युवा नेतृत्व आजको आवश्यकता : नगर प्रमुख उम्मेदवार डा.यादव 

4 वर्ष पहिले प्रकाशित

(2079-01-14 B.S.)

8625 पटक देखिएको

Niranjan Kumar Sah

निरन्जन साह 

महोत्तरीको बलवा नगरपालिकामा जनता समाजवादी पार्टीबाट युवा नेता डा.धिरेन्द्र यादवले नगरप्रमुखको उम्मेदवारी दिएका छन् । महोत्तरीको मध्य भागमा पर्ने बलवा नगरपालिकामा बिकास एउटा चुनौतीको रुपमा रहेको यादवले बताएका छन् ।

खासगरी नगरपालिकामा बाढी, पहिरो तथा वर्षायाममा पानी जम्ने विकट समस्या रहेकोले त्यसको निराकरण गर्ने हेतुले र जनसमुदायको अपेक्षा अनुसारको विकास गर्ने उद्देश्यले आफुले उम्मेदवारी दिएको उनले जिकिर गरेका छन् ।

बेमौसमी वर्षाको कारणले कृषि क्षेत्रमा हानि पुगेको र त्यसबाट किसानहरु बढी मर्कामा पर्ने भएकोले त्यसबाट जोगिनको लागि तटबन्धको व्यवस्था , प्रकोप न्यूनीकरणका उपाय अपनाउन पहल गर्ने बताएका छन् । स्थानीय सरकारले हालसम्म दीर्घकालीन योजना निर्माण गर्न नसकेको बताउँदै उनले अब युवा नेतृत्वले मात्र यस्तो दिगो विकासमा जोड दिन सक्ने बताएका छन् ।त्यस्तै उनले ठूलो इतिहास बोकेको बलवा बजारप्रति स्थानीय सरकारले कुनै चासो राख्न नसकेको बताएका छन् । 

उनले भने," बलवा बजार मात्र नभएर यहाँको पडौल स्थान , यहाँको कच्ची सडक, बाटोघाटो लगायत यस्ता विभिन्न क्षेत्र छन् जसलाई व्यवस्थित गर्नु एकदमै जरुरी देखिएको छ । पडौल स्थान जस्तो पवित्र स्थलमा फोहोरमैला थुपारिएको छ । विगतका जनप्रतिनिधिलाई यो कुकर्मको पाप लाग्नेछ । जसले यसप्रति अलिकति पनि चासो दिन सकेनन् । तर अबको चुनाव पछि यी सबै समस्या समाधान हुनेछन् ।"

उनले अबको चुनावमा जनसमुदायले आफ्नो बहुमुल्य मत दिएर जिताएमा कृषि पेशामा संलग्न किसानहरूको लागि विभिन्न योजनाको निर्माण गरी सिचाइ, मल, बीउ आदिको आपूर्ति गरी बजारीकरणको अवस्था सिर्जना गर्ने बताएका छन् ।

उनले भने," यहाँ शिक्षा, स्वास्थ्य, आर्थिक तथा सामाजिक क्षेत्रमा पनि विकासको कमी छ । सोचेअनुरुप आजसम्म कुनै जनप्रतिनिधिले कार्य गर्न सकेनन् । तर अबको चुनावपछि बलवा नगरपालिकाका बासिन्दालाई सडक, खानेपानी, शिक्षा, स्वास्थ्य, बजार व्यवस्थापन लगायत कुनै कुराको म कमि हुन दिनेछैन ।दिगो विकासलाई मध्यनजर गरी म यहाँको जरादेखि नै विकास गर्नेछु र बलवा नगरपालिकालाई उत्कृष्ट नगरपालिकामा परिणत गर्ने छु । मलाई केवल जनताको साथ चाहियो । जनताको साथ नभए मैले केही गर्न सक्दिन ।"
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मौसम परिवर्तनसँगै स्वास्थ्य जोखिम बढ्दो, सचेत रहन डा. जा..

ममता शर्मा महोत्तरी, कार्तिक २३ गते ।  मौसम परिवर्तनसँगै महोत्तरी लगायत मधेशका विभिन्न क्षेत्रमा रुघाखोकी, सर्..

4 दिन पहिले

माओवादी केन्द्रले मधेश प्रदेश संसदीय दलको नेतामा भरत प्..

महोत्तरी, कात्तिक १७ गते ।नेकपा (माओवादी केन्द्र)ले मधेश प्रदेश सभामा आफ्नो संसदीय दलको नेताको जिम्मेवारी फेरि ए..

10 दिन पहिले

आयोजककै कब्जामा मुन्नी मिश्री भलिबलको उपाधि

  महोत्तरी, कार्तिक ९ गते । गौशालाको कान्तिबजारमा सम्पन्न तेश्रो मुन्नी मिश्री भलिबलको उपाधि आयोजकले सुरक्ष..

18 दिन पहिले

बजारको फोहोरको आलोचना भएपछी महतो खुलासा गरे वास्तविक कु..

महोत्तरी, कार्तिक ९ गते ।महोत्तरीको गौशाला बजार फोहोर भएपछी जनसमुदायले गरेको आलोचनालाइ चिर्दै देव नारायण महतो..

18 दिन पहिले

छठ मनाउँदा मौसमको ख्याल गर्न अनुरोध

महोत्तरी, कार्तिक ८ गते । हिन्दू धर्मावलम्बीहरूको महान पर्व छठको अवसरमा मौसमविद्हरूले स्वास्थ्य र सुरक्षाप्रत..

18 दिन पहिले

गौशालामा शहीदहरूको स्मृतिमा दीप प्रज्वलन गर्दै श्रद्धा..

गौशाला, महोत्तरी  असोज २४ गते । राष्ट्रिय स्वतन्त्र पार्टी, गौशाला नगर समिति द्वारा शहीदहरूप्रति सम्मान प्रक..

1 महीना पहिले

रामगोपालपुरमा एमाले परित्याग गरि १५ जना माओवादी केन्द्..

गौशाला, साउन २६ गते ।रामगोपालपुर नगरपालिका–८ मा सोमबार नेकपा (एमाले) पार्टी परित्याग गरि  १५ जना व्यक्तिहरू मा..

3 महीना पहिले

नेकपा (माओवादी केन्द्र) को महोत्तरी–काठमाडौं सम्पर्क सम..

महोत्तरी , साउन ३ गते । नेकपा (माओवादी केन्द्र) को महोत्तरी–काठमाडौं सम्पर्क समिति गठन गरिएको छ। शनिबार काठमाडौं..

4 महीना पहिले

राजनीतिक हस्तक्षेपले त्रिविको उपकुलपति नियुक्तिमा विव..

काठमाडौं, २६ असार — सरकारले शिक्षाको क्षेत्रमा निष्पक्षता र पारदर्शिता कायम राख्ने दाबी गरिरहेकै बेलामा त्रिभ..

4 महीना पहिले

गौशाला नगरपालिकाको चौधौं नगरसभा सम्पन्न, १ अर्बभन्दा बढ..

ममता शर्मा, महोत्तरी महोत्तरीको गौशाला नगरपालिकाको चौधौं नगरसभा मंगलबार सम्पन्न भएको छ। नगर प्रमुख डा. दिपेन्द्..

5 महीना पहिले

गौशालामा नेपाल जन जागृति पार्टीको नगर समिति गठन

निरन्जन कुमार साह, महोत्तरी । नेपाल जन जागृति पार्टीको नगर समिति गठन कार्यक्रम महोत्तरी जिल्लाको गौशालामा सम्पन..

6 महीना पहिले