आजको प्रतिबद्धता चुनावपछी लागु हुन्छ :नगर प्रमुख प्रत्यासी बलम्पाकी
निरन्जन साह
नेकपा एमाले पार्टीका बर्दिबास नगरपालिकाका नगर प्रमुख प्रत्यासी टेक बहादुर बलम्पाकीले आजको प्रतिबद्धता चुनावपछी लागु हुने बताएका छन् । रेडियो जुनतारा १०३.४ मेगाहर्ज बाट प्रसारित कार्यक्रम जनआवाजमा आफ्नो अन्तर्वार्ता दिदै उनले यस्तो बताएका हुन् ।
बर्दिबासमा परिवर्तनको आवश्यकता औल्याउदै उनले भने ,”अहिलेको राजनीति अवस्था ,भ्रष्टाचार स्थानीय तहमा देखेर जनता रुष्ट भएका छन् । जनताको चाहे अनुरुपको विकास कसैले गर्न सकेका छैनन उम्मेदवारहरुले चुनाव जित्न जनतालाई धेरै आश्वासन दिने गरेका छन् तर त्यसको पूर्ति सुन्य हुन्छ । आश्वासन अनुसार काम गर्न नसकेकाले जनता रुष्ट छन् । तसर्थ यसको विकल्प एमाले हो भन्ने जनतालाई थाहा छ ।
बर्दिबास नगरपालिका विकासोन्मुख नगरपालिका भन्दै उनले यहाँ जुन गतिमा विकास निमार्णको काम हुनुपर्ने थियो त्यो हुन नसकेको बताएका छन् ।उनले भने, बर्दिबास नगरपालिकालाई नयाँ स्वरूप दिनुपर्छ भनेर म अगाडि आएको हुँ । यसलाई नगर हुँदै महानगर बनाउनुपर्छ भन्ने योजनाका साथ हामी अगाडि आएका छौं । घोषणामार्फत हामीले बर्दिबासलाई सफा, सुन्दर र व्यवस्थित बनाउने योजना अगाडि सारेका छौं । यहाँ मुख्य यातायात व्यवस्थापन, सडकमा पार्किङको समस्या, ढलको समस्या छन् । सडकहरूमा पनि त्यस्तै समस्या देखिएका छन् । व्यवस्थित शहर बनाउनका लागि ती समस्या समाधान गर्नुपर्ने छ, हामी त्यसमा लाग्ने छौं । १४ वटा वडा रहेको नगरपालिकामा नागरिकका आधारभूत आवश्यकता पनि पूरा गर्न सकेका छैनौं, त्यसलाई पनि हामी पूरा गर्छौं ।
जनताहरू अझै पनि स्वच्छ खानेपानी, शिक्षा, स्वस्थ्य, रोजगारी लगायतका आधारभूत सेवाबाट वञ्चित छन्, त्यसलाई कसरी पूरा गर्दै लैजाने भन्ने कुराको योजना लिएर अगाडि बढेको उनले बताएका छन् । बर्दिबासमा अव्यवस्थित बसोवासको धेरै ठूलो समस्या छ, त्यसलाई मुख्य एजेण्डा बनाएर जान्छौं । उनले भने पाँच वर्षअगाडि र अहिलेको अवस्था धेरै फरक छ । हिजो के थियो भन्ने नहेरौं अहिले के छ भनेर हेर्नुपर्छ । परिस्थिति परिवर्तन भएको छ । पार्टीको गतिले गर्दा पनि मानिसहरूले एमालेलाई विश्वास गरेका छन् । एमाले पार्टीलेले विजय प्राप्त गर्छ भन्ने हाम्रो विश्वास हो स्वतन्त्र व्यक्ति अर्थात् संगठन नभएको व्यक्तिलाई जनताले विश्वास गर्ने कुरा भएन । कुनै पनि पार्टीको विकल्प स्वतन्त्र हुन सक्दैन । विकास गर्न संगठन चाहिन्छ, त्यो एमालेसँग छ ।
जनताको पक्षमा हरेक कार्य गर्न तत्पर रहेको बताउदै उनले भने ‘जनताका लागि रोटी, कपडा र मकान मुख्य कुरा हो । यसलाई सम्बोधन गर्ने उम्मेदवार नै हामीले पाएका छैनौं । पैसाको बलमा चुनाव लड्ने र मतदातालाई प्रभावित गरेर नजिता आफ्नो पक्षमा पार्ने प्रयास भइरहेको छ । यसले सही नेतृत्व ल्याउँदैन ।’तसर्थ अब नेकपा एमाले पार्टीले नै यहाको विकास सुनिश्चित गर्न सक्छ ।
त्यस्तै उनले समग्र नगरवासीलाई एमाले पार्टीलाई साथ दिन आग्रह गर्दै दिगो विकासको नगर प्रमुखमा आफुलाई एकपटक मौका दिन जनसमुदायमा अनुरोध गरेका छन् ।
मौसम परिवर्तनसँगै स्वास्थ्य जोखिम बढ्दो, सचेत रहन डा. जा..
