सुन्दर वडाको निर्माण गर्नेछु : वडाध्यक्षको प्रत्यासी जयकिशोर यादव

4 वर्ष पहिले प्रकाशित

(2079-01-19 B.S.)

3961 पटक देखिएको

Niranjan Kumar Sah

निरन्जन साह 

सोनमा गाउँपालिका वडा नम्बर ५ खैरबन्नीमा जनमत पार्टीबाट वडाध्यक्षको पदमा उम्मेदवारी दिएका जयकिशोर यादवले सुन्दर वडाको निर्माण गर्ने बताएका छन् 

रेडियो जुनतारा १०३.४ मेघाहर्ज बाट प्रसारित जनआवाज कार्यक्रममा अन्तर्वार्ता दिँदै उनले यस्तो बताएका हुन्  यस वडालाई म सुन्दर वडामा परिणत गरेर छाड्ने छु उनले भने, “जनताले बस एक मौका मलाई देओस, यस वडामा रहेका हरेक समस्यालाई प्राथमिकताको साथ अगाडि सारी समाधान गर्नेछु । यहाँको बजार, पोखरी, विद्यालय, सडक, शौचालय लगायत सम्पूर्ण विकास योग्य ठाउँहरुलाई व्यवस्थित गर्ने छु।"

 जनमत पार्टीले सदैव किसानहरूको लागि महत्वपूर्ण योगदान दिँदै आएको उनले दाबी गरेका छन्  “गरिब विपन्न तथा किसानहरूको लागि जनमत पार्टीले दिनरात सोचेर अघि बढेको छ  उनीहरुको विभिन्न मागहरु पहल गर्न सदैव अरु पार्टीभन्दा एक कदम अगाडि रहेको छ  तसर्थ हाम्रो समाजमा अन्न, खाना उब्जाएर किसानले महत्वपूर्ण भूमिका निर्वाह गरेको छ  उनीहरूको कार्य सराहनीय छ । तर पनि आजसम्म कसैले किसानहरूको लागि केहि गर्न सकेको छैन  जुन जोगी आएपनि कानै चिरेको भने सरह भएको छ, स्थानीय तहको चुनाव त्यसैले जनताले गम्भीरतापूर्वक सोच्ने समय आइसकेको छ । हाम्रो लाई हैन राम्रोलाई मत दिनुपर्छ नभए फेरि पाँचवर्ष पुर्पुरोमा हात लगाएर बस्नु पर्छ 

स्थानीय तहको चुनावको लागि राजनीतिक दलमा मात्र नभएर जनतामा पनि जागरुकता सिर्जना हुनुपर्ने उनले जिकिर गरेका छन् । एकपटक चुनावमा निर्वाचित भएर आएमा बेरोजगारीको समस्या समाधान गरी  रोजगार सिर्जना गर्ने, सडक निर्माण गर्ने, ढलनिकास गर्ने, नाला निर्माण गर्ने , नि:शुल्क शिक्षाको व्यवस्थापन गर्ने, किसानहरुका लागि सिचाई मल खाद बीउको आवश्यकता पूर्ति गर्ने उनले दावी गरेका छन् 

त्यस्तै उनले आफ्नो एजेन्डाहरु जागरनाथ बाबा पोखरीको आम्दानीको सदुपयोग गरि रोजगार क्षेत्रमा लगानी गर्ने ,खेत खेतमा सिचाई तार पोलको निर्माण गर्ने ,शिक्षा तल देखि नै मजबुत बनाइ निशुल्क गर्ने , आफ्नो पहलमा वैदेशिक रोजगारमा फसेका व्यक्तित्वहरुलाई उद्धार गर्न सफल भएको छु र अझै गर्ने छु भनेर बताएका छन् 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..

गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..

3 दिन पहिले

नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन

गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिर..

9 दिन पहिले

बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ ..

महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..

10 दिन पहिले

पानी नपर्दा धान उत्पादन घट्ने चिन्तामा किसान

महोत्तरी, भदौं १७ गते । महोत्तरीको गौशाला नगरपालिकाअन्तर्गतका किसानहरूले लामो समयदेखि पर्याप्त वर्षा नहुँदा यस..

12 दिन पहिले

रसुवाका बाढीपीडितका लागि सम्सी गाउँपालिकाद्वारा १० लाख..

महोत्तरी भदौं ११ गते । रसुवा जिल्लामा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग ..

18 दिन पहिले

रामगोपालपुर नगरपालिकाको १४औँ नगरसभा सम्पन्न, करिब ५० कर..

महोत्तरी, असार ८ गते । महोत्तरीको रामगोपालपुर नगरपालिकाले १४औँ नगरसभा सम्पन्न गर्दै आर्थिक वर्ष २०८३/८४ का लाग..

3 महीना पहिले

रामनवमीकै साइतमा बालेन्द्र शाहको प्रधानमन्त्री शपथ हुद..

काठमाडौँ, चैत ८ गते  रामनवमी को शुभ अवसर पारेर चैत १३ गते देशले नयाँ प्रधानमन्त्री पाउने भएको छ। सो दिन बालेन्द्..

6 महीना पहिले

महोत्तरी–२ मा लक्ष्मण यादवको घरदैलो अभियान तीव्र देखिय..

रोहित यादव  महोत्तरी,फाल्गुन १३ गते  । महोत्तरी निर्वाचन क्षेत्र नम्बर २ अन्तर्गत वडा नम्बर ७, गोरहन्नामा न..

7 महीना पहिले

बाके मरहा साझेदारी वन उपभोक्ता समूहको वार्षिक साधारण सभ..

  निरन्जन कुमार साह  महोत्तरी, फाल्गुन ११ गते । महोत्तरी जिल्लाको लक्ष्मीनिया चौकस्थित कार्यालय परिसरमा बाक..

7 महीना पहिले

नेपाली कम्युनिस्ट पार्टीका युवा उम्मेदवार इन्जिनियर लक..

महोत्तरी, फागुन ११ गते । रोहित यादव  नेपाली कम्युनिस्ट पार्टीका युवा उम्मेदवार इन्जिनियर लक्ष्मण यादवको घरद..

7 महीना पहिले

महोत्तरी क्षेत्र न. ४ मा महेन्द्र कुमार रायलाई श्रीपुरवा..

जितेन्द्र कुशवाहा महोत्तरी, फाल्गुन ९ गते ।   महोत्तरी निर्वाचन क्षेत्र नं. ४ मा महेन्द्र कुमार रायको पक्ष..

7 महीना पहिले