गौशाला १२ को वडा अध्यक्षमा ललित सिंहको स्वतन्त्र उम्मेदवारी

4 वर्ष पहिले प्रकाशित

(2079-01-10 B.S.)

11584 पटक देखिएको

गौशाला 

गौशाला नगरपालिका वडा नं.१२ को वडा अध्यक्षमा ललित कुमार सिंहले स्वतन्त्र उम्मेदवारी घोषणा गरेका छन । माओवादी पार्टीबाट बिद्रोह गरेर सिंहले स्वतन्त्र उम्मेदवारी घोषणा गरेका हुन ।

शनिबार कान्तिबजारमा माओवादीका असन्तुष्ट कार्यकर्ताहरुको भेलाले सिंहलाई उम्मेदवार बनाएको हो । "दल होइन व्यक्ति खोजौ, पार्टी होइन स्वतन्त्र रोजौ " नाराका साथ सिंहले उम्मेदवारी घोषणा गरेका हुन । राजनीतिमा एकै व्यक्ति, एउटै परिवारको सिण्डिकेटका कारण नयाँ अनुहार अवसरबाट बञ्चित भएका कारण स्वतन्त्र उम्मेदवारीको घोषणा गरेको सिंहले बताए ।

माओवादीको आधारशिला मानिएको कान्तिबार आसपासका कार्यकर्ताहरुले नेतृत्व प्रति असन्तुष्टि जनाएर पार्टीबाट बिद्रोह गरेका छन । नेतृत्वको क्रियाकलापबाट असन्तुष्ट कार्यकर्ताहरुको समर्थनमा सिंहले उम्मेदवारी घोषणा गरेको हो । सिंहलाई माओवादी केन्द्रका नगर कमिटि सदस्य र वडा कमिटि सदस्यहरुले समेत आफुलाई समर्थन गरेको सिंहले बताए ।

नेपाली कांग्रेस, माओवादी केन्द्र र अन्य दलका कार्यकर्ताले आफुलाई साझा उम्मेदवारको रुपमा समर्थन गरेको सिंहले दावी गरे । वडा अध्यक्षमा निर्वाचित भएपछि स्वास्थ्य, शिक्षा, सडक, सिचाइ, सुशासन, स्वरोजगारको अवसर, समाजिक सुरक्षा भता सहज रुपमा उपलब्ध गराउन आंगन आंगनमा वडाको सेवाको आवधारणा लागु गर्ने सिंहले बताए ।

सामान्य विरामी पनि उपचारका लागि बाहिर जानुपर्ने बाध्यता हटाउन वडामा इर्मेजेन्सी सेवा, वडाका ३ वटै विद्यालयमा आवासिय र अंग्रेजी माध्यमबाट पढाइ गराउने उनले घोषणा गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मौसम परिवर्तनसँगै स्वास्थ्य जोखिम बढ्दो, सचेत रहन डा. जा..

ममता शर्मा महोत्तरी, कार्तिक २३ गते ।  मौसम परिवर्तनसँगै महोत्तरी लगायत मधेशका विभिन्न क्षेत्रमा रुघाखोकी, सर्..

4 दिन पहिले

माओवादी केन्द्रले मधेश प्रदेश संसदीय दलको नेतामा भरत प्..

महोत्तरी, कात्तिक १७ गते ।नेकपा (माओवादी केन्द्र)ले मधेश प्रदेश सभामा आफ्नो संसदीय दलको नेताको जिम्मेवारी फेरि ए..

10 दिन पहिले

आयोजककै कब्जामा मुन्नी मिश्री भलिबलको उपाधि

  महोत्तरी, कार्तिक ९ गते । गौशालाको कान्तिबजारमा सम्पन्न तेश्रो मुन्नी मिश्री भलिबलको उपाधि आयोजकले सुरक्ष..

18 दिन पहिले

बजारको फोहोरको आलोचना भएपछी महतो खुलासा गरे वास्तविक कु..

महोत्तरी, कार्तिक ९ गते ।महोत्तरीको गौशाला बजार फोहोर भएपछी जनसमुदायले गरेको आलोचनालाइ चिर्दै देव नारायण महतो..

18 दिन पहिले

छठ मनाउँदा मौसमको ख्याल गर्न अनुरोध

महोत्तरी, कार्तिक ८ गते । हिन्दू धर्मावलम्बीहरूको महान पर्व छठको अवसरमा मौसमविद्हरूले स्वास्थ्य र सुरक्षाप्रत..

18 दिन पहिले

गौशालामा शहीदहरूको स्मृतिमा दीप प्रज्वलन गर्दै श्रद्धा..

गौशाला, महोत्तरी  असोज २४ गते । राष्ट्रिय स्वतन्त्र पार्टी, गौशाला नगर समिति द्वारा शहीदहरूप्रति सम्मान प्रक..

1 महीना पहिले

रामगोपालपुरमा एमाले परित्याग गरि १५ जना माओवादी केन्द्..

गौशाला, साउन २६ गते ।रामगोपालपुर नगरपालिका–८ मा सोमबार नेकपा (एमाले) पार्टी परित्याग गरि  १५ जना व्यक्तिहरू मा..

3 महीना पहिले

नेकपा (माओवादी केन्द्र) को महोत्तरी–काठमाडौं सम्पर्क सम..

महोत्तरी , साउन ३ गते । नेकपा (माओवादी केन्द्र) को महोत्तरी–काठमाडौं सम्पर्क समिति गठन गरिएको छ। शनिबार काठमाडौं..

4 महीना पहिले

राजनीतिक हस्तक्षेपले त्रिविको उपकुलपति नियुक्तिमा विव..

काठमाडौं, २६ असार — सरकारले शिक्षाको क्षेत्रमा निष्पक्षता र पारदर्शिता कायम राख्ने दाबी गरिरहेकै बेलामा त्रिभ..

4 महीना पहिले

गौशाला नगरपालिकाको चौधौं नगरसभा सम्पन्न, १ अर्बभन्दा बढ..

ममता शर्मा, महोत्तरी महोत्तरीको गौशाला नगरपालिकाको चौधौं नगरसभा मंगलबार सम्पन्न भएको छ। नगर प्रमुख डा. दिपेन्द्..

5 महीना पहिले

गौशालामा नेपाल जन जागृति पार्टीको नगर समिति गठन

निरन्जन कुमार साह, महोत्तरी । नेपाल जन जागृति पार्टीको नगर समिति गठन कार्यक्रम महोत्तरी जिल्लाको गौशालामा सम्पन..

6 महीना पहिले