स्वच्छ ,सुन्दर ,समुन्नत नगर बनाउने नगर प्रमुख उम्मेदवार लामाको प्रतिबद्धता
निरन्जन साह
महोत्तरीको गौशाला नगरपालिकामा नेकपा माओवादी पार्टीबाट विष्णु लामा ( विष्णु बहादुर योञ्जन)ले मेयरको उम्मेदवारी दिएका छन् । त्यसै नगर उपप्रमुखमा जनक दुलारी साहले उम्मेदवारी दिएकी छिन ।
नेकपा माओवादी पार्टी गौशालाले आफ्नो घोषणा पत्र सार्वजनिक गरेको छ । कृषि तथा पशु क्षेत्र ,शिक्षा तथा खेलकुद ,स्वास्थ्य क्षेत्र ,आर्थिक तथा सामाजिक विकास लगायतका क्षेत्र समेटर घोषणा पत्र जारी गरिएको हो।
पत्रमा सामुदायिक नमुना गाई गौशाला संचालन गर्ने ,किसानको आयआर्जन दोब्बर वृद्धि गर्ने ,किसानहरुलाई वार्षिक रुपमा सम्मान तथा प्रोत्साहन गर्न आवश्यक सामग्रीहरुको व्यवस्थापन गर्ने ,उद्योगहरुको स्थापाना गरि रोजगार सिर्जना गर्ने , कृषिका लागि विभिन्न योजना निर्माण गरि लागु गर्ने ,प्राविधिक शिक्षालाई बिशेष प्राथमिकता दिने ,जनस्वास्थ्य सम्बन्धि चेतनामुलक कार्यक्रम गर्ने ,विपन्न वर्गको लागि एम्बुलेन्स भाडादरमा सहुलियत गर्ने ,बर्थिंग सेन्टरको स्तर उन्नति गर्ने लगायत विभिन्न क्षेत्रमा जनसमुदायलाई सहज हुने गरि विकास गर्ने उल्लेख गरिएको छ ।
मेयरको प्रत्यासी विष्णु लामाले घोषणा पत्र अनुसार नै कार्य गर्ने र अबको स्थानीय चुनावमा जनताले आफ्नो मत दिएर जिताएमा गौशाला नगरपालिकालाई नमूना नगरपालिकामा परिणत गरेर देखाउने दाबी गरेका छन् । जतिसुकै जनप्रतिनिधि आएपनि महोत्तरीको मुख्य व्यापारिक केन्द्रको रुपमा रहेको गौशाला बजारको कुरूप मुहार फेर्न नसकेको बताउदै उनले आफ्नो प्रमुख एजेन्डा गौशाला बजारलाइ व्यवस्थापन गर्नु हो ,बताएका छन् ।
मौसम परिवर्तनसँगै स्वास्थ्य जोखिम बढ्दो, सचेत रहन डा. जा..
ममता शर्मा महोत्तरी, कार्तिक २३ गते । मौसम परिवर्तनसँगै महोत्तरी लगायत मधेशका विभिन्न क्षेत्रमा रुघाखोकी, सर्..
4 दिन पहिले
माओवादी केन्द्रले मधेश प्रदेश संसदीय दलको नेतामा भरत प्..
महोत्तरी, कात्तिक १७ गते ।नेकपा (माओवादी केन्द्र)ले मधेश प्रदेश सभामा आफ्नो संसदीय दलको नेताको जिम्मेवारी फेरि ए..
10 दिन पहिले
आयोजककै कब्जामा मुन्नी मिश्री भलिबलको उपाधि
महोत्तरी, कार्तिक ९ गते । गौशालाको कान्तिबजारमा सम्पन्न तेश्रो मुन्नी मिश्री भलिबलको उपाधि आयोजकले सुरक्ष..
18 दिन पहिले
बजारको फोहोरको आलोचना भएपछी महतो खुलासा गरे वास्तविक कु..
महोत्तरी, कार्तिक ९ गते ।महोत्तरीको गौशाला बजार फोहोर भएपछी जनसमुदायले गरेको आलोचनालाइ चिर्दै देव नारायण महतो..
18 दिन पहिले
छठ मनाउँदा मौसमको ख्याल गर्न अनुरोध
महोत्तरी, कार्तिक ८ गते । हिन्दू धर्मावलम्बीहरूको महान पर्व छठको अवसरमा मौसमविद्हरूले स्वास्थ्य र सुरक्षाप्रत..
18 दिन पहिले
गौशालामा शहीदहरूको स्मृतिमा दीप प्रज्वलन गर्दै श्रद्धा..
गौशाला, महोत्तरी असोज २४ गते । राष्ट्रिय स्वतन्त्र पार्टी, गौशाला नगर समिति द्वारा शहीदहरूप्रति सम्मान प्रक..
1 महीना पहिले
रामगोपालपुरमा एमाले परित्याग गरि १५ जना माओवादी केन्द्..
गौशाला, साउन २६ गते ।रामगोपालपुर नगरपालिका–८ मा सोमबार नेकपा (एमाले) पार्टी परित्याग गरि १५ जना व्यक्तिहरू मा..
3 महीना पहिले
नेकपा (माओवादी केन्द्र) को महोत्तरी–काठमाडौं सम्पर्क सम..
महोत्तरी , साउन ३ गते । नेकपा (माओवादी केन्द्र) को महोत्तरी–काठमाडौं सम्पर्क समिति गठन गरिएको छ। शनिबार काठमाडौं..
4 महीना पहिले
राजनीतिक हस्तक्षेपले त्रिविको उपकुलपति नियुक्तिमा विव..
काठमाडौं, २६ असार — सरकारले शिक्षाको क्षेत्रमा निष्पक्षता र पारदर्शिता कायम राख्ने दाबी गरिरहेकै बेलामा त्रिभ..
4 महीना पहिले
गौशाला नगरपालिकाको चौधौं नगरसभा सम्पन्न, १ अर्बभन्दा बढ..
ममता शर्मा, महोत्तरी महोत्तरीको गौशाला नगरपालिकाको चौधौं नगरसभा मंगलबार सम्पन्न भएको छ। नगर प्रमुख डा. दिपेन्द्..
5 महीना पहिले
गौशालामा नेपाल जन जागृति पार्टीको नगर समिति गठन
निरन्जन कुमार साह, महोत्तरी । नेपाल जन जागृति पार्टीको नगर समिति गठन कार्यक्रम महोत्तरी जिल्लाको गौशालामा सम्पन..
6 महीना पहिले
मौसम परिवर्तनसँगै स्वास्थ्य जोखिम बढ्दो, सचेत रहन डा. जा..
ममता शर्मा महोत्तरी, कार्तिक २३ गते । मौसम परिवर्तनसँ..
कमेन्ट गर्नुहोस्
view comments