पाँच वर्षको कार्यकाल, ९५ प्रतिशत काम सम्पन्न :नगर प्रमुख शिवनाथ महतो
ममता शर्मा
गौशाला
२०७४ सालमा भएको स्थानीय तह चुनावमा निर्वाचित भएका महोत्तरीको गौशाला नगरपालिकाका नगरप्रमुख शिवनाथ महतोले नगरमा ९५% विकासका कार्यहरु सम्पन्न भएको बताएका छन् । रेडियो जुनतारा १०३.४ मेगाहर्जमा प्रसारित कार्यक्रम जनआवाजमा उनले गौशाला नगरपालिकामा अधिकांश कार्यहरु सम्पन्न भएको र केही प्रतिशत मात्र बाँकी रहेको बताएका छन् । अघिल्लो चुनावको समयमा जनतासमक्ष गरेको प्रतिबद्धता उनले पूरा गरेको समेत दाबी गरेका छन् ।
गौशाला नगरपालिकामा विकासका धेरै कार्यहरूको सम्पन्न तथा थालनी भएको छ । उनले भने, "३२ करोडको डिपिआर लगानी र १२ बिघा जग्गामा उद्योग ग्रामको स्थापना गौशाला नगरपालिका वडा नम्बर ८ मा हुँदैछ । १५० हेक्टर जग्गामा विपन्न परिवारलाई रोजगारका लागि बगर खेती सञ्चालनमा रहेको छ । जसमा विद्युतीयकरण, सिँचाइ आधुनिकीकरण, घेरबेरा लगायतका ट्याक्टरको व्यवस्था गरिएको छ । कोल्ड स्टोरको स्थापना गरिँदै छ। जसको ७० प्रतिशत कार्य सम्पन्न भइसकेको छ । युवाहरुलाई गलत कुलतबाट बचाउको निम्ति र दुर्घटना नियन्त्रण गर्नका निम्ति नगरमा सुधार केन्द्रको स्थापना भइरहेको छ । त्यस्तै नगरको लगानीमा ४४ कट्ठा जग्गामा इन्जिनियरिङ क्याम्पस स्थापना, जुन राजर्षि जनक विश्वविद्यालयको शाखाको रुपमा सञ्चालन हुनेछ । गौशाला नगरपालिकाको आफ्नो भवन समेत निर्माण भइ कार्य थालनी भएको छ । जसले गर्दा भाडाको खर्च जोगिने बाटो खुलेको छ । यो भवन मधेश प्रदेशकै नमुना भवनको रुपमा रहेको छ।"
यस्तै उनले सिटिइभिटीको साझेदारीमा गौशालामा आयुर्वेद कलेज समेत सञ्चालनमा रहेको बताएका छन् । तर कृषिको कार्य भने ३० प्रतिशत मात्र भएकोले बताए। उनले भने, “गौशाला नगरपालिकामा स्वास्थ्य चौकी नभएको ५ वटा वडामा स्वास्थ्य चौकीको स्थापना गरिएको छ । त्यस्तै कान्तिबजार गौशाला १२ मा बर्थिङ सेन्टर सञ्चालनमा रहेको छ ।"
त्यस्तै उनले गौशाला नगरपालिकामा मालपोत कार्यालय तथा नापी कार्यालयको स्थापना देखि लिएर सडक ढलान, कालोपत्रे, कवर्ड हलको स्थापना लगायत विभिन्न विकास निर्माणका कार्य गर्न गौशाला नगरपालिका यस पाँच वर्षको अवधिमा सफल भएको बताए ।
केही बाँकी कार्यहरु पनि रहेको जनाउँदै उनले अब आगामी निर्वाचनमा जनताले साथ दिएर जिताएमा ती कार्यहरु पनि पूरा गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । साथै उनले गौशाला नगरपालिकामा आजसम्म भएका विकास निर्माणका कार्यहरु मधेश प्रदेशका अन्य गाउँपालिका नगरपालिका भन्दा अतुलनीय रहेको दाबी समेत गरेका छन् । उनले आगामी निर्वाचनमा पुनः नगरप्रमुख बन्न सफल भएमा गौशाला नगरपालिकालाई नमूना नगरपालिकामा परिणत गरी हरेक किसिमको सुबिधा जनसमुदायलाई प्रदान गर्ने प्रतिवद्धता समेत व्यक्त गरेका छन् ।
गौशाला बजार व्यवस्थापनमा विवाद, वडा अध्यक्षकै नेतृत्वम..
