भ्रष्टाचार लुकाउन जनप्रतिनिधिमाथि अभद्र व्यवहार, सिसिटिभी फुटेज गायब
पवन प्रसाद साह
पर्सा , माघ २२
पर्साको धोबिनी गाउँपालिकाका सम्बन्धमा चर्चामा रहेका विषयहरुका बारेमा पालिकाका प्रमुख सुरेशप्रसाद कुर्मीले गम्भीर खुलासा गरेका छन् ।
‘राजनीतिक दुराग्रहले प्रेरित भइ गाउँपालिकाको काम कारवाही पछिल्लो समयमा अनिर्णयको बन्दी बनाएर पालिकावासीको बिकास तथा सेवा प्राप्तिको अधिकारलाई हनन गर्ने काम भइरहेको विदितै छ,’ शुक्रवार उनले एउटा विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘धोबिनी गाउँपालिकाको कार्यपालिका सदस्य वडा नम्बर एक घर भएकी श्रीमति शान्ति देवीले पेश गरेको योजना अनुसार पाँच लाख रुपैयाको सामग्री (विद्युतीय मोटर) किसानलाई बितरण गर्नुपर्ने चालु आर्थिक वर्षको कार्यक्रममा रहेको थियो ।

पालिकाको नीति अनुरुप सार्वजनिक खरिद ऐनको पालना गर्दै प्रतिस्पर्धाबाट सो सामान खरिद गर्नुपर्ने जनप्रतिनिधिको आग्रहको बेवास्ता गर्दै, प्रमुख प्रसाशकीय अधिकृत राजुप्रसाद साहले कमिशनका लागि बिना प्रतिस्पर्धा वीरगन्जमैं बसेर मोटर खरिद गरेपछि जनप्रतिनिधिहरु स्वभाविक रुपमा आक्रोशित भएकै हुन ।’
प्रमुख प्रसाशकीय अधिकृत साहले आफ्नो मित पर्ने पोखरियाका राजु गिरीलाई सो खरिद आदेश दिएको खुलेको छ । यस मामिलामा जनप्रतिनिधिहरुको आक्रोश शान्त पार्न हाम्रो पहल भइरहेकै बेला प्रशासकीय अधिकृत साहले कार्यपालिका सदस्य शान्तिदेवीको राजनीतिक पतिस्पर्धीसंग सो सामग्री आफुखुसी बितरण गर्न लगाएको र यसले राष्ट्रसेवक कर्मचारी आफ्नो पेशागत धर्मबिपरित प्रत्यक्ष रुपमा राजनीति गरेको प्रमाणित हुन गएको गाउँपालिका प्रमुख कुर्मीको आरोप छ ।
उक्त प्रकरणमा कार्यपालिका सदस्य शान्तिदेवी गाउँपालिका कार्यालयमा माघ १२ गते जानकारी लिन जाँदा योजना शाखाको कर्मचारी पप्पु पटेलले प्रसशाकीय अधिकृत साहको आदेशमा उनलाई अभद्र व्यवहार गरेको गाउँपालिका प्रमुख कुर्मीले बताए ।
उनका अनुसार भोलिपल्ट १३ गतेका दिन कार्यपालिका सदस्य शान्तिदेवी भद्रभलादमीहरु तथा आफ्ना श्रीमान धरमन राउत कुर्मीलाई समेत लिएर सो सम्बन्धमा बुझ्न जाँदा योजना शाखाको कर्मचारी पटेलले प्रशासकीय अधिकृत साहको पक्षधरता गर्दै, पुनः अभद्र व्यवहार गर्न लाग्दा शान्तिदेवीका श्रीमान (जेष्ठ नागरिक) धरमन राउत कुर्मीले अवस्था शान्त पार्न खोज्दा उनी उपरसमेत जाइलागेका थिए ।
सबै दृष्य कार्यालयको सिसिटिभी क्यामरामा कैद भए पनि पटेलले प्रशासकीय अधिकृत साहको इशारामा त्यसको फुटेज नष्ट पार्ने काम समेत गरेको र भिडियो फुटेज नष्ट पार्नुपछाडि, उल्टै आरोप लगाएर भ्रष्टाचारको विषयलाई मत्थर पार्ने ध्येय देखिन्छ भन्ने बिज्ञप्तिमा भनिएको छ ।
यस सन्दर्भमा भएको भ्रष्टाचारको छानवीन गर्न र जनप्रतिनिधि लगायतलाई दुर्व्यवहार गर्नेलाइ आवश्यक कारवाही गर्न शुक्रवार धोबिनी गाउँपालिकाका जनप्रतिनिधि जिल्ला प्रशासन कार्यालयमा जाहेरी समेत दिन लागेको बताइएको छ । प्रमुख प्रसाशकीय अधिकृत साह नियमति गाउँपालिका कार्यालयमा नआउने गरेको, समस्त फर्जी कार्यहरु विरगंजमै बसेर गर्ने गरेको र विरगंजको आफुनो कोठाबाट छाया कार्यालय नै संचालन गरेको जनप्रतिनिधि बताउछन् ।
महोत्तरीमा केही दिनदेखि बिहान–साँझ बाक्लो हुस्सु, जनजी..
