गौशालामा नव निर्मित प्रशासकीय भवन, मालपोत कार्यालय र नापी कार्यालयको एकैदिन उद्घाटन

5 वर्ष पहिले प्रकाशित

(2078-12-20 B.S.)

7528 पटक देखिएको

ममता शर्मा

गौशाला ,चैत्र २० आइतबार

महोत्तरीको गौशाला नगरपालिकाको नव निर्मित प्रशासकीय भवन, मालपोत कार्यालय र नापी कार्यालयको एकैदिन उद्घाटन भएको हो नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड ज्युको हातबाट नगरपालिकाको प्रशासकीय भवनको उद्घाटन भएको छ त्यस्तै भुमि व्यवस्था सहकारी  तथा गरीबी निवारण मन्त्री शशी श्रेष्ठ ज्यूले गौशालामा नापी तथा मालपोत कार्यालयको उद्घाटन गर्नुभएको छ  

कार्यक्रममा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, शहरी विकास तथा गरीबी निवारण मन्त्री शशी श्रेष्ठ,  पूर्व शिक्षा विज्ञान तथा प्रविधि मन्त्री गरिराजमणि पोखरेल, मधेस प्रदेशका आन्तरिक मामिला तथा सञ्चार मन्त्री भरतप्रसाद साह ,नगरप्रमुख शिवनाथ महतो , उपप्रमुख आशा लामा लगायत विभिन्न पार्टीका नेता तथा कार्यकर्ता, नगरपालिकाका कर्मचारीहरु र सयौंको संख्यामा जनसमुदायको सहभागिता रहेको थियो

कार्यक्रममा आफ्नो मन्तव्य व्यक्त गर्दै आन्तरिक मामिला तथा सञ्चारमन्त्री भरत प्रसाद साहले लामो समयको पर्खाइपछि गौशालामा आफ्नै प्रशासनिक भवन र मालपोत तथा नापी कार्यालयको स्थापनाले जनसमुदायमा प्रसन्नता छाएको बताउनुभयो नगरपालिकामा मालपोत तथा नापी कार्यालय स्थापना हुनु ठूलो उपलब्धि र यसले जनसमुदायलाई जलेश्वर जानुपर्ने बाध्यता निराकरण गरी बढी खर्च नहुने अवस्था सिर्जना भएको दाबी गर्नुभयो त्यस्तै गौशाला नगरपालिकाले आजसम्मको दिनमा विभिन्न अवरोधहरु पारगर्दै विकास निर्माणका कार्यहरु गर्न सफल भएको बताउनुभयो साथै उहाँले जनताको हितको लागि मात्र कार्य गर्ने व्यक्तित्वहरुलाई आउदो चुनावमा  साथ दिई बिजय  बनाउन जनसमुदाय समक्ष अपिल समेत गर्नुभयो

त्यस्तै मन्त्री शशी श्रेष्ठले सही व्यक्तिलाई सही ठाउँमा सही जिम्मेवारी प्रदान गर्नुपर्ने धारणा व्यक्त गर्नुभयो दलित, भूमिहीन सुकुम्बासी अव्यवस्थित बसोवास गर्ने मानिसहरुलाई व्यवस्थित गर्नको लागि अगाडि बढेर कार्य गरिरहेको बताउनुभयो गत चार महिनाको अन्तारलमा २० हजारभन्दा बढी जनसमुदायलाई जग्गाको लालपुर्जा प्रदान गरिएको जानकारी गराउँदै उहाँले “कोही पनि नदोहोरियोस र कोही पनि नछुटोस” भन्ने धारणाको साथ वास्तविक सुकुम्बासीहरुलाई लालपुर्जा वितरण गर्ने कार्य तीव्ररुपमा भइरहेको दाबी गर्नुभयो साथै उहाँले जनप्रतिनिधिले प्रचारप्रसार भन्दा पनि कार्य गरेर देखाउनुपर्ने कुरा व्यक्त गर्नुभयो  

त्यसैगरी नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले स्थानीय स्तरमा सिंहदरबार निर्माण हुनु अत्यावश्यक र उपयोगी भएको बताउँदै जनताको हातबाट विकास निर्माणका काम, शिक्षा स्वास्थ्य जस्ता समृद्धि सिर्जनाको कार्य हुनुपर्नेमा जोड दिनुभयो देश निर्माण, संविधान निर्माणमा नेकपा-माओवादी पार्टीको ठूलो देन रहेको कुरा समेत उहाँले बताउनुभयो साथै उहाँले मधेस प्रदेश सरकारलाई विकासका निम्ति हरेक तवरले सहयोग तथा पहल गर्दै आइरहेको र आगामी दिनहरुमा पनि गर्दैजाने प्रतिवद्धता व्यक्त गर्नुभयो

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..

गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..

4 दिन पहिले

नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन

गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिर..

9 दिन पहिले

बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ ..

महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..

10 दिन पहिले

पानी नपर्दा धान उत्पादन घट्ने चिन्तामा किसान

महोत्तरी, भदौं १७ गते । महोत्तरीको गौशाला नगरपालिकाअन्तर्गतका किसानहरूले लामो समयदेखि पर्याप्त वर्षा नहुँदा यस..

12 दिन पहिले

रसुवाका बाढीपीडितका लागि सम्सी गाउँपालिकाद्वारा १० लाख..

महोत्तरी भदौं ११ गते । रसुवा जिल्लामा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग ..

18 दिन पहिले

रामगोपालपुर नगरपालिकाको १४औँ नगरसभा सम्पन्न, करिब ५० कर..

महोत्तरी, असार ८ गते । महोत्तरीको रामगोपालपुर नगरपालिकाले १४औँ नगरसभा सम्पन्न गर्दै आर्थिक वर्ष २०८३/८४ का लाग..

3 महीना पहिले

रामनवमीकै साइतमा बालेन्द्र शाहको प्रधानमन्त्री शपथ हुद..

काठमाडौँ, चैत ८ गते  रामनवमी को शुभ अवसर पारेर चैत १३ गते देशले नयाँ प्रधानमन्त्री पाउने भएको छ। सो दिन बालेन्द्..

6 महीना पहिले

महोत्तरी–२ मा लक्ष्मण यादवको घरदैलो अभियान तीव्र देखिय..

रोहित यादव  महोत्तरी,फाल्गुन १३ गते  । महोत्तरी निर्वाचन क्षेत्र नम्बर २ अन्तर्गत वडा नम्बर ७, गोरहन्नामा न..

7 महीना पहिले

बाके मरहा साझेदारी वन उपभोक्ता समूहको वार्षिक साधारण सभ..

  निरन्जन कुमार साह  महोत्तरी, फाल्गुन ११ गते । महोत्तरी जिल्लाको लक्ष्मीनिया चौकस्थित कार्यालय परिसरमा बाक..

7 महीना पहिले

नेपाली कम्युनिस्ट पार्टीका युवा उम्मेदवार इन्जिनियर लक..

महोत्तरी, फागुन ११ गते । रोहित यादव  नेपाली कम्युनिस्ट पार्टीका युवा उम्मेदवार इन्जिनियर लक्ष्मण यादवको घरद..

7 महीना पहिले

महोत्तरी क्षेत्र न. ४ मा महेन्द्र कुमार रायलाई श्रीपुरवा..

जितेन्द्र कुशवाहा महोत्तरी, फाल्गुन ९ गते ।   महोत्तरी निर्वाचन क्षेत्र नं. ४ मा महेन्द्र कुमार रायको पक्ष..

7 महीना पहिले