औरही नगरपालिकामा मेयर सुनिल कुमार यादवद्वारा पत्रकार सम्मेलन

4 वर्ष पहिले प्रकाशित

(2078-06-11 B.S.)

3648 पटक देखिएको

Niranjan Kumar Sah

निरन्जन साह
असोज ११

औरही नगरपालिकामा मेयर सुनिल कुमार यादवले पत्रकार सम्मेलन गरेका छन् । सोमबार उनले आफुप्रति नगरभित्रका विभिन्न दलहरुबाट आएको आलोचनालाइ खण्डन गर्दै पत्रकार सम्मेलनमा आफ्ना भनाइ व्यक्त गरेका छन् । उनले भनेका छन् “यहाँका सम्पूणर् जनप्रतिनिधिहरुलाई आजसम्म मैले एउटा अभिभावकको रुपमा भूमिका निर्वाह गर्दै आएको छु ।  हामीहरुले ठिक समय समयमा सम्पूणर् नगरका प्रतिनिधिहरु सबैलाइ एकसाथ सर्वसहमतिबाट ८ औ नगर सभा गर्न सफल भयौ । नगरका सम्पूणर् जनप्रतिनिधिहरुलाई आज सम्म म सँग काधमा काधमिलाएर साथ साथै लिएर हिडेको छु र यो कुरा जनतालाइ पनि आभास छ कि औरही नगरपालिकाबाट उनीहरुले अभिभावकत्व सिक्नै पर्छ भनेर । तिन ओटा निकाय स्थानीय प्रदेश र संघीयमा नेपालको राजनीतिको कुरा सबैलाइ थाहा भएकै हो  । तसर्थ सबैले बुझ्नुपर्ने हो कि औरही नगरपालिकाले दैनिक कसरि आफ्नो क्रियाकलाप गर्छ भनेर । अरु पालिकाहरुमा लाखौ बेरुजु रहेको छ तर औरही नगरपालिका ५ हजार बेरुजु पनि कसैले देखाउन सक्दैन । राजनीति यस्तो पेशा हो जति राम्रो गर्यो त्यति नराम्रो बिपक्षीलाइ लाग्ने गर्दछ र यो जनताले बुझेका छन् ।यहि व्यक्तित्वहरुको समुहले नगरपालिकामा केहि नराम्रा कुरा उठाए कि औरही नगरपालिकाले भ्रष्टाचार गर्यो भनेर तर प्रश्न छ उहाहरुलाइ कि के कुरामा भ्रष्टाचार गर्यो नगरले ?त्यसलाई प्रष्ट गरेर भन्नुपर्दछ ।   

पत्रकार सम्मेलनमा मेयर यादवले सोधिएका प्रश्नहरुको जवाफ यसरी दिएका छन् :-
१. बिपक्षीहरुको भनाइ छ कि तपाईले केहि बिकास गर्नु भएको छैन तर तपाइँ भन्नुहुन्छ हामीले धेरै बिकास गरेका छन् केके बिकास गर्नु भएको छ त ?
बिगत चार वर्षमा औरही नगरपालिकाले शिक्षामा मात्र नभएर हरेक ठाउमा बिकास गरेका छन् । प्रत्येक वडामा स्वास्थ्य चौकीको लागि १/१ कठ्ठा जमिन र पन्ध्र बेडको हस्पिटल निर्माण गर्नको लागि १४ कठ्ठा जमिन उपलब्ध गराएको छु । पहिला यो गाउँ जस्तो लाग्ने गर्थ्यो तर हामीले यसलाई नगरपालिका स्वरूप बिकास गरेका छौ तपाइँहरु हेर्न सक्नु सक्नु हुन्छ कि आज कुनै पनि विद्यालयमा हामीले भौतिक देखि हरेक कमि पुरा नगरेको अवस्था छैन । 
बाटोघाटो विद्यालय शौचालय सार्वजनिक भवन यो पालिकामा पहिलाको भन्दा अहिलेमा धेरै भिन्न र बिकास भएको छ । पहिला हिलो पानीले गर्दा बाटो हिड्न समस्या थियो तर अहिले गलिगलीमा बाटो हिड्न सहजीकरण भएको छ । 
अहिले प्रत्येक ठाउमा सिचाईको व्यस्था पनि गरिएको छ । 
खानेपानीको समस्या पनि समाधान भएको यहाँ सबैलाइ आभास नै छ । 

