कमिसन मुक्त गौशालालाई बनाउनेछु: नेता साह

3 वर्ष पहिले प्रकाशित

(2078-12-29 B.S.)

11472 पटक देखिएको

Niranjan Kumar Sah

निरन्जन साह

नेकपा माओवादी केन्द्रका मधेस प्रदेश कमिटी सदस्य विजय साहले पार्टीमा नगरप्रमुखको दाबेदारी गरेका छन्  रेडियो जुनतारा १०३.४ मेघाहर्ज बाट प्रसारित कार्यक्रम जनआवाजमा उनले आउँदो चुनावमा आफू नगरप्रमुख बन्न सफल भएमा गौशाला नगरपालिकालाई कमिसन  मुक्त बनाउने प्रतिबद्धता कार्यक्रम मार्फत गरेका छन् पछिल्लो समयको राजनीतिक अवस्था जन समुदायको लागि निन्दनीय रहेको बताउँदै उनले जबसम्म भ्रष्टाचार तथा कमिसनको प्रवृत्ति रहन्छ तर तबसम्म यो समुदायमा विकासको सम्भावना पटक्कै नरहेको बताएका छन् 

आउँदो वैशाख ३० गतेको चुनावमा नगरप्रमुख बन्न सफल भएमा एउटा असल प्रतिनिधिको कर्तव्य निर्वाह गर्नेछु । उनले भने, “अब एउटा युवा नेतालाई जनसमुदायले मौका दिनुपर्छ पुराना व्यक्तिहरू र पहिलाको नराम्रा प्रवृत्तिहरू समाजबाट हटाउनु एकदमै जरुरी रहेको छ  गैरजिम्मेवार होइन म विकास चुनौती र अवसरलाई मध्यनजर गरी गौशाला नगरपालिकामा कसैले गर्न नसकेको कार्य गरेर देखाउने छु ।"

उनले राजनीतिमा आजको आवश्यकता सक्षम, शिक्षित र युवावर्गको रहेको औल्याएका छन् साथै उनले युवावर्गलाई समय र अवसर दिएमा मात्र समृद्ध समाजको निर्माण हुने बताएका छन् 

आजसम्मको ठाउँमा आइपुग्न उनले आफूले धेरै चुनौतीहरूको सामना गर्नुपरेको सम्झिँदै उनले भने, "२०५५ सालमा एसएलसी दिए पश्चात म माओवादी पार्टीतिर लागे जनताको सेवाको निमित्त  २०५७ सालमा माओवादी पार्टीको जिल्ला कमिटी सदस्य भएको थिए  २०५८ सालमा एरिया इन्चार्ज डेढ वर्षसम्म भएको थियो । त्यसपछि करिब 3 बर्ष छिमेकी मुलुक भारतमा पार्टीको कार्यको सिलसिलामा बिताए  २०६१ सालमा तत्कालीन श्री ५ सरकारको सिभिलमा आएको युनिफाइड टोलीले सर्लाहीको भक्तिपुर स्थित कामको सिलसिलामा गएको बेला मलाई पक्राउ गरेको थियो । समातेर उनीहरुले जिल्ला प्रहरी कार्यालय सर्लाहीमा लगी कारागारमा १५ दिनसम्म हातखुट्टामा हतकडी र आँखामा पट्टी बाधेर कालकोठरीमा मलाई राखिएको थियो । त्यसपछि  १६ औ दिनमा मलाई सर्लाहीको मलङ्गवा कारागारमा पठाइयो ७ महिना कारागारमै बसे । त्यसपछि म माथि विभिन्न झुठा मुद्दा लगाई जिल्ला प्रहरी कार्यालय जलेश्वरमा बुझाइयो  तीन महिना त्यहाँ बसेँ । त्यसपछि अनुसन्धानको क्रममा मलाई जिल्लाप्रहरी कार्यालय धनुषामा जिम्मा लगाइयो त्यसपछि एक महिनाजति बारम्बार एक मुद्दाको रिहाइ भएपनि अर्को मुद्दामा लगातार प्रहरीले कारागारमा राखे । पछि पार्टी सम्झौतामा  गयो र मलाई  जि.प्र.का.धनुषाबाट रिहा गरियो । मेरो रिहाई  हुनुमा मिडिया तथा प्रत्रकारको मुख्य भूमिका रहेको थियो। 

यसरी उनले विगतका दिनमा आफुले गरेको संघर्ष सम्झिदै राजनीति क्षेत्रमा परिवर्तनको लागि आफुले पाइला टेकेको र आगामी दिनहरुमा पनि जनताको मर्म बुझेर नितान्त जनसेवामा समर्पित हुने धारणा व्यक्त गरेका छन्

