भ्रष्टाचार लुकाउन जनप्रतिनिधिमाथि अभद्र व्यवहार, सिसिटिभी फुटेज गायब 

5 वर्ष पहिले प्रकाशित

(2078-10-22 B.S.)

2864 पटक देखिएको

पवन प्रसाद साह 

पर्सा , माघ २२ 

 

पर्साको धोबिनी गाउँपालिकाका सम्बन्धमा चर्चामा रहेका विषयहरुका बारेमा पालिकाका प्रमुख सुरेशप्रसाद कुर्मीले गम्भीर खुलासा गरेका छन् ।

‘राजनीतिक दुराग्रहले प्रेरित भइ गाउँपालिकाको काम कारवाही पछिल्लो समयमा अनिर्णयको बन्दी बनाएर पालिकावासीको बिकास तथा सेवा प्राप्तिको अधिकारलाई हनन गर्ने काम भइरहेको विदितै छ,’ शुक्रवार उनले एउटा विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘धोबिनी गाउँपालिकाको कार्यपालिका सदस्य वडा नम्बर एक घर भएकी श्रीमति शान्ति देवीले पेश गरेको योजना अनुसार पाँच लाख रुपैयाको सामग्री (विद्युतीय मोटर) किसानलाई बितरण गर्नुपर्ने चालु आर्थिक वर्षको कार्यक्रममा रहेको थियो ।

पालिकाको नीति अनुरुप सार्वजनिक खरिद ऐनको पालना गर्दै प्रतिस्पर्धाबाट सो सामान खरिद गर्नुपर्ने जनप्रतिनिधिको आग्रहको बेवास्ता गर्दै, प्रमुख प्रसाशकीय अधिकृत राजुप्रसाद साहले कमिशनका लागि बिना प्रतिस्पर्धा वीरगन्जमैं बसेर मोटर खरिद गरेपछि जनप्रतिनिधिहरु स्वभाविक रुपमा आक्रोशित भएकै हुन ।’

प्रमुख प्रसाशकीय अधिकृत साहले आफ्नो मित पर्ने पोखरियाका राजु गिरीलाई सो खरिद आदेश दिएको खुलेको छ । यस मामिलामा जनप्रतिनिधिहरुको आक्रोश शान्त पार्न हाम्रो पहल भइरहेकै बेला प्रशासकीय अधिकृत साहले कार्यपालिका सदस्य शान्तिदेवीको राजनीतिक पतिस्पर्धीसंग सो सामग्री आफुखुसी बितरण गर्न लगाएको र यसले राष्ट्रसेवक कर्मचारी आफ्नो पेशागत धर्मबिपरित प्रत्यक्ष रुपमा राजनीति गरेको प्रमाणित हुन गएको गाउँपालिका प्रमुख कुर्मीको आरोप छ ।

उक्त प्रकरणमा कार्यपालिका सदस्य शान्तिदेवी गाउँपालिका कार्यालयमा माघ १२ गते जानकारी लिन जाँदा योजना शाखाको कर्मचारी पप्पु पटेलले प्रसशाकीय अधिकृत साहको आदेशमा उनलाई अभद्र व्यवहार गरेको गाउँपालिका प्रमुख कुर्मीले बताए ।

उनका अनुसार भोलिपल्ट १३ गतेका दिन कार्यपालिका सदस्य शान्तिदेवी भद्रभलादमीहरु तथा आफ्ना श्रीमान धरमन राउत कुर्मीलाई समेत लिएर सो सम्बन्धमा बुझ्न जाँदा योजना शाखाको कर्मचारी पटेलले प्रशासकीय अधिकृत साहको पक्षधरता गर्दै, पुनः अभद्र व्यवहार  गर्न लाग्दा शान्तिदेवीका श्रीमान (जेष्ठ नागरिक) धरमन राउत कुर्मीले अवस्था शान्त पार्न खोज्दा उनी उपरसमेत जाइलागेका थिए ।

