सरकार र स्थानिय प्रशासनको बिरुद्दमा नेपाली काङ्ग्रेस बाराको विशाल बिरोध प्रदर्शन

6 वर्ष पहिले प्रकाशित

(2077-03-02 B.S.)

4751 पटक देखिएको

 दिपेन्द्र जयसवाल,बारा असार २

वर्तमान सरकार र स्थानिय प्रशासनको बिरुद्दमा नेपाली काङ्ग्रेस बाराले आज विशाल बिरोध प्रदर्शन गरेको छ । नेपाली काङ्ग्रेस बाराले आज प्रधानमन्त्री लाई जिल्ला प्रशासन कार्यालय बारा मार्फत ज्ञापन पत्र बुझाएको छ ।

नेपाली काङ्ग्रेस बारा को कार्यालय बाट निस्किएको र्याली कलैया स्थित भरत चौक हुँदै जिल्ला प्रशासन कार्यालय बारामा प्रमुख जिल्ला अधिकारी रुद्र प्रसाद पण्डितलाई ज्ञापन पत्र बुझाएको थियो ।नेपाली काङ्ग्रेस बाराले ज्ञापन पत्रमा उल्लेख गर्दै स्वास्थ्य सामाग्रीहरुको अपर्याप्ता देखाएर पिसिआर परीक्षण सुस्त गतिमा गर्नु मानवीय सम्बेदनशिलताको ख्याल नगरी मापदण्ड विपरीतका कोरेन्टाईनहरु निमाण गरी कोरेन्टाईन नै संक्रमण बढाउने कारखाना बन्दै जानु निकै निन्दनीय भएको जनाएको छ ।

धाराशाही बन्दै गईरहेको कृषि , पर्यटन र उद्योग व्यवसायलाई पुनः उत्थानको लागि राहतको कुनै कार्यक्रम नल्याउनु , रोजगारी सृजनाको लागि खासै योजना , निति तथा कार्यक्रम नल्याउनु , श्रमिक बेरोजगार , विद्यार्थी , अपाङ्गता भएका व्यक्ति , एकल महिला र गर्भवर्तीहरुलाई राहत एवम कुनै विशेष कार्ययोजना नल्याउन नसकेको भन्दै प्रधानमन्त्री लाई ज्ञापन पत्र बुझाएको थियो ।

त्यस्तै कोरोना भाइरसको महामारीको बेला कोरेन्टाइन र राहतको सन्दर्भमा नेपाल सरकारको निकायहरुको गैर जिम्मेवारपन अकर्मण्यता , असक्षमता र भ्रष्टचार प्रति सम्वेदनशिल हुन नेपाल सरकारलाई ध्यानाकर्षण गराएको छ।नेपाली काङ्ग्रेस बाराको सभापती जय चन्द्र चौरसियाको अगुवाईमा निस्केको र्यालिमा ,कलैया उपमहानगरपालिकाका प्रमुख राजेश राय यादव ,तरुण दल बारा का अध्यक्ष लोकेश सिंह महागढिमाई नगरपालिका का नगर प्रमुख उपेेेन्द्र यादव लगायत का नेताहरु को सहभागिता रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..

गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..

2 दिन पहिले

नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन

गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिर..

8 दिन पहिले

बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ ..

महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..

9 दिन पहिले

पानी नपर्दा धान उत्पादन घट्ने चिन्तामा किसान

महोत्तरी, भदौं १७ गते । महोत्तरीको गौशाला नगरपालिकाअन्तर्गतका किसानहरूले लामो समयदेखि पर्याप्त वर्षा नहुँदा यस..

11 दिन पहिले

रसुवाका बाढीपीडितका लागि सम्सी गाउँपालिकाद्वारा १० लाख..

महोत्तरी भदौं ११ गते । रसुवा जिल्लामा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग ..

17 दिन पहिले

सोनमा–७ मा आधारभूत स्वास्थ्य सेवा केन्द्रसहित बर्थिङ्ग..

निरन्जन कुमार साह  महोत्तरी, साउन १। महोत्तरीको सोनमा गाउँपालिका–७, सुन्दरपुरमा आधारभूत स्वास्थ्य सेवा केन्..

2 महीना पहिले

पीडितको घरमै पुगेर उम्मेदवार महतोको मानवीय पहल

  महोत्तरी ,माघ १३ गते । भ्रष्टाचारको अन्त्य र जनताको प्रत्यक्ष सेवा गर्ने प्रतिबद्धतासहित महोत्तरी क्षेत्र ..

8 महीना पहिले

कठै, यो चिसो

निरन्जन कुमार साह, महोत्तरी  कठै, यो चिसो केवल मौसमको कुरा होइन, यो राज्य, समाज र हाम्रो सामूहिक संवेदनशीलताको पर..

8 महीना पहिले

मौसम परिवर्तनसँगै स्वास्थ्य जोखिम बढ्दो, सचेत रहन डा. जा..

ममता शर्मा महोत्तरी, कार्तिक २३ गते ।  मौसम परिवर्तनसँगै महोत्तरी लगायत मधेशका विभिन्न क्षेत्रमा रुघाखोकी, सर्..

10 महीना पहिले

महोत्तरीको सम्सी गाउँपालिकामा स्तनपान कक्ष संचालन

निरन्जन कुमार साह, महोत्तरी । महोत्तरीको सम्सी गाउँपालिकामा स्तनपान कक्ष निर्माण गरिएको छ । पालिकाले केहि दिन..

1 वर्ष पहिले

जनकपुरको विभिन्न अस्पतालमा मुख्य मन्त्रीको अनुगमन 

निरन्जन कुमार साह , महोत्तरी  मधेश प्रदेशका मुख्य मन्त्री सतिश कुमार सिंहले जनताको स्वास्थ्य सुरक्षा सुनिश्चि..

2 वर्ष पहिले