स्वास्थ्य सामग्री खरिदको नाममा करोडौंको भ्रष्टाचार

6 वर्ष पहिले प्रकाशित

(2077-02-19 B.S.)

3936 पटक देखिएको

जनकपुर – प्रदेश २ मा कोरोनाको रोकथामका लागि उपचारमा प्रयोग हुने स्वास्थ्य सामग्री खरीदमा सामाजिक विकास मन्त्रालय अन्तर्गत रहेको प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र मार्फत करोडौं रुपैयाँ भ्रष्टाचार भएको छ ।

पीपीई सेट, एन–९५ मास्क, थर्मो्मिटर, सेनिटाइजर र सर्जिकल मास्क खरीदको नाममा बजार मूल्य भन्दा ४५ देखि २ सय प्रतिशत बढी महंगो मुल्यमा थोक खरीद गरी भ्रष्टाचार गरेको कुरा मन्त्रालयकै वेवसाइटमा जेठ १४ गते सार्वजनिक गरिएको कोभिड १९ मालसमान खरीद विवरणमा उल्लेख रहेको देखिएको छ ।

प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रले बजारमा खुद्रामा पाइने ३ हजार ५ सय रुपैयाँ पर्ने पीपीई सेट ६ हजार ५ सयमा, ५ हजार पर्ने आईआर थर्मो्मिटर ८ हजारमा, ३ सयसम्म पर्ने एन–९५ मास्क ५ सयमा, ७ रुपैयाँ पर्ने सर्जिकल मास्क १६ रुपैयाँमा र १ सयदेखि बढीमा साढे दुई सयसम्म उपलब्ध हुने सेनिटाइजर ५ सय रुपैयाँको दरले खरिद गरेको छ ।

सामाजिक विकास मन्त्रालयको वेवसाइटमा राखिएको विवरणमा प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रले काठमाण्डौस्थित मेडी सोलुसन इन्टरनेशनल प्रा.लि.बाट ६ हजार ५ सयको दरले साढे ६ हजार पीपीई सेट ४ करोड २२ लाख ५० हजारमा,आदित्य इन्टरनेशनल जनकपुरबाट ८ हजारको दरले ४ सय पीस आईआर थर्मो्मिटर ३२ लाखमा,राइन सप्लायर्स जनकपुरबाट एन-९५ मास्क ५ सयको दरले २१ सय थान १० लाख ५ हजारमा, जेके आरएस इम्पोर्ट एण्ड एक्सपोर्ट प्रा.लि. काठमाण्डौबाट १६ रुपैयाँको दरले ९० हजार पीस सर्जिकल मास्क १४ लाख ४० हजारमा र दुर्गा ट्रेड लिङ्क जनकपुरबाट ५ सय ९९ रुपैयाँको दरले १ हजार थान सेनिटाइजर ५ लाखमा गरि जम्मा ४ करोड ८४ लाख ९४ हजारको सामान खरीद गरेको छ ।

यता,मेडि सोलुसन इन्टरनेशलन प्रा.लि.को प्रतिनिधिसँग दररेट सम्बन्धि जानकारी लिन खोज्दा आफू कहाँ पीपीई सेटको मुल्य १ हजार २ सयदेखि बढीमा ३ हजार ५ सयसम्मको रहेको बताए । उनका अनुसार यो दररेट भन्दा महँगो हाल नेपालको कुनैपनि बजारमा पीपीई उपलब्ध छैन् । सोही पीपीई सेटको मुल्य जनकपुर बजारमा बढीमा ४ हजार ५ सय रुपैयाँसम्म पर्ने गरेको छ ।
यसरी हेर्ने हो भने खरिद गरिएको सामग्री मध्ये खुद्रा दररेटकै हिसाब गर्दा पीपीई र थर्मो्मिटरको प्रति सेटमा ३ हजार, एन-९५ मास्कमा २ सय, सर्जिकल मास्कमा ९ रुपैयाँ र सेनिटाइजरमा २ सय ५० रुपैयाँ महंगो मुल्य निर्धारण गरिएको छ ।

