पाँच वर्षको कार्यकाल, ९५ प्रतिशत काम सम्पन्न :नगर प्रमुख शिवनाथ महतो
ममता शर्मा
गौशाला
२०७४ सालमा भएको स्थानीय तह चुनावमा निर्वाचित भएका महोत्तरीको गौशाला नगरपालिकाका नगरप्रमुख शिवनाथ महतोले नगरमा ९५% विकासका कार्यहरु सम्पन्न भएको बताएका छन् । रेडियो जुनतारा १०३.४ मेगाहर्जमा प्रसारित कार्यक्रम जनआवाजमा उनले गौशाला नगरपालिकामा अधिकांश कार्यहरु सम्पन्न भएको र केही प्रतिशत मात्र बाँकी रहेको बताएका छन् । अघिल्लो चुनावको समयमा जनतासमक्ष गरेको प्रतिबद्धता उनले पूरा गरेको समेत दाबी गरेका छन् ।
गौशाला नगरपालिकामा विकासका धेरै कार्यहरूको सम्पन्न तथा थालनी भएको छ । उनले भने, "३२ करोडको डिपिआर लगानी र १२ बिघा जग्गामा उद्योग ग्रामको स्थापना गौशाला नगरपालिका वडा नम्बर ८ मा हुँदैछ । १५० हेक्टर जग्गामा विपन्न परिवारलाई रोजगारका लागि बगर खेती सञ्चालनमा रहेको छ । जसमा विद्युतीयकरण, सिँचाइ आधुनिकीकरण, घेरबेरा लगायतका ट्याक्टरको व्यवस्था गरिएको छ । कोल्ड स्टोरको स्थापना गरिँदै छ। जसको ७० प्रतिशत कार्य सम्पन्न भइसकेको छ । युवाहरुलाई गलत कुलतबाट बचाउको निम्ति र दुर्घटना नियन्त्रण गर्नका निम्ति नगरमा सुधार केन्द्रको स्थापना भइरहेको छ । त्यस्तै नगरको लगानीमा ४४ कट्ठा जग्गामा इन्जिनियरिङ क्याम्पस स्थापना, जुन राजर्षि जनक विश्वविद्यालयको शाखाको रुपमा सञ्चालन हुनेछ । गौशाला नगरपालिकाको आफ्नो भवन समेत निर्माण भइ कार्य थालनी भएको छ । जसले गर्दा भाडाको खर्च जोगिने बाटो खुलेको छ । यो भवन मधेश प्रदेशकै नमुना भवनको रुपमा रहेको छ।"
यस्तै उनले सिटिइभिटीको साझेदारीमा गौशालामा आयुर्वेद कलेज समेत सञ्चालनमा रहेको बताएका छन् । तर कृषिको कार्य भने ३० प्रतिशत मात्र भएकोले बताए। उनले भने, “गौशाला नगरपालिकामा स्वास्थ्य चौकी नभएको ५ वटा वडामा स्वास्थ्य चौकीको स्थापना गरिएको छ । त्यस्तै कान्तिबजार गौशाला १२ मा बर्थिङ सेन्टर सञ्चालनमा रहेको छ ।"
त्यस्तै उनले गौशाला नगरपालिकामा मालपोत कार्यालय तथा नापी कार्यालयको स्थापना देखि लिएर सडक ढलान, कालोपत्रे, कवर्ड हलको स्थापना लगायत विभिन्न विकास निर्माणका कार्य गर्न गौशाला नगरपालिका यस पाँच वर्षको अवधिमा सफल भएको बताए ।
केही बाँकी कार्यहरु पनि रहेको जनाउँदै उनले अब आगामी निर्वाचनमा जनताले साथ दिएर जिताएमा ती कार्यहरु पनि पूरा गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । साथै उनले गौशाला नगरपालिकामा आजसम्म भएका विकास निर्माणका कार्यहरु मधेश प्रदेशका अन्य गाउँपालिका नगरपालिका भन्दा अतुलनीय रहेको दाबी समेत गरेका छन् । उनले आगामी निर्वाचनमा पुनः नगरप्रमुख बन्न सफल भएमा गौशाला नगरपालिकालाई नमूना नगरपालिकामा परिणत गरी हरेक किसिमको सुबिधा जनसमुदायलाई प्रदान गर्ने प्रतिवद्धता समेत व्यक्त गरेका छन् ।
मौसम परिवर्तनसँगै स्वास्थ्य जोखिम बढ्दो, सचेत रहन डा. जा..
