सम्सी गाउँपालिका अध्यक्ष पुन आफ्नो पदमा पुनरबहाली हुनुको यस्तो छ कारण
असार १९ ,सम्सी
महोत्तरीको सम्सी गाउपालिकाका अध्यक्ष शेष फारुक आफ्नो पदमा पुन स्थापित भएका छन् ।
सम्सी गाउपालिका छिमेकी मुलुक भारतको सिमानामा अवस्थित रहेको गाउपालिका हो । जुन गाउपालिकामा सबै जातजातिको बसोबास लगायत मुस्लिम धर्मालम्बीको बाहुल्याता रहेको छ ।
स्थानीय तहको चुनावमा गाउपालिका अध्यक्षमा शेष फारुक निर्वाचित भएका थिए । त्यहाका जनसमुदाय लगायत अन्य बिकासका क्रममा धेरै कठिनाइहरु झेल्दै त्यहाँका जनताहरुको मर्म र दुख उनले बुझेका छन् ।
सोझो र लोकप्रिय अध्यक्ष शेष फारुक जनताको लागि मात्र काम गर्दै आएको कारणले केहि व्यक्तिहरुको मन दुखेका थियो । जसले गर्दा पार्टीमा कारवाही , पालिका स्तरीय विवादहरु उत्पन्न गर्दै आइरहेका छन् । त्यस्ता अवस्थाहरुको संघर्ष गर्दै आइरहे पनि जनताको केहि बिकासमा कमि र कमजोरी पुगेका हुनाले निर्वाचनको अन्तिम बर्षमा आइपुगेको जनताको सम्पूर्ण मर्म र दुख बुझेर हरेक क्षेत्रमा बिकास गरेर सुन्दर बिकास मुखी गाउपालिका निर्माण गर्ने प्रतिबद्धता जनाउदै गाउपालिका अध्यक्षले भने "मेरो साथमा जनता छ । जनता अल्लाह हुन् भगवान हुन् र जसलाई कसैले साथ दिदैन उसलाई अल्लाहले साथ दिन्छ । तसर्थ जनताको कारणले नै आज मेरो पद पुन फर्किएको हो म सम्पूर्ण जनताप्रति आभारी छु । त्यसकारण जनता नै मेरो अल्लाह हो , भगवान हो र म भगवानको हमेशा सेवा गर्नेछु ।"
उनि नेकपा माओवादी केन्द्रको कारबाहीमा निर्वाचन आयोगबाट पदमुक्त भएका थिए ।
शुक्रवार उनलाई निर्वाचन आयोगले गाउपालिका अध्यक्षबाट पदमुक्त गर्ने निर्णय तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको हो ।
न्यायाधीश डा. कुमार चुँडालको एकल इजलासले शुक्रबार फारुकको रिटमाथि प्रारम्भिक सुनुवाइ गर्दै अन्तरिम आदेश दिएको हो।
आदेशमा प्रत्यक्ष जननिर्वाचित स्थानीय कार्यपालिकाको प्रमुख/अध्यक्ष भएको र उनले सम्पादन गर्नुपर्ने स्थानीय तहसम्बन्धी कामकारबाही एवं अधिकारमा अपूरणीय क्षति पुग्ने भएकाले मुद्दाको टुंगो नलाग्दासम्म निर्वाचन आयोगले गरेको निर्णय कार्यान्वयन नगर्न भनिएको छ।
नेकपा माओवादी केन्द्रले निर्वाचन आयोगमा सम्सी गाउँपालिका अध्यक्ष फारुकसहित विभिन्न जिल्लाका १४ जना स्थानीय जनप्रतिनिधिले दल त्याग गरेर एमालेमा प्रवेश गरेको भन्दै पदमुक्त गर्न पत्र पठाएको थियो।
सो पत्रका आधारमा आयोगले असार ११ गते उनीहरू पदमुक्त भएका सूचना निकालेको थियो। उनि पुन अध्यक्ष पदमा पुनर्बहाली भएपछी सम्सी गाउपालिकाका स्थानीय वासी निकै हर्षित भएका छन् ।
वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..
गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..
4 दिन पहिले
नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन
गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिर..
10 दिन पहिले
बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ ..
महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..
10 दिन पहिले
पानी नपर्दा धान उत्पादन घट्ने चिन्तामा किसान
महोत्तरी, भदौं १७ गते । महोत्तरीको गौशाला नगरपालिकाअन्तर्गतका किसानहरूले लामो समयदेखि पर्याप्त वर्षा नहुँदा यस..
13 दिन पहिले
रसुवाका बाढीपीडितका लागि सम्सी गाउँपालिकाद्वारा १० लाख..
महोत्तरी भदौं ११ गते । रसुवा जिल्लामा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग ..
19 दिन पहिले
रामगोपालपुर नगरपालिकाको १४औँ नगरसभा सम्पन्न, करिब ५० कर..
महोत्तरी, असार ८ गते । महोत्तरीको रामगोपालपुर नगरपालिकाले १४औँ नगरसभा सम्पन्न गर्दै आर्थिक वर्ष २०८३/८४ का लाग..
3 महीना पहिले
रामनवमीकै साइतमा बालेन्द्र शाहको प्रधानमन्त्री शपथ हुद..
काठमाडौँ, चैत ८ गते रामनवमी को शुभ अवसर पारेर चैत १३ गते देशले नयाँ प्रधानमन्त्री पाउने भएको छ। सो दिन बालेन्द्..
6 महीना पहिले
महोत्तरी–२ मा लक्ष्मण यादवको घरदैलो अभियान तीव्र देखिय..
रोहित यादव महोत्तरी,फाल्गुन १३ गते । महोत्तरी निर्वाचन क्षेत्र नम्बर २ अन्तर्गत वडा नम्बर ७, गोरहन्नामा न..
7 महीना पहिले
बाके मरहा साझेदारी वन उपभोक्ता समूहको वार्षिक साधारण सभ..
निरन्जन कुमार साह महोत्तरी, फाल्गुन ११ गते । महोत्तरी जिल्लाको लक्ष्मीनिया चौकस्थित कार्यालय परिसरमा बाक..
7 महीना पहिले
नेपाली कम्युनिस्ट पार्टीका युवा उम्मेदवार इन्जिनियर लक..
महोत्तरी, फागुन ११ गते । रोहित यादव नेपाली कम्युनिस्ट पार्टीका युवा उम्मेदवार इन्जिनियर लक्ष्मण यादवको घरद..
7 महीना पहिले
महोत्तरी क्षेत्र न. ४ मा महेन्द्र कुमार रायलाई श्रीपुरवा..
जितेन्द्र कुशवाहा महोत्तरी, फाल्गुन ९ गते । महोत्तरी निर्वाचन क्षेत्र नं. ४ मा महेन्द्र कुमार रायको पक्ष..
7 महीना पहिले
वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..
गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशक..
कमेन्ट गर्नुहोस्
view comments