कमिसन मुक्त गौशालालाई बनाउनेछु: नेता साह
निरन्जन साह
नेकपा माओवादी केन्द्रका मधेस प्रदेश कमिटी सदस्य विजय साहले पार्टीमा नगरप्रमुखको दाबेदारी गरेका छन् । रेडियो जुनतारा १०३.४ मेघाहर्ज बाट प्रसारित कार्यक्रम जनआवाजमा उनले आउँदो चुनावमा आफू नगरप्रमुख बन्न सफल भएमा गौशाला नगरपालिकालाई कमिसन मुक्त बनाउने प्रतिबद्धता कार्यक्रम मार्फत गरेका छन् पछिल्लो समयको राजनीतिक अवस्था जन समुदायको लागि निन्दनीय रहेको बताउँदै उनले जबसम्म भ्रष्टाचार तथा कमिसनको प्रवृत्ति रहन्छ तर तबसम्म यो समुदायमा विकासको सम्भावना पटक्कै नरहेको बताएका छन् ।
आउँदो वैशाख ३० गतेको चुनावमा नगरप्रमुख बन्न सफल भएमा एउटा असल प्रतिनिधिको कर्तव्य निर्वाह गर्नेछु । उनले भने, “अब एउटा युवा नेतालाई जनसमुदायले मौका दिनुपर्छ पुराना व्यक्तिहरू र पहिलाको नराम्रा प्रवृत्तिहरू समाजबाट हटाउनु एकदमै जरुरी रहेको छ । गैरजिम्मेवार होइन म विकास चुनौती र अवसरलाई मध्यनजर गरी गौशाला नगरपालिकामा कसैले गर्न नसकेको कार्य गरेर देखाउने छु ।"
उनले राजनीतिमा आजको आवश्यकता सक्षम, शिक्षित र युवावर्गको रहेको औल्याएका छन् साथै उनले युवावर्गलाई समय र अवसर दिएमा मात्र समृद्ध समाजको निर्माण हुने बताएका छन् ।
आजसम्मको ठाउँमा आइपुग्न उनले आफूले धेरै चुनौतीहरूको सामना गर्नुपरेको सम्झिँदै उनले भने, "२०५५ सालमा एसएलसी दिए पश्चात म माओवादी पार्टीतिर लागे जनताको सेवाको निमित्त । २०५७ सालमा माओवादी पार्टीको जिल्ला कमिटी सदस्य भएको थिए । २०५८ सालमा एरिया इन्चार्ज डेढ वर्षसम्म भएको थियो । त्यसपछि करिब 3 बर्ष छिमेकी मुलुक भारतमा पार्टीको कार्यको सिलसिलामा बिताए । २०६१ सालमा तत्कालीन श्री ५ सरकारको सिभिलमा आएको युनिफाइड टोलीले सर्लाहीको भक्तिपुर स्थित कामको सिलसिलामा गएको बेला मलाई पक्राउ गरेको थियो । समातेर उनीहरुले जिल्ला प्रहरी कार्यालय सर्लाहीमा लगी कारागारमा १५ दिनसम्म हातखुट्टामा हतकडी र आँखामा पट्टी बाधेर कालकोठरीमा मलाई राखिएको थियो । त्यसपछि १६ औ दिनमा मलाई सर्लाहीको मलङ्गवा कारागारमा पठाइयो ७ महिना कारागारमै बसे । त्यसपछि म माथि विभिन्न झुठा मुद्दा लगाई जिल्ला प्रहरी कार्यालय जलेश्वरमा बुझाइयो । तीन महिना त्यहाँ बसेँ । त्यसपछि अनुसन्धानको क्रममा मलाई जिल्लाप्रहरी कार्यालय धनुषामा जिम्मा लगाइयो त्यसपछि एक महिनाजति बारम्बार एक मुद्दाको रिहाइ भएपनि अर्को मुद्दामा लगातार प्रहरीले कारागारमा राखे । पछि पार्टी सम्झौतामा गयो र मलाई जि.प्र.का.धनुषाबाट रिहा गरियो । मेरो रिहाई हुनुमा मिडिया तथा प्रत्रकारको मुख्य भूमिका रहेको थियो। ”
यसरी उनले विगतका दिनमा आफुले गरेको संघर्ष सम्झिदै राजनीति क्षेत्रमा परिवर्तनको लागि आफुले पाइला टेकेको र आगामी दिनहरुमा पनि जनताको मर्म बुझेर नितान्त जनसेवामा समर्पित हुने धारणा व्यक्त गरेका छन् ।
"गौशाला व्यापारिक केन्द्रलाई चौतर्फी जोड्नको लागि युवाको खाचो देखिएको छ । पार्टीले टिकट दिएका गौशाला नगरपालिकाको चौतर्फी विकास गर्ने छु उनले भने ।"
गौशाला नगरपालिकाको सल्लाहकार भएतापनि आफ्नो कुनै सल्लाह नगरपालिकाका नगर प्रमुख शिवनाथ महतोले नमानेको उनले बताएका छन् । "जनताको विकासको नगर प्रमुख समक्ष पहल गर्दा पनि मरो कुराको वेवास्ता गरि बैठकहरुमा समेत मलाई डाक्न छाडेका छन्, उनले भने ।"
गौशाला बजार व्यवस्थापनमा विवाद, वडा अध्यक्षकै नेतृत्वम..
