गौशालामा नव निर्मित प्रशासकीय भवन, मालपोत कार्यालय र नापी कार्यालयको एकैदिन उद्घाटन

4 वर्ष पहिले प्रकाशित

(2078-12-20 B.S.)

7435 पटक देखिएको

ममता शर्मा

गौशाला ,चैत्र २० आइतबार

महोत्तरीको गौशाला नगरपालिकाको नव निर्मित प्रशासकीय भवन, मालपोत कार्यालय र नापी कार्यालयको एकैदिन उद्घाटन भएको हो नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड ज्युको हातबाट नगरपालिकाको प्रशासकीय भवनको उद्घाटन भएको छ त्यस्तै भुमि व्यवस्था सहकारी  तथा गरीबी निवारण मन्त्री शशी श्रेष्ठ ज्यूले गौशालामा नापी तथा मालपोत कार्यालयको उद्घाटन गर्नुभएको छ  

कार्यक्रममा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, शहरी विकास तथा गरीबी निवारण मन्त्री शशी श्रेष्ठ,  पूर्व शिक्षा विज्ञान तथा प्रविधि मन्त्री गरिराजमणि पोखरेल, मधेस प्रदेशका आन्तरिक मामिला तथा सञ्चार मन्त्री भरतप्रसाद साह ,नगरप्रमुख शिवनाथ महतो , उपप्रमुख आशा लामा लगायत विभिन्न पार्टीका नेता तथा कार्यकर्ता, नगरपालिकाका कर्मचारीहरु र सयौंको संख्यामा जनसमुदायको सहभागिता रहेको थियो

कार्यक्रममा आफ्नो मन्तव्य व्यक्त गर्दै आन्तरिक मामिला तथा सञ्चारमन्त्री भरत प्रसाद साहले लामो समयको पर्खाइपछि गौशालामा आफ्नै प्रशासनिक भवन र मालपोत तथा नापी कार्यालयको स्थापनाले जनसमुदायमा प्रसन्नता छाएको बताउनुभयो नगरपालिकामा मालपोत तथा नापी कार्यालय स्थापना हुनु ठूलो उपलब्धि र यसले जनसमुदायलाई जलेश्वर जानुपर्ने बाध्यता निराकरण गरी बढी खर्च नहुने अवस्था सिर्जना भएको दाबी गर्नुभयो त्यस्तै गौशाला नगरपालिकाले आजसम्मको दिनमा विभिन्न अवरोधहरु पारगर्दै विकास निर्माणका कार्यहरु गर्न सफल भएको बताउनुभयो साथै उहाँले जनताको हितको लागि मात्र कार्य गर्ने व्यक्तित्वहरुलाई आउदो चुनावमा  साथ दिई बिजय  बनाउन जनसमुदाय समक्ष अपिल समेत गर्नुभयो

त्यस्तै मन्त्री शशी श्रेष्ठले सही व्यक्तिलाई सही ठाउँमा सही जिम्मेवारी प्रदान गर्नुपर्ने धारणा व्यक्त गर्नुभयो दलित, भूमिहीन सुकुम्बासी अव्यवस्थित बसोवास गर्ने मानिसहरुलाई व्यवस्थित गर्नको लागि अगाडि बढेर कार्य गरिरहेको बताउनुभयो गत चार महिनाको अन्तारलमा २० हजारभन्दा बढी जनसमुदायलाई जग्गाको लालपुर्जा प्रदान गरिएको जानकारी गराउँदै उहाँले “कोही पनि नदोहोरियोस र कोही पनि नछुटोस” भन्ने धारणाको साथ वास्तविक सुकुम्बासीहरुलाई लालपुर्जा वितरण गर्ने कार्य तीव्ररुपमा भइरहेको दाबी गर्नुभयो साथै उहाँले जनप्रतिनिधिले प्रचारप्रसार भन्दा पनि कार्य गरेर देखाउनुपर्ने कुरा व्यक्त गर्नुभयो  

त्यसैगरी नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले स्थानीय स्तरमा सिंहदरबार निर्माण हुनु अत्यावश्यक र उपयोगी भएको बताउँदै जनताको हातबाट विकास निर्माणका काम, शिक्षा स्वास्थ्य जस्ता समृद्धि सिर्जनाको कार्य हुनुपर्नेमा जोड दिनुभयो देश निर्माण, संविधान निर्माणमा नेकपा-माओवादी पार्टीको ठूलो देन रहेको कुरा समेत उहाँले बताउनुभयो साथै उहाँले मधेस प्रदेश सरकारलाई विकासका निम्ति हरेक तवरले सहयोग तथा पहल गर्दै आइरहेको र आगामी दिनहरुमा पनि गर्दैजाने प्रतिवद्धता व्यक्त गर्नुभयो

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मौसम परिवर्तनसँगै स्वास्थ्य जोखिम बढ्दो, सचेत रहन डा. जा..

