संचार मन्त्रि साहद्वारा मधेसका प्रहरी चौकी र कार्यालय खाली गर्न चेतावनी
चैत्र ३०
मधेस प्रदेशका आन्तरिक मामिला तथा सञ्चारमन्त्री भरतप्रसाद साहले संघीय सरकारलाई मधेसका प्रहरी चौकी र कार्यालय खाली गर्न चेतावनी दिएका छन् । प्रदेश प्रहरी भर्ना गर्न आलटाल गरिरहेको उल्लेख गर्दै मन्त्री साहले यस्तो चेतावनी दिएका हुन् । संघीय सरकारले सहमति नदिए पनि प्रदेश प्रहरी भर्ना प्रक्रिया अगाडि बढाउने उनले बताएका छन् ।
प्रदेशसभामा पेस गरिएको प्रदेश प्रहरी संकल्प प्रस्तावमाथि मंगलबारको बैठकमा बोल्दै मन्त्री साहले प्रदेश प्रहरी भर्नाका लागि मन्त्रिपरिषद्को बैठकमा ठाडो प्रस्ताव लग्ने दाबीसमेत गरे । ‘ब्युरोक्रेट्स पनि प्रहरी समायोजन गर्न डराएका छन् । म प्रहरी भर्ना खोल्छु,’ मन्त्री साहले भने,‘प्रदेशसभाले निर्देशन दियो भने म ठाडो प्रस्ताव मन्त्रिपरिषद्मा लग्छु । देश द्वन्द्वमा जान्छ भने जाओस् । म प्रहरी भर्ना निकाल्छु–निकाल्छु ।’
संघीय सरकारले प्रहरी कर्मचारी समायोजन ऐन बनाइसके पनि प्रहरी समायोजन नगर्दा प्रदेश सरकारहरूले आफ्नो प्रहरी गठन र भर्ना खोल्न सकेको छैनन् ।
लामो समयदेखि प्रहरी समायोजन थाँती रहँदा मधेस प्रदेश सरकारले सर्वोच्च अदालतमा प्रहरी समायोजन गर्न रिटसमेत हालेको छ । ‘संघ र प्रदेशले ऐन बनाइसके पनि संघीय सरकार प्रहरी समायोजन गर्न आनाकानी गरिरहेको छ,’ मन्त्री साहले भने,‘संघीय सरकारले सधैं हेर्दैछु–गर्दैछु भन्दै टार्छन् । एउटा समायोजनको सूचना निकालेपछि प्रहरीले जान चाहने आ–आफनो प्रदेश रोज्छन् र बाँकी सिटमा प्रदेश सरकारले भर्ना खोल्छ ।’
प्रदेशसभाको बैठकले प्रदेश प्रहरीसम्बन्धी संकल्प प्रस्ताव सर्वसम्मतले पारित गरेको छ । ‘मैले पार्टी अध्यक्ष प्रचण्डजीलाई पनि भनेको छु, संविधानको अधिकार दिइएन भने विद्रोह गर्छु । तपाईं र पार्टीले साथ दिनुपर्छ ।’ उनले संघीय सरकारले प्रदेशलाई अधिकार नदिएको विरुद्धमा आन्दोलन गर्न र त्यसको अगुवाई आफू गर्न तयार रहेकोसमेत बताए ।
‘गाउँ–गाउँ र टोल–टोलबाट संघीय सरकारविरुद्धमा जनता उतारौं । त्यसको नेतृत्व गर्न म तयार छु,’ उनले भने,‘प्रदेश प्रहरी भर्ना प्रक्रिया अब अगाडि बढ्छ । संघीय सरकार सर्वोच्च अदालतमा रिट हालोस् । हामी कानुनी लडाइँ लड्न तयार छौं । अधिकार थुतेर लिनुपर्छ । दया र मायाले पाइन्न ।’
मौसम परिवर्तनसँगै स्वास्थ्य जोखिम बढ्दो, सचेत रहन डा. जा..
