देशको समस्या समाधान गर्नका लागि जनताले नै सही व्यक्तिलाई निर्वाचित गर्नुपर्छ : राजेन्द्र लिङ्देन

3 वर्ष पहिले प्रकाशित

(2078-12-29 B.S.)

3179 पटक देखिएको

पवन प्रसाद साह 

वीरगंज 

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) पर्साले आज एक कार्यक्रमका बिच बिशाल आमसभाको गरेको छ।

आमसभालाइ सम्बोधन गर्दै राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रिय अध्यक्ष राजेन्द्र लिङ्देनले सही व्यक्ति र सहि नेतृत्व चुन्न नसकेसम्म जनताका दुःख अन्त्य नहुने बताए । देशको समस्या समाधान गर्नका लागि जनताले नै सही व्यक्तिलाई निर्वाचित गर्नुपर्नेमा जोड दिएका छन् ।

उनले भने, ‘यदि सही व्यक्तिलाई चुन्न सकेनौ भने बेरोजगारीको समस्या अँझै बढेर जान्छ । जनताका दुःख अन्त्य हुने छैनन । अहिलेको अवस्थामा सिटामोल पाउन पनि अदालतको आदेश कुनुपर्ने र पैँसा तिरेर पनि आवश्यक परेको बेलामा मल तथा बिउ नपाइने देशमा अरु बिकासको आश गर्न नसकिने अध्यक्ष लिङ्देनको बुझाई छ ।

सिमित दलका सिमित व्यक्तिहरुले ३१ वर्षसम्म आफ्नो र आफ्ना आसेपासेको गोजी भर्ने बाहेकका कुनै काम गर्न नसकेको उनको आरोप छ । मधेशी शहिदको सहादतपछि मधेशले के पायो भन्दै उनले मधेशबाट प्रतिनीधित्व गर्दै संसदसम्म पुगेर प्रदेशका सत्तामा पुगेपनि मधेशी जनताले कुनै उपलब्धी नभएको बताए

त्यस्तै सम्बोधन कै क्रममा नेपाली चलचित्रका नायिका रेखा थापाले आमसभा लाइ सम्बोधन गर्दै मेहनत गरेर उत्पादन गरेको उखुको पैँसा समयमै पाउन नसक्ने अवस्थाको अन्त्यका लागि कसैले पहलकदमी नचालेको उनको भनाई छ ।

साथै नेपालको सिमाना बचाउनमा तराइ मधेसको ब्यत्किहरुको धेरै भुमिकस रहेको बताइन। यथास्थितीबाट देशलाई मुक्त गरेर अगाडी लैजाने राप्रपाको राष्ट्रिय अभियानमा हातेमालो गर्न उनले आग्रह गरेकी छिन।

त्यस्तै सम्बोधन कै क्रममा पार्टीका पुर्व केन्द्रीय अध्यक्ष तथा पुर्व मन्त्री डा. प्रकास चन्द लोहनीले प्रजातन्त्र, गणतन्त्र र लोकतन्त्रको नाममा केही तत्वहरुले लुट तन्त्र मच्चाइरहेको आरोप लगाउँदै अमेरिकाकाबाट ४० करोड ल्याएको रुपैंयाको हिसाब किताब गर्दा अहिले सम्म नदिएको र सम्पत्ति सुदृढीकरण बिभागमा निवेदन समेत दिदा निकास नपाएकोले यो देश को लाज मर्दो कहानी भएको बताए।

त्यस्तै सम्बोधन कै क्रममा पार्टीका केन्द्रिय सदस्य डा.राजेस गिरीले पहिला शाही सेनाको नाम थियो भने अहिले नेपाली सेनाको नाम रहेको बताएका थिए। त्यस्तै सम्बोधन कै क्रममा पार्टीका केन्द्रिय सदस्य भुवन पाठकले एमाले, कांग्रेस, माओवादीले देशलाइ बर्बाद पारि सकेकोले देसलाई बचाउन रा प्र पा लाइ मतदान गरी पहिलो पार्टी बनाउन आग्रह गरेका थिए।

उक्त कार्यक्रममा स्वागत मन्तब्य पार्टीका पुर्व केन्द्रीय सदस्य तथा पुर्व जिबिस सभापति शम्भु प्रसाद चौरसिया, केन्द्रिय सदस्य मिना सुबेदीले गरेकी थिइन भने उत्क कार्यक्रम शुमेश्वरनाथ उपाध्याय, मानार्थ जिल्ला अध्यक्ष अंगद ठाकुरको सभापतित्वमामा भएको कार्यक्रममा पार्टीका केन्द्रिय अध्यक्ष राजेन्द्र लिङ्देनको प्रमुख अतिथि तथा विशिष्ट अतिथि पार्टीका पुर्व केन्द्रीय अध्यक्ष डा. प्रकास चन्द लोहनी, पार्टी केन्द्रीय उपाध्यक्ष ध्रुव प्रधान, पार्टीका केन्द्रिय सदस्य रेखा थापा,मिना सुबेदी, पार्टीका मधेस प्रदेश अध्यक्ष भरत गिरी,तथा पार्टीका पर्सा जिल्ला उपाध्यक्ष रामयोधा राउत,अवध किसोर साह,शान्ती केशी पार्टी का कोषाध्यक्ष जगरनाथ प्रसाद कुर्मि, पार्टीका जिल्ला सचिव पनालाल पटेल, अजय पौडेल, जिल्ला सह सचिव पवन प्रसाद साह,पदन सदस्यहरु, जलेश्वर सरार्फ, योगेन्द्र राउत, शम्भु प्रसाद चौरसिया,रोसन यादव, दिपनारायण यादव, रामबाबु साह, जिल्ला सदस्य उदित सहनी,छठि साह कानु, देवेन्द्र ढुङगाना, महिना यादव लगायतको व्यक्तिहरुको उपस्थिति रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

