युवा नेतृत्व आजको आवश्यकता : नगर प्रमुख उम्मेदवार डा.यादव
निरन्जन साह
महोत्तरीको बलवा नगरपालिकामा जनता समाजवादी पार्टीबाट युवा नेता डा.धिरेन्द्र यादवले नगरप्रमुखको उम्मेदवारी दिएका छन् । महोत्तरीको मध्य भागमा पर्ने बलवा नगरपालिकामा बिकास एउटा चुनौतीको रुपमा रहेको यादवले बताएका छन् ।
खासगरी नगरपालिकामा बाढी, पहिरो तथा वर्षायाममा पानी जम्ने विकट समस्या रहेकोले त्यसको निराकरण गर्ने हेतुले र जनसमुदायको अपेक्षा अनुसारको विकास गर्ने उद्देश्यले आफुले उम्मेदवारी दिएको उनले जिकिर गरेका छन् ।
बेमौसमी वर्षाको कारणले कृषि क्षेत्रमा हानि पुगेको र त्यसबाट किसानहरु बढी मर्कामा पर्ने भएकोले त्यसबाट जोगिनको लागि तटबन्धको व्यवस्था , प्रकोप न्यूनीकरणका उपाय अपनाउन पहल गर्ने बताएका छन् । स्थानीय सरकारले हालसम्म दीर्घकालीन योजना निर्माण गर्न नसकेको बताउँदै उनले अब युवा नेतृत्वले मात्र यस्तो दिगो विकासमा जोड दिन सक्ने बताएका छन् ।त्यस्तै उनले ठूलो इतिहास बोकेको बलवा बजारप्रति स्थानीय सरकारले कुनै चासो राख्न नसकेको बताएका छन् ।
उनले भने," बलवा बजार मात्र नभएर यहाँको पडौल स्थान , यहाँको कच्ची सडक, बाटोघाटो लगायत यस्ता विभिन्न क्षेत्र छन् जसलाई व्यवस्थित गर्नु एकदमै जरुरी देखिएको छ । पडौल स्थान जस्तो पवित्र स्थलमा फोहोरमैला थुपारिएको छ । विगतका जनप्रतिनिधिलाई यो कुकर्मको पाप लाग्नेछ । जसले यसप्रति अलिकति पनि चासो दिन सकेनन् । तर अबको चुनाव पछि यी सबै समस्या समाधान हुनेछन् ।"
उनले अबको चुनावमा जनसमुदायले आफ्नो बहुमुल्य मत दिएर जिताएमा कृषि पेशामा संलग्न किसानहरूको लागि विभिन्न योजनाको निर्माण गरी सिचाइ, मल, बीउ आदिको आपूर्ति गरी बजारीकरणको अवस्था सिर्जना गर्ने बताएका छन् ।
उनले भने," यहाँ शिक्षा, स्वास्थ्य, आर्थिक तथा सामाजिक क्षेत्रमा पनि विकासको कमी छ । सोचेअनुरुप आजसम्म कुनै जनप्रतिनिधिले कार्य गर्न सकेनन् । तर अबको चुनावपछि बलवा नगरपालिकाका बासिन्दालाई सडक, खानेपानी, शिक्षा, स्वास्थ्य, बजार व्यवस्थापन लगायत कुनै कुराको म कमि हुन दिनेछैन ।दिगो विकासलाई मध्यनजर गरी म यहाँको जरादेखि नै विकास गर्नेछु र बलवा नगरपालिकालाई उत्कृष्ट नगरपालिकामा परिणत गर्ने छु । मलाई केवल जनताको साथ चाहियो । जनताको साथ नभए मैले केही गर्न सक्दिन ।"
वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..
गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..
3 दिन पहिले
नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन
गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिर..
9 दिन पहिले
बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ ..
महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..
10 दिन पहिले
पानी नपर्दा धान उत्पादन घट्ने चिन्तामा किसान
महोत्तरी, भदौं १७ गते । महोत्तरीको गौशाला नगरपालिकाअन्तर्गतका किसानहरूले लामो समयदेखि पर्याप्त वर्षा नहुँदा यस..
12 दिन पहिले
रसुवाका बाढीपीडितका लागि सम्सी गाउँपालिकाद्वारा १० लाख..
महोत्तरी भदौं ११ गते । रसुवा जिल्लामा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग ..
18 दिन पहिले
रामगोपालपुर नगरपालिकाको १४औँ नगरसभा सम्पन्न, करिब ५० कर..
महोत्तरी, असार ८ गते । महोत्तरीको रामगोपालपुर नगरपालिकाले १४औँ नगरसभा सम्पन्न गर्दै आर्थिक वर्ष २०८३/८४ का लाग..
3 महीना पहिले
रामनवमीकै साइतमा बालेन्द्र शाहको प्रधानमन्त्री शपथ हुद..
काठमाडौँ, चैत ८ गते रामनवमी को शुभ अवसर पारेर चैत १३ गते देशले नयाँ प्रधानमन्त्री पाउने भएको छ। सो दिन बालेन्द्..
6 महीना पहिले
महोत्तरी–२ मा लक्ष्मण यादवको घरदैलो अभियान तीव्र देखिय..
रोहित यादव महोत्तरी,फाल्गुन १३ गते । महोत्तरी निर्वाचन क्षेत्र नम्बर २ अन्तर्गत वडा नम्बर ७, गोरहन्नामा न..
7 महीना पहिले
बाके मरहा साझेदारी वन उपभोक्ता समूहको वार्षिक साधारण सभ..
निरन्जन कुमार साह महोत्तरी, फाल्गुन ११ गते । महोत्तरी जिल्लाको लक्ष्मीनिया चौकस्थित कार्यालय परिसरमा बाक..
7 महीना पहिले
नेपाली कम्युनिस्ट पार्टीका युवा उम्मेदवार इन्जिनियर लक..
महोत्तरी, फागुन ११ गते । रोहित यादव नेपाली कम्युनिस्ट पार्टीका युवा उम्मेदवार इन्जिनियर लक्ष्मण यादवको घरद..
7 महीना पहिले
महोत्तरी क्षेत्र न. ४ मा महेन्द्र कुमार रायलाई श्रीपुरवा..
जितेन्द्र कुशवाहा महोत्तरी, फाल्गुन ९ गते । महोत्तरी निर्वाचन क्षेत्र नं. ४ मा महेन्द्र कुमार रायको पक्ष..
7 महीना पहिले
वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..
गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशक..

कमेन्ट गर्नुहोस्
view comments