प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रले खरिद गरेको ४ करोड ८४ लाख ९४ हजारको सामान मध्ये पीपीई सेटमा १ करोड ९५ लाख, थर्मो्मिटरमा १२ लाख, एन-९५ मास्कमा ४ लाख २० हजार, सर्जिकल मास्कमा ८ लाख १० हजार र सेनिटाइजरमा २ लाख ५० हजार गरि आपसी मिलेमतोमा २ करोड २१ लाख ८० हजार रुपैयाँ भ्रष्टाचार गरेको प्रष्ट देखिन्छ ।

यस सम्बन्धमा प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रका जनस्वास्थ्य प्रशासक श्रवण कुमार नायकले आफुहरुले प्रक्रिया पुर्याएर प्रतिष्पर्धाको आधारमा स्वास्थ्य सामग्री खरीद गरेको दाबी गरेका छन् । उनले भने,‘बजारमा धेरै क्वालिटीका सामानहरु उपलब्ध छन् तर हामीले डब्लूएचओले निर्धारण गरेको मापदण्ड अनुसारका सामानहरु किनेका छौं । त्यसैले मुल्य बढि तिर्नुपरेको छ ।’सामानको क्वालिटी, भ्याट र ढुवानी लगायतका खर्च समेत जोडेर हेर्दा यस प्रदेशले बागमती, गण्डकी र प्रदेश नम्बर-१ ले खरिद गरेको दरभन्दा पनि कम मुल्यमा खरिद गरेको छ ।

श्रोत शिरीष न्युज

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..

गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..

2 दिन पहिले

नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन

गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिर..

8 दिन पहिले

बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ ..

महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..

9 दिन पहिले

पानी नपर्दा धान उत्पादन घट्ने चिन्तामा किसान

महोत्तरी, भदौं १७ गते । महोत्तरीको गौशाला नगरपालिकाअन्तर्गतका किसानहरूले लामो समयदेखि पर्याप्त वर्षा नहुँदा यस..

11 दिन पहिले

रसुवाका बाढीपीडितका लागि सम्सी गाउँपालिकाद्वारा १० लाख..

महोत्तरी भदौं ११ गते । रसुवा जिल्लामा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग ..

17 दिन पहिले

सोनमा–७ मा आधारभूत स्वास्थ्य सेवा केन्द्रसहित बर्थिङ्ग..

निरन्जन कुमार साह  महोत्तरी, साउन १। महोत्तरीको सोनमा गाउँपालिका–७, सुन्दरपुरमा आधारभूत स्वास्थ्य सेवा केन्..

2 महीना पहिले

पीडितको घरमै पुगेर उम्मेदवार महतोको मानवीय पहल

  महोत्तरी ,माघ १३ गते । भ्रष्टाचारको अन्त्य र जनताको प्रत्यक्ष सेवा गर्ने प्रतिबद्धतासहित महोत्तरी क्षेत्र ..

8 महीना पहिले

कठै, यो चिसो

निरन्जन कुमार साह, महोत्तरी  कठै, यो चिसो केवल मौसमको कुरा होइन, यो राज्य, समाज र हाम्रो सामूहिक संवेदनशीलताको पर..

8 महीना पहिले

मौसम परिवर्तनसँगै स्वास्थ्य जोखिम बढ्दो, सचेत रहन डा. जा..

ममता शर्मा महोत्तरी, कार्तिक २३ गते ।  मौसम परिवर्तनसँगै महोत्तरी लगायत मधेशका विभिन्न क्षेत्रमा रुघाखोकी, सर्..

10 महीना पहिले

महोत्तरीको सम्सी गाउँपालिकामा स्तनपान कक्ष संचालन

निरन्जन कुमार साह, महोत्तरी । महोत्तरीको सम्सी गाउँपालिकामा स्तनपान कक्ष निर्माण गरिएको छ । पालिकाले केहि दिन..

1 वर्ष पहिले

जनकपुरको विभिन्न अस्पतालमा मुख्य मन्त्रीको अनुगमन 

निरन्जन कुमार साह , महोत्तरी  मधेश प्रदेशका मुख्य मन्त्री सतिश कुमार सिंहले जनताको स्वास्थ्य सुरक्षा सुनिश्चि..

2 वर्ष पहिले