नेकपा माओवादी केन्द्रको प्रथम ऐतिहासिक नगर सम्मेलन

5 वर्ष पहिले प्रकाशित

(2078-08-19 B.S.)

2798 पटक देखिएको

ममता शर्मा । 
महोत्तरीको गौशाला नगरपालिका वडा न.८ बेल्गाछी स्थित नेकपा माओवादी केन्द्रको प्रथम ऐतिहासिक नगर सम्मेलन उद्घाटन सत्र कार्यक्रम सम्पन्न भएको छ ।

नगर सम्मेलन आयोजक समितिको ज्येष्ठ सदस्य विरबहादुर गोलेको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा पुर्व शिक्षा विज्ञान तथा प्रविधि मन्त्रि गिरिराजमणि पोखरेल ,प्रदेश न.२ का आन्तरिक मामिला तथा संचार मन्त्रि भरत प्रसाद साह ,पार्टीका महोत्तरी जिल्ला इन्चार्ज राजु खड्का ,गौशाला नगरपालिका नगर प्रमुख शिवनाथ महतो ,उपप्रमुख आशा लामा ,प्रदेश समिति सदस्य विष्णु लामा ,केन्द्रिय सदस्य प्रकाश पोखरेल लगायत विभिन्न प्रतिनिधि ,समुदायवासीको सहभागिता रहेको थियो ।
विभिन्न सांस्कृतिक कार्यक्रम समेत राखिएको उक्त कार्यक्रममा स्वागत मन्तव्य राख्दै बरिष्ट नेता सुर्य नारायण साहले नेकपा माओवादी केन्द्र विभिन्न पार्टीहरु मध्य नम्बर एकमा रहेको पार्टी हो भनेर दावी गरेका छन् । उनले यस पार्टीले समाज का नागरिकहरुको हक अधिकारको लागि यो पार्टी सधै लड्दै आइरहेको बताएका छन् ।
त्यस्तै गौशाला नगरपालिकाका नगर प्रमुख शिवनाथ महतोले आजको कार्यक्रममा उपस्थित रहेका जनताहरु प्रति आभार व्यक्त गर्दै यस पार्टीको कार्यकर्ता दशौ हजार भन्दा पनि बढी जुट्न सक्ने बताएका छन् । उनले गौशाला नगरपालिकाले महोत्तरीमा रहेका कुनै पनि स्थानीय तह भन्दा कम काम नगरेको दावी गरेका उनले पार्टीलाई बलियो बनाउन गुटको अन्त्य गर्न जरुरि रहेको दावी गरेका छन् ।


कार्यक्रममा प्रदेश समिति सदस्य विष्णु लामाले आफ्ना मन्तव्य राख्दै गुट ,विभेद ,आफन्तबाद ,सामन्तबाद जस्ता कुरा पार्टीबाट हट्नुपर्ने बताएका छन् । यस सम्मेलनले यस्ता किसिमका गतिविधिलाई हटाउन वा अन्त्य गर्न जोड पुग्ने दावी गरेका छन् । 
त्यस्तै केन्द्रिय सदस्य प्रकाश पोखरेलले आफ्ना मन्तव्य दिदै भने ,विभाजन र बिखन्डनको शिकार यो पार्टी बनेको छ । नगर सम्मेलन पार्टीका बारेमा ,एकताबद्ध हुन्छ ,विभाजित हुदैन भन्ने प्रश्नको उत्तर विश्वासको साथमा जनताले पाए यो अभियान सफल हुन्छ ।
प्रदेश न.२ का आन्तरिक मामिला तथा संचार मन्त्रि भरत प्रसाद साहले तिन तहको सरकारमा जनताको पक्षमा सक्रिय रुपमा अगाडी बढ्नु जरुरि देखिन्छ। जनताको समस्या बुझी समर्थनको साथ त्यसलाई समाधान गर्नेतिर लाग्नु जरुरि रहेको उनको भनाइ रहेको छ । यो समाजलाइ जुधारु नेताको आवश्यकता रहेको उनले बताएका छन् ।