ममता शर्मा महोत्तरी, कार्तिक २३ गते ।  मौसम परिवर्तनसँगै महोत्तरी लगायत मधेशका विभिन्न क्षेत्रमा रुघाखोकी, सर्..

4 दिन पहिले

माओवादी केन्द्रले मधेश प्रदेश संसदीय दलको नेतामा भरत प्..

महोत्तरी, कात्तिक १७ गते ।नेकपा (माओवादी केन्द्र)ले मधेश प्रदेश सभामा आफ्नो संसदीय दलको नेताको जिम्मेवारी फेरि ए..

10 दिन पहिले

आयोजककै कब्जामा मुन्नी मिश्री भलिबलको उपाधि

  महोत्तरी, कार्तिक ९ गते । गौशालाको कान्तिबजारमा सम्पन्न तेश्रो मुन्नी मिश्री भलिबलको उपाधि आयोजकले सुरक्ष..

18 दिन पहिले

बजारको फोहोरको आलोचना भएपछी महतो खुलासा गरे वास्तविक कु..

महोत्तरी, कार्तिक ९ गते ।महोत्तरीको गौशाला बजार फोहोर भएपछी जनसमुदायले गरेको आलोचनालाइ चिर्दै देव नारायण महतो..

18 दिन पहिले

छठ मनाउँदा मौसमको ख्याल गर्न अनुरोध

महोत्तरी, कार्तिक ८ गते । हिन्दू धर्मावलम्बीहरूको महान पर्व छठको अवसरमा मौसमविद्हरूले स्वास्थ्य र सुरक्षाप्रत..

18 दिन पहिले

गौशालामा शहीदहरूको स्मृतिमा दीप प्रज्वलन गर्दै श्रद्धा..

गौशाला, महोत्तरी  असोज २४ गते । राष्ट्रिय स्वतन्त्र पार्टी, गौशाला नगर समिति द्वारा शहीदहरूप्रति सम्मान प्रक..

1 महीना पहिले

रामगोपालपुरमा एमाले परित्याग गरि १५ जना माओवादी केन्द्..

गौशाला, साउन २६ गते ।रामगोपालपुर नगरपालिका–८ मा सोमबार नेकपा (एमाले) पार्टी परित्याग गरि  १५ जना व्यक्तिहरू मा..

3 महीना पहिले

नेकपा (माओवादी केन्द्र) को महोत्तरी–काठमाडौं सम्पर्क सम..

महोत्तरी , साउन ३ गते । नेकपा (माओवादी केन्द्र) को महोत्तरी–काठमाडौं सम्पर्क समिति गठन गरिएको छ। शनिबार काठमाडौं..

4 महीना पहिले

राजनीतिक हस्तक्षेपले त्रिविको उपकुलपति नियुक्तिमा विव..

काठमाडौं, २६ असार — सरकारले शिक्षाको क्षेत्रमा निष्पक्षता र पारदर्शिता कायम राख्ने दाबी गरिरहेकै बेलामा त्रिभ..

4 महीना पहिले

गौशाला नगरपालिकाको चौधौं नगरसभा सम्पन्न, १ अर्बभन्दा बढ..

ममता शर्मा, महोत्तरी महोत्तरीको गौशाला नगरपालिकाको चौधौं नगरसभा मंगलबार सम्पन्न भएको छ। नगर प्रमुख डा. दिपेन्द्..

5 महीना पहिले

गौशालामा नेपाल जन जागृति पार्टीको नगर समिति गठन

निरन्जन कुमार साह, महोत्तरी । नेपाल जन जागृति पार्टीको नगर समिति गठन कार्यक्रम महोत्तरी जिल्लाको गौशालामा सम्पन..

6 महीना पहिले