२. तपाइँ माथि एउटा आरोप छ कि औरही नगरपालिकामा भएको व्ऋद्य र ट्याक्टर आफ्नो प्रयोजनको लागि मात्र राख्नु भएको छ ?
कसैले बिनासितीमा म माथि आरोप लगाइरहेको छ । म किसान परिवार बाट छु तर म खेतिपाति गर्दिन भने म कसरि त्यसलाई उपयोग गर्न सक्छु । म माथि लागाईएको यो सबै आरोप झुटो रहेको छ । मैले जुन बिकास गरिरहेको छु त्यसलाई बाधा पुर्याउन गरिएको प्रयास मात्र हो तर यस्ता बाधक तथा अड्चनले मेरा बिकासका क्रमहरु रुक्ने छैनन् । म जनताको लागि मेयर बनेको छु । जबसम्म जनता मेरो साथमा छ तबसम्म कसैले मेरो केहि बिगार गर्न सक्दैन । बिकासका पाइलाहरु मेरो अगाडी बढ्ने छन् । 

३. मेयर साहेब आन्दोलित मोर्चाहरुको भनाइ छ कि जुन वडा अध्यक्षले तपाइको भनाइ अनुसार हस्ताक्षर गरे भुक्तानी हुने तर जसले हस्ताक्षर गरेका छैनन आज सम्म त्यसको भुक्तानी भएको छैन किन ? त्यसमा उपमेयरले गरेको कामको ५८ लाख रुपैयाको भुक्तानी अझैपनि बाकि छ किन ?
उपमेयर जनताबाट निर्वाचित भएको जनप्रतिनिधि हो र उहाले आफ्नो काम र कर्तव्य आफै निर्वाह गर्न नसकेको कारणले आज हामी र उहाँको बिचमा कुरा नमिलेको हो । सबभन्दा पहिला न्यायिक समितिको संचालन नहुनुमा उहाकै हात छ किनभने उहाँको कार्यालयमा जहिले पनि ताल्चा लागेको हुन्छ ।  
हामी पचास जना जनप्रतिनिधि मध्य ४९ जनाले हस्ताक्षर गरेर किसानहरुको खाधमलको लागि कार्यविधि बनायौ जसमा उपमेयरले हस्ताक्षर गर्न नै अस्विकार गरे ।
 जसको स्वरूप आज किसानहरु मलको लागि लालाहित भएका छन् । 
त्यसको दोषी म हैन उपमेयर हो । रह्यो कुरा ५८ लाखको उपमेयरले गरेको काम उपमेयर एउटा ठेकेदार हैन । उहाँ जनप्रतिनिधि हो । काम ठेकेदार र समितिले गर्दछ ।  
५८ लाख बाँकि भएको कामको समिति कार्यालयमा आएपछि हामी भुक्तानी दिन तयार छौ तर उहा भन्नुहुन्छ कि मेरो काम हो , मैले गराको हो ,भुक्तानी दिनु । 
कसरि दिनु यो कानुन बिपरित हुन जान्छ ।"

यति  भन्दै अहिले भईरहेको जितिया पर्वको शुभकामना सम्पूणर्मा व्यक्त  गर्दै औरही नगरपालिकालाइ बिकास मुखी बनाइएको र अझै बनाउने र प्राथमिक रुपमा शिक्षा ,स्वास्थ्य र  किसानलाइ लिएर अगाडी बढ्ने भनेर उनले उक्त कार्यक्रमलाइ समापन गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

जेन-जी आन्दोलनका सहिदलाई गौशालामा श्रद्धाञ्जली

महोत्तरी, असोज १ गते । गौशाला इन्जिनियरिङ क्याम्पसका विद्यार्थीहरूले जेन-जी आन्दोलनमा सहादत प्राप्त गर्ने शहीद..

