गौशालामा कराते प्रतियोगिता सम्पन्न (फोटो फिचर )

2 वर्ष पहिले प्रकाशित

(2080-06-13 B.S.)

5480 पटक देखिएको

निरन्जन कुमार साह

गौशाला , असोज १३ गते

महोत्तरीको गौशालामा जुनियर कराते प्रतियोगिता सम्पन्न भएको छ । गौशाला नगरपालिका वडा न. २ निगौल स्थित नेपाल क्योकुशिन बुदो कराते साकाई इन्टरनेशनलको आयोजनामा भएको जुनियर बेल्ट टेस्ट प्रतियोगितामा राम जानकी इंगलिस बोर्डिंग स्कुलका विद्यार्थीहरु लगायत विभिन्न खेलाडीहरु विजय भएका छन् ।

“स्वास्थ्यका लागि खेलकुद , राष्ट्रको लागि खेलकुद” भन्ने मूल नाराका साथ भएको कराते प्रतियोगितामा गौशाला नगरपालिकाका नगर प्रमुख डा. दिपेन्द्र महतो , नेपाल क्योकुशिन बुदो कराते साकाई इन्टरनेशनलको मधेश प्रदेश अध्यक्ष संजिव चौधरी, वडा न. २ को वडा अध्यक्ष श्याम सुन्दर मण्डल लगायत विभिन्न प्रतिष्पर्धीहरुको सहभागिता रहेको थियो ।

कार्यक्रममा राम जानकी बोर्डिंग स्कुल र गौशाला डोजोका विद्यार्थीलाई कराते टेस्ट गरि ओरेन्ज बेल्ट प्रदान गरिएको नेपाल क्योकुशिन बुदो कराते साकाई इन्टरनेशनलको मधेश प्रदेश अध्यक्ष संजिव चौधरीले जानकारी दिए । उत्कृष्ट खेल्ने विद्यार्थीहरुलाई नगर प्रमुख महतोद्वारा ओरेन्ज बेल्ट प्रदान गरिएको छ ।

कार्यक्रममा आफ्नो मन्तव्य दिदै नगर प्रमुख महतोले गौशाला नगरपालिकाका इच्छुक सम्पूर्ण विद्यार्थीहरुलाई कराते लगायत यस्ता विभिन्न खेलकुदहरु प्रति अग्रसर गराउनु आवश्यक रहेको बताए । उनले भने , "खेल स्वास्थ्यको लागि अपरिहार्य छ । साथै यसले राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा नाम स्थापित गर्न सहज हुन्छ । त्यसैले गौशाला नगरपालिकाले खेलकुदमा पनि आवश्यक अनुसार लगानी गर्ने कुरामा म प्रतिवद्ध छु ।"

नगर प्रमुख महतोले गौशालामा कराते लगायत विभिन्न खेलकुदहरु हुने व्यवस्थापन गर्नको लागि सक्दो प्रयास गर्ने दावी गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

गौशालामा सांस्कृतिक खाना प्रदर्शन कार्यक्रम सम्पन्न

भाग्यरेखा ठाकुरमहोत्तरी ,पुष १० गते ।महोत्तरी जिल्लाको गौशाला नगरपालिकामा अवस्थित गौशाला एकेडेमी स्कुलले वि..

3 दिन पहिले

मधेसका आवाज डा. बीरवंश बैठालाई ‘तेस्रो दादासाहेब फाल्के ..

मलङ्वा (सर्लाही) — मधेसको सामाजिक, शैक्षिक तथा मानवअधिकार क्षेत्रमा निरन्तर आवाज उठाउँदै आएका डा. बीर वंश बैठाला..

6 दिन पहिले

गौशालामा दुई भारतीयसहित चार जना लागूऔषधसहित पक्राउ

गौशाला (महोत्तरी) — महोत्तरीको गौशालामा दुई जना भारतीय नागरिकसहित चार जनालाई ठूलो परिमाणको प्रतिबन्धित लागूऔष..

6 दिन पहिले

महत्तरी क्षेत्र नं. ४ बाट प्रचण्ड र भरत प्रसाद साह उम्मेद..

निरन्जन कुमार साह महत्तरी, पुष ७ गते । आउदै गरेको फाल्गुन २१ गतेको प्रतिनिधि सभा सदस्यको निर्वाचनको लागि महोत्तर..

6 दिन पहिले

सामुदायिक रेडियो अझै पनि विश्वसनीय सञ्चार माध्यम हो : मु..

निरन्जन कुमार साह, महोत्तरी । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले रेडियो वर्तमान समयमा पनि ज..

7 दिन पहिले

आयोजककै कब्जामा मुन्नी मिश्री भलिबलको उपाधि

  महोत्तरी, कार्तिक ९ गते । गौशालाको कान्तिबजारमा सम्पन्न तेश्रो मुन्नी मिश्री भलिबलको उपाधि आयोजकले सुरक्ष..

2 महीना पहिले

अयोजकलाई स्तब्ध पार्दै श्रीनगर विजयी

कार्तिक १ गते ।महोतरी । गौशालाको कान्तिबजार परडियामा सम्पन्न अन्डर–१६ नाईन साइड फुटबल टुर्नामेन्टको उपाधि स..

2 महीना पहिले

कान्तिबजारमा जारी फुटबल टुर्नामेन्टमा आयोजनक, टुटेश्वर..

संतोष सिंह महोतरी, असोज ३१ गते । गौशालाको कान्तिबजार परडियामा जारी अन्डर–१६ नाईन साइड फुटबल टुर्नामेन्टको प..

2 महीना पहिले

सोनमामा वडा स्तरीय क्रिकेट टुर्नामेन्ट हुदै

अनिल कुमार यादव, सोनमा  महोत्तरीको सोनमा गाउँपालिका वडा नं.३ खखना स्थित सात दिने वडा स्तरीय क्रिकेट टुर्नामेन्..

6 महीना पहिले

सोनमा गाउँपालिकामा तेस्रो अध्यक्ष कप क्रिकेट प्रतियोगि..

महोत्तरी, चैत्र २० गते  सोनमा गाउँपालिकामा तेस्रो अध्यक्ष कप क्रिकेट प्रतियोगिता बुधबारदेखि श्री सरस्वती माध..

9 महीना पहिले

गौशालामा हाजिरी जवाफ तथा खेलकुद प्रतियोगिता सम्पन्न

ममता शर्मा महोत्तरी , कार्तिक १३ गते । महोत्तरीको गौशालामा हाजिरी जवाफ तथा खेलकुद प्रतियोगिता सम्पन्न भएको छ । गौ..

1 वर्ष पहिले