"गौशाला व्यापारिक केन्द्रलाई चौतर्फी जोड्नको लागि युवाको खाचो देखिएको छ । पार्टीले टिकट दिएका गौशाला नगरपालिकाको चौतर्फी विकास गर्ने छु उनले भने ।"

गौशाला नगरपालिकाको सल्लाहकार भएतापनि आफ्नो कुनै सल्लाह नगरपालिकाका नगर प्रमुख शिवनाथ महतोले नमानेको उनले बताएका छन्  "जनताको विकासको नगर प्रमुख समक्ष पहल गर्दा पनि मरो कुराको वेवास्ता गरि बैठकहरुमा समेत मलाई डाक्न छाडेका छन्, उनले भने

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

जेन-जी आन्दोलनका सहिदलाई गौशालामा श्रद्धाञ्जली

महोत्तरी, असोज १ गते । गौशाला इन्जिनियरिङ क्याम्पसका विद्यार्थीहरूले जेन-जी आन्दोलनमा सहादत प्राप्त गर्ने शहीद..

3 दिन पहिले

रेडियो जुनतारा सातौँ वर्षमा प्रवेश

ममता शर्मा, महोत्तरी । महोत्तरीको गौशाला नगरपालिका–५ मा अवस्थित रेडियो जुनतारा आजबाट छैठौं वर्ष पार गरेर सात..

3 दिन पहिले

शिक्षा नै प्रगतिको आधार : नाई–ठाकुर १०+२ विद्यार्थी सम्म..

काठमाडौं, भदौ ३१ । स्वतन्त्र नाई संघ (SNS) को आयोजनामा काठमाडौं गौशालास्थित मिथिला थालीमा मंगलबार आयोजित भव्य कार्य..

4 दिन पहिले

सोनमाका स्कुलमा पुगे एसियाका उत्कृष्ठ प्रध्यानाध्यापक ..

महोत्तरी, भदौं १६ गते  महोत्तरीको सोनामा गाउँपालिका–२ स्थित श्री सरस्वती जनता माध्यमिक विद्यालयमा आइतवार एस..

19 दिन पहिले

गौशालामा निजी विद्यालयले स्कुल बस र्याली निकाल्यो

महोत्तरी, भदौं १६ गते  सरकारले ल्याउन लागेको संघीय शिक्षा ऐनको विरोधमा सोमवार गौशाला बजारमा निजी विद्यालयहरुल..

19 दिन पहिले

रामगोपालपुरमा एमाले परित्याग गरि १५ जना माओवादी केन्द्..

गौशाला, साउन २६ गते ।रामगोपालपुर नगरपालिका–८ मा सोमबार नेकपा (एमाले) पार्टी परित्याग गरि  १५ जना व्यक्तिहरू मा..

1 महीना पहिले

नेकपा (माओवादी केन्द्र) को महोत्तरी–काठमाडौं सम्पर्क सम..

महोत्तरी , साउन ३ गते । नेकपा (माओवादी केन्द्र) को महोत्तरी–काठमाडौं सम्पर्क समिति गठन गरिएको छ। शनिबार काठमाडौं..

2 महीना पहिले

राजनीतिक हस्तक्षेपले त्रिविको उपकुलपति नियुक्तिमा विव..

काठमाडौं, २६ असार — सरकारले शिक्षाको क्षेत्रमा निष्पक्षता र पारदर्शिता कायम राख्ने दाबी गरिरहेकै बेलामा त्रिभ..

2 महीना पहिले

गौशाला नगरपालिकाको चौधौं नगरसभा सम्पन्न, १ अर्बभन्दा बढ..

ममता शर्मा, महोत्तरी महोत्तरीको गौशाला नगरपालिकाको चौधौं नगरसभा मंगलबार सम्पन्न भएको छ। नगर प्रमुख डा. दिपेन्द्..

3 महीना पहिले

गौशालामा नेपाल जन जागृति पार्टीको नगर समिति गठन

निरन्जन कुमार साह, महोत्तरी । नेपाल जन जागृति पार्टीको नगर समिति गठन कार्यक्रम महोत्तरी जिल्लाको गौशालामा सम्पन..

4 महीना पहिले

जनताको विकासका लागि पूर्वमन्त्री साहको अभियान

निरन्जन कुमार साह  गौशाला, महोत्तरी। मधेश प्रदेशका पूर्व अर्थमन्त्री तथा प्रदेशसभा सदस्य भरत प्रसाद साह आर्थि..

5 महीना पहिले

रेडियो जुनतारा सातौँ वर्षमा प्रवेश

ममता शर्मा, महोत्तरी । महोत्तरीको गौशाला नगरपालिका–..

जेन-जी आन्दोलनका सहिदलाई गौशालामा श्रद्धाञ्जली

महोत्तरी, असोज १ गते । गौशाला इन्जिनियरिङ क्याम्पसका वि..