निर्वाचन आयोगले बहुमतको सर्वोत्कृष्ट सिद्धान्तको मज्जाक उडायो : मन्त्री योगेन्द्र यादव
जेठ ३१ गते, रौतहट
ओम प्रकाश यादव
उपेन्द्र यादव पक्षका जनता समाजवादी पार्टीका नेता एवं प्रदेश २ का भूमि व्यवस्था कृषि तथा सहकारी राज्य मन्त्री योगेन्द्र यादवले निर्वाचन आयोगले महन्थ ठाकुर पक्षलाई कार्यवाही नगरेको प्रति आपत्ति जनाएका छन । उपेन्द्र यादव नेतृत्वको जसपालाई आधिकारीक पार्टीको मान्याता नदिएर निर्वाचन आयोगले बहुमतको सर्वोत्कृष्ट सिद्धान्तलाई मज्जाक उडाएको कृषि राज्य मन्त्री यादवले बताएका हुन । सामाजिक सञ्जाल फेसबुकमा सटाटस लेख्दै मन्त्री यादवले यस्तो बताएका हुन । जनता समाजवादी पार्टी (जसपा) मा साविककै पदाधिकारीहरुलाई कायम राख्ने गरी निर्वाचन आयोगले हिजो निर्णय सुनाएपछि उपेन्द्र यादव पक्ष रुष्ट बनेको छ ।
जसपाका दुवै अध्यक्ष यादव र ठाकुरले एक अर्कालाई कार्यवाही गर्दै पार्टीको आधिकारीक मान्याता दिन माग गरेको थियो । तर जसपाका दुबै पक्षको निवेदनलाई आइतबार निर्वाचन आयोगले अमान्य घोषित गर्दै ठाकुर र यादव दुबै अध्यक्ष रहेको साविककै पदाधिकारीलाई ब्युँताइदिएको छ ।
कृषि राज्य मन्त्री यादवले पार्टीको केन्द्रीय र कार्यकारीणी समितिमा उपेन्द्र यादवको पक्षमा पुर्ण बहुमत हुँदाहुँदै आयोगले साविककै पदाधिकारीहरुलाई कायम राख्ने निर्णय गरेर लोकतान्त्रिक विधि र प्रकृयाको खिल्ली उडाएको आरोप लगाएका छन ।
आफूहरुले जसपाका अध्यक्ष ठाकुर सहित चारजनालाई पार्टीको विधान, राजनीतिक दलसम्बन्धी ऐनको आधारमा कानुनसम्मत कारवाही गरेको बताउँदै उनले आइतवार अचानक आयोगबाट यस्तो निर्णय आएकोमा आफूहरु दुःखी भएको बताए । उनले भने, ‘यो निर्णय हेर्दा निर्वाचन आयोगले कसैको दबावमा यस्तो निर्णय गरेको प्रष्ट हुन्छ ।’
केन्द्रीय र कार्यकारीणी समितिमा यादवको बहुमत छ त्यसैले आयोगले बहुमतको आधारमा पार्टीको आधिकारीक मान्याता उपेन्द्र यादव नेतृत्वको जसपालाई नै दिनुपथ्र्यो तर साविककै पदाधिकारीलाई कायम राख्ने निर्णय गरेर बहुमतको सिद्धान्तलाई खिल्ली उडाएको मन्त्री यादवको टिप्पणी छ । आयोगको यो निर्णयलाई पार्टीले गम्भिर रुपमा लिएको बताउँदै मन्त्री यादवले पार्टीमा यसबारे छलफल गरेर चाडै निर्णय लिने बताए ।
गौशाला बजार व्यवस्थापनमा विवाद, वडा अध्यक्षकै नेतृत्वम..
गौशाला, चैत्र २१ गते । महोत्तरीको प्रमुख व्यापारिक केन्द्र गौशाला बजारमा बजार व्यवस्थापनका क्रममा विवाद चर्क..
9 दिन पहिले
दुबई बन्दरगाहमा कुवेती तेल ट्याङ्करमाथि रहस्यमय आक्रमण
एजेन्सी, चैत्र १७ गते । संयुक्त अरब इमिरेट्सको दुबई बन्दरगाह क्षेत्रमा कुवेतको एक विशाल तेल ट्याङ्करमाथि राति..
13 दिन पहिले
राम जानकी सेकेण्डरी इंग्लिस बोर्डिङ स्कुलमा पहिलो एसईई ..
निरन्जन कुमार साह महोत्तरी, चैत्र १४ गते । राम जानकी सेकेण्डरी इंग्लिस बोर्डिङ स्कुल, गौशालामा “Farewell & Thanking Program&rdqu..
16 दिन पहिले
रौतहटको रिसोर्टमा नक्कली सुन कारोबार पर्दाफास, चार जना प..
रौतहट, चैत्र ११ — रौतहटको चन्द्रनिगाहपुरस्थित एक रिसोर्टमा नक्कली सुन कारोबार भइरहेको सूचना पाएपछि प्रहरीले छ..
19 दिन पहिले
गौशालामा साहित्यकारहरु सम्मानित
रोहित यादव महोत्तरी, चित्र ८ गते । गौशाला नगरपालिकाभित्र क्रियाशील साहित्यकारहरूलाई “बृढ्यौली साहित्य स..
22 दिन पहिले
रामनवमीकै साइतमा बालेन्द्र शाहको प्रधानमन्त्री शपथ हुद..
काठमाडौँ, चैत ८ गते रामनवमी को शुभ अवसर पारेर चैत १३ गते देशले नयाँ प्रधानमन्त्री पाउने भएको छ। सो दिन बालेन्द्..
22 दिन पहिले
महोत्तरी–२ मा लक्ष्मण यादवको घरदैलो अभियान तीव्र देखिय..
रोहित यादव महोत्तरी,फाल्गुन १३ गते । महोत्तरी निर्वाचन क्षेत्र नम्बर २ अन्तर्गत वडा नम्बर ७, गोरहन्नामा न..
2 महीना पहिले
बाके मरहा साझेदारी वन उपभोक्ता समूहको वार्षिक साधारण सभ..
निरन्जन कुमार साह महोत्तरी, फाल्गुन ११ गते । महोत्तरी जिल्लाको लक्ष्मीनिया चौकस्थित कार्यालय परिसरमा बाक..
2 महीना पहिले
नेपाली कम्युनिस्ट पार्टीका युवा उम्मेदवार इन्जिनियर लक..
महोत्तरी, फागुन ११ गते । रोहित यादव नेपाली कम्युनिस्ट पार्टीका युवा उम्मेदवार इन्जिनियर लक्ष्मण यादवको घरद..
2 महीना पहिले
महोत्तरी क्षेत्र न. ४ मा महेन्द्र कुमार रायलाई श्रीपुरवा..
जितेन्द्र कुशवाहा महोत्तरी, फाल्गुन ९ गते । महोत्तरी निर्वाचन क्षेत्र नं. ४ मा महेन्द्र कुमार रायको पक्ष..
2 महीना पहिले
महोत्तरी–१ मा उत्साहको लहर: गिरिराज मणि पोखरेलतर्फ बढ्द..
रोहित यादव महोत्तरी, फाल्गुन ९ गते । महोत्तरी क्षेत्र नं. १ मा चुनावी माहोल दिनानुदिन तातिँदै गएको छ। गाउँ बस्त..
2 महीना पहिले
कमेन्ट गर्नुहोस्
view comments