अमेरिकि सिनेटद्वारा चीनलाई टक्कर दिन अर्बौ डलर खर्च पाउने विधेयक पारित

5 वर्ष पहिले प्रकाशित

(2078-02-25 B.S.)

6556 पटक देखिएको

जेष्ठ २६ 

अमेरिकाको माथिल्लो सदन सिनेटले चीनलाई टक्कर दिन विभिन्न विषयमा आगामी पाँच वर्षमा झन्डै २ सय ५० अर्ब अमेरिकी डलर खर्च पाउने विधेयक पारित गरेको छ।

मंगलबार सिनटमा दुबै पार्टीका सांसदहरूले उक्त विधेयकलाई पारित गर्न मतदान गरेका हुन्। सिनेटमा झिनो बहुमत भएको डेमोक्रेटिक पार्टीलाई विपक्षी रिपब्लिकन पार्टीका सांसदले साथ दिएपछि विधेयक दुई तिहाइ बढी मतले पारित भएको हो। आर्थिक नीतिहरूमा यी दुई पार्टीहरूले यसअघि प्राय: एक ठाउँमा आउँदैनथे।

पछिल्लो समय आक्रामक रूपले अघि बढिरहेको चीनलाई टक्कर दिने विधेयक पारित गर्न सिनेटमा उनीहरू एकमत भएका हुन्।

विधेयकका पक्षमा ६८ र विपक्षम ३२ मत परेको थियो। पारित भएको विधेयकअनुसार अमेरिकाले अमेरिकी प्रविधि र अनुसन्धानका लागि १८९ अर्ब डलर, अमेरिकी सेमिकन्डक्टर र टेलिकम्युनिकेशन सामग्रीको उत्पादन बढाउन ५४ अर्ब, अटो निर्माताहरूलाई चाहिने चिप्सका लागि २ अर्ब खर्च गर्न सकिनेछ।

राष्ट्रपति जो बाइडेनले उक्त विधेयकको स्वागत गरेका छन्।२४ सय पृष्ठको उक्त विधेयकमा चीनसँग प्रतिष्पर्धाका विभिन्न आयामबारे चर्चा गरिएको छ।विधेयकमा बेइजिङको विश्वव्यापी प्रभावलाई कम गर्न कूटनीतिलाई पनि अपनाइने उल्लेख छ।

यसअघि राष्ट्रपति डोनाल्ड ट्रम्पले 'अमेरिका पहिला' भन्ने नीति लिएर कतिपय मित्र राष्ट्रलाई चिढ्याएका थिए। यो विधेयकमा पनि अमेरिकाका मित्र  र विचार मिल्ने राष्ट्रहरूसँग सहकार्य बढाउने उल्लेख छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..

गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..

2 दिन पहिले

नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन

गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिर..

7 दिन पहिले

बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ ..

महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..

8 दिन पहिले

पानी नपर्दा धान उत्पादन घट्ने चिन्तामा किसान

महोत्तरी, भदौं १७ गते । महोत्तरीको गौशाला नगरपालिकाअन्तर्गतका किसानहरूले लामो समयदेखि पर्याप्त वर्षा नहुँदा यस..

10 दिन पहिले

रसुवाका बाढीपीडितका लागि सम्सी गाउँपालिकाद्वारा १० लाख..

महोत्तरी भदौं ११ गते । रसुवा जिल्लामा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग ..

16 दिन पहिले

रामगोपालपुर नगरपालिकाको १४औँ नगरसभा सम्पन्न, करिब ५० कर..

महोत्तरी, असार ८ गते । महोत्तरीको रामगोपालपुर नगरपालिकाले १४औँ नगरसभा सम्पन्न गर्दै आर्थिक वर्ष २०८३/८४ का लाग..

3 महीना पहिले

रामनवमीकै साइतमा बालेन्द्र शाहको प्रधानमन्त्री शपथ हुद..

काठमाडौँ, चैत ८ गते  रामनवमी को शुभ अवसर पारेर चैत १३ गते देशले नयाँ प्रधानमन्त्री पाउने भएको छ। सो दिन बालेन्द्..

6 महीना पहिले

महोत्तरी–२ मा लक्ष्मण यादवको घरदैलो अभियान तीव्र देखिय..

रोहित यादव  महोत्तरी,फाल्गुन १३ गते  । महोत्तरी निर्वाचन क्षेत्र नम्बर २ अन्तर्गत वडा नम्बर ७, गोरहन्नामा न..

7 महीना पहिले

बाके मरहा साझेदारी वन उपभोक्ता समूहको वार्षिक साधारण सभ..

  निरन्जन कुमार साह  महोत्तरी, फाल्गुन ११ गते । महोत्तरी जिल्लाको लक्ष्मीनिया चौकस्थित कार्यालय परिसरमा बाक..

7 महीना पहिले

नेपाली कम्युनिस्ट पार्टीका युवा उम्मेदवार इन्जिनियर लक..

महोत्तरी, फागुन ११ गते । रोहित यादव  नेपाली कम्युनिस्ट पार्टीका युवा उम्मेदवार इन्जिनियर लक्ष्मण यादवको घरद..

7 महीना पहिले

महोत्तरी क्षेत्र न. ४ मा महेन्द्र कुमार रायलाई श्रीपुरवा..

जितेन्द्र कुशवाहा महोत्तरी, फाल्गुन ९ गते ।   महोत्तरी निर्वाचन क्षेत्र नं. ४ मा महेन्द्र कुमार रायको पक्ष..

7 महीना पहिले

नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन

गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहे..