महोत्तरी–१ मा उत्साहको लहर: गिरिराज मणि पोखरेलतर्फ बढ्दो जनविश्वास

7 महीना पहिले प्रकाशित

(2082-11-09 B.S.)

738 पटक देखिएको


रोहित यादव 
महोत्तरी, फाल्गुन ९ गते ।

महोत्तरी क्षेत्र नं. १ मा चुनावी माहोल दिनानुदिन तातिँदै गएको छ। गाउँ बस्तीका चौतारीदेखि बजारका चिया पसलसम्म अहिले एउटै चर्चा छ । यसपटकको जित कसको ? स्थानीय राजनीतिक समीकरण हेर्दा नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार गिरिराज मणि पोखरेलप्रति देखिएको जनसमर्थनले चुनावी समीकरणलाई रोचक बनाएको छ।
स्थानीय मतदाताहरूका अनुसार क्षेत्र नं. १ मा विकासको निरन्तरताका लागि पोखरेल नै भरोसायोग्य विकल्प हुन्। २०७४ सालमा विजयी भएपछि उनले निर्वाचन क्षेत्रमा भित्र्याएका पूर्वाधार, शिक्षा र स्वास्थ्यसम्बन्धी परियोजनाहरूलाई धेरैले “देखिने विकास”को रूपमा व्याख्या गरेका छन्। सडक स्तरोन्नति, शैक्षिक संस्थामा संरचनागत सुधार र सामाजिक सुरक्षाका कार्यक्रमलाई मतदाताले सकारात्मक रूपमा स्मरण गरिरहेका छन्।
एक स्थानीय युवा भन्छन्, “उहाँले बोलेका कुरा मात्रै होइन, काम गरेर देखाउनुभएको छ। विकासको गति रोक्न नदिन फेरि उहाँलाई नै रोज्छौं।”
अर्का एक जेष्ठ नागरिकको भनाइ छ, “जनताको मुद्दामा सधैं अगाडि देखिनुहुन्छ। हाम्रा समस्या सुन्ने नेतामध्ये उहाँ अग्रस्थानमा हुनुहुन्छ।”
पार्टीका कार्यकर्ताहरूका अनुसार यसपटकका प्रमुख एजेन्डामा गरिबी न्यूनीकरण, सार्वजनिक पदाधिकारीहरूको सम्पत्ति छानबिन, पाँच लाख युवालाई रोजगारी सिर्जना, एक वर्षभित्र किसान कार्ड वितरण, सहुलियत ऋण व्यवस्था, मन्त्रीहरूको संख्या घटाउने तथा शिक्षालाई पूर्ण रूपमा निःशुल्क बनाउने जस्ता महत्वाकांक्षी योजना समावेश छन्। यिनै प्रतिबद्धताले मतदातामा थप उत्साह जगाएको उनीहरूको दाबी छ।
चुनाव नजिकिँदै जाँदा महोत्तरी १ मा राजनीतिक सरगर्मी उत्कर्षमा पुगेको छ। विभिन्न दलका उम्मेदवारहरू आ आफ्ना कार्यक्रमसहित घरदैलो अभियानमा सक्रिय छन्। तर स्थानीय परिवेशमा भने गिरिराज मणि पोखरेलप्रति देखिएको उत्साह र समर्थनले चुनावी प्रतिस्पर्धालाई थप रोमाञ्चक बनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..

गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..

2 दिन पहिले

नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन

गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिर..

7 दिन पहिले

बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ ..

महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..

8 दिन पहिले

पानी नपर्दा धान उत्पादन घट्ने चिन्तामा किसान

महोत्तरी, भदौं १७ गते । महोत्तरीको गौशाला नगरपालिकाअन्तर्गतका किसानहरूले लामो समयदेखि पर्याप्त वर्षा नहुँदा यस..

10 दिन पहिले

रसुवाका बाढीपीडितका लागि सम्सी गाउँपालिकाद्वारा १० लाख..

महोत्तरी भदौं ११ गते । रसुवा जिल्लामा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग ..

16 दिन पहिले

रामगोपालपुर नगरपालिकाको १४औँ नगरसभा सम्पन्न, करिब ५० कर..

महोत्तरी, असार ८ गते । महोत्तरीको रामगोपालपुर नगरपालिकाले १४औँ नगरसभा सम्पन्न गर्दै आर्थिक वर्ष २०८३/८४ का लाग..

3 महीना पहिले

रामनवमीकै साइतमा बालेन्द्र शाहको प्रधानमन्त्री शपथ हुद..

काठमाडौँ, चैत ८ गते  रामनवमी को शुभ अवसर पारेर चैत १३ गते देशले नयाँ प्रधानमन्त्री पाउने भएको छ। सो दिन बालेन्द्..

6 महीना पहिले

महोत्तरी–२ मा लक्ष्मण यादवको घरदैलो अभियान तीव्र देखिय..

रोहित यादव  महोत्तरी,फाल्गुन १३ गते  । महोत्तरी निर्वाचन क्षेत्र नम्बर २ अन्तर्गत वडा नम्बर ७, गोरहन्नामा न..

7 महीना पहिले

बाके मरहा साझेदारी वन उपभोक्ता समूहको वार्षिक साधारण सभ..

  निरन्जन कुमार साह  महोत्तरी, फाल्गुन ११ गते । महोत्तरी जिल्लाको लक्ष्मीनिया चौकस्थित कार्यालय परिसरमा बाक..

7 महीना पहिले

नेपाली कम्युनिस्ट पार्टीका युवा उम्मेदवार इन्जिनियर लक..

महोत्तरी, फागुन ११ गते । रोहित यादव  नेपाली कम्युनिस्ट पार्टीका युवा उम्मेदवार इन्जिनियर लक्ष्मण यादवको घरद..

7 महीना पहिले

महोत्तरी क्षेत्र न. ४ मा महेन्द्र कुमार रायलाई श्रीपुरवा..

जितेन्द्र कुशवाहा महोत्तरी, फाल्गुन ९ गते ।   महोत्तरी निर्वाचन क्षेत्र नं. ४ मा महेन्द्र कुमार रायको पक्ष..

7 महीना पहिले

नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन

गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहे..