स्वास्थ्य सामग्री खरिदको नाममा करोडौंको भ्रष्टाचार

6 वर्ष पहिले प्रकाशित

(2077-02-19 B.S.)

3833 पटक देखिएको

जनकपुर – प्रदेश २ मा कोरोनाको रोकथामका लागि उपचारमा प्रयोग हुने स्वास्थ्य सामग्री खरीदमा सामाजिक विकास मन्त्रालय अन्तर्गत रहेको प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र मार्फत करोडौं रुपैयाँ भ्रष्टाचार भएको छ ।

पीपीई सेट, एन–९५ मास्क, थर्मो्मिटर, सेनिटाइजर र सर्जिकल मास्क खरीदको नाममा बजार मूल्य भन्दा ४५ देखि २ सय प्रतिशत बढी महंगो मुल्यमा थोक खरीद गरी भ्रष्टाचार गरेको कुरा मन्त्रालयकै वेवसाइटमा जेठ १४ गते सार्वजनिक गरिएको कोभिड १९ मालसमान खरीद विवरणमा उल्लेख रहेको देखिएको छ ।

प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रले बजारमा खुद्रामा पाइने ३ हजार ५ सय रुपैयाँ पर्ने पीपीई सेट ६ हजार ५ सयमा, ५ हजार पर्ने आईआर थर्मो्मिटर ८ हजारमा, ३ सयसम्म पर्ने एन–९५ मास्क ५ सयमा, ७ रुपैयाँ पर्ने सर्जिकल मास्क १६ रुपैयाँमा र १ सयदेखि बढीमा साढे दुई सयसम्म उपलब्ध हुने सेनिटाइजर ५ सय रुपैयाँको दरले खरिद गरेको छ ।

सामाजिक विकास मन्त्रालयको वेवसाइटमा राखिएको विवरणमा प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रले काठमाण्डौस्थित मेडी सोलुसन इन्टरनेशनल प्रा.लि.बाट ६ हजार ५ सयको दरले साढे ६ हजार पीपीई सेट ४ करोड २२ लाख ५० हजारमा,आदित्य इन्टरनेशनल जनकपुरबाट ८ हजारको दरले ४ सय पीस आईआर थर्मो्मिटर ३२ लाखमा,राइन सप्लायर्स जनकपुरबाट एन-९५ मास्क ५ सयको दरले २१ सय थान १० लाख ५ हजारमा, जेके आरएस इम्पोर्ट एण्ड एक्सपोर्ट प्रा.लि. काठमाण्डौबाट १६ रुपैयाँको दरले ९० हजार पीस सर्जिकल मास्क १४ लाख ४० हजारमा र दुर्गा ट्रेड लिङ्क जनकपुरबाट ५ सय ९९ रुपैयाँको दरले १ हजार थान सेनिटाइजर ५ लाखमा गरि जम्मा ४ करोड ८४ लाख ९४ हजारको सामान खरीद गरेको छ ।

यता,मेडि सोलुसन इन्टरनेशलन प्रा.लि.को प्रतिनिधिसँग दररेट सम्बन्धि जानकारी लिन खोज्दा आफू कहाँ पीपीई सेटको मुल्य १ हजार २ सयदेखि बढीमा ३ हजार ५ सयसम्मको रहेको बताए । उनका अनुसार यो दररेट भन्दा महँगो हाल नेपालको कुनैपनि बजारमा पीपीई उपलब्ध छैन् । सोही पीपीई सेटको मुल्य जनकपुर बजारमा बढीमा ४ हजार ५ सय रुपैयाँसम्म पर्ने गरेको छ ।
यसरी हेर्ने हो भने खरिद गरिएको सामग्री मध्ये खुद्रा दररेटकै हिसाब गर्दा पीपीई र थर्मो्मिटरको प्रति सेटमा ३ हजार, एन-९५ मास्कमा २ सय, सर्जिकल मास्कमा ९ रुपैयाँ र सेनिटाइजरमा २ सय ५० रुपैयाँ महंगो मुल्य निर्धारण गरिएको छ ।

प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रले खरिद गरेको ४ करोड ८४ लाख ९४ हजारको सामान मध्ये पीपीई सेटमा १ करोड ९५ लाख, थर्मो्मिटरमा १२ लाख, एन-९५ मास्कमा ४ लाख २० हजार, सर्जिकल मास्कमा ८ लाख १० हजार र सेनिटाइजरमा २ लाख ५० हजार गरि आपसी मिलेमतोमा २ करोड २१ लाख ८० हजार रुपैयाँ भ्रष्टाचार गरेको प्रष्ट देखिन्छ ।

