गौशालामा कराते प्रतियोगिता सम्पन्न (फोटो फिचर )
निरन्जन कुमार साह
गौशाला , असोज १३ गते
महोत्तरीको गौशालामा जुनियर कराते प्रतियोगिता सम्पन्न भएको छ । गौशाला नगरपालिका वडा न. २ निगौल स्थित नेपाल क्योकुशिन बुदो कराते साकाई इन्टरनेशनलको आयोजनामा भएको जुनियर बेल्ट टेस्ट प्रतियोगितामा राम जानकी इंगलिस बोर्डिंग स्कुलका विद्यार्थीहरु लगायत विभिन्न खेलाडीहरु विजय भएका छन् ।
“स्वास्थ्यका लागि खेलकुद , राष्ट्रको लागि खेलकुद” भन्ने मूल नाराका साथ भएको कराते प्रतियोगितामा गौशाला नगरपालिकाका नगर प्रमुख डा. दिपेन्द्र महतो , नेपाल क्योकुशिन बुदो कराते साकाई इन्टरनेशनलको मधेश प्रदेश अध्यक्ष संजिव चौधरी, वडा न. २ को वडा अध्यक्ष श्याम सुन्दर मण्डल लगायत विभिन्न प्रतिष्पर्धीहरुको सहभागिता रहेको थियो ।

कार्यक्रममा राम जानकी बोर्डिंग स्कुल र गौशाला डोजोका विद्यार्थीलाई कराते टेस्ट गरि ओरेन्ज बेल्ट प्रदान गरिएको नेपाल क्योकुशिन बुदो कराते साकाई इन्टरनेशनलको मधेश प्रदेश अध्यक्ष संजिव चौधरीले जानकारी दिए । उत्कृष्ट खेल्ने विद्यार्थीहरुलाई नगर प्रमुख महतोद्वारा ओरेन्ज बेल्ट प्रदान गरिएको छ ।
कार्यक्रममा आफ्नो मन्तव्य दिदै नगर प्रमुख महतोले गौशाला नगरपालिकाका इच्छुक सम्पूर्ण विद्यार्थीहरुलाई कराते लगायत यस्ता विभिन्न खेलकुदहरु प्रति अग्रसर गराउनु आवश्यक रहेको बताए । उनले भने , "खेल स्वास्थ्यको लागि अपरिहार्य छ । साथै यसले राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा नाम स्थापित गर्न सहज हुन्छ । त्यसैले गौशाला नगरपालिकाले खेलकुदमा पनि आवश्यक अनुसार लगानी गर्ने कुरामा म प्रतिवद्ध छु ।"
नगर प्रमुख महतोले गौशालामा कराते लगायत विभिन्न खेलकुदहरु हुने व्यवस्थापन गर्नको लागि सक्दो प्रयास गर्ने दावी गरेका छन् ।





वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..
गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..
2 दिन पहिले
नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन
गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिर..
7 दिन पहिले
बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ ..
महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..
8 दिन पहिले
पानी नपर्दा धान उत्पादन घट्ने चिन्तामा किसान
महोत्तरी, भदौं १७ गते । महोत्तरीको गौशाला नगरपालिकाअन्तर्गतका किसानहरूले लामो समयदेखि पर्याप्त वर्षा नहुँदा यस..
10 दिन पहिले
रसुवाका बाढीपीडितका लागि सम्सी गाउँपालिकाद्वारा १० लाख..
महोत्तरी भदौं ११ गते । रसुवा जिल्लामा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग ..
16 दिन पहिले
आयोजककै कब्जामा मुन्नी मिश्री भलिबलको उपाधि
महोत्तरी, कार्तिक ९ गते । गौशालाको कान्तिबजारमा सम्पन्न तेश्रो मुन्नी मिश्री भलिबलको उपाधि आयोजकले सुरक्ष..
11 महीना पहिले
अयोजकलाई स्तब्ध पार्दै श्रीनगर विजयी
कार्तिक १ गते ।महोतरी । गौशालाको कान्तिबजार परडियामा सम्पन्न अन्डर–१६ नाईन साइड फुटबल टुर्नामेन्टको उपाधि स..
11 महीना पहिले
कान्तिबजारमा जारी फुटबल टुर्नामेन्टमा आयोजनक, टुटेश्वर..
संतोष सिंह महोतरी, असोज ३१ गते । गौशालाको कान्तिबजार परडियामा जारी अन्डर–१६ नाईन साइड फुटबल टुर्नामेन्टको प..
11 महीना पहिले
सोनमामा वडा स्तरीय क्रिकेट टुर्नामेन्ट हुदै
अनिल कुमार यादव, सोनमा महोत्तरीको सोनमा गाउँपालिका वडा नं.३ खखना स्थित सात दिने वडा स्तरीय क्रिकेट टुर्नामेन्..
1 वर्ष पहिले
सोनमा गाउँपालिकामा तेस्रो अध्यक्ष कप क्रिकेट प्रतियोगि..
महोत्तरी, चैत्र २० गते सोनमा गाउँपालिकामा तेस्रो अध्यक्ष कप क्रिकेट प्रतियोगिता बुधबारदेखि श्री सरस्वती माध..
1 वर्ष पहिले
गौशालामा हाजिरी जवाफ तथा खेलकुद प्रतियोगिता सम्पन्न
ममता शर्मा महोत्तरी , कार्तिक १३ गते । महोत्तरीको गौशालामा हाजिरी जवाफ तथा खेलकुद प्रतियोगिता सम्पन्न भएको छ । गौ..
2 वर्ष पहिले
नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन
गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहे..
वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..
गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशक..
कमेन्ट गर्नुहोस्
view comments