गौशाला, चैत्र २१ गते । महोत्तरीको प्रमुख व्यापारिक केन्द्र गौशाला बजारमा बजार व्यवस्थापनका क्रममा विवाद चर्क..
8 दिन पहिले
दुबई बन्दरगाहमा कुवेती तेल ट्याङ्करमाथि रहस्यमय आक्रमण
एजेन्सी, चैत्र १७ गते । संयुक्त अरब इमिरेट्सको दुबई बन्दरगाह क्षेत्रमा कुवेतको एक विशाल तेल ट्याङ्करमाथि राति..
12 दिन पहिले
राम जानकी सेकेण्डरी इंग्लिस बोर्डिङ स्कुलमा पहिलो एसईई ..
निरन्जन कुमार साह महोत्तरी, चैत्र १४ गते । राम जानकी सेकेण्डरी इंग्लिस बोर्डिङ स्कुल, गौशालामा “Farewell & Thanking Program&rdqu..
15 दिन पहिले
रौतहटको रिसोर्टमा नक्कली सुन कारोबार पर्दाफास, चार जना प..
रौतहट, चैत्र ११ — रौतहटको चन्द्रनिगाहपुरस्थित एक रिसोर्टमा नक्कली सुन कारोबार भइरहेको सूचना पाएपछि प्रहरीले छ..
19 दिन पहिले
गौशालामा साहित्यकारहरु सम्मानित
रोहित यादव महोत्तरी, चित्र ८ गते । गौशाला नगरपालिकाभित्र क्रियाशील साहित्यकारहरूलाई “बृढ्यौली साहित्य स..
21 दिन पहिले
रामनवमीकै साइतमा बालेन्द्र शाहको प्रधानमन्त्री शपथ हुद..
काठमाडौँ, चैत ८ गते रामनवमी को शुभ अवसर पारेर चैत १३ गते देशले नयाँ प्रधानमन्त्री पाउने भएको छ। सो दिन बालेन्द्..
21 दिन पहिले
महोत्तरी–२ मा लक्ष्मण यादवको घरदैलो अभियान तीव्र देखिय..
रोहित यादव महोत्तरी,फाल्गुन १३ गते । महोत्तरी निर्वाचन क्षेत्र नम्बर २ अन्तर्गत वडा नम्बर ७, गोरहन्नामा न..
2 महीना पहिले
बाके मरहा साझेदारी वन उपभोक्ता समूहको वार्षिक साधारण सभ..
निरन्जन कुमार साह महोत्तरी, फाल्गुन ११ गते । महोत्तरी जिल्लाको लक्ष्मीनिया चौकस्थित कार्यालय परिसरमा बाक..
2 महीना पहिले
नेपाली कम्युनिस्ट पार्टीका युवा उम्मेदवार इन्जिनियर लक..
महोत्तरी, फागुन ११ गते । रोहित यादव नेपाली कम्युनिस्ट पार्टीका युवा उम्मेदवार इन्जिनियर लक्ष्मण यादवको घरद..
2 महीना पहिले
महोत्तरी क्षेत्र न. ४ मा महेन्द्र कुमार रायलाई श्रीपुरवा..
जितेन्द्र कुशवाहा महोत्तरी, फाल्गुन ९ गते । महोत्तरी निर्वाचन क्षेत्र नं. ४ मा महेन्द्र कुमार रायको पक्ष..
2 महीना पहिले
महोत्तरी–१ मा उत्साहको लहर: गिरिराज मणि पोखरेलतर्फ बढ्द..
रोहित यादव महोत्तरी, फाल्गुन ९ गते । महोत्तरी क्षेत्र नं. १ मा चुनावी माहोल दिनानुदिन तातिँदै गएको छ। गाउँ बस्त..
2 महीना पहिले
कमेन्ट गर्नुहोस्
view comments