गौशाला, चैत्र २१ गते । महोत्तरीको प्रमुख व्यापारिक केन्द्र गौशाला बजारमा बजार व्यवस्थापनका क्रममा विवाद चर्क..
8 दिन पहिले
दुबई बन्दरगाहमा कुवेती तेल ट्याङ्करमाथि रहस्यमय आक्रमण
एजेन्सी, चैत्र १७ गते । संयुक्त अरब इमिरेट्सको दुबई बन्दरगाह क्षेत्रमा कुवेतको एक विशाल तेल ट्याङ्करमाथि राति..
12 दिन पहिले
राम जानकी सेकेण्डरी इंग्लिस बोर्डिङ स्कुलमा पहिलो एसईई ..
निरन्जन कुमार साह महोत्तरी, चैत्र १४ गते । राम जानकी सेकेण्डरी इंग्लिस बोर्डिङ स्कुल, गौशालामा “Farewell & Thanking Program&rdqu..
15 दिन पहिले
रौतहटको रिसोर्टमा नक्कली सुन कारोबार पर्दाफास, चार जना प..
रौतहट, चैत्र ११ — रौतहटको चन्द्रनिगाहपुरस्थित एक रिसोर्टमा नक्कली सुन कारोबार भइरहेको सूचना पाएपछि प्रहरीले छ..
19 दिन पहिले
गौशालामा साहित्यकारहरु सम्मानित
रोहित यादव महोत्तरी, चित्र ८ गते । गौशाला नगरपालिकाभित्र क्रियाशील साहित्यकारहरूलाई “बृढ्यौली साहित्य स..
21 दिन पहिले
रामनवमीकै साइतमा बालेन्द्र शाहको प्रधानमन्त्री शपथ हुद..
काठमाडौँ, चैत ८ गते रामनवमी को शुभ अवसर पारेर चैत १३ गते देशले नयाँ प्रधानमन्त्री पाउने भएको छ। सो दिन बालेन्द्..
21 दिन पहिले
महोत्तरी–२ मा लक्ष्मण यादवको घरदैलो अभियान तीव्र देखिय..
रोहित यादव महोत्तरी,फाल्गुन १३ गते । महोत्तरी निर्वाचन क्षेत्र नम्बर २ अन्तर्गत वडा नम्बर ७, गोरहन्नामा न..
2 महीना पहिले
बाके मरहा साझेदारी वन उपभोक्ता समूहको वार्षिक साधारण सभ..
निरन्जन कुमार साह महोत्तरी, फाल्गुन ११ गते । महोत्तरी जिल्लाको लक्ष्मीनिया चौकस्थित कार्यालय परिसरमा बाक..
2 महीना पहिले
नेपाली कम्युनिस्ट पार्टीका युवा उम्मेदवार इन्जिनियर लक..
महोत्तरी, फागुन ११ गते । रोहित यादव नेपाली कम्युनिस्ट पार्टीका युवा उम्मेदवार इन्जिनियर लक्ष्मण यादवको घरद..
2 महीना पहिले
महोत्तरी क्षेत्र न. ४ मा महेन्द्र कुमार रायलाई श्रीपुरवा..
जितेन्द्र कुशवाहा महोत्तरी, फाल्गुन ९ गते । महोत्तरी निर्वाचन क्षेत्र नं. ४ मा महेन्द्र कुमार रायको पक्ष..
2 महीना पहिले
महोत्तरी–१ मा उत्साहको लहर: गिरिराज मणि पोखरेलतर्फ बढ्द..
रोहित यादव महोत्तरी, फाल्गुन ९ गते । महोत्तरी क्षेत्र नं. १ मा चुनावी माहोल दिनानुदिन तातिँदै गएको छ। गाउँ बस्त..
2 महीना पहिले

कमेन्ट गर्नुहोस्
view comments