औरही नगरपालिकामा मेयर सुनिल कुमार यादवद्वारा पत्रकार सम्मेलन
निरन्जन साह
असोज ११
औरही नगरपालिकामा मेयर सुनिल कुमार यादवले पत्रकार सम्मेलन गरेका छन् । सोमबार उनले आफुप्रति नगरभित्रका विभिन्न दलहरुबाट आएको आलोचनालाइ खण्डन गर्दै पत्रकार सम्मेलनमा आफ्ना भनाइ व्यक्त गरेका छन् । उनले भनेका छन् “यहाँका सम्पूणर् जनप्रतिनिधिहरुलाई आजसम्म मैले एउटा अभिभावकको रुपमा भूमिका निर्वाह गर्दै आएको छु । हामीहरुले ठिक समय समयमा सम्पूणर् नगरका प्रतिनिधिहरु सबैलाइ एकसाथ सर्वसहमतिबाट ८ औ नगर सभा गर्न सफल भयौ । नगरका सम्पूणर् जनप्रतिनिधिहरुलाई आज सम्म म सँग काधमा काधमिलाएर साथ साथै लिएर हिडेको छु र यो कुरा जनतालाइ पनि आभास छ कि औरही नगरपालिकाबाट उनीहरुले अभिभावकत्व सिक्नै पर्छ भनेर । तिन ओटा निकाय स्थानीय प्रदेश र संघीयमा नेपालको राजनीतिको कुरा सबैलाइ थाहा भएकै हो । तसर्थ सबैले बुझ्नुपर्ने हो कि औरही नगरपालिकाले दैनिक कसरि आफ्नो क्रियाकलाप गर्छ भनेर । अरु पालिकाहरुमा लाखौ बेरुजु रहेको छ तर औरही नगरपालिका ५ हजार बेरुजु पनि कसैले देखाउन सक्दैन । राजनीति यस्तो पेशा हो जति राम्रो गर्यो त्यति नराम्रो बिपक्षीलाइ लाग्ने गर्दछ र यो जनताले बुझेका छन् ।यहि व्यक्तित्वहरुको समुहले नगरपालिकामा केहि नराम्रा कुरा उठाए कि औरही नगरपालिकाले भ्रष्टाचार गर्यो भनेर तर प्रश्न छ उहाहरुलाइ कि के कुरामा भ्रष्टाचार गर्यो नगरले ?त्यसलाई प्रष्ट गरेर भन्नुपर्दछ ।
पत्रकार सम्मेलनमा मेयर यादवले सोधिएका प्रश्नहरुको जवाफ यसरी दिएका छन् :-
१. बिपक्षीहरुको भनाइ छ कि तपाईले केहि बिकास गर्नु भएको छैन तर तपाइँ भन्नुहुन्छ हामीले धेरै बिकास गरेका छन् केके बिकास गर्नु भएको छ त ?
बिगत चार वर्षमा औरही नगरपालिकाले शिक्षामा मात्र नभएर हरेक ठाउमा बिकास गरेका छन् । प्रत्येक वडामा स्वास्थ्य चौकीको लागि १/१ कठ्ठा जमिन र पन्ध्र बेडको हस्पिटल निर्माण गर्नको लागि १४ कठ्ठा जमिन उपलब्ध गराएको छु । पहिला यो गाउँ जस्तो लाग्ने गर्थ्यो तर हामीले यसलाई नगरपालिका स्वरूप बिकास गरेका छौ तपाइँहरु हेर्न सक्नु सक्नु हुन्छ कि आज कुनै पनि विद्यालयमा हामीले भौतिक देखि हरेक कमि पुरा नगरेको अवस्था छैन ।
बाटोघाटो विद्यालय शौचालय सार्वजनिक भवन यो पालिकामा पहिलाको भन्दा अहिलेमा धेरै भिन्न र बिकास भएको छ । पहिला हिलो पानीले गर्दा बाटो हिड्न समस्या थियो तर अहिले गलिगलीमा बाटो हिड्न सहजीकरण भएको छ ।
अहिले प्रत्येक ठाउमा सिचाईको व्यस्था पनि गरिएको छ ।
खानेपानीको समस्या पनि समाधान भएको यहाँ सबैलाइ आभास नै छ ।
२. तपाइँ माथि एउटा आरोप छ कि औरही नगरपालिकामा भएको व्ऋद्य र ट्याक्टर आफ्नो प्रयोजनको लागि मात्र राख्नु भएको छ ?