सबै दृष्य कार्यालयको सिसिटिभी क्यामरामा कैद भए पनि पटेलले प्रशासकीय अधिकृत साहको इशारामा त्यसको फुटेज नष्ट पार्ने काम समेत गरेको र भिडियो फुटेज नष्ट पार्नुपछाडि, उल्टै आरोप लगाएर भ्रष्टाचारको विषयलाई मत्थर पार्ने ध्येय देखिन्छ भन्ने बिज्ञप्तिमा भनिएको छ ।

यस सन्दर्भमा भएको भ्रष्टाचारको छानवीन गर्न र जनप्रतिनिधि लगायतलाई दुर्व्यवहार गर्नेलाइ आवश्यक कारवाही गर्न शुक्रवार धोबिनी गाउँपालिकाका जनप्रतिनिधि जिल्ला प्रशासन कार्यालयमा जाहेरी समेत दिन लागेको बताइएको छ । प्रमुख प्रसाशकीय अधिकृत साह नियमति गाउँपालिका कार्यालयमा नआउने गरेको, समस्त फर्जी कार्यहरु विरगंजमै बसेर गर्ने गरेको र विरगंजको आफुनो कोठाबाट छाया कार्यालय नै संचालन गरेको जनप्रतिनिधि बताउछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..

गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..

4 दिन पहिले

नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन

गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिर..

9 दिन पहिले

बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ ..

महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..

10 दिन पहिले

पानी नपर्दा धान उत्पादन घट्ने चिन्तामा किसान

महोत्तरी, भदौं १७ गते । महोत्तरीको गौशाला नगरपालिकाअन्तर्गतका किसानहरूले लामो समयदेखि पर्याप्त वर्षा नहुँदा यस..

12 दिन पहिले

रसुवाका बाढीपीडितका लागि सम्सी गाउँपालिकाद्वारा १० लाख..

महोत्तरी भदौं ११ गते । रसुवा जिल्लामा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग ..

18 दिन पहिले

रामगोपालपुर नगरपालिकाको १४औँ नगरसभा सम्पन्न, करिब ५० कर..

महोत्तरी, असार ८ गते । महोत्तरीको रामगोपालपुर नगरपालिकाले १४औँ नगरसभा सम्पन्न गर्दै आर्थिक वर्ष २०८३/८४ का लाग..

3 महीना पहिले

रामनवमीकै साइतमा बालेन्द्र शाहको प्रधानमन्त्री शपथ हुद..

काठमाडौँ, चैत ८ गते  रामनवमी को शुभ अवसर पारेर चैत १३ गते देशले नयाँ प्रधानमन्त्री पाउने भएको छ। सो दिन बालेन्द्..

6 महीना पहिले

महोत्तरी–२ मा लक्ष्मण यादवको घरदैलो अभियान तीव्र देखिय..

रोहित यादव  महोत्तरी,फाल्गुन १३ गते  । महोत्तरी निर्वाचन क्षेत्र नम्बर २ अन्तर्गत वडा नम्बर ७, गोरहन्नामा न..

7 महीना पहिले

बाके मरहा साझेदारी वन उपभोक्ता समूहको वार्षिक साधारण सभ..

  निरन्जन कुमार साह  महोत्तरी, फाल्गुन ११ गते । महोत्तरी जिल्लाको लक्ष्मीनिया चौकस्थित कार्यालय परिसरमा बाक..

7 महीना पहिले

नेपाली कम्युनिस्ट पार्टीका युवा उम्मेदवार इन्जिनियर लक..

महोत्तरी, फागुन ११ गते । रोहित यादव  नेपाली कम्युनिस्ट पार्टीका युवा उम्मेदवार इन्जिनियर लक्ष्मण यादवको घरद..

7 महीना पहिले

महोत्तरी क्षेत्र न. ४ मा महेन्द्र कुमार रायलाई श्रीपुरवा..

जितेन्द्र कुशवाहा महोत्तरी, फाल्गुन ९ गते ।   महोत्तरी निर्वाचन क्षेत्र नं. ४ मा महेन्द्र कुमार रायको पक्ष..

7 महीना पहिले