बाके मरहा साझेदारी वन उपभोक्ता समूहको वार्षिक साधारण सभा भव्य रूपमा सम्पन्न
7 महीना पहिले प्रकाशित
(2082-11-11 B.S.)
585 पटक देखिएको
निरन्जन कुमार साह
महोत्तरी, फाल्गुन ११ गते ।
महोत्तरी जिल्लाको लक्ष्मीनिया चौकस्थित कार्यालय परिसरमा बाके मरहा साझेदारी वन उपभोक्ता समूहको वार्षिक साधारण सभा “जय हरियाली, जय साझेदारी” भन्ने मूल नाराका साथ भव्य र उत्साहजनक वातावरणमा सम्पन्न भएको छ। कार्यक्रममा उपभोक्ता सदस्य, स्थानीय जनप्रतिनिधि, वनकर्मी तथा सरोकारवालाको उल्लेखनीय सहभागिता रहेको थियो। कार्यक्रमका संस्थापक अध्यक्ष रघुनाथ यादव ले २०५७ सालमा वन फँडानी नियन्त्रण, वन संरक्षण तथा दिगो व्यवस्थापनका उद्देश्यले साझेदारी वनको स्थापना गरिएको जानकारी दिए। उनले भने, “वन हाम्रो साझा सम्पत्ति हो, यसको संरक्षणमा सबैको समान जिम्मेवारी छ।” उनका अनुसार स्थापना कालदेखि नै समूहले सामुदायिक सहभागितामा आधारित वन व्यवस्थापनलाई प्राथमिकता दिँदै आएको छ। वन संरक्षण, व्यवस्थापन, वृक्षारोपण, वन क्षेत्रमा अतिक्रमण नियन्त्रण तथा उपभोक्तालाई आवश्यक काठ दाउरा उपलब्ध गराउनु समूहको मुख्य कार्यक्षेत्र रहेको उनले बताए। महोत्तरी जिल्लामा हाल जम्मा तीन वटा मात्र साझेदारी वन सञ्चालनमा रहेको जानकारी पनि उनले गराए।
मधेश प्रदेश वन निर्देशनालयका प्रतिनिधि मनोज ठाकुरले वनबाट उपभोक्ताले दाउरा, काठ, घाँस तथा रोजगारीसमेत प्राप्त गर्न सक्ने उल्लेख गरे। उनले वनलाई आयआर्जन, वातावरणीय सन्तुलन र जैविक विविधता संरक्षणको आधारका रूपमा व्याख्या गर्दै समितिलाई अझ प्रभावकारी र पारदर्शी सेवा प्रवाह गर्न आग्रह गरे।
उनले दीर्घकालीन कार्ययोजना निर्माण, वनको वैज्ञानिक व्यवस्थापन तथा स्थानीय युवालाई रोजगारी सिर्जना गर्ने कार्यक्रम अघि बढाउन सुझाव दिए। “वन जोगियो भने मात्र मानव जीवन सुरक्षित रहन्छ,” उनले भने।
समितिका पदाधिकारीहरूले गत वर्षको आय व्यय विवरण, काठ वितरण प्रक्रिया, वृक्षारोपण कार्यक्रम तथा वन संरक्षणसम्बन्धी गतिविधिहरूको जानकारी गराएका थिए । समूहका अध्यक्ष बलराम यादव ले हालसम्म ९५ प्रतिशत उपभोक्तालाई आवश्यक काठ वितरण गरिसकिएको जानकारी दिँदै बाँकी उपभोक्तालाई पनि छिट्टै सेवा उपलब्ध गराइने बताए। उनले २४ घण्टाभित्र काठ उपलब्ध गराउने प्रतिबद्धता दोहोर्याउँदै सेवा प्रवाहलाई अझ छिटो, पारदर्शी र व्यवस्थित बनाइने उल्लेख गरे । अध्यक्ष यादवले आगामी दिनमा वन क्षेत्र विस्तार, थप वृक्षारोपण, वन सुरक्षाका लागि निगरानी संयन्त्र सुदृढीकरण तथा उपभोक्ता सचेतना कार्यक्रम सञ्चालन गरिने योजना रहेको जानकारी दिए । वक्ताहरूले वन मानव सभ्यताको आधार र जीवनदायी स्रोत भएको उल्लेख गर्दै वन संरक्षणमा सबैको साझा प्रतिबद्धता आवश्यक रहेको धारणा राखेका थिए। वनले जलवायु सन्तुलन कायम राख्ने, भू क्षय रोक्ने र प्राकृतिक प्रकोप न्यूनीकरणमा महत्वपूर्ण भूमिका खेल्ने उनीहरूको भनाइ थियो।
कार्यक्रमको अन्त्यमा सहभागीहरूले वन संरक्षण र दिगो उपयोगमा ऐक्यबद्धता जनाउँदै साझेदारीको भावना बलियो बनाउने प्रतिबद्धता व्यक्त गरेका थिए।
साधारण सभा सौहार्दपूर्ण र उत्साहपूर्ण वातावरणमा सम्पन्न भएको आयोजक समितिले जनाएको छ।
वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..
गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..
2 दिन पहिले
नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन
गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिर..
7 दिन पहिले
बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ ..
महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..
8 दिन पहिले
पानी नपर्दा धान उत्पादन घट्ने चिन्तामा किसान
महोत्तरी, भदौं १७ गते । महोत्तरीको गौशाला नगरपालिकाअन्तर्गतका किसानहरूले लामो समयदेखि पर्याप्त वर्षा नहुँदा यस..
10 दिन पहिले
रसुवाका बाढीपीडितका लागि सम्सी गाउँपालिकाद्वारा १० लाख..
महोत्तरी भदौं ११ गते । रसुवा जिल्लामा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग ..
16 दिन पहिले
रामगोपालपुर नगरपालिकाको १४औँ नगरसभा सम्पन्न, करिब ५० कर..
महोत्तरी, असार ८ गते । महोत्तरीको रामगोपालपुर नगरपालिकाले १४औँ नगरसभा सम्पन्न गर्दै आर्थिक वर्ष २०८३/८४ का लाग..
3 महीना पहिले
रामनवमीकै साइतमा बालेन्द्र शाहको प्रधानमन्त्री शपथ हुद..
काठमाडौँ, चैत ८ गते रामनवमी को शुभ अवसर पारेर चैत १३ गते देशले नयाँ प्रधानमन्त्री पाउने भएको छ। सो दिन बालेन्द्..
6 महीना पहिले
महोत्तरी–२ मा लक्ष्मण यादवको घरदैलो अभियान तीव्र देखिय..
रोहित यादव महोत्तरी,फाल्गुन १३ गते । महोत्तरी निर्वाचन क्षेत्र नम्बर २ अन्तर्गत वडा नम्बर ७, गोरहन्नामा न..
7 महीना पहिले
नेपाली कम्युनिस्ट पार्टीका युवा उम्मेदवार इन्जिनियर लक..
महोत्तरी, फागुन ११ गते । रोहित यादव नेपाली कम्युनिस्ट पार्टीका युवा उम्मेदवार इन्जिनियर लक्ष्मण यादवको घरद..
7 महीना पहिले
महोत्तरी क्षेत्र न. ४ मा महेन्द्र कुमार रायलाई श्रीपुरवा..
जितेन्द्र कुशवाहा महोत्तरी, फाल्गुन ९ गते । महोत्तरी निर्वाचन क्षेत्र नं. ४ मा महेन्द्र कुमार रायको पक्ष..
7 महीना पहिले
महोत्तरी–१ मा उत्साहको लहर: गिरिराज मणि पोखरेलतर्फ बढ्द..
रोहित यादव महोत्तरी, फाल्गुन ९ गते । महोत्तरी क्षेत्र नं. १ मा चुनावी माहोल दिनानुदिन तातिँदै गएको छ। गाउँ बस्त..
7 महीना पहिले
नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन
गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहे..
वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..
गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशक..
कमेन्ट गर्नुहोस्
view comments