कसैले बिनासितीमा म माथि आरोप लगाइरहेको छ । म किसान परिवार बाट छु तर म खेतिपाति गर्दिन भने म कसरि त्यसलाई उपयोग गर्न सक्छु । म माथि लागाईएको यो सबै आरोप झुटो रहेको छ । मैले जुन बिकास गरिरहेको छु त्यसलाई बाधा पुर्याउन गरिएको प्रयास मात्र हो तर यस्ता बाधक तथा अड्चनले मेरा बिकासका क्रमहरु रुक्ने छैनन् । म जनताको लागि मेयर बनेको छु । जबसम्म जनता मेरो साथमा छ तबसम्म कसैले मेरो केहि बिगार गर्न सक्दैन । बिकासका पाइलाहरु मेरो अगाडी बढ्ने छन् ।
३. मेयर साहेब आन्दोलित मोर्चाहरुको भनाइ छ कि जुन वडा अध्यक्षले तपाइको भनाइ अनुसार हस्ताक्षर गरे भुक्तानी हुने तर जसले हस्ताक्षर गरेका छैनन आज सम्म त्यसको भुक्तानी भएको छैन किन ? त्यसमा उपमेयरले गरेको कामको ५८ लाख रुपैयाको भुक्तानी अझैपनि बाकि छ किन ?
उपमेयर जनताबाट निर्वाचित भएको जनप्रतिनिधि हो र उहाले आफ्नो काम र कर्तव्य आफै निर्वाह गर्न नसकेको कारणले आज हामी र उहाँको बिचमा कुरा नमिलेको हो । सबभन्दा पहिला न्यायिक समितिको संचालन नहुनुमा उहाकै हात छ किनभने उहाँको कार्यालयमा जहिले पनि ताल्चा लागेको हुन्छ ।
हामी पचास जना जनप्रतिनिधि मध्य ४९ जनाले हस्ताक्षर गरेर किसानहरुको खाधमलको लागि कार्यविधि बनायौ जसमा उपमेयरले हस्ताक्षर गर्न नै अस्विकार गरे ।
जसको स्वरूप आज किसानहरु मलको लागि लालाहित भएका छन् ।
त्यसको दोषी म हैन उपमेयर हो । रह्यो कुरा ५८ लाखको उपमेयरले गरेको काम उपमेयर एउटा ठेकेदार हैन । उहाँ जनप्रतिनिधि हो । काम ठेकेदार र समितिले गर्दछ ।
५८ लाख बाँकि भएको कामको समिति कार्यालयमा आएपछि हामी भुक्तानी दिन तयार छौ तर उहा भन्नुहुन्छ कि मेरो काम हो , मैले गराको हो ,भुक्तानी दिनु ।
कसरि दिनु यो कानुन बिपरित हुन जान्छ ।"

यति भन्दै अहिले भईरहेको जितिया पर्वको शुभकामना सम्पूणर्मा व्यक्त गर्दै औरही नगरपालिकालाइ बिकास मुखी बनाइएको र अझै बनाउने र प्राथमिक रुपमा शिक्षा ,स्वास्थ्य र किसानलाइ लिएर अगाडी बढ्ने भनेर उनले उक्त कार्यक्रमलाइ समापन गरेका थिए ।
गौशाला बजार व्यवस्थापनमा विवाद, वडा अध्यक्षकै नेतृत्वम..