3 दिन पहिले

रेडियो जुनतारा सातौँ वर्षमा प्रवेश

ममता शर्मा, महोत्तरी । महोत्तरीको गौशाला नगरपालिका–५ मा अवस्थित रेडियो जुनतारा आजबाट छैठौं वर्ष पार गरेर सात..

3 दिन पहिले

शिक्षा नै प्रगतिको आधार : नाई–ठाकुर १०+२ विद्यार्थी सम्म..

काठमाडौं, भदौ ३१ । स्वतन्त्र नाई संघ (SNS) को आयोजनामा काठमाडौं गौशालास्थित मिथिला थालीमा मंगलबार आयोजित भव्य कार्य..

4 दिन पहिले

सोनमाका स्कुलमा पुगे एसियाका उत्कृष्ठ प्रध्यानाध्यापक ..

महोत्तरी, भदौं १६ गते  महोत्तरीको सोनामा गाउँपालिका–२ स्थित श्री सरस्वती जनता माध्यमिक विद्यालयमा आइतवार एस..

19 दिन पहिले

गौशालामा निजी विद्यालयले स्कुल बस र्याली निकाल्यो

महोत्तरी, भदौं १६ गते  सरकारले ल्याउन लागेको संघीय शिक्षा ऐनको विरोधमा सोमवार गौशाला बजारमा निजी विद्यालयहरुल..

19 दिन पहिले

रामगोपालपुरमा एमाले परित्याग गरि १५ जना माओवादी केन्द्..

गौशाला, साउन २६ गते ।रामगोपालपुर नगरपालिका–८ मा सोमबार नेकपा (एमाले) पार्टी परित्याग गरि  १५ जना व्यक्तिहरू मा..

1 महीना पहिले

नेकपा (माओवादी केन्द्र) को महोत्तरी–काठमाडौं सम्पर्क सम..

महोत्तरी , साउन ३ गते । नेकपा (माओवादी केन्द्र) को महोत्तरी–काठमाडौं सम्पर्क समिति गठन गरिएको छ। शनिबार काठमाडौं..

2 महीना पहिले

राजनीतिक हस्तक्षेपले त्रिविको उपकुलपति नियुक्तिमा विव..

काठमाडौं, २६ असार — सरकारले शिक्षाको क्षेत्रमा निष्पक्षता र पारदर्शिता कायम राख्ने दाबी गरिरहेकै बेलामा त्रिभ..

2 महीना पहिले

गौशाला नगरपालिकाको चौधौं नगरसभा सम्पन्न, १ अर्बभन्दा बढ..

ममता शर्मा, महोत्तरी महोत्तरीको गौशाला नगरपालिकाको चौधौं नगरसभा मंगलबार सम्पन्न भएको छ। नगर प्रमुख डा. दिपेन्द्..

3 महीना पहिले

गौशालामा नेपाल जन जागृति पार्टीको नगर समिति गठन

निरन्जन कुमार साह, महोत्तरी । नेपाल जन जागृति पार्टीको नगर समिति गठन कार्यक्रम महोत्तरी जिल्लाको गौशालामा सम्पन..

4 महीना पहिले

जनताको विकासका लागि पूर्वमन्त्री साहको अभियान

निरन्जन कुमार साह  गौशाला, महोत्तरी। मधेश प्रदेशका पूर्व अर्थमन्त्री तथा प्रदेशसभा सदस्य भरत प्रसाद साह आर्थि..

5 महीना पहिले

रेडियो जुनतारा सातौँ वर्षमा प्रवेश

ममता शर्मा, महोत्तरी । महोत्तरीको गौशाला नगरपालिका–..

जेन-जी आन्दोलनका सहिदलाई गौशालामा श्रद्धाञ्जली

महोत्तरी, असोज १ गते । गौशाला इन्जिनियरिङ क्याम्पसका वि..