आइतबार देखि संचालन हुने सप्ताह योग शिविरको पुर्व शिक्षा विज्ञान तथा प्रविधि मन्त्रि माननीय गिरिराजमणि पोखरेलले पानसमा मैनबत्ति बालेर उद्घाटन गरेका छन् ।

राष्ट्रिय योग दिवसको अवसरमा गौशाला नगरपालिका योग शिविर मूल आयोजक समितिद्वारा आयोजना गरिएको यस शिविर विशिष्ट योग गुरुहरु द्वारा १ हप्तासम्म बिहान ७ बजेदेखि  संचालन गरिने भएको हो ।

“सर्वाङगीण विकासको लागि योग” मूल नारा सहित आयोजना गरिएको यस योग शिविर सप्ताहको उद्घाटन समारोहमा नगर प्रमुख शिवनाथ महतो ,पुर्व मन्त्रि माननीय गिरिराजमणि पोखरेल ,नगरका प्रवक्ता भोजबहादुर दर्लामी ,योग गुरु प्रेम आलोक ,गणेश गैडेल, सिर्जना  पौडेल ,आशा कार्की लगायत नगरपालिकाका कर्मचारी ,शिक्षक तथा जनसमुदायको सहभागिता रहेको थियो ।

योग प्रतिको विशेषता दर्सौउदै पुर्व मन्त्रि पोखरेलले योगले मानिसलाई चिन्ता र समस्याबाट जोगिन बाटो देखाउने कार्य गर्ने बताएका छन् ।उनले भने  “चिन्ता बाट मुक्ति पाउने बाटो नै योग हो । योगले शारीरिक समस्या निराकण गर्नुका साथै शरीरलाइ उर्जा प्रदान गर्ने तथा आयु बढाउँन मद्दत गर्दछ । शरीर रुपान्तरण गर्ने शक्तिशाली शासन योग,ध्यान हो । यो ७ औ राष्ट्रिय योग दिवस मात्र नभएर हामीले अन्तराष्ट्रिय योग दिवस पनि मनाउछौ । तसर्थ मानिसलाइ जीवनको हरेक आधारभुत आवश्यकता संगै जीवनमा आत्मादेखि खुसि तथा सन्तुष्टि प्राप्त गर्न ध्यानको जरुरत पर्दछ  ।

उनले योगले मानिसलाई प्रकृति मैत्री बनाउछ भन्दै योगले जीवनको समग्र विषय समेटर हिड्ने उल्लेख गरेका छन् । साथै गौशाला नगरपालिकामा प्रभावकारी शिक्षण नभएकोले शिक्षकहरु बदल्नुपर्ने ,विद्यालय व्यवस्थित गर्नुपर्ने नगरप्रमुखलाइ ध्यानाकर्षण समेत गराएका छन् ।

गौशाला नगरपालिकाको १२ वटै वडामा योग ध्यान केन्द्र स्थापना गर्ने बताउदै नगर प्रमुख शिवनाथ महतोले गौशालाको आरोग्य केन्द्रमा नियमित रुपमा योग संचालन हुने जानकारी दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..

गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..

2 दिन पहिले

नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन

गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिर..

7 दिन पहिले

बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ ..

महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..

8 दिन पहिले

पानी नपर्दा धान उत्पादन घट्ने चिन्तामा किसान

महोत्तरी, भदौं १७ गते । महोत्तरीको गौशाला नगरपालिकाअन्तर्गतका किसानहरूले लामो समयदेखि पर्याप्त वर्षा नहुँदा यस..

11 दिन पहिले

रसुवाका बाढीपीडितका लागि सम्सी गाउँपालिकाद्वारा १० लाख..

महोत्तरी भदौं ११ गते । रसुवा जिल्लामा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग ..

17 दिन पहिले

सोनमा–७ मा आधारभूत स्वास्थ्य सेवा केन्द्रसहित बर्थिङ्ग..

निरन्जन कुमार साह  महोत्तरी, साउन १। महोत्तरीको सोनमा गाउँपालिका–७, सुन्दरपुरमा आधारभूत स्वास्थ्य सेवा केन्..

2 महीना पहिले

पीडितको घरमै पुगेर उम्मेदवार महतोको मानवीय पहल

  महोत्तरी ,माघ १३ गते । भ्रष्टाचारको अन्त्य र जनताको प्रत्यक्ष सेवा गर्ने प्रतिबद्धतासहित महोत्तरी क्षेत्र ..

8 महीना पहिले

कठै, यो चिसो

निरन्जन कुमार साह, महोत्तरी  कठै, यो चिसो केवल मौसमको कुरा होइन, यो राज्य, समाज र हाम्रो सामूहिक संवेदनशीलताको पर..

8 महीना पहिले

मौसम परिवर्तनसँगै स्वास्थ्य जोखिम बढ्दो, सचेत रहन डा. जा..

ममता शर्मा महोत्तरी, कार्तिक २३ गते ।  मौसम परिवर्तनसँगै महोत्तरी लगायत मधेशका विभिन्न क्षेत्रमा रुघाखोकी, सर्..

10 महीना पहिले

महोत्तरीको सम्सी गाउँपालिकामा स्तनपान कक्ष संचालन

निरन्जन कुमार साह, महोत्तरी । महोत्तरीको सम्सी गाउँपालिकामा स्तनपान कक्ष निर्माण गरिएको छ । पालिकाले केहि दिन..

1 वर्ष पहिले

जनकपुरको विभिन्न अस्पतालमा मुख्य मन्त्रीको अनुगमन 

निरन्जन कुमार साह , महोत्तरी  मधेश प्रदेशका मुख्य मन्त्री सतिश कुमार सिंहले जनताको स्वास्थ्य सुरक्षा सुनिश्चि..

2 वर्ष पहिले