गौशाला, चैत्र २१ गते । महोत्तरीको प्रमुख व्यापारिक केन्द्र गौशाला बजारमा बजार व्यवस्थापनका क्रममा विवाद चर्क..
9 दिन पहिले
दुबई बन्दरगाहमा कुवेती तेल ट्याङ्करमाथि रहस्यमय आक्रमण
एजेन्सी, चैत्र १७ गते । संयुक्त अरब इमिरेट्सको दुबई बन्दरगाह क्षेत्रमा कुवेतको एक विशाल तेल ट्याङ्करमाथि राति..
13 दिन पहिले
राम जानकी सेकेण्डरी इंग्लिस बोर्डिङ स्कुलमा पहिलो एसईई ..
निरन्जन कुमार साह महोत्तरी, चैत्र १४ गते । राम जानकी सेकेण्डरी इंग्लिस बोर्डिङ स्कुल, गौशालामा “Farewell & Thanking Program&rdqu..
16 दिन पहिले
रौतहटको रिसोर्टमा नक्कली सुन कारोबार पर्दाफास, चार जना प..
रौतहट, चैत्र ११ — रौतहटको चन्द्रनिगाहपुरस्थित एक रिसोर्टमा नक्कली सुन कारोबार भइरहेको सूचना पाएपछि प्रहरीले छ..
19 दिन पहिले
गौशालामा साहित्यकारहरु सम्मानित
रोहित यादव महोत्तरी, चित्र ८ गते । गौशाला नगरपालिकाभित्र क्रियाशील साहित्यकारहरूलाई “बृढ्यौली साहित्य स..
21 दिन पहिले
रामनवमीकै साइतमा बालेन्द्र शाहको प्रधानमन्त्री शपथ हुद..
काठमाडौँ, चैत ८ गते रामनवमी को शुभ अवसर पारेर चैत १३ गते देशले नयाँ प्रधानमन्त्री पाउने भएको छ। सो दिन बालेन्द्..
22 दिन पहिले
महोत्तरी–२ मा लक्ष्मण यादवको घरदैलो अभियान तीव्र देखिय..
रोहित यादव महोत्तरी,फाल्गुन १३ गते । महोत्तरी निर्वाचन क्षेत्र नम्बर २ अन्तर्गत वडा नम्बर ७, गोरहन्नामा न..
2 महीना पहिले
बाके मरहा साझेदारी वन उपभोक्ता समूहको वार्षिक साधारण सभ..
निरन्जन कुमार साह महोत्तरी, फाल्गुन ११ गते । महोत्तरी जिल्लाको लक्ष्मीनिया चौकस्थित कार्यालय परिसरमा बाक..
2 महीना पहिले
नेपाली कम्युनिस्ट पार्टीका युवा उम्मेदवार इन्जिनियर लक..
महोत्तरी, फागुन ११ गते । रोहित यादव नेपाली कम्युनिस्ट पार्टीका युवा उम्मेदवार इन्जिनियर लक्ष्मण यादवको घरद..
2 महीना पहिले
महोत्तरी क्षेत्र न. ४ मा महेन्द्र कुमार रायलाई श्रीपुरवा..
जितेन्द्र कुशवाहा महोत्तरी, फाल्गुन ९ गते । महोत्तरी निर्वाचन क्षेत्र नं. ४ मा महेन्द्र कुमार रायको पक्ष..
2 महीना पहिले
महोत्तरी–१ मा उत्साहको लहर: गिरिराज मणि पोखरेलतर्फ बढ्द..
रोहित यादव महोत्तरी, फाल्गुन ९ गते । महोत्तरी क्षेत्र नं. १ मा चुनावी माहोल दिनानुदिन तातिँदै गएको छ। गाउँ बस्त..
2 महीना पहिले

कमेन्ट गर्नुहोस्
view comments