आजको विजेता टोली दोस्रो क्वालिफायरमा पुग्ने : आइपिएल

6 वर्ष पहिले प्रकाशित

(2077-07-21 B.S.)

4970 पटक देखिएको

 कार्तिक २१ 

इन्डियन प्रिमियर लिग (आइपिएल) को एलिमिनेटर खेलमा आज रोयल च्यालेन्जर्स बेंगलोर र सनराइजर्स हैदराबादबीच प्रतिस्पर्धा हुँदैछ । खेल नेपाली समय अनुसार बेलुका ७ : ४५ पछि शेख जायद स्टेडियम आबूधाबीमा सुरु हुनेछ ।

आजको विजेता टोली दोस्रो क्वालिफायरमा पुग्ने छ । पहिलो क्वालिफायरमा दिल्ली क्यापिटल्सलाई हराउँदै मुम्बई इन्डियन्स फाइनलमा पुगेको छ । आजको विजेताले फाइनलमा पुग्न दोस्रो क्वालिफायरमा आइतबार दिल्ली क्यापिटल्ससँग खेल्ने छ ।

हैदराबाद तेस्रो र बेंगलोर चौथो स्थानमा रहेर एलिमिनेटरमा स्थान बनाएका हुन् । आइपिएलमा बेंगलोर र हैदराबादबीच हालसम्म १७ खेल भएको छन् । हैदराबाद ९ खेलमा विजयी हुँदा ७ खेलमा पराजित भएको छ । जारी सिजनमा हैदराबाद पहिलो खेलमा १० रनले पराजित हुँदा दोस्रो खेलमा ५ विकेटले विजयी भएको थियो । हैदराबाद र बेंगलोरबीचको खेलमा प्रभाव छाड्न सक्ने दुबै टोलीमा प्रमुख तीन तीन खेलाडी यस प्रकार छन् ।

डेभिड वार्नर (हैदराबाद)

कप्तान तथा ओपनर डेभिड वार्नर हैदराबादका प्रमुख हतियार हुन् । उनको उच्च प्रर्दशन बिना हैदराबादको जित कठिन देखिन्छ । हैदराबादले लिग चरणमा जितेका ७ खेलमा प्रयामा वार्नर नायक बनेका थिए । वार्नर जारी आइपिएलमा सर्वाधिक रन बनाउने दोस्रो खेलाडी हुन् ।

वार्नरले १४ खेलमा चार अर्ध शतक सहित कुल ५ सय २९ रन बनाएका छन् । पछिल्ला चार खेलमा वार्नरले क्रमशः ८५, ८, ६६ र ३५ रन जोडेका छन् । राम्रो लयमा देखिएका वार्नर आजको खेलमा पनि टोलीको नायक बन्न सक्छन् ।

देवदत्त पाडिक्कल (बेंगलोर)

युवा ओपनर देवदत्त पाडिक्कलले आफ्नो डेब्यू प्रतियोगितामा उच्च प्रर्दशन गरि रहेका छन् । जारी आइपिएलमा १४ खेलमा ५ अर्ध शतक सहित कुल ४ सय ७२ रन बनाएका छन् । ‘इमर्जिङ प्लेयर अफ द अवार्डका’ प्रमुख दाबेदार देवदत्त पाडिक्कलले लगातार रन जोड्दै बेंगलोरलाई राम्रो सुरुवात दिलाउँदै आएका छन् । उत्कृष्ट लयमा रहेका पाडिक्कलले हैदराबादविरुद्ध पनि उत्कृष्ट इनिङ खेल्न सक्छन् ।

राशिद खान (हैदराबाद)

लेग स्पिनर राशिद खान हैदराबादका प्रमुख बलिङ हतियार हुन् । उनले जारी आइपिएलमा १९ विकेट लिदा इकोनमी ५.२८ को छ । राशिद खानले लगातार कसिलो बलिङ गर्दै विपक्षी ब्याट्सम्यानलाई दबाबमा राख्दै आएका छन् ।

युजभेन्द्र चहल (बेंगलोर)

लेग स्पिनर युजभेन्द्र चहल बेंगलोरका बलिङका प्रमुख हतियार हुन् । चहलको उच्च प्रर्दशन बिना बेंगलोरको जित कठिन देखिन्छ । मध्यक्रममा लगातार विकेट लिदै विपक्ष्यलाई दबाबमा राख्दै आएका चहलको प्रर्दशन बेंगलोरलाई निकै महत्वपूर्ण हुने छ ।

चहलले जारी आइपिएलमा १४ खेलमा २० विकेट लिई सकेका छन् । इकोनमी ७.१६ छ । पहिलो खेलमा हैदराबादलाई १० रनले पराजित गर्न चहलले प्लेयर अफ द म्याच प्रर्दशन गरेका थिए । उक्त खेलमा चहलले ४ ओभरमा १८ रन खर्चेर ३ विकेट लिएका थिए ।

सन्दीप शर्मा (हैदराबाद)