यस सम्बन्धमा प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रका जनस्वास्थ्य प्रशासक श्रवण कुमार नायकले आफुहरुले प्रक्रिया पुर्याएर प्रतिष्पर्धाको आधारमा स्वास्थ्य सामग्री खरीद गरेको दाबी गरेका छन् । उनले भने,‘बजारमा धेरै क्वालिटीका सामानहरु उपलब्ध छन् तर हामीले डब्लूएचओले निर्धारण गरेको मापदण्ड अनुसारका सामानहरु किनेका छौं । त्यसैले मुल्य बढि तिर्नुपरेको छ ।’सामानको क्वालिटी, भ्याट र ढुवानी लगायतका खर्च समेत जोडेर हेर्दा यस प्रदेशले बागमती, गण्डकी र प्रदेश नम्बर-१ ले खरिद गरेको दरभन्दा पनि कम मुल्यमा खरिद गरेको छ ।

श्रोत शिरीष न्युज

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

गौशालामा सांस्कृतिक खाना प्रदर्शन कार्यक्रम सम्पन्न

भाग्यरेखा ठाकुरमहोत्तरी ,पुष १० गते ।महोत्तरी जिल्लाको गौशाला नगरपालिकामा अवस्थित गौशाला एकेडेमी स्कुलले वि..

3 दिन पहिले

मधेसका आवाज डा. बीरवंश बैठालाई ‘तेस्रो दादासाहेब फाल्के ..

मलङ्वा (सर्लाही) — मधेसको सामाजिक, शैक्षिक तथा मानवअधिकार क्षेत्रमा निरन्तर आवाज उठाउँदै आएका डा. बीर वंश बैठाला..

7 दिन पहिले

गौशालामा दुई भारतीयसहित चार जना लागूऔषधसहित पक्राउ

गौशाला (महोत्तरी) — महोत्तरीको गौशालामा दुई जना भारतीय नागरिकसहित चार जनालाई ठूलो परिमाणको प्रतिबन्धित लागूऔष..

7 दिन पहिले

महत्तरी क्षेत्र नं. ४ बाट प्रचण्ड र भरत प्रसाद साह उम्मेद..

निरन्जन कुमार साह महत्तरी, पुष ७ गते । आउदै गरेको फाल्गुन २१ गतेको प्रतिनिधि सभा सदस्यको निर्वाचनको लागि महोत्तर..

7 दिन पहिले

सामुदायिक रेडियो अझै पनि विश्वसनीय सञ्चार माध्यम हो : मु..

निरन्जन कुमार साह, महोत्तरी । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले रेडियो वर्तमान समयमा पनि ज..

8 दिन पहिले

मौसम परिवर्तनसँगै स्वास्थ्य जोखिम बढ्दो, सचेत रहन डा. जा..

ममता शर्मा महोत्तरी, कार्तिक २३ गते ।  मौसम परिवर्तनसँगै महोत्तरी लगायत मधेशका विभिन्न क्षेत्रमा रुघाखोकी, सर्..

2 महीना पहिले

महोत्तरीको सम्सी गाउँपालिकामा स्तनपान कक्ष संचालन

निरन्जन कुमार साह, महोत्तरी । महोत्तरीको सम्सी गाउँपालिकामा स्तनपान कक्ष निर्माण गरिएको छ । पालिकाले केहि दिन..

7 महीना पहिले

जनकपुरको विभिन्न अस्पतालमा मुख्य मन्त्रीको अनुगमन 

निरन्जन कुमार साह , महोत्तरी  मधेश प्रदेशका मुख्य मन्त्री सतिश कुमार सिंहले जनताको स्वास्थ्य सुरक्षा सुनिश्चि..

10 महीना पहिले

महोत्तरीमा ४५ हजार ४ सय ६४ जना किशोरिलाई खोप लगाइने 

आर.जे. इर्साद  महोत्तरी , माघ १६ गते  महोत्तरीको जलेश्वर स्थित रहेको जिल्ला समन्वय समिति कार्यालयको बैठक हलमा ..

11 महीना पहिले

गौशालामा रक्तदान कार्यक्रम सम्पन्न

निरन्जन कुमार साह महोत्तरी , कार्तिक १६ गते   महोत्तरीको गौशालामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । नव जीवन सा..

1 वर्ष पहिले

गौशालामा स्तनपान सप्ताह कार्यक्रम सम्पन्न

ममता शर्मा , महोत्तरी महोत्तरीको गौशालामा सामुदायिक विकास पैरवी मंचले विभिन्न स्वास्थ्य चौकीमा स्तनपान सप्ताह ..

1 वर्ष पहिले