ममता शर्मा महोत्तरी, कार्तिक २३ गते । मौसम परिवर्तनसँगै महोत्तरी लगायत मधेशका विभिन्न क्षेत्रमा रुघाखोकी, सर्..
4 दिन पहिले
माओवादी केन्द्रले मधेश प्रदेश संसदीय दलको नेतामा भरत प्..
महोत्तरी, कात्तिक १७ गते ।नेकपा (माओवादी केन्द्र)ले मधेश प्रदेश सभामा आफ्नो संसदीय दलको नेताको जिम्मेवारी फेरि ए..
10 दिन पहिले
आयोजककै कब्जामा मुन्नी मिश्री भलिबलको उपाधि
महोत्तरी, कार्तिक ९ गते । गौशालाको कान्तिबजारमा सम्पन्न तेश्रो मुन्नी मिश्री भलिबलको उपाधि आयोजकले सुरक्ष..
18 दिन पहिले
बजारको फोहोरको आलोचना भएपछी महतो खुलासा गरे वास्तविक कु..
महोत्तरी, कार्तिक ९ गते ।महोत्तरीको गौशाला बजार फोहोर भएपछी जनसमुदायले गरेको आलोचनालाइ चिर्दै देव नारायण महतो..
18 दिन पहिले
छठ मनाउँदा मौसमको ख्याल गर्न अनुरोध
महोत्तरी, कार्तिक ८ गते । हिन्दू धर्मावलम्बीहरूको महान पर्व छठको अवसरमा मौसमविद्हरूले स्वास्थ्य र सुरक्षाप्रत..
18 दिन पहिले
गौशालामा शहीदहरूको स्मृतिमा दीप प्रज्वलन गर्दै श्रद्धा..
गौशाला, महोत्तरी असोज २४ गते । राष्ट्रिय स्वतन्त्र पार्टी, गौशाला नगर समिति द्वारा शहीदहरूप्रति सम्मान प्रक..
1 महीना पहिले
रामगोपालपुरमा एमाले परित्याग गरि १५ जना माओवादी केन्द्..
गौशाला, साउन २६ गते ।रामगोपालपुर नगरपालिका–८ मा सोमबार नेकपा (एमाले) पार्टी परित्याग गरि १५ जना व्यक्तिहरू मा..
3 महीना पहिले
नेकपा (माओवादी केन्द्र) को महोत्तरी–काठमाडौं सम्पर्क सम..
महोत्तरी , साउन ३ गते । नेकपा (माओवादी केन्द्र) को महोत्तरी–काठमाडौं सम्पर्क समिति गठन गरिएको छ। शनिबार काठमाडौं..
4 महीना पहिले
राजनीतिक हस्तक्षेपले त्रिविको उपकुलपति नियुक्तिमा विव..
काठमाडौं, २६ असार — सरकारले शिक्षाको क्षेत्रमा निष्पक्षता र पारदर्शिता कायम राख्ने दाबी गरिरहेकै बेलामा त्रिभ..
4 महीना पहिले
गौशाला नगरपालिकाको चौधौं नगरसभा सम्पन्न, १ अर्बभन्दा बढ..
ममता शर्मा, महोत्तरी महोत्तरीको गौशाला नगरपालिकाको चौधौं नगरसभा मंगलबार सम्पन्न भएको छ। नगर प्रमुख डा. दिपेन्द्..
5 महीना पहिले
गौशालामा नेपाल जन जागृति पार्टीको नगर समिति गठन
निरन्जन कुमार साह, महोत्तरी । नेपाल जन जागृति पार्टीको नगर समिति गठन कार्यक्रम महोत्तरी जिल्लाको गौशालामा सम्पन..
6 महीना पहिले
मौसम परिवर्तनसँगै स्वास्थ्य जोखिम बढ्दो, सचेत रहन डा. जा..
ममता शर्मा महोत्तरी, कार्तिक २३ गते । मौसम परिवर्तनसँ..
कमेन्ट गर्नुहोस्
view comments