जेन-जी आन्दोलनका सहिदलाई गौशालामा श्रद्धाञ्जली

महोत्तरी, असोज १ गते । गौशाला इन्जिनियरिङ क्याम्पसका विद्यार्थीहरूले जेन-जी आन्दोलनमा सहादत प्राप्त गर्ने शहीद..

3 दिन पहिले

रेडियो जुनतारा सातौँ वर्षमा प्रवेश

ममता शर्मा, महोत्तरी । महोत्तरीको गौशाला नगरपालिका–५ मा अवस्थित रेडियो जुनतारा आजबाट छैठौं वर्ष पार गरेर सात..

3 दिन पहिले

शिक्षा नै प्रगतिको आधार : नाई–ठाकुर १०+२ विद्यार्थी सम्म..

काठमाडौं, भदौ ३१ । स्वतन्त्र नाई संघ (SNS) को आयोजनामा काठमाडौं गौशालास्थित मिथिला थालीमा मंगलबार आयोजित भव्य कार्य..

4 दिन पहिले

सोनमाका स्कुलमा पुगे एसियाका उत्कृष्ठ प्रध्यानाध्यापक ..

महोत्तरी, भदौं १६ गते  महोत्तरीको सोनामा गाउँपालिका–२ स्थित श्री सरस्वती जनता माध्यमिक विद्यालयमा आइतवार एस..

19 दिन पहिले

गौशालामा निजी विद्यालयले स्कुल बस र्याली निकाल्यो

महोत्तरी, भदौं १६ गते  सरकारले ल्याउन लागेको संघीय शिक्षा ऐनको विरोधमा सोमवार गौशाला बजारमा निजी विद्यालयहरुल..

19 दिन पहिले

रामगोपालपुरमा एमाले परित्याग गरि १५ जना माओवादी केन्द्..

गौशाला, साउन २६ गते ।रामगोपालपुर नगरपालिका–८ मा सोमबार नेकपा (एमाले) पार्टी परित्याग गरि  १५ जना व्यक्तिहरू मा..

1 महीना पहिले

नेकपा (माओवादी केन्द्र) को महोत्तरी–काठमाडौं सम्पर्क सम..

महोत्तरी , साउन ३ गते । नेकपा (माओवादी केन्द्र) को महोत्तरी–काठमाडौं सम्पर्क समिति गठन गरिएको छ। शनिबार काठमाडौं..

2 महीना पहिले

राजनीतिक हस्तक्षेपले त्रिविको उपकुलपति नियुक्तिमा विव..

काठमाडौं, २६ असार — सरकारले शिक्षाको क्षेत्रमा निष्पक्षता र पारदर्शिता कायम राख्ने दाबी गरिरहेकै बेलामा त्रिभ..

2 महीना पहिले

गौशाला नगरपालिकाको चौधौं नगरसभा सम्पन्न, १ अर्बभन्दा बढ..

ममता शर्मा, महोत्तरी महोत्तरीको गौशाला नगरपालिकाको चौधौं नगरसभा मंगलबार सम्पन्न भएको छ। नगर प्रमुख डा. दिपेन्द्..

3 महीना पहिले

गौशालामा नेपाल जन जागृति पार्टीको नगर समिति गठन

निरन्जन कुमार साह, महोत्तरी । नेपाल जन जागृति पार्टीको नगर समिति गठन कार्यक्रम महोत्तरी जिल्लाको गौशालामा सम्पन..

4 महीना पहिले

जनताको विकासका लागि पूर्वमन्त्री साहको अभियान

निरन्जन कुमार साह  गौशाला, महोत्तरी। मधेश प्रदेशका पूर्व अर्थमन्त्री तथा प्रदेशसभा सदस्य भरत प्रसाद साह आर्थि..

5 महीना पहिले

रेडियो जुनतारा सातौँ वर्षमा प्रवेश

ममता शर्मा, महोत्तरी । महोत्तरीको गौशाला नगरपालिका–..

जेन-जी आन्दोलनका सहिदलाई गौशालामा श्रद्धाञ्जली

महोत्तरी, असोज १ गते । गौशाला इन्जिनियरिङ क्याम्पसका वि..