विश्वकप र एएफसी एशियन कपका छनोट खेल अक्टोबर र नोभेम्बरमा गराउन एएफसीको प्रस्ताव
नेपालले खेल्ने ती खेल आगामी अक्टोबर र नोभेम्बरमा गराउन एएफसीले विश्व फुटबल महासंघ (फिफा)लाई प्रस्ताव गरेको हो।
काठमाडौं। एशियाली फुटबल महासंघ (एएफसी) ले कोभिड-१९ का कारण स्थगित फिफा विश्वकप २०२२ तथा एएफसी एशियन कप २०२३ का छनोट खेलहरू चार महीनापछि गराउने प्रस्ताव अघि बढाएको छ।नेपालले खेल्ने ती खेल आगामी अक्टोबर र नोभेम्बरमा गराउन एएफसीले विश्व फुटबल महासंघ (फिफा)लाई प्रस्ताव गरेको हो।
यसअघि गत चैतमा अस्ट्रेलिया, चाइनिज ताइपेइ र जोर्डनसँग छनोट खेल घरेलु मैदानमा खेल्ने तय भए पनि कोरोना भाइरसका कारण स्थगित भएको थियोे। स्थगित खेल अक्टोबर ८ र १३ तथा नोभेम्बर १२ र १७ मा गर्न प्रस्ताव गरिएको एएफसीले जनाएको छ।
विभिन्न देशका फुटबल संघसितको भिडियो बैठकपछि एएफसीले उक्त मितिमा खेल गराउन तयारी थालेको हो। दोस्रो चरणको छनोटअन्तर्गत नेपालले तीन खेल खेल्न बाँकी छ। ती सबै खेल नेपालले घरेलु मैदानमा खेल्नेछ।
एएफसीको प्रस्तावलाई फिफाले अनुमति दिएमा नेपालले ८ अक्टोबरमा चाइनिज ताइपेइ, १३ अक्टोबरमा अस्ट्रेलिया र १२ नोभेम्बरमा जोर्डनसँग खेल्नेछ।
‘समूह बी’मा रहेको नेपालले हालसम्म पाँच खेलमा तीन अंक जोडेको छ। नेपालले चाइनिज ताइपेइलाई पराजित गरी उक्त समूहमा चौथो स्थान बनाएको थियो।हालसम्मको खेल प्रदर्शनअनुसार १२ अंकका साथ अस्ट्रेलिया शीर्षस्थानमा, १० अंकका साथ कुवेत दोस्रो, समान १० अंक नै बनाएको जोर्डन तेस्रो तथा अंकविहीन अवस्थामा रहेको चाइनिज ताइपेइ ‘समूह बी’को पुछारमा छ।
समूहको शीर्षटोली विश्वकपको तेस्रो चरणमा पुग्नुका साथै एशिया कपमा सोझै पुग्नेछ। दोस्रो हुने टोली विश्वकपको तेस्रो चरणमा तथा एशिया कप छनोटको तेस्रो चरणमा पुग्नेछ।
तेस्रो, चौथो र पाँचौँ स्थानमा रहने टोली विश्वकप छनोटबाट बाहिरिने छन्। विश्वकप २०२२ कतारमा तथा एएफसी एशियन कप २०२३ चीनमा हुनेछ। रासस
वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..
गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..
2 दिन पहिले
नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन
गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिर..
8 दिन पहिले
बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ ..
महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..
8 दिन पहिले
पानी नपर्दा धान उत्पादन घट्ने चिन्तामा किसान
महोत्तरी, भदौं १७ गते । महोत्तरीको गौशाला नगरपालिकाअन्तर्गतका किसानहरूले लामो समयदेखि पर्याप्त वर्षा नहुँदा यस..
11 दिन पहिले
रसुवाका बाढीपीडितका लागि सम्सी गाउँपालिकाद्वारा १० लाख..
महोत्तरी भदौं ११ गते । रसुवा जिल्लामा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग ..
17 दिन पहिले
आयोजककै कब्जामा मुन्नी मिश्री भलिबलको उपाधि
महोत्तरी, कार्तिक ९ गते । गौशालाको कान्तिबजारमा सम्पन्न तेश्रो मुन्नी मिश्री भलिबलको उपाधि आयोजकले सुरक्ष..
11 महीना पहिले
अयोजकलाई स्तब्ध पार्दै श्रीनगर विजयी
कार्तिक १ गते ।महोतरी । गौशालाको कान्तिबजार परडियामा सम्पन्न अन्डर–१६ नाईन साइड फुटबल टुर्नामेन्टको उपाधि स..
11 महीना पहिले
कान्तिबजारमा जारी फुटबल टुर्नामेन्टमा आयोजनक, टुटेश्वर..
संतोष सिंह महोतरी, असोज ३१ गते । गौशालाको कान्तिबजार परडियामा जारी अन्डर–१६ नाईन साइड फुटबल टुर्नामेन्टको प..
11 महीना पहिले
सोनमामा वडा स्तरीय क्रिकेट टुर्नामेन्ट हुदै
अनिल कुमार यादव, सोनमा महोत्तरीको सोनमा गाउँपालिका वडा नं.३ खखना स्थित सात दिने वडा स्तरीय क्रिकेट टुर्नामेन्..
1 वर्ष पहिले
सोनमा गाउँपालिकामा तेस्रो अध्यक्ष कप क्रिकेट प्रतियोगि..
महोत्तरी, चैत्र २० गते सोनमा गाउँपालिकामा तेस्रो अध्यक्ष कप क्रिकेट प्रतियोगिता बुधबारदेखि श्री सरस्वती माध..
1 वर्ष पहिले
गौशालामा हाजिरी जवाफ तथा खेलकुद प्रतियोगिता सम्पन्न
ममता शर्मा महोत्तरी , कार्तिक १३ गते । महोत्तरीको गौशालामा हाजिरी जवाफ तथा खेलकुद प्रतियोगिता सम्पन्न भएको छ । गौ..
2 वर्ष पहिले
वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..
गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशक..
कमेन्ट गर्नुहोस्
view comments