म चुनाव जितेपछी जित मेरो होइन जनताको हुनेछ : नेता बिर्जु मण्डल

निरन्जन साह
महोत्तरीको भंगहा नगरपालिकाको नेपाली कांग्रेसका नगर प्रमुख प्रत्यासी बिर्जु मण्डलले नगरपालिकालाई चुनाव जितेपछी कृषिको हव बनाउने बताएका छन् ।नगर प्रमुखको जित नभएर आफ्नै जित सुनिश्चित गर्नको लागि आफुलाई भोट दिन जनता समक्ष उनले अपिल गरेका छन् ।
उनले भने, "म स्थानीयवासीको आग्रहमा यस क्षेत्रमा आएको हुँ। त्यसैले मलाई विश्वास छ, म सबैको सहयोगमा यसमा सफल हुनेछु। यहाँको नेतृत्वको बागडोर पढे लेखेको र युवाले पाउनुपर्छ भन्ने जनताको चाहाना छ। तर पछिल्लो समयको चुनावमा यो सम्भव भएन। पढेलेखेको युवा राजनीतित्रमा आउनका लागि अनिच्छुक हुँदा सर्वसधारणहरु निराश भइसकेका छन्। म यसक्षेत्रमा पढेलेखेको एउटा युवा समाजसेवकको रुपमा उभिएको छु। मैले जनताको समस्यालाई सुक्ष्म रुपमा अनुसन्धान गरेको छु। जसलाई मनन गरी चुनावी घोषणापत्रमा उल्लेख गरेको छु। अनि कार्यान्वयन पनि गर्नेछु। म भंगहामा विकासको क्षेत्रमा सफलता पाउनका लागि हरसम्भव प्रयासरत रहनेछु। भंगहावासीको समग्र विकासको निम्ति सबैको सल्लाहअनुसारको यात्रामा उतार्नका लागि आफूलाई तयारी अवस्थामा राखेको छु।"
नेता बिर्जु मण्डलका एजेन्डाहरु :
कृषी क्षेत्रः
– वातावरणीय अनुकुल मूल्याङ्कन गरी आयमुलक निर्वाहमुखी, आधुनिक कृषी उन्नत विउ विजनको व्यवस्था, पशुपालन गर्न राष्ट्रिय, अन्तर्राष्ट्रिय संघ–संस्थाहरुसँग समन्वय परामर्श गरी कृषी अनुदान उपलब्ध गराई स्थानीय कृषकहरुलाई प्रोत्साहन गरी बजार व्यवस्थापन गर्ने ।
– कृषी सम्बन्धी आवश्यक मल, औषधि र औजार सामग्रीको व्यवस्थापन गर्ने ।
खानेपानीः
- हरेक स्थानमा खानेपानीको ठाउ निर्माण गर्ने
- स्वच्छ खानेपानीको घर घरमा निशुल्क रुपमा प्रदान गर्ने
- खानेपानी उपलब्ध गराउनुका साथै पानीलाई खेर नजाने गरेर आवश्यकता अनुसार रिजर्भ ट्याङ्की ल्याउने ।
शिक्षा क्षेत्रः
– प्रत्येक विद्यालयमा कम्युटर कक्षा व्यवस्थापन गराई अध्ययन अध्यापन गराउने ।
– गुणस्तर शिक्षाको लागि नेपालको उत्कृष्ट सरकारी वा निजी विद्यालयको भ्रमण गराई शिक्षकहरुलाई शैषिक स्तर उन्नतीको व्यवस्थापन गराउने ।
– विद्यालयको शैक्षिक वातावरण सम्बन्धमा अभिभावकहरुसँग प्रत्येक ६ महिनामा शिक्षकसँग परामर्श गर्ने ।
– प्रत्येक विद्यालयको एसईई परीक्षामा उत्कृष्ट विद्यार्थीलाई वडाको विशेष शिक्षा अक्षयकोष स्थापना गरी अध्ययनमा सहयोग गर्ने ।
स्थास्थ्य क्षेत्रः
– स्वास्थ्य सम्बन्धी चाहिने पूर्वाधार अतिआवश्यक मानव स्रोत साधन र अन्य स्रोत साधनहरु भूगोल स्रोत साधन र अन्य स्रोत साधनहरु भूगोल क्षेत्र सुधार्न बस्तीलाई मध्यनजर गरी व्यवस्थापन गर्ने ।
– अपाङ्ग असक्त व्यक्तिहरुलाई पहिचान गरी राज्यबाट प्राप्त सेवा सुविधा उपलब्ध गराउने र वडाबाट विशेष अक्षयकोष स्थापना गरी बृद्धबृद्धा वा असक्त बालबालिकालाई निःशूल्क चेकजाँच र औषधि वितरण गर्ने ।
सडक यातायातः
बजार लगायत विभिन्न स्थानहरुमा सडक ढलान गर्ने ,नालाको निकास गर्न
विस्तार भइसकेका बाटोलाई मर्मत सम्भार तथा आवश्यकता अनुसार ढलान तथा पिच गर्ने ।
विद्युतः
– राष्ट्रिय प्रशारण लाइनलाई जनतासमक्ष विस्तार चााडो गर्न आवश्यक पहल गर्ने ।
धर्म संस्कृति संरक्षणः
– सबै जात–जाती, भाषा र धर्मलाई समान मान्याता दिई संरक्षण गर्ने ।
बजेटः
– वडाको सर्वाङ्गीन विकासको निमित्त हरेक आर्थिक वर्षमा विनियोजित पारदर्शी र सबै साविक वडालाई समेटेर लैजाने ।
– बृद्धभत्ता र एकल महिला अपाङ्गता भत्ता बैंक र पालिकाका समन्वयमा वडा बाट नै वितरण गर्ने ।
जेन-जी आन्दोलनका सहिदलाई गौशालामा श्रद्धाञ्जली
महोत्तरी, असोज १ गते । गौशाला इन्जिनियरिङ क्याम्पसका विद्यार्थीहरूले जेन-जी आन्दोलनमा सहादत प्राप्त गर्ने शहीद..
