गौशाला नगरपालिकाका जनप्रतिनिधीको मुख छैन भोट माग्ने :व्यापारि

4 वर्ष पहिले प्रकाशित

(2079-01-03 B.S.)

5242 पटक देखिएको

गौशाला

आउदो बैशाख ३० गतेको स्थानीय तहको चुनाव नजिकिदै छ  जनप्रतिनिधि चुनावी प्रचारप्रसारमा व्यस्त हुँदै गइरहेका छन् । पाँच वर्षको कार्यकाल समापन हुन लागेको गौशाला नगरपालिकाका जनप्रतिनिधिले नामको मात्र विकास गरेको जनसमुदायबाट गुनासो सुन्न सकिन्छ  महोत्तरीको मुख्य व्यापारिक केन्द्रको रुपमा रहेको गौशाला बजारको स्वरूप आजसम्म फेरिन सकेको छैन 

चुनावपछि जनप्रतिनिधीको जीवन फेरियो फुसको घर बाट पक्काको घर बन्यो, मोटरसाइकल चढ्न नसक्ने जनप्रतिनिधि कार चढ्न थाले तर जनता धुलो र हिलो मै बस्न बाध्य छन् । फेरि पनि चुनाव ३० गते आउदैछ जनप्रतिनिधिको मुहार फेर्ने दिन तर जनताको कहिले फेरिने होला 

बजार अव्यवस्थित मात्र नभएर जहि जताततै थुपारिएको फोहोरले व्यापारीहरुलाई सास्ती भोग्नुपरेको छ  घैला बजार, तरकारी बजार देखि लिएर माछा बजारभरि फोहोरको डंगुर थुप्रिएको छ  स्थानीय व्यापारीहरुले आवाज उठाउँदा समेत  गौशाला नगरपालिकाले त्यतातिर चासो दिन सकेको छैन । जन समुदायले उक्त ठाउँमा व्यापार गर्नको लागि कर तिरे पनि सो बमोजिमको सुविधा पाउनबाट वञ्चित छन् । यतिमात्र नभएर गौशाला बजारमा छानबिन तथा अनुगमन पनि विरलै हुने गरेको छ 

जबकी गौशाला बजारमा सरसफाइ गर्नको लागि महिनाको १ लाख ७० हजार  खर्च गरिन्छ  तर त्यो रकम कहाँ जान्छ कसैलाई थाहा छैन । बजारलाई कोशौ  दूरदेखि चारैतिर जोड्ने अवस्था हुँदा पनि जनप्रतिनिधिले आफ्नो स्वार्थ पुरा गर्न लिप्त हुँदा यतिसम्म पनि गर्न नसकेको जनसमुदायले बताएका छन्   

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मौसम परिवर्तनसँगै स्वास्थ्य जोखिम बढ्दो, सचेत रहन डा. जा..

ममता शर्मा महोत्तरी, कार्तिक २३ गते ।  मौसम परिवर्तनसँगै महोत्तरी लगायत मधेशका विभिन्न क्षेत्रमा रुघाखोकी, सर्..

4 दिन पहिले

माओवादी केन्द्रले मधेश प्रदेश संसदीय दलको नेतामा भरत प्..

महोत्तरी, कात्तिक १७ गते ।नेकपा (माओवादी केन्द्र)ले मधेश प्रदेश सभामा आफ्नो संसदीय दलको नेताको जिम्मेवारी फेरि ए..

10 दिन पहिले

आयोजककै कब्जामा मुन्नी मिश्री भलिबलको उपाधि

  महोत्तरी, कार्तिक ९ गते । गौशालाको कान्तिबजारमा सम्पन्न तेश्रो मुन्नी मिश्री भलिबलको उपाधि आयोजकले सुरक्ष..

18 दिन पहिले

बजारको फोहोरको आलोचना भएपछी महतो खुलासा गरे वास्तविक कु..

महोत्तरी, कार्तिक ९ गते ।महोत्तरीको गौशाला बजार फोहोर भएपछी जनसमुदायले गरेको आलोचनालाइ चिर्दै देव नारायण महतो..

18 दिन पहिले

छठ मनाउँदा मौसमको ख्याल गर्न अनुरोध

महोत्तरी, कार्तिक ८ गते । हिन्दू धर्मावलम्बीहरूको महान पर्व छठको अवसरमा मौसमविद्हरूले स्वास्थ्य र सुरक्षाप्रत..

18 दिन पहिले

गौशालामा शहीदहरूको स्मृतिमा दीप प्रज्वलन गर्दै श्रद्धा..

गौशाला, महोत्तरी  असोज २४ गते । राष्ट्रिय स्वतन्त्र पार्टी, गौशाला नगर समिति द्वारा शहीदहरूप्रति सम्मान प्रक..

1 महीना पहिले

रामगोपालपुरमा एमाले परित्याग गरि १५ जना माओवादी केन्द्..

गौशाला, साउन २६ गते ।रामगोपालपुर नगरपालिका–८ मा सोमबार नेकपा (एमाले) पार्टी परित्याग गरि  १५ जना व्यक्तिहरू मा..

3 महीना पहिले

नेकपा (माओवादी केन्द्र) को महोत्तरी–काठमाडौं सम्पर्क सम..

महोत्तरी , साउन ३ गते । नेकपा (माओवादी केन्द्र) को महोत्तरी–काठमाडौं सम्पर्क समिति गठन गरिएको छ। शनिबार काठमाडौं..

4 महीना पहिले

राजनीतिक हस्तक्षेपले त्रिविको उपकुलपति नियुक्तिमा विव..

काठमाडौं, २६ असार — सरकारले शिक्षाको क्षेत्रमा निष्पक्षता र पारदर्शिता कायम राख्ने दाबी गरिरहेकै बेलामा त्रिभ..

4 महीना पहिले

गौशाला नगरपालिकाको चौधौं नगरसभा सम्पन्न, १ अर्बभन्दा बढ..

ममता शर्मा, महोत्तरी महोत्तरीको गौशाला नगरपालिकाको चौधौं नगरसभा मंगलबार सम्पन्न भएको छ। नगर प्रमुख डा. दिपेन्द्..

5 महीना पहिले

गौशालामा नेपाल जन जागृति पार्टीको नगर समिति गठन

निरन्जन कुमार साह, महोत्तरी । नेपाल जन जागृति पार्टीको नगर समिति गठन कार्यक्रम महोत्तरी जिल्लाको गौशालामा सम्पन..

6 महीना पहिले