विश्वकप ग्लोबल छनोटमा नेपालले ओमानसँग खेल्ने

4 वर्ष पहिले प्रकाशित

(2078-11-05 B.S.)

3831 पटक देखिएको

फाल्गुन ५ ,बिहिबार 

आईसीसी पुरूष टी–२० विश्वकप ग्लोबल छनोटअन्तर्गत समूह ‘ए’को खेल शुक्रवारदेखि ओमानमा हुने भएको छ ।     

ओमानको एकेडेमी १ मा हुने खेलमा नेपालले विजयी लक्ष्य हासिल गर्ने उद्देश्यका साथ शुक्रवार ओमानको सामना गर्नेछ ।

विश्वकप ग्लोबल छनोटको तयारीस्वरूप नेपालले यसअघि ४ देश सम्मिलित टी–ट्वान्टी सिरिज खेलेको थियो । यसमा नेपालले ओमानलाई ६ विकेटले पराजित गरेको थियो । 

सोही सिरिजको अन्य खेलमा संयुक्त अरब इरिमेटसँग (युएई) २५ रन र आयरल्यान्डसँग १६ रनले पराजित भएको थियो । त्यसअघि नेपालले ओमानसँग टी–ट्वान्टीमा पछिल्लो पटक सन् २०१९ मा खेलेको थियो । जसमा ओमानले नेपाललाई ६ विकेटले पराजित गरेको थियो । 
    
विश्वकप ग्लोबल छनोटअन्तर्गत समूह ‘ए’मा विभिन्न ८ राष्ट्र सहभागी छन् । जसमा आयोजक ओमानसहित नेपाल, बहराइन, क्यानडा, जर्मनी, आयरल्यान्ड, फिलिपिन्स र संयुक्त अरब इमिरेट्स (यूएई) छन् । 
    
ती ८ टोलीलाई पनि २ समूहमा विभाजन गरिएको छ । समूह १ मा नेपाल, क्यानाडा, फिलिपिन्स र ओमान छन् भने समूह २ मा यूएई, बहराइन, आयरल्यान्ड र जर्मनी रहेका छन् ।

प्रतियोगिता फाइनल पुग्ने २ टोलीले आगामी अक्टोबर १६ देखि नोभेम्बर १३ सम्म अस्ट्रेलियामा हुने टी–२० विश्वकपमा स्थान बनाउनेछन् ।

नेपाली टोलीमा सन्दीप लामिछाने (कप्तान), कुशल भुर्तेल, आसिफ शेख, दीपेन्द्रसिंह ऐरी, ज्ञानेन्द्र मल्ल, शरद भेषावकर, आरिफ शेख, जीतेन्द्र मुखिया, अभिनाश बोहरा, कमलसिंह ऐरी, विवेक यादव, सागर ढकाल, लोकेश बम र गुलशन झा छन् ।
वैकल्पिकमा भने कुशल मल्ल, साहब आलम र प्रदीप ऐरी छन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

गौशालामा सांस्कृतिक खाना प्रदर्शन कार्यक्रम सम्पन्न

भाग्यरेखा ठाकुरमहोत्तरी ,पुष १० गते ।महोत्तरी जिल्लाको गौशाला नगरपालिकामा अवस्थित गौशाला एकेडेमी स्कुलले वि..

3 दिन पहिले

मधेसका आवाज डा. बीरवंश बैठालाई ‘तेस्रो दादासाहेब फाल्के ..

मलङ्वा (सर्लाही) — मधेसको सामाजिक, शैक्षिक तथा मानवअधिकार क्षेत्रमा निरन्तर आवाज उठाउँदै आएका डा. बीर वंश बैठाला..

6 दिन पहिले

गौशालामा दुई भारतीयसहित चार जना लागूऔषधसहित पक्राउ

गौशाला (महोत्तरी) — महोत्तरीको गौशालामा दुई जना भारतीय नागरिकसहित चार जनालाई ठूलो परिमाणको प्रतिबन्धित लागूऔष..

6 दिन पहिले

महत्तरी क्षेत्र नं. ४ बाट प्रचण्ड र भरत प्रसाद साह उम्मेद..

निरन्जन कुमार साह महत्तरी, पुष ७ गते । आउदै गरेको फाल्गुन २१ गतेको प्रतिनिधि सभा सदस्यको निर्वाचनको लागि महोत्तर..

6 दिन पहिले

सामुदायिक रेडियो अझै पनि विश्वसनीय सञ्चार माध्यम हो : मु..

निरन्जन कुमार साह, महोत्तरी । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले रेडियो वर्तमान समयमा पनि ज..

7 दिन पहिले

आयोजककै कब्जामा मुन्नी मिश्री भलिबलको उपाधि

  महोत्तरी, कार्तिक ९ गते । गौशालाको कान्तिबजारमा सम्पन्न तेश्रो मुन्नी मिश्री भलिबलको उपाधि आयोजकले सुरक्ष..

2 महीना पहिले

अयोजकलाई स्तब्ध पार्दै श्रीनगर विजयी

कार्तिक १ गते ।महोतरी । गौशालाको कान्तिबजार परडियामा सम्पन्न अन्डर–१६ नाईन साइड फुटबल टुर्नामेन्टको उपाधि स..

2 महीना पहिले

कान्तिबजारमा जारी फुटबल टुर्नामेन्टमा आयोजनक, टुटेश्वर..

संतोष सिंह महोतरी, असोज ३१ गते । गौशालाको कान्तिबजार परडियामा जारी अन्डर–१६ नाईन साइड फुटबल टुर्नामेन्टको प..

2 महीना पहिले

सोनमामा वडा स्तरीय क्रिकेट टुर्नामेन्ट हुदै

अनिल कुमार यादव, सोनमा  महोत्तरीको सोनमा गाउँपालिका वडा नं.३ खखना स्थित सात दिने वडा स्तरीय क्रिकेट टुर्नामेन्..

6 महीना पहिले

सोनमा गाउँपालिकामा तेस्रो अध्यक्ष कप क्रिकेट प्रतियोगि..

महोत्तरी, चैत्र २० गते  सोनमा गाउँपालिकामा तेस्रो अध्यक्ष कप क्रिकेट प्रतियोगिता बुधबारदेखि श्री सरस्वती माध..

9 महीना पहिले

गौशालामा हाजिरी जवाफ तथा खेलकुद प्रतियोगिता सम्पन्न

ममता शर्मा महोत्तरी , कार्तिक १३ गते । महोत्तरीको गौशालामा हाजिरी जवाफ तथा खेलकुद प्रतियोगिता सम्पन्न भएको छ । गौ..

1 वर्ष पहिले