भाग्यरेखा ठाकुर, महोत्तरी ।महोत्तरी जिल्लामा केही दिनदेखि बिहान र साँझ बाक्लो हुस्सु लाग्न थालेपछि जनजीवन प्रभ..
3 दिन पहिले
कठै, यो चिसो
निरन्जन कुमार साह, महोत्तरी कठै, यो चिसो केवल मौसमको कुरा होइन, यो राज्य, समाज र हाम्रो सामूहिक संवेदनशीलताको पर..
3 दिन पहिले
चिसो बढ्दै गर्दा घरपालुवा जनावरमा विशेष ध्यान दिन नेपाल ..
निरन्जन कुमार साह महोत्तरी,पुष १९ गते । मौसम परिवर्तनसँगै चिसो बढ्दै जाँदा घरपालुवा जनावरहरू विभिन्न रोगको ज..
9 दिन पहिले
सहारा मल्टीपर्पस को–अपरेटिभ सोसाइटी लिमिटेड, गौशालाको ..
रोहित यादव पुस १७ गते, महोत्तरी महोत्तरी जिल्लाको गौशाला नगरपालिका–५ मा अवस्थित सहारा मल्टीपर्पस को–अपरे..
11 दिन पहिले
उखु बेच्न आएका किसानका लागि चिनी मिल ‘पीडाको थलो
महोत्तरी, पुष १६ गते । उखु बिक्रीका लागि देशकै ठूलो चिनी उद्योगमध्ये एक मानिने एभरेस्ट सुगर एन्ड केमिकल इन्डस्..
12 दिन पहिले
महत्तरी क्षेत्र नं. ४ बाट प्रचण्ड र भरत प्रसाद साह उम्मेद..
निरन्जन कुमार साह महत्तरी, पुष ७ गते । आउदै गरेको फाल्गुन २१ गतेको प्रतिनिधि सभा सदस्यको निर्वाचनको लागि महोत्तर..
21 दिन पहिले
गौशालामा शहीदहरूको स्मृतिमा दीप प्रज्वलन गर्दै श्रद्धा..
गौशाला, महोत्तरी असोज २४ गते । राष्ट्रिय स्वतन्त्र पार्टी, गौशाला नगर समिति द्वारा शहीदहरूप्रति सम्मान प्रक..
3 महीना पहिले
रामगोपालपुरमा एमाले परित्याग गरि १५ जना माओवादी केन्द्..
गौशाला, साउन २६ गते ।रामगोपालपुर नगरपालिका–८ मा सोमबार नेकपा (एमाले) पार्टी परित्याग गरि १५ जना व्यक्तिहरू मा..
5 महीना पहिले
नेकपा (माओवादी केन्द्र) को महोत्तरी–काठमाडौं सम्पर्क सम..
महोत्तरी , साउन ३ गते । नेकपा (माओवादी केन्द्र) को महोत्तरी–काठमाडौं सम्पर्क समिति गठन गरिएको छ। शनिबार काठमाडौं..
6 महीना पहिले
राजनीतिक हस्तक्षेपले त्रिविको उपकुलपति नियुक्तिमा विव..
काठमाडौं, २६ असार — सरकारले शिक्षाको क्षेत्रमा निष्पक्षता र पारदर्शिता कायम राख्ने दाबी गरिरहेकै बेलामा त्रिभ..
6 महीना पहिले
गौशाला नगरपालिकाको चौधौं नगरसभा सम्पन्न, १ अर्बभन्दा बढ..
ममता शर्मा, महोत्तरी महोत्तरीको गौशाला नगरपालिकाको चौधौं नगरसभा मंगलबार सम्पन्न भएको छ। नगर प्रमुख डा. दिपेन्द्..
7 महीना पहिले
महोत्तरीमा केही दिनदेखि बिहान–साँझ बाक्लो हुस्सु, जनजी..
भाग्यरेखा ठाकुर, महोत्तरी ।महोत्तरी जिल्लामा केही दिनद..
कठै, यो चिसो
निरन्जन कुमार साह, महोत्तरी कठै, यो चिसो केवल मौसमको कु..
कमेन्ट गर्नुहोस्
view comments