क्वारेन्टाइनमा बसेकाहरुको स्वाब परिक्षणको नतिजा नआएको भन्दै प्रर्दशन

6 वर्ष पहिले प्रकाशित

(2077-02-31 B.S.)

3878 पटक देखिएको

दिपेन्द्र जयसवाल रौतहट ३१ जेठ 

रौतहटको राजपुर नगरपालिकामा क्वारेन्टाइनमा बसेकाहरुको स्वाब परिक्षणको नतिजा नआएको भन्दै प्रर्दशन भएको छ । राजपुर वडा नं. १ बहुअर्वा र आधारभूत विद्यालयको क्वारेन्टीनमा रहेका सय भन्दा बढी व्यक्तीहरुले आफूहरुको स्वाब संकलन गरेको दुई हप्ता भन्दा बढी समय सम्म पनि कुनै नतिजा नआएको भन्दै गौर चपुर सडकखण्डको बहुअर्वामा सडक अवरुद्ध बनाएका थिए क्वारेन्टीनबाट बाहिर निस्कीएर सडक अवरुद्ध बनाए पछि सुरक्षाकर्मी सँग उनीहरुको झडप समेत भएको थियो ।

बाटो अवरुद्ध बनाएर नारावाजी गर्दै प्रर्दशन गर्न थालेपछि गौर र गरुडाबाट थप प्रहरी टोली सो स्थानमा पठाइएको थियो । विवादले उग्ररुप लिए पछि प्रहरीले बल प्रयोग गर्दै १४ थान अश्रुग्यास र २ राउण्ड हवाई फायर गरेको थियो । क्वारेन्टीनमा बसेकाहरुले प्रहरी माथी ढुङ्गामुढा गर्दै क्वारेन्टीन छोडेर भाग्न खाजे पछि अश्रुग्यास र हवाई फायर गरेको इलाका प्रहरी कार्यालय गरुडाका डिएसपी ज्ञान कुमार महतोले बताउनु भयो I

प्रर्दशनकारीको ढुङ्गा लागेर प्रहरी हवल्दार सुवोध सिंह घाइते भएका छन । क्वारेन्टीनबाट भागेका दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएर पुनः क्वारेन्टीनमै पुर्याएको छ । स्वाब संकलन गरेको दुई हप्ता बितिसक्दा पनि कोरोना पोजेटिभ वा निगेटिभ नतिजा नआएकोले क्वारेन्टीनमा बसेकाहरु आक्रोशित बनेका छन ।

रौतहटको राजपुर सबै भन्दा बढी संक्रमित पुष्टी भएको पालिका हो । यहाँ २१८ जनामा संक्रमण पुष्टी भइसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..

गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..

2 दिन पहिले

नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन

गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिर..

8 दिन पहिले

बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ ..

महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..

9 दिन पहिले

पानी नपर्दा धान उत्पादन घट्ने चिन्तामा किसान

महोत्तरी, भदौं १७ गते । महोत्तरीको गौशाला नगरपालिकाअन्तर्गतका किसानहरूले लामो समयदेखि पर्याप्त वर्षा नहुँदा यस..

11 दिन पहिले

रसुवाका बाढीपीडितका लागि सम्सी गाउँपालिकाद्वारा १० लाख..

महोत्तरी भदौं ११ गते । रसुवा जिल्लामा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग ..

17 दिन पहिले

सोनमा–७ मा आधारभूत स्वास्थ्य सेवा केन्द्रसहित बर्थिङ्ग..

निरन्जन कुमार साह  महोत्तरी, साउन १। महोत्तरीको सोनमा गाउँपालिका–७, सुन्दरपुरमा आधारभूत स्वास्थ्य सेवा केन्..

2 महीना पहिले

पीडितको घरमै पुगेर उम्मेदवार महतोको मानवीय पहल

  महोत्तरी ,माघ १३ गते । भ्रष्टाचारको अन्त्य र जनताको प्रत्यक्ष सेवा गर्ने प्रतिबद्धतासहित महोत्तरी क्षेत्र ..

8 महीना पहिले

कठै, यो चिसो

निरन्जन कुमार साह, महोत्तरी  कठै, यो चिसो केवल मौसमको कुरा होइन, यो राज्य, समाज र हाम्रो सामूहिक संवेदनशीलताको पर..

8 महीना पहिले

मौसम परिवर्तनसँगै स्वास्थ्य जोखिम बढ्दो, सचेत रहन डा. जा..

ममता शर्मा महोत्तरी, कार्तिक २३ गते ।  मौसम परिवर्तनसँगै महोत्तरी लगायत मधेशका विभिन्न क्षेत्रमा रुघाखोकी, सर्..

10 महीना पहिले

महोत्तरीको सम्सी गाउँपालिकामा स्तनपान कक्ष संचालन

निरन्जन कुमार साह, महोत्तरी । महोत्तरीको सम्सी गाउँपालिकामा स्तनपान कक्ष निर्माण गरिएको छ । पालिकाले केहि दिन..

1 वर्ष पहिले

जनकपुरको विभिन्न अस्पतालमा मुख्य मन्त्रीको अनुगमन 

निरन्जन कुमार साह , महोत्तरी  मधेश प्रदेशका मुख्य मन्त्री सतिश कुमार सिंहले जनताको स्वास्थ्य सुरक्षा सुनिश्चि..

2 वर्ष पहिले