राष्ट्रिय प्रजातन्त्र पार्टी वीरगंज वडा नं १७ अलौं मा टोल इकाई कमिटी गठन

4 वर्ष पहिले प्रकाशित

(2078-09-23 B.S.)

5771 पटक देखिएको

पवन प्रसाद साह, वीरगंज

राष्ट्रिय प्रजातन्त्र पार्टी वीरगंज महानगरपालिका वडा नं १७ अलौं को वडा इकाई कमिटी गठन सम्पन्न भएको छ ।

वीरगंज महानगरपालिका वडा नं १७ अलौंको साबिक वडा नं २ बुढियामाई टोलमा राष्ट्रिय प्रजातन्त्र पार्टीको बैठक बसि वडा न. २ को टोल इकाई कमिटी गठन भएको छ। टोल इकाई कमिटी बैठकको प्रमुख अतिथि राष्ट्रिय प्रजातन्त्र पार्टी पर्साका जिल्ला अध्यक्ष शुमेश्वरनाथ उपाध्याय तथा विशिष्ट अतिथि राष्ट्रिय प्रजातन्त्र पार्टी वीरगंज महानगरपालिका वडा नं १७ अलौंका वडा इकाई सभापति छठु साह कानुको उपस्थितिमा टोल इकाई कमिटी गठन भएको छ।

साथै उक्त बसेको बैठकबाट अजय सहनीको अध्यक्षतामा १३ सदस्य टोल इकाई कमिटी गठन गरिएको छ।उक्त  टोल इकाई कमिटीको उपाध्यक्षमा सुभाष सहनी कोषाध्यक्षमा मैन सहनी, सचिवमा शिवपुजन सहनी, सह-सचिवमा गोबिन्दा सहनी , सदस्यहरुमा सोनालाल सहनी, गेडा सहनी, बिक्रम सहनी, हिरालाल सहनी, रामबाबु सहनी, लगायतका सदस्यहरू रहेका छन्।

टोल इकाई कमिटी गठनका पदाधिकारीहरुलाइ पार्टीका प्रमुख अतिथि शुमेश्वरनाथ उपाध्याय तथा विशिष्ट अतिथि छठु साह कानु ले शुभकामना संदेश दिदै पार्टी प्रती इमान्दारी पूर्वक काम गर्न र अरु कुनै पार्टीको धाकधम्की सँग नडराइकन काम गर्न आस्वासन दिएका थिए र अब नेपालमा छिटै हिन्दू राष्ट्र र संवैधानिक राजतन्त्र हुने ठोकुवा पनि गरे ।

साथै वक्तव्य कै क्रममा राष्ट्रिय प्रजातन्त्र पार्टीका जिल्ला सदस्य तथा वडा इकाई कमिटी का सल्लाहकार देबेन्द्र ढुंगानाले नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्रले देश लाई निकास दिन नसकेकोले अब एक मात्र विकल्प नेपालमा संवैधानिक राजतन्त्र र हिन्दू राष्ट्रको आवश्यकता रहेको प्रकाश पारे  । साथै राष्ट्रिय प्रजातन्त्र पार्टीले स्थापना गरेर नै छोडने समेत अभिव्यक्ति दिएका छन्।

त्यसै क्रममा राष्ट्रिय प्रजातन्त्र पार्टीका दलित तर्फको केन्द्रिय सदस्य उमेश कुमार रामले टोल टोल , गाउँ गाउँ , नगर क्षेत्र, जिल्ला जिल्लामा राष्ट्रिय प्रजातन्त्र पार्टीको प्रचार प्रसार तथा राष्ट्रिय प्रजातन्त्र पार्टीको गठनमा लागेको साथै आफनो धर्म र नेपाल लाइ बचाउन राष्ट्रिय प्रजातन्त्र पार्टीलाइ सहयोग गर्न आग्रह समेत गरेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मौसम परिवर्तनसँगै स्वास्थ्य जोखिम बढ्दो, सचेत रहन डा. जा..

ममता शर्मा महोत्तरी, कार्तिक २३ गते ।  मौसम परिवर्तनसँगै महोत्तरी लगायत मधेशका विभिन्न क्षेत्रमा रुघाखोकी, सर्..

4 दिन पहिले

माओवादी केन्द्रले मधेश प्रदेश संसदीय दलको नेतामा भरत प्..

महोत्तरी, कात्तिक १७ गते ।नेकपा (माओवादी केन्द्र)ले मधेश प्रदेश सभामा आफ्नो संसदीय दलको नेताको जिम्मेवारी फेरि ए..

10 दिन पहिले

आयोजककै कब्जामा मुन्नी मिश्री भलिबलको उपाधि

  महोत्तरी, कार्तिक ९ गते । गौशालाको कान्तिबजारमा सम्पन्न तेश्रो मुन्नी मिश्री भलिबलको उपाधि आयोजकले सुरक्ष..

18 दिन पहिले

बजारको फोहोरको आलोचना भएपछी महतो खुलासा गरे वास्तविक कु..

महोत्तरी, कार्तिक ९ गते ।महोत्तरीको गौशाला बजार फोहोर भएपछी जनसमुदायले गरेको आलोचनालाइ चिर्दै देव नारायण महतो..

18 दिन पहिले

छठ मनाउँदा मौसमको ख्याल गर्न अनुरोध

महोत्तरी, कार्तिक ८ गते । हिन्दू धर्मावलम्बीहरूको महान पर्व छठको अवसरमा मौसमविद्हरूले स्वास्थ्य र सुरक्षाप्रत..

18 दिन पहिले

गौशालामा शहीदहरूको स्मृतिमा दीप प्रज्वलन गर्दै श्रद्धा..

गौशाला, महोत्तरी  असोज २४ गते । राष्ट्रिय स्वतन्त्र पार्टी, गौशाला नगर समिति द्वारा शहीदहरूप्रति सम्मान प्रक..

1 महीना पहिले

रामगोपालपुरमा एमाले परित्याग गरि १५ जना माओवादी केन्द्..

गौशाला, साउन २६ गते ।रामगोपालपुर नगरपालिका–८ मा सोमबार नेकपा (एमाले) पार्टी परित्याग गरि  १५ जना व्यक्तिहरू मा..

3 महीना पहिले

नेकपा (माओवादी केन्द्र) को महोत्तरी–काठमाडौं सम्पर्क सम..

महोत्तरी , साउन ३ गते । नेकपा (माओवादी केन्द्र) को महोत्तरी–काठमाडौं सम्पर्क समिति गठन गरिएको छ। शनिबार काठमाडौं..

4 महीना पहिले

राजनीतिक हस्तक्षेपले त्रिविको उपकुलपति नियुक्तिमा विव..

काठमाडौं, २६ असार — सरकारले शिक्षाको क्षेत्रमा निष्पक्षता र पारदर्शिता कायम राख्ने दाबी गरिरहेकै बेलामा त्रिभ..

4 महीना पहिले

गौशाला नगरपालिकाको चौधौं नगरसभा सम्पन्न, १ अर्बभन्दा बढ..

ममता शर्मा, महोत्तरी महोत्तरीको गौशाला नगरपालिकाको चौधौं नगरसभा मंगलबार सम्पन्न भएको छ। नगर प्रमुख डा. दिपेन्द्..

5 महीना पहिले

गौशालामा नेपाल जन जागृति पार्टीको नगर समिति गठन

निरन्जन कुमार साह, महोत्तरी । नेपाल जन जागृति पार्टीको नगर समिति गठन कार्यक्रम महोत्तरी जिल्लाको गौशालामा सम्पन..

6 महीना पहिले