संचार मन्त्रि साहद्वारा मधेसका प्रहरी चौकी र कार्यालय खाली गर्न चेतावनी
चैत्र ३०
मधेस प्रदेशका आन्तरिक मामिला तथा सञ्चारमन्त्री भरतप्रसाद साहले संघीय सरकारलाई मधेसका प्रहरी चौकी र कार्यालय खाली गर्न चेतावनी दिएका छन् । प्रदेश प्रहरी भर्ना गर्न आलटाल गरिरहेको उल्लेख गर्दै मन्त्री साहले यस्तो चेतावनी दिएका हुन् । संघीय सरकारले सहमति नदिए पनि प्रदेश प्रहरी भर्ना प्रक्रिया अगाडि बढाउने उनले बताएका छन् ।
प्रदेशसभामा पेस गरिएको प्रदेश प्रहरी संकल्प प्रस्तावमाथि मंगलबारको बैठकमा बोल्दै मन्त्री साहले प्रदेश प्रहरी भर्नाका लागि मन्त्रिपरिषद्को बैठकमा ठाडो प्रस्ताव लग्ने दाबीसमेत गरे । ‘ब्युरोक्रेट्स पनि प्रहरी समायोजन गर्न डराएका छन् । म प्रहरी भर्ना खोल्छु,’ मन्त्री साहले भने,‘प्रदेशसभाले निर्देशन दियो भने म ठाडो प्रस्ताव मन्त्रिपरिषद्मा लग्छु । देश द्वन्द्वमा जान्छ भने जाओस् । म प्रहरी भर्ना निकाल्छु–निकाल्छु ।’
संघीय सरकारले प्रहरी कर्मचारी समायोजन ऐन बनाइसके पनि प्रहरी समायोजन नगर्दा प्रदेश सरकारहरूले आफ्नो प्रहरी गठन र भर्ना खोल्न सकेको छैनन् ।
लामो समयदेखि प्रहरी समायोजन थाँती रहँदा मधेस प्रदेश सरकारले सर्वोच्च अदालतमा प्रहरी समायोजन गर्न रिटसमेत हालेको छ । ‘संघ र प्रदेशले ऐन बनाइसके पनि संघीय सरकार प्रहरी समायोजन गर्न आनाकानी गरिरहेको छ,’ मन्त्री साहले भने,‘संघीय सरकारले सधैं हेर्दैछु–गर्दैछु भन्दै टार्छन् । एउटा समायोजनको सूचना निकालेपछि प्रहरीले जान चाहने आ–आफनो प्रदेश रोज्छन् र बाँकी सिटमा प्रदेश सरकारले भर्ना खोल्छ ।’
प्रदेशसभाको बैठकले प्रदेश प्रहरीसम्बन्धी संकल्प प्रस्ताव सर्वसम्मतले पारित गरेको छ । ‘मैले पार्टी अध्यक्ष प्रचण्डजीलाई पनि भनेको छु, संविधानको अधिकार दिइएन भने विद्रोह गर्छु । तपाईं र पार्टीले साथ दिनुपर्छ ।’ उनले संघीय सरकारले प्रदेशलाई अधिकार नदिएको विरुद्धमा आन्दोलन गर्न र त्यसको अगुवाई आफू गर्न तयार रहेकोसमेत बताए ।
‘गाउँ–गाउँ र टोल–टोलबाट संघीय सरकारविरुद्धमा जनता उतारौं । त्यसको नेतृत्व गर्न म तयार छु,’ उनले भने,‘प्रदेश प्रहरी भर्ना प्रक्रिया अब अगाडि बढ्छ । संघीय सरकार सर्वोच्च अदालतमा रिट हालोस् । हामी कानुनी लडाइँ लड्न तयार छौं । अधिकार थुतेर लिनुपर्छ । दया र मायाले पाइन्न ।’
वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..
गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..
4 दिन पहिले
नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन
गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिर..
9 दिन पहिले
बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ ..
महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..
10 दिन पहिले
पानी नपर्दा धान उत्पादन घट्ने चिन्तामा किसान
महोत्तरी, भदौं १७ गते । महोत्तरीको गौशाला नगरपालिकाअन्तर्गतका किसानहरूले लामो समयदेखि पर्याप्त वर्षा नहुँदा यस..
12 दिन पहिले
रसुवाका बाढीपीडितका लागि सम्सी गाउँपालिकाद्वारा १० लाख..
महोत्तरी भदौं ११ गते । रसुवा जिल्लामा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग ..
18 दिन पहिले
रामगोपालपुर नगरपालिकाको १४औँ नगरसभा सम्पन्न, करिब ५० कर..
महोत्तरी, असार ८ गते । महोत्तरीको रामगोपालपुर नगरपालिकाले १४औँ नगरसभा सम्पन्न गर्दै आर्थिक वर्ष २०८३/८४ का लाग..
3 महीना पहिले
रामनवमीकै साइतमा बालेन्द्र शाहको प्रधानमन्त्री शपथ हुद..
काठमाडौँ, चैत ८ गते रामनवमी को शुभ अवसर पारेर चैत १३ गते देशले नयाँ प्रधानमन्त्री पाउने भएको छ। सो दिन बालेन्द्..
6 महीना पहिले
महोत्तरी–२ मा लक्ष्मण यादवको घरदैलो अभियान तीव्र देखिय..
रोहित यादव महोत्तरी,फाल्गुन १३ गते । महोत्तरी निर्वाचन क्षेत्र नम्बर २ अन्तर्गत वडा नम्बर ७, गोरहन्नामा न..
7 महीना पहिले
बाके मरहा साझेदारी वन उपभोक्ता समूहको वार्षिक साधारण सभ..
निरन्जन कुमार साह महोत्तरी, फाल्गुन ११ गते । महोत्तरी जिल्लाको लक्ष्मीनिया चौकस्थित कार्यालय परिसरमा बाक..
7 महीना पहिले
नेपाली कम्युनिस्ट पार्टीका युवा उम्मेदवार इन्जिनियर लक..
महोत्तरी, फागुन ११ गते । रोहित यादव नेपाली कम्युनिस्ट पार्टीका युवा उम्मेदवार इन्जिनियर लक्ष्मण यादवको घरद..
7 महीना पहिले
महोत्तरी क्षेत्र न. ४ मा महेन्द्र कुमार रायलाई श्रीपुरवा..
जितेन्द्र कुशवाहा महोत्तरी, फाल्गुन ९ गते । महोत्तरी निर्वाचन क्षेत्र नं. ४ मा महेन्द्र कुमार रायको पक्ष..
7 महीना पहिले
वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..
गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशक..
कमेन्ट गर्नुहोस्
view comments