स्वास्थ्य प्रतिष्ठानहरुको स्वायत्ततामा अतिक्रमण नगर्न नेपाली काँग्रेसको चेतावनी
जेष्ठ
नेपाली काँग्रेसले क्यान्सर संस्थानको नाममा स्थापित स्वास्थ्य प्रतिष्ठानहरुको स्वायत्ततामा अतिक्रमण नगर्ने सरकारलाई चेतावनी दिएको छ ।
बजेटमा सरकारले ल्याएको क्यान्सर संस्थानको अवधारणा मार्फत तीन वटा स्थापित क्यान्सर अस्पतालहरूको स्वायत्तता कुण्ठित गर्ने नियतमाथि सरोकारवालाहरूले गम्भीर प्रश्न उठाइसक्दा पनि प्रधानमन्त्रीको मौनता जारी रहेको भन्दै काँग्रेसले आपत्ति जनाएको हो ।
२०४६ सालको परिवर्तन पश्चात् काँग्रेसको नीति र नेतृत्वमा स्वदेशी र वैदेशिक सहयोगमा स्थापित र विकसित केहि क्यान्सर अस्पतालहरूको स्वायत्ततामाथि सरकारले बजेटमार्फत आक्रमण गरेको काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।
अलग्गै विवादास्पद संरचना मातहत ल्याउने र अस्पतालहरूको स्वायत्तता कुण्ठित गर्दै राज्य नियन्त्रित अखडा बनाउने नियत सरकारले राख्नु नितान्त गलत भएको शर्माको भनाइ छ।
‘भक्तपुर क्यान्सर अस्पताल, भक्तपुर, वीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुर र सुशील कोइराला प्रखर क्यान्सर अस्पताल, बाँकेलाई संस्थान मातहतमा ल्याउने भनेर गहिरो अध्ययन, विज्ञ परामर्श र सरोकारवालाहरुसँग कुनै छलफल बिना बजेटमा उल्लेख हुनुले त्यस पछिल्तिरको निश्चित नियतलाई प्रष्ट गरिसकेको छ’, विज्ञप्तिमा उल्लेख छ ।
क्यान्सर संस्थानको नाममा स्थापित स्वास्थ प्रतिष्ठानहरु यथास्थितिमा राख्न काम चलाउ सरकारलाई काँग्रेसको चेतावनी छ ।
वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..
गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..
4 दिन पहिले
नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन
गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिर..
10 दिन पहिले
बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ ..
महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..
10 दिन पहिले
पानी नपर्दा धान उत्पादन घट्ने चिन्तामा किसान
महोत्तरी, भदौं १७ गते । महोत्तरीको गौशाला नगरपालिकाअन्तर्गतका किसानहरूले लामो समयदेखि पर्याप्त वर्षा नहुँदा यस..
13 दिन पहिले
रसुवाका बाढीपीडितका लागि सम्सी गाउँपालिकाद्वारा १० लाख..
महोत्तरी भदौं ११ गते । रसुवा जिल्लामा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग ..
19 दिन पहिले
रामगोपालपुर नगरपालिकाको १४औँ नगरसभा सम्पन्न, करिब ५० कर..
महोत्तरी, असार ८ गते । महोत्तरीको रामगोपालपुर नगरपालिकाले १४औँ नगरसभा सम्पन्न गर्दै आर्थिक वर्ष २०८३/८४ का लाग..
3 महीना पहिले
रामनवमीकै साइतमा बालेन्द्र शाहको प्रधानमन्त्री शपथ हुद..
काठमाडौँ, चैत ८ गते रामनवमी को शुभ अवसर पारेर चैत १३ गते देशले नयाँ प्रधानमन्त्री पाउने भएको छ। सो दिन बालेन्द्..
6 महीना पहिले
महोत्तरी–२ मा लक्ष्मण यादवको घरदैलो अभियान तीव्र देखिय..
रोहित यादव महोत्तरी,फाल्गुन १३ गते । महोत्तरी निर्वाचन क्षेत्र नम्बर २ अन्तर्गत वडा नम्बर ७, गोरहन्नामा न..
7 महीना पहिले
बाके मरहा साझेदारी वन उपभोक्ता समूहको वार्षिक साधारण सभ..
निरन्जन कुमार साह महोत्तरी, फाल्गुन ११ गते । महोत्तरी जिल्लाको लक्ष्मीनिया चौकस्थित कार्यालय परिसरमा बाक..
7 महीना पहिले
नेपाली कम्युनिस्ट पार्टीका युवा उम्मेदवार इन्जिनियर लक..
महोत्तरी, फागुन ११ गते । रोहित यादव नेपाली कम्युनिस्ट पार्टीका युवा उम्मेदवार इन्जिनियर लक्ष्मण यादवको घरद..
7 महीना पहिले
महोत्तरी क्षेत्र न. ४ मा महेन्द्र कुमार रायलाई श्रीपुरवा..
जितेन्द्र कुशवाहा महोत्तरी, फाल्गुन ९ गते । महोत्तरी निर्वाचन क्षेत्र नं. ४ मा महेन्द्र कुमार रायको पक्ष..
7 महीना पहिले
वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..
गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशक..
कमेन्ट गर्नुहोस्
view comments