विगतमा भंगहा नगरपालिकाका जनप्रतिनिधिले गर्न नसकेको काम म गर्छु :युवा नेता मण्डल

4 वर्ष पहिले प्रकाशित

(2078-12-16 B.S.)

4760 पटक देखिएको

ममता शर्मा 

चैत्र १६ ,गौशाला 

महोत्तरीको भंगहा नगरपालिकाका नेपाली कांग्रेसका युवा नेता बिर्जु मण्डल आउदो चुनावमा मेयर बन्नमा सफल भए नगरपालिकामा आज सम्मको दिनमा कसैले गर्न नसकेको काम गरेर देखाउने बताएका छन् । रेडियो जुनतारा १०३.४ मेगाहर्जमा प्रसारित जनआवाज कार्यक्रममा पत्रकार निरन्जन साह संगको विशेष बहसमा नेता मण्डलले आफुले मेयरको दावी गरेको र यसमा सफल भए नगरपालिकामा सर्वप्रथम शिक्षाको विकासमा जोड दिने बताएका छन्  हाल कमर्स सम्म पढाई भईरहेको यस नगरपालिकामा विज्ञान विषय पनि अध्ययनको अवस्था सिर्जना गर्ने बताएका छन् । स्थानीय स्तरमै शिक्षाको व्यवस्थापन गर्न सके जनकपुर ,काठमाडौं जानुपर्ने समस्या समाधान भइ गरिव विपन्न तथा दलित परिवारका बालबालिकालाई सहज हुने धारणा व्यक्त गरेका छन् 

उनले भने ,"बिगतमा नेताहरुले कमिसनको लागि भ्रष्टाचार गर्ने व्यक्तिहरुको कारणले विकास हुन सकेको छैन  जनताको पैसा ठगेर कसैले असल विकास गर्न सक्दैनन् "

बिकास गर्न केवल नेपाली कांग्रेसबाट सम्भव रहेको बताउदै उनले भंगहा नगरपालिकामा आफु मेयर भए पश्चात शिक्षा ,स्वास्थ्य ,सडक ,खानेपानी ,लगायतका पूर्वाधारहरुमा विकास गर्ने दावी गरे 

उनले जनताबाट मात्र विकासको मुल्यांकन हुने अभिव्यक्ति दिदै जनप्रतिनिधिमा अब जनताले शिक्षित युवा वर्गलाई चयन गर्नुपर्ने बताए  

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

चिसो बढ्दै गर्दा घरपालुवा जनावरमा विशेष ध्यान दिन नेपाल ..

निरन्जन कुमार साह महोत्तरी,पुष १९ गते  । मौसम परिवर्तनसँगै चिसो बढ्दै जाँदा घरपालुवा जनावरहरू विभिन्न रोगको ज..

4 दिन पहिले

सहारा मल्टीपर्पस को–अपरेटिभ सोसाइटी लिमिटेड, गौशालाको ..

रोहित यादव पुस १७  गते, महोत्तरी महोत्तरी जिल्लाको गौशाला नगरपालिका–५ मा अवस्थित सहारा मल्टीपर्पस को–अपरे..

5 दिन पहिले

उखु बेच्न आएका किसानका लागि चिनी मिल ‘पीडाको थलो

महोत्तरी, पुष १६  गते । उखु बिक्रीका लागि देशकै ठूलो चिनी उद्योगमध्ये एक मानिने एभरेस्ट सुगर एन्ड केमिकल इन्डस्..

7 दिन पहिले

गौशालामा सांस्कृतिक खाना प्रदर्शन कार्यक्रम सम्पन्न

भाग्यरेखा ठाकुरमहोत्तरी ,पुष १० गते ।महोत्तरी जिल्लाको गौशाला नगरपालिकामा अवस्थित गौशाला एकेडेमी स्कुलले वि..

12 दिन पहिले

मधेसका आवाज डा. बीरवंश बैठालाई ‘तेस्रो दादासाहेब फाल्के ..

मलङ्वा (सर्लाही) — मधेसको सामाजिक, शैक्षिक तथा मानवअधिकार क्षेत्रमा निरन्तर आवाज उठाउँदै आएका डा. बीर वंश बैठाला..

15 दिन पहिले

महत्तरी क्षेत्र नं. ४ बाट प्रचण्ड र भरत प्रसाद साह उम्मेद..

निरन्जन कुमार साह महत्तरी, पुष ७ गते । आउदै गरेको फाल्गुन २१ गतेको प्रतिनिधि सभा सदस्यको निर्वाचनको लागि महोत्तर..

15 दिन पहिले

गौशालामा शहीदहरूको स्मृतिमा दीप प्रज्वलन गर्दै श्रद्धा..

गौशाला, महोत्तरी  असोज २४ गते । राष्ट्रिय स्वतन्त्र पार्टी, गौशाला नगर समिति द्वारा शहीदहरूप्रति सम्मान प्रक..

3 महीना पहिले

रामगोपालपुरमा एमाले परित्याग गरि १५ जना माओवादी केन्द्..

गौशाला, साउन २६ गते ।रामगोपालपुर नगरपालिका–८ मा सोमबार नेकपा (एमाले) पार्टी परित्याग गरि  १५ जना व्यक्तिहरू मा..

5 महीना पहिले

नेकपा (माओवादी केन्द्र) को महोत्तरी–काठमाडौं सम्पर्क सम..

महोत्तरी , साउन ३ गते । नेकपा (माओवादी केन्द्र) को महोत्तरी–काठमाडौं सम्पर्क समिति गठन गरिएको छ। शनिबार काठमाडौं..

6 महीना पहिले

राजनीतिक हस्तक्षेपले त्रिविको उपकुलपति नियुक्तिमा विव..

काठमाडौं, २६ असार — सरकारले शिक्षाको क्षेत्रमा निष्पक्षता र पारदर्शिता कायम राख्ने दाबी गरिरहेकै बेलामा त्रिभ..

6 महीना पहिले

गौशाला नगरपालिकाको चौधौं नगरसभा सम्पन्न, १ अर्बभन्दा बढ..

ममता शर्मा, महोत्तरी महोत्तरीको गौशाला नगरपालिकाको चौधौं नगरसभा मंगलबार सम्पन्न भएको छ। नगर प्रमुख डा. दिपेन्द्..

7 महीना पहिले