महोत्तरीको बलवा नगरपालिका पूर्ण खोप पालिका घोषणा

2 वर्ष पहिले प्रकाशित

(2081-01-28 B.S.)

1498 पटक देखिएको

निरन्जन कुमार साह
महोत्तरी , बैशाख २८ गते

महोत्तरीको बलवा नगरपालिका पूर्ण खोप पालिका घोषणा भएको छ । शुक्रबार एक कार्यक्रमका बीच पूर्ण खोप पालिका घोषणा गरिएको हो । नगरपालिकाको एघार ओटै वडाको अवलोकन र निरीक्षण गर्दा खोप लगाउन कोहि पनि नछुटेकोले पूर्ण खोप पालिका घोषणा गरिएको नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख यमुना प्रसाद यादवले जानकारी दिए । पालिकाले शुक्रबार १६ देखि ५९ महिनासम्मका सबै बालबालिकाहरुलाई १५ महिनाको उमेरभित्र लगाउनुपर्ने सम्पूर्ण खोप लगाइएकोले पूर्ण खोप पालिकाको प्रमाण पत्र जिल्लाको खोप समन्वय समितिको सचिवालयले बलवा नगरपालिकालाई प्रदान गरेसँगै पूर्ण खोप पालिका घोषणा भएको हो ।

कार्यक्रममा स्वागत मन्तव्य दिदै पालिका प्रमुख मित्रलाल ढकालले बलवा नगरपालिकाको सम्पूर्ण कर्मचारी इमान्दार रहेको र आफुलाई हरेक कार्यमा सक्दो सहयोग गरेको जिकिर गरे । उनले खोपको लागि पालिका वासीले चिन्ता लिनै नपर्ने बताए जनसमुदायको सहयोगले यो सम्भव रहेको उनको भनाइ थियो ।

नगर प्रमुख रामविजय महतोले जनप्रतिनिधि, स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयंमसेविका र आम जनताको सकृयतामा पूर्णखोप पालिका घोषणा हुन सफल भएको बताए । उनले पालिकाले स्वास्थ्य क्षेत्रलाई महत्त्वपूर्ण स्थानमा राखेर कार्यक्रमहरू अगाडि बढाएको पनि जानकारी दिए ।

पालिकाको स्वास्थ्य शाखा सह-संयोजक रामकुमारले पालिकालाई पूर्ण खोप घोषणा गर्नको लागि दिनरात मेहनत गरेको बताए ।

जिल्ला स्वास्थ्य प्रमुख सुनिता गुप्ताले रोग प्रतिरोधात्मक क्षमता बढाउन अनिवार्य खोप लगाउनु पर्ने बताइन् । मुलुकको दक्ष र अब्बल जनशक्ति निर्माण गर्न अहिले स्वास्थ्य नागरिक हुन जरुरी रहेको जिकिर गर्दै उनले खोप उमेर समूहका सबै बालबालिका खोपको पहुँचमा हुनुपर्ने बताईन् ।

कार्यक्रममा जिल्ला समन्वय समितिका सभापति सुमन लाल कर्ण , प्रमुख जिल्ला अधिकारी शिवराम गेलाल , बलवा नगरपालिकाका नगर प्रमुख रामविजय महतो , उपप्रमुख रामदुलारी देवी , प्रमुख प्रशासकीय अधिकृत मित्रलाल ढकाल लगायत विभिन्न कर्मचारी , संचारकर्मीहरुको सहभागिता रहेको थियो । पूर्ण खोप सुनिश्चितता कार्यक्रमकै अवसरमा पालिकाका महिला स्वास्थ्य स्वयंमसेविकालाई प्रसंशा पत्र वितरण गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

गौशालामा सांस्कृतिक खाना प्रदर्शन कार्यक्रम सम्पन्न

भाग्यरेखा ठाकुरमहोत्तरी ,पुष १० गते ।महोत्तरी जिल्लाको गौशाला नगरपालिकामा अवस्थित गौशाला एकेडेमी स्कुलले वि..

3 दिन पहिले

मधेसका आवाज डा. बीरवंश बैठालाई ‘तेस्रो दादासाहेब फाल्के ..

मलङ्वा (सर्लाही) — मधेसको सामाजिक, शैक्षिक तथा मानवअधिकार क्षेत्रमा निरन्तर आवाज उठाउँदै आएका डा. बीर वंश बैठाला..

6 दिन पहिले

गौशालामा दुई भारतीयसहित चार जना लागूऔषधसहित पक्राउ

गौशाला (महोत्तरी) — महोत्तरीको गौशालामा दुई जना भारतीय नागरिकसहित चार जनालाई ठूलो परिमाणको प्रतिबन्धित लागूऔष..

6 दिन पहिले

महत्तरी क्षेत्र नं. ४ बाट प्रचण्ड र भरत प्रसाद साह उम्मेद..

निरन्जन कुमार साह महत्तरी, पुष ७ गते । आउदै गरेको फाल्गुन २१ गतेको प्रतिनिधि सभा सदस्यको निर्वाचनको लागि महोत्तर..

6 दिन पहिले

सामुदायिक रेडियो अझै पनि विश्वसनीय सञ्चार माध्यम हो : मु..

निरन्जन कुमार साह, महोत्तरी । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले रेडियो वर्तमान समयमा पनि ज..

7 दिन पहिले

मौसम परिवर्तनसँगै स्वास्थ्य जोखिम बढ्दो, सचेत रहन डा. जा..

ममता शर्मा महोत्तरी, कार्तिक २३ गते ।  मौसम परिवर्तनसँगै महोत्तरी लगायत मधेशका विभिन्न क्षेत्रमा रुघाखोकी, सर्..

2 महीना पहिले

महोत्तरीको सम्सी गाउँपालिकामा स्तनपान कक्ष संचालन

निरन्जन कुमार साह, महोत्तरी । महोत्तरीको सम्सी गाउँपालिकामा स्तनपान कक्ष निर्माण गरिएको छ । पालिकाले केहि दिन..

7 महीना पहिले

जनकपुरको विभिन्न अस्पतालमा मुख्य मन्त्रीको अनुगमन 

निरन्जन कुमार साह , महोत्तरी  मधेश प्रदेशका मुख्य मन्त्री सतिश कुमार सिंहले जनताको स्वास्थ्य सुरक्षा सुनिश्चि..

10 महीना पहिले

महोत्तरीमा ४५ हजार ४ सय ६४ जना किशोरिलाई खोप लगाइने 

आर.जे. इर्साद  महोत्तरी , माघ १६ गते  महोत्तरीको जलेश्वर स्थित रहेको जिल्ला समन्वय समिति कार्यालयको बैठक हलमा ..

11 महीना पहिले

गौशालामा रक्तदान कार्यक्रम सम्पन्न

निरन्जन कुमार साह महोत्तरी , कार्तिक १६ गते   महोत्तरीको गौशालामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । नव जीवन सा..

1 वर्ष पहिले

गौशालामा स्तनपान सप्ताह कार्यक्रम सम्पन्न

ममता शर्मा , महोत्तरी महोत्तरीको गौशालामा सामुदायिक विकास पैरवी मंचले विभिन्न स्वास्थ्य चौकीमा स्तनपान सप्ताह ..

1 वर्ष पहिले