ममता शर्मा महोत्तरी, कार्तिक २३ गते । मौसम परिवर्तनसँगै महोत्तरी लगायत मधेशका विभिन्न क्षेत्रमा रुघाखोकी, सर्..
4 दिन पहिले
माओवादी केन्द्रले मधेश प्रदेश संसदीय दलको नेतामा भरत प्..
महोत्तरी, कात्तिक १७ गते ।नेकपा (माओवादी केन्द्र)ले मधेश प्रदेश सभामा आफ्नो संसदीय दलको नेताको जिम्मेवारी फेरि ए..
10 दिन पहिले
आयोजककै कब्जामा मुन्नी मिश्री भलिबलको उपाधि
महोत्तरी, कार्तिक ९ गते । गौशालाको कान्तिबजारमा सम्पन्न तेश्रो मुन्नी मिश्री भलिबलको उपाधि आयोजकले सुरक्ष..
18 दिन पहिले
बजारको फोहोरको आलोचना भएपछी महतो खुलासा गरे वास्तविक कु..
महोत्तरी, कार्तिक ९ गते ।महोत्तरीको गौशाला बजार फोहोर भएपछी जनसमुदायले गरेको आलोचनालाइ चिर्दै देव नारायण महतो..
18 दिन पहिले
छठ मनाउँदा मौसमको ख्याल गर्न अनुरोध
महोत्तरी, कार्तिक ८ गते । हिन्दू धर्मावलम्बीहरूको महान पर्व छठको अवसरमा मौसमविद्हरूले स्वास्थ्य र सुरक्षाप्रत..
18 दिन पहिले
गौशालामा शहीदहरूको स्मृतिमा दीप प्रज्वलन गर्दै श्रद्धा..
गौशाला, महोत्तरी असोज २४ गते । राष्ट्रिय स्वतन्त्र पार्टी, गौशाला नगर समिति द्वारा शहीदहरूप्रति सम्मान प्रक..
1 महीना पहिले
रामगोपालपुरमा एमाले परित्याग गरि १५ जना माओवादी केन्द्..
गौशाला, साउन २६ गते ।रामगोपालपुर नगरपालिका–८ मा सोमबार नेकपा (एमाले) पार्टी परित्याग गरि १५ जना व्यक्तिहरू मा..
3 महीना पहिले
नेकपा (माओवादी केन्द्र) को महोत्तरी–काठमाडौं सम्पर्क सम..
महोत्तरी , साउन ३ गते । नेकपा (माओवादी केन्द्र) को महोत्तरी–काठमाडौं सम्पर्क समिति गठन गरिएको छ। शनिबार काठमाडौं..
4 महीना पहिले
राजनीतिक हस्तक्षेपले त्रिविको उपकुलपति नियुक्तिमा विव..
काठमाडौं, २६ असार — सरकारले शिक्षाको क्षेत्रमा निष्पक्षता र पारदर्शिता कायम राख्ने दाबी गरिरहेकै बेलामा त्रिभ..
4 महीना पहिले
गौशाला नगरपालिकाको चौधौं नगरसभा सम्पन्न, १ अर्बभन्दा बढ..
ममता शर्मा, महोत्तरी महोत्तरीको गौशाला नगरपालिकाको चौधौं नगरसभा मंगलबार सम्पन्न भएको छ। नगर प्रमुख डा. दिपेन्द्..
5 महीना पहिले
गौशालामा नेपाल जन जागृति पार्टीको नगर समिति गठन
निरन्जन कुमार साह, महोत्तरी । नेपाल जन जागृति पार्टीको नगर समिति गठन कार्यक्रम महोत्तरी जिल्लाको गौशालामा सम्पन..
6 महीना पहिले
मौसम परिवर्तनसँगै स्वास्थ्य जोखिम बढ्दो, सचेत रहन डा. जा..
ममता शर्मा महोत्तरी, कार्तिक २३ गते । मौसम परिवर्तनसँ..

कमेन्ट गर्नुहोस्
view comments