सरकार र स्थानिय प्रशासनको बिरुद्दमा नेपाली काङ्ग्रेस बाराको विशाल बिरोध प्रदर्शन

6 वर्ष पहिले प्रकाशित

(2077-03-02 B.S.)

4627 पटक देखिएको

 दिपेन्द्र जयसवाल,बारा असार २

वर्तमान सरकार र स्थानिय प्रशासनको बिरुद्दमा नेपाली काङ्ग्रेस बाराले आज विशाल बिरोध प्रदर्शन गरेको छ । नेपाली काङ्ग्रेस बाराले आज प्रधानमन्त्री लाई जिल्ला प्रशासन कार्यालय बारा मार्फत ज्ञापन पत्र बुझाएको छ ।

नेपाली काङ्ग्रेस बारा को कार्यालय बाट निस्किएको र्याली कलैया स्थित भरत चौक हुँदै जिल्ला प्रशासन कार्यालय बारामा प्रमुख जिल्ला अधिकारी रुद्र प्रसाद पण्डितलाई ज्ञापन पत्र बुझाएको थियो ।नेपाली काङ्ग्रेस बाराले ज्ञापन पत्रमा उल्लेख गर्दै स्वास्थ्य सामाग्रीहरुको अपर्याप्ता देखाएर पिसिआर परीक्षण सुस्त गतिमा गर्नु मानवीय सम्बेदनशिलताको ख्याल नगरी मापदण्ड विपरीतका कोरेन्टाईनहरु निमाण गरी कोरेन्टाईन नै संक्रमण बढाउने कारखाना बन्दै जानु निकै निन्दनीय भएको जनाएको छ ।

धाराशाही बन्दै गईरहेको कृषि , पर्यटन र उद्योग व्यवसायलाई पुनः उत्थानको लागि राहतको कुनै कार्यक्रम नल्याउनु , रोजगारी सृजनाको लागि खासै योजना , निति तथा कार्यक्रम नल्याउनु , श्रमिक बेरोजगार , विद्यार्थी , अपाङ्गता भएका व्यक्ति , एकल महिला र गर्भवर्तीहरुलाई राहत एवम कुनै विशेष कार्ययोजना नल्याउन नसकेको भन्दै प्रधानमन्त्री लाई ज्ञापन पत्र बुझाएको थियो ।

त्यस्तै कोरोना भाइरसको महामारीको बेला कोरेन्टाइन र राहतको सन्दर्भमा नेपाल सरकारको निकायहरुको गैर जिम्मेवारपन अकर्मण्यता , असक्षमता र भ्रष्टचार प्रति सम्वेदनशिल हुन नेपाल सरकारलाई ध्यानाकर्षण गराएको छ।नेपाली काङ्ग्रेस बाराको सभापती जय चन्द्र चौरसियाको अगुवाईमा निस्केको र्यालिमा ,कलैया उपमहानगरपालिकाका प्रमुख राजेश राय यादव ,तरुण दल बारा का अध्यक्ष लोकेश सिंह महागढिमाई नगरपालिका का नगर प्रमुख उपेेेन्द्र यादव लगायत का नेताहरु को सहभागिता रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

गौशालामा सांस्कृतिक खाना प्रदर्शन कार्यक्रम सम्पन्न

भाग्यरेखा ठाकुरमहोत्तरी ,पुष १० गते ।महोत्तरी जिल्लाको गौशाला नगरपालिकामा अवस्थित गौशाला एकेडेमी स्कुलले वि..

3 दिन पहिले

मधेसका आवाज डा. बीरवंश बैठालाई ‘तेस्रो दादासाहेब फाल्के ..

मलङ्वा (सर्लाही) — मधेसको सामाजिक, शैक्षिक तथा मानवअधिकार क्षेत्रमा निरन्तर आवाज उठाउँदै आएका डा. बीर वंश बैठाला..

6 दिन पहिले

गौशालामा दुई भारतीयसहित चार जना लागूऔषधसहित पक्राउ

गौशाला (महोत्तरी) — महोत्तरीको गौशालामा दुई जना भारतीय नागरिकसहित चार जनालाई ठूलो परिमाणको प्रतिबन्धित लागूऔष..

6 दिन पहिले

महत्तरी क्षेत्र नं. ४ बाट प्रचण्ड र भरत प्रसाद साह उम्मेद..

निरन्जन कुमार साह महत्तरी, पुष ७ गते । आउदै गरेको फाल्गुन २१ गतेको प्रतिनिधि सभा सदस्यको निर्वाचनको लागि महोत्तर..

7 दिन पहिले

सामुदायिक रेडियो अझै पनि विश्वसनीय सञ्चार माध्यम हो : मु..

निरन्जन कुमार साह, महोत्तरी । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले रेडियो वर्तमान समयमा पनि ज..

7 दिन पहिले

मौसम परिवर्तनसँगै स्वास्थ्य जोखिम बढ्दो, सचेत रहन डा. जा..

ममता शर्मा महोत्तरी, कार्तिक २३ गते ।  मौसम परिवर्तनसँगै महोत्तरी लगायत मधेशका विभिन्न क्षेत्रमा रुघाखोकी, सर्..

2 महीना पहिले

महोत्तरीको सम्सी गाउँपालिकामा स्तनपान कक्ष संचालन

निरन्जन कुमार साह, महोत्तरी । महोत्तरीको सम्सी गाउँपालिकामा स्तनपान कक्ष निर्माण गरिएको छ । पालिकाले केहि दिन..

7 महीना पहिले

जनकपुरको विभिन्न अस्पतालमा मुख्य मन्त्रीको अनुगमन 

निरन्जन कुमार साह , महोत्तरी  मधेश प्रदेशका मुख्य मन्त्री सतिश कुमार सिंहले जनताको स्वास्थ्य सुरक्षा सुनिश्चि..

10 महीना पहिले

महोत्तरीमा ४५ हजार ४ सय ६४ जना किशोरिलाई खोप लगाइने 

आर.जे. इर्साद  महोत्तरी , माघ १६ गते  महोत्तरीको जलेश्वर स्थित रहेको जिल्ला समन्वय समिति कार्यालयको बैठक हलमा ..

11 महीना पहिले

गौशालामा रक्तदान कार्यक्रम सम्पन्न

निरन्जन कुमार साह महोत्तरी , कार्तिक १६ गते   महोत्तरीको गौशालामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । नव जीवन सा..

1 वर्ष पहिले

गौशालामा स्तनपान सप्ताह कार्यक्रम सम्पन्न

ममता शर्मा , महोत्तरी महोत्तरीको गौशालामा सामुदायिक विकास पैरवी मंचले विभिन्न स्वास्थ्य चौकीमा स्तनपान सप्ताह ..

1 वर्ष पहिले