चुनावी प्रचारमा तीव्रता

4 वर्ष पहिले प्रकाशित

(2079-01-18 B.S.)

10247 पटक देखिएको

Niranjan Kumar Sah

निरन्जन साह

महोत्तरीको औरही नगरपालिकामा स्थानीय तहको चुनावी प्रचार प्रसारलाई दलीय तथा स्वतन्त्र उम्मेदवारहरुले तीव्रता दिएका छन् । सबै पार्टीका तथा स्वतंत्र उम्मेदवारहरू आआफ्नो एजेण्डा सहित जनता माझ घरदैलो कार्यक्रममा व्यस्त हुन थालेका छन् ।

सोही क्रममा औरही नगरपालिकाको नगर प्रमुख (मेयर ) पदका लागि जनता समाजवादी पार्टी नेपाल(जसपा)बाट उम्मेदवारी दिएका लोकप्रिय युवा नेता शुशील यादव आफ्ना पाइनलका सदस्यहरुका साथ नगरका जनताको घर घरमा पुगेर प्रचार प्रसारलाई तीव्र पारेका छन् ।

आफ्ना समर्थकका साथ नगरको प्रत्येक घरमा पुगेर आफुबाट जनताले गरेको आशा तथा स्थानीय जनताको समस्याहरुको बारेमा जानकारी लिइरहेका छन् । उनले आफूलाई जिताएर नगर प्रमुखको जिम्मेवारी दिएको खण्डमा जनताको इच्छा,आकांक्षा र जनताले आफूसँग गरेको अपेक्षाको कदर गर्दै जनतालाई निराश नगर्ने प्रतिवद्धता व्यक्त गरे ।

उनको समाजसेवी भावना र जनताहरु बीच उनको स्वच्छ छविलाई देखेर उनको जित प्रति आफ्नो पार्टी विश्वस्त रहेको उनी निकटका नेताहरुले बताउँछन् । यादव नगर उपप्रमुख प्रत्यासी इसरागन यादव लगायत  महिला सदस्य, दलित सदस्य र खुल्ला सदस्यका साथ घरदैलो कार्यक्रम लिएर पुग्दा साढे ४ वर्षमा विकासको नाममा एउटा पनि राम्रो काम नभएको भन्ने गुनासो लिएर बसेका जनताहरू अब बल्ल नगरको मुहार फेरिने भयो भन्दै उत्साहित देखिएका छन् ।

नगरका जनताहरु पनि यसपटक यादवलाई नै समर्थन र साथ दिने बताउँछन् । जनसमुदायलाई अत्यधिक मत दिएर आफुलाई विजय बनाउन उनले अनुरोध गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..

गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..

3 दिन पहिले

नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन

गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिर..

9 दिन पहिले

बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ ..

महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..

10 दिन पहिले

पानी नपर्दा धान उत्पादन घट्ने चिन्तामा किसान

महोत्तरी, भदौं १७ गते । महोत्तरीको गौशाला नगरपालिकाअन्तर्गतका किसानहरूले लामो समयदेखि पर्याप्त वर्षा नहुँदा यस..

12 दिन पहिले

रसुवाका बाढीपीडितका लागि सम्सी गाउँपालिकाद्वारा १० लाख..

महोत्तरी भदौं ११ गते । रसुवा जिल्लामा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग ..

18 दिन पहिले

रामगोपालपुर नगरपालिकाको १४औँ नगरसभा सम्पन्न, करिब ५० कर..

महोत्तरी, असार ८ गते । महोत्तरीको रामगोपालपुर नगरपालिकाले १४औँ नगरसभा सम्पन्न गर्दै आर्थिक वर्ष २०८३/८४ का लाग..

3 महीना पहिले

रामनवमीकै साइतमा बालेन्द्र शाहको प्रधानमन्त्री शपथ हुद..

काठमाडौँ, चैत ८ गते  रामनवमी को शुभ अवसर पारेर चैत १३ गते देशले नयाँ प्रधानमन्त्री पाउने भएको छ। सो दिन बालेन्द्..

6 महीना पहिले

महोत्तरी–२ मा लक्ष्मण यादवको घरदैलो अभियान तीव्र देखिय..

रोहित यादव  महोत्तरी,फाल्गुन १३ गते  । महोत्तरी निर्वाचन क्षेत्र नम्बर २ अन्तर्गत वडा नम्बर ७, गोरहन्नामा न..

7 महीना पहिले

बाके मरहा साझेदारी वन उपभोक्ता समूहको वार्षिक साधारण सभ..

  निरन्जन कुमार साह  महोत्तरी, फाल्गुन ११ गते । महोत्तरी जिल्लाको लक्ष्मीनिया चौकस्थित कार्यालय परिसरमा बाक..

7 महीना पहिले

नेपाली कम्युनिस्ट पार्टीका युवा उम्मेदवार इन्जिनियर लक..

महोत्तरी, फागुन ११ गते । रोहित यादव  नेपाली कम्युनिस्ट पार्टीका युवा उम्मेदवार इन्जिनियर लक्ष्मण यादवको घरद..

7 महीना पहिले

महोत्तरी क्षेत्र न. ४ मा महेन्द्र कुमार रायलाई श्रीपुरवा..

जितेन्द्र कुशवाहा महोत्तरी, फाल्गुन ९ गते ।   महोत्तरी निर्वाचन क्षेत्र नं. ४ मा महेन्द्र कुमार रायको पक्ष..

7 महीना पहिले