2 दिन पहिले
रेडियो जुनतारा सातौँ वर्षमा प्रवेश
ममता शर्मा, महोत्तरी । महोत्तरीको गौशाला नगरपालिका–५ मा अवस्थित रेडियो जुनतारा आजबाट छैठौं वर्ष पार गरेर सात..
2 दिन पहिले
शिक्षा नै प्रगतिको आधार : नाई–ठाकुर १०+२ विद्यार्थी सम्म..
काठमाडौं, भदौ ३१ । स्वतन्त्र नाई संघ (SNS) को आयोजनामा काठमाडौं गौशालास्थित मिथिला थालीमा मंगलबार आयोजित भव्य कार्य..
3 दिन पहिले
सोनमाका स्कुलमा पुगे एसियाका उत्कृष्ठ प्रध्यानाध्यापक ..
महोत्तरी, भदौं १६ गते महोत्तरीको सोनामा गाउँपालिका–२ स्थित श्री सरस्वती जनता माध्यमिक विद्यालयमा आइतवार एस..
18 दिन पहिले
गौशालामा निजी विद्यालयले स्कुल बस र्याली निकाल्यो
महोत्तरी, भदौं १६ गते सरकारले ल्याउन लागेको संघीय शिक्षा ऐनको विरोधमा सोमवार गौशाला बजारमा निजी विद्यालयहरुल..
18 दिन पहिले
रामगोपालपुरमा एमाले परित्याग गरि १५ जना माओवादी केन्द्..
गौशाला, साउन २६ गते ।रामगोपालपुर नगरपालिका–८ मा सोमबार नेकपा (एमाले) पार्टी परित्याग गरि १५ जना व्यक्तिहरू मा..
1 महीना पहिले
नेकपा (माओवादी केन्द्र) को महोत्तरी–काठमाडौं सम्पर्क सम..
महोत्तरी , साउन ३ गते । नेकपा (माओवादी केन्द्र) को महोत्तरी–काठमाडौं सम्पर्क समिति गठन गरिएको छ। शनिबार काठमाडौं..
2 महीना पहिले
राजनीतिक हस्तक्षेपले त्रिविको उपकुलपति नियुक्तिमा विव..
काठमाडौं, २६ असार — सरकारले शिक्षाको क्षेत्रमा निष्पक्षता र पारदर्शिता कायम राख्ने दाबी गरिरहेकै बेलामा त्रिभ..
2 महीना पहिले
गौशाला नगरपालिकाको चौधौं नगरसभा सम्पन्न, १ अर्बभन्दा बढ..
ममता शर्मा, महोत्तरी महोत्तरीको गौशाला नगरपालिकाको चौधौं नगरसभा मंगलबार सम्पन्न भएको छ। नगर प्रमुख डा. दिपेन्द्..
3 महीना पहिले
गौशालामा नेपाल जन जागृति पार्टीको नगर समिति गठन
निरन्जन कुमार साह, महोत्तरी । नेपाल जन जागृति पार्टीको नगर समिति गठन कार्यक्रम महोत्तरी जिल्लाको गौशालामा सम्पन..
4 महीना पहिले
जनताको विकासका लागि पूर्वमन्त्री साहको अभियान
निरन्जन कुमार साह गौशाला, महोत्तरी। मधेश प्रदेशका पूर्व अर्थमन्त्री तथा प्रदेशसभा सदस्य भरत प्रसाद साह आर्थि..
5 महीना पहिले
रेडियो जुनतारा सातौँ वर्षमा प्रवेश
ममता शर्मा, महोत्तरी । महोत्तरीको गौशाला नगरपालिका–..
शिक्षा नै प्रगतिको आधार : नाई–ठाकुर १०+२ विद्यार्थी सम्म..
काठमाडौं, भदौ ३१ । स्वतन्त्र नाई संघ (SNS) को आयोजनामा काठमा..
जेन-जी आन्दोलनका सहिदलाई गौशालामा श्रद्धाञ्जली
महोत्तरी, असोज १ गते । गौशाला इन्जिनियरिङ क्याम्पसका वि..
कमेन्ट गर्नुहोस्
view comments