हैदराबादका तीव्र गतिका बलर सन्दीप शर्माले जारी सिजनमा राम्रो प्रभाव छाडेका छन् । पहिलो पावर प्लेमा उच्च प्रर्दशन गरि रहेका शर्माले मुम्बईलाई १० विकेटले हराउन प्रमुख तीन विकेट लिएका थिए । जारी सिजनमा कुल १३ विकेट लिएका शर्माको पछिल्लो खेलहरुमा प्रर्दशन उच्च छ । उनले पछिल्ला चार खेलमा ९ विकेट लिएका छन् । उनको लय हैदराबादलाई हतियार बन्न सक्छ ।

एबी डी भिलियर्स (बेंगलोर)

बेंगलोरको मध्यक्रम र तल्लोक्रम डी भिलियर्समा निर्भर छ । डी भिलियर्सले ४ खेलमा अर्ध शतक प्रहार गर्दा तीनमा प्लेयर अफ द म्याच चुनिएका छन् । बेंगलोरको जितमा नायक बन्दै आएका डी भिलियर्सको उत्कृष्ट ब्याटिङ बिना जित कठिन देखिन्छ ।

डी भिलियर्सले १४ खेलमा ४ अर्ध शतक सहित ३ सय ९८ रन बनाएका छन् । स्ट्राइकरेट १ सय ६३ को छ । हैदराबादलाई पहिलो खेलमा पराजित गर्न डी भिलियर्सले ३० बलमा ५१ रन जोडेका थिए । डी भिलियर्सको उच्च प्रर्दशनमा बेंगलोरले क्वालिफायरमा स्थान बनाउन सक्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

गौशाला बजार व्यवस्थापनमा विवाद, वडा अध्यक्षकै नेतृत्वम..

गौशाला, चैत्र २१ गते । महोत्तरीको प्रमुख व्यापारिक केन्द्र गौशाला बजारमा बजार व्यवस्थापनका क्रममा विवाद चर्क..

7 दिन पहिले

दुबई बन्दरगाहमा कुवेती तेल ट्याङ्करमाथि रहस्यमय आक्रमण

एजेन्सी, चैत्र १७ गते । संयुक्त अरब इमिरेट्सको दुबई बन्दरगाह क्षेत्रमा कुवेतको एक विशाल तेल ट्याङ्करमाथि राति..

11 दिन पहिले

राम जानकी सेकेण्डरी इंग्लिस बोर्डिङ स्कुलमा पहिलो एसईई ..

निरन्जन कुमार साह महोत्तरी, चैत्र १४ गते । राम जानकी सेकेण्डरी इंग्लिस बोर्डिङ स्कुल, गौशालामा “Farewell & Thanking Program&rdqu..

14 दिन पहिले

रौतहटको रिसोर्टमा नक्कली सुन कारोबार पर्दाफास, चार जना प..

रौतहट, चैत्र ११ — रौतहटको चन्द्रनिगाहपुरस्थित एक रिसोर्टमा नक्कली सुन कारोबार भइरहेको सूचना पाएपछि प्रहरीले छ..

17 दिन पहिले

गौशालामा साहित्यकारहरु सम्मानित

रोहित यादव  महोत्तरी, चित्र ८ गते । गौशाला नगरपालिकाभित्र क्रियाशील साहित्यकारहरूलाई “बृढ्यौली साहित्य स..

20 दिन पहिले

आयोजककै कब्जामा मुन्नी मिश्री भलिबलको उपाधि

  महोत्तरी, कार्तिक ९ गते । गौशालाको कान्तिबजारमा सम्पन्न तेश्रो मुन्नी मिश्री भलिबलको उपाधि आयोजकले सुरक्ष..

6 महीना पहिले

अयोजकलाई स्तब्ध पार्दै श्रीनगर विजयी

कार्तिक १ गते ।महोतरी । गौशालाको कान्तिबजार परडियामा सम्पन्न अन्डर–१६ नाईन साइड फुटबल टुर्नामेन्टको उपाधि स..

6 महीना पहिले

कान्तिबजारमा जारी फुटबल टुर्नामेन्टमा आयोजनक, टुटेश्वर..

संतोष सिंह महोतरी, असोज ३१ गते । गौशालाको कान्तिबजार परडियामा जारी अन्डर–१६ नाईन साइड फुटबल टुर्नामेन्टको प..

6 महीना पहिले

सोनमामा वडा स्तरीय क्रिकेट टुर्नामेन्ट हुदै

अनिल कुमार यादव, सोनमा  महोत्तरीको सोनमा गाउँपालिका वडा नं.३ खखना स्थित सात दिने वडा स्तरीय क्रिकेट टुर्नामेन्..

10 महीना पहिले

सोनमा गाउँपालिकामा तेस्रो अध्यक्ष कप क्रिकेट प्रतियोगि..

महोत्तरी, चैत्र २० गते  सोनमा गाउँपालिकामा तेस्रो अध्यक्ष कप क्रिकेट प्रतियोगिता बुधबारदेखि श्री सरस्वती माध..

1 वर्ष पहिले

गौशालामा हाजिरी जवाफ तथा खेलकुद प्रतियोगिता सम्पन्न

ममता शर्मा महोत्तरी , कार्तिक १३ गते । महोत्तरीको गौशालामा हाजिरी जवाफ तथा खेलकुद प्रतियोगिता सम्पन्न भएको छ । गौ..

1 वर्ष पहिले