ममता शर्मा महोत्तरी, कार्तिक २३ गते । मौसम परिवर्तनसँगै महोत्तरी लगायत मधेशका विभिन्न क्षेत्रमा रुघाखोकी, सर्..
4 दिन पहिले
माओवादी केन्द्रले मधेश प्रदेश संसदीय दलको नेतामा भरत प्..
महोत्तरी, कात्तिक १७ गते ।नेकपा (माओवादी केन्द्र)ले मधेश प्रदेश सभामा आफ्नो संसदीय दलको नेताको जिम्मेवारी फेरि ए..
10 दिन पहिले
आयोजककै कब्जामा मुन्नी मिश्री भलिबलको उपाधि
महोत्तरी, कार्तिक ९ गते । गौशालाको कान्तिबजारमा सम्पन्न तेश्रो मुन्नी मिश्री भलिबलको उपाधि आयोजकले सुरक्ष..
18 दिन पहिले
बजारको फोहोरको आलोचना भएपछी महतो खुलासा गरे वास्तविक कु..
महोत्तरी, कार्तिक ९ गते ।महोत्तरीको गौशाला बजार फोहोर भएपछी जनसमुदायले गरेको आलोचनालाइ चिर्दै देव नारायण महतो..
18 दिन पहिले
छठ मनाउँदा मौसमको ख्याल गर्न अनुरोध
महोत्तरी, कार्तिक ८ गते । हिन्दू धर्मावलम्बीहरूको महान पर्व छठको अवसरमा मौसमविद्हरूले स्वास्थ्य र सुरक्षाप्रत..
18 दिन पहिले
गौशालामा शहीदहरूको स्मृतिमा दीप प्रज्वलन गर्दै श्रद्धा..
गौशाला, महोत्तरी असोज २४ गते । राष्ट्रिय स्वतन्त्र पार्टी, गौशाला नगर समिति द्वारा शहीदहरूप्रति सम्मान प्रक..
1 महीना पहिले
रामगोपालपुरमा एमाले परित्याग गरि १५ जना माओवादी केन्द्..
गौशाला, साउन २६ गते ।रामगोपालपुर नगरपालिका–८ मा सोमबार नेकपा (एमाले) पार्टी परित्याग गरि १५ जना व्यक्तिहरू मा..
3 महीना पहिले
नेकपा (माओवादी केन्द्र) को महोत्तरी–काठमाडौं सम्पर्क सम..
महोत्तरी , साउन ३ गते । नेकपा (माओवादी केन्द्र) को महोत्तरी–काठमाडौं सम्पर्क समिति गठन गरिएको छ। शनिबार काठमाडौं..
4 महीना पहिले
राजनीतिक हस्तक्षेपले त्रिविको उपकुलपति नियुक्तिमा विव..
काठमाडौं, २६ असार — सरकारले शिक्षाको क्षेत्रमा निष्पक्षता र पारदर्शिता कायम राख्ने दाबी गरिरहेकै बेलामा त्रिभ..
4 महीना पहिले
गौशाला नगरपालिकाको चौधौं नगरसभा सम्पन्न, १ अर्बभन्दा बढ..
ममता शर्मा, महोत्तरी महोत्तरीको गौशाला नगरपालिकाको चौधौं नगरसभा मंगलबार सम्पन्न भएको छ। नगर प्रमुख डा. दिपेन्द्..
5 महीना पहिले
गौशालामा नेपाल जन जागृति पार्टीको नगर समिति गठन
निरन्जन कुमार साह, महोत्तरी । नेपाल जन जागृति पार्टीको नगर समिति गठन कार्यक्रम महोत्तरी जिल्लाको गौशालामा सम्पन..
6 महीना पहिले
मौसम परिवर्तनसँगै स्वास्थ्य जोखिम बढ्दो, सचेत रहन डा. जा..
ममता शर्मा महोत्तरी, कार्तिक २३ गते । मौसम परिवर्तनसँ..
कमेन्ट गर्नुहोस्
view comments