त्यसैगरि नेकपा माओवादी केन्द्रका स्थायी समिति सदस्य तथा पुर्व शिक्षा विज्ञान तथा प्रविधि  मन्त्रि गिरिराजमणि पोखरेलले गौशाला नगरपालिकाले ऐतिहासिक रुपमै विकासका कार्यहरु गरेको बताएका छन् । 
उनले नेकपामा एकता भएपनि एकीकरण नभएको बताए देशको जनताको समस्या समाधान गर्न ,उत्पीडन अन्त्य गर्न ,पूजीेको उचित संरक्षण गर्न ,राष्ट्रिय स्वाधिनता जोगाउन नेकपा माओवादी पार्टीको अहम भूमिका रहेको उनले दावी गरेका छन् ।
त्यस्तै पार्टीका महोत्तरी जिल्ला इन्चार्ज राजु खड्काले संबिधानले निर्धारण गरेको कुरा व्यवहारमा लागु गर्नुपर्नेमा जोड दिएका छन्  ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

संसदीय समितलाई प्रभावकारी बनाउन जनता र सरोकारवालाको भू..

काठमाडौँ, जेठ २५ गते । संसदको शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति डा ओजस्वी शेरचनले समितिको काम का..

4 दिन पहिले

भानुभक्त स्कुलले ल्यायो एसईई परीक्षा २०८२ मा उत्कृष्ट न..

महोत्तरी, बैशाख २९ गते । महोत्तरी जिल्लाको गौशाला नगरपालिका–१ रामनगरस्थित भानुभक्त मेमोरियल सेकेन्डरी इङ्ग..

1 महीना पहिले

जलेश्वरमा रुख ढलेर टेम्पु दुर्घटना दुईको ज्यान गयो, चार ..

निरन्जन कुमार साह  महोत्तरी,बैशाख ५ गते । महोत्तरीको जलेश्वरमा  भएको टेम्पु दुर्घटनामा दुई जनाको मृत..

2 महीना पहिले

गौशाला बजार व्यवस्थापनमा विवाद, वडा अध्यक्षकै नेतृत्वम..

गौशाला, चैत्र २१ गते । महोत्तरीको प्रमुख व्यापारिक केन्द्र गौशाला बजारमा बजार व्यवस्थापनका क्रममा विवाद चर्क..

2 महीना पहिले

दुबई बन्दरगाहमा कुवेती तेल ट्याङ्करमाथि रहस्यमय आक्रमण

एजेन्सी, चैत्र १७ गते । संयुक्त अरब इमिरेट्सको दुबई बन्दरगाह क्षेत्रमा कुवेतको एक विशाल तेल ट्याङ्करमाथि राति..

2 महीना पहिले

रामनवमीकै साइतमा बालेन्द्र शाहको प्रधानमन्त्री शपथ हुद..

काठमाडौँ, चैत ८ गते  रामनवमी को शुभ अवसर पारेर चैत १३ गते देशले नयाँ प्रधानमन्त्री पाउने भएको छ। सो दिन बालेन्द्..

3 महीना पहिले

महोत्तरी–२ मा लक्ष्मण यादवको घरदैलो अभियान तीव्र देखिय..

रोहित यादव  महोत्तरी,फाल्गुन १३ गते  । महोत्तरी निर्वाचन क्षेत्र नम्बर २ अन्तर्गत वडा नम्बर ७, गोरहन्नामा न..

4 महीना पहिले

बाके मरहा साझेदारी वन उपभोक्ता समूहको वार्षिक साधारण सभ..

  निरन्जन कुमार साह  महोत्तरी, फाल्गुन ११ गते । महोत्तरी जिल्लाको लक्ष्मीनिया चौकस्थित कार्यालय परिसरमा बाक..

4 महीना पहिले

नेपाली कम्युनिस्ट पार्टीका युवा उम्मेदवार इन्जिनियर लक..

महोत्तरी, फागुन ११ गते । रोहित यादव  नेपाली कम्युनिस्ट पार्टीका युवा उम्मेदवार इन्जिनियर लक्ष्मण यादवको घरद..

4 महीना पहिले

महोत्तरी क्षेत्र न. ४ मा महेन्द्र कुमार रायलाई श्रीपुरवा..

जितेन्द्र कुशवाहा महोत्तरी, फाल्गुन ९ गते ।   महोत्तरी निर्वाचन क्षेत्र नं. ४ मा महेन्द्र कुमार रायको पक्ष..

4 महीना पहिले

महोत्तरी–१ मा उत्साहको लहर: गिरिराज मणि पोखरेलतर्फ बढ्द..

रोहित यादव महोत्तरी, फाल्गुन ९ गते । महोत्तरी क्षेत्र नं. १ मा चुनावी माहोल दिनानुदिन तातिँदै गएको छ। गाउँ बस्त..

4 महीना पहिले