स्थानीय तहको निर्वाचन खर्चिलो ,प्रभाव जनतामा –उपेन्द्र यादव

4 वर्ष पहिले प्रकाशित

(2079-02-10 B.S.)

9992 पटक देखिएको

Niranjan Kumar Sah

गौशाला 

जसपा नेपालका केन्द्रिय अध्यक्ष उपेन्द्र यादवले स्थानीय तहको निर्वाचन अत्याधिक खर्चिलो भएको र त्यसको प्रत्यक्ष प्रभाव जनतामा परेको बताएका छन् 

पूर्व उपप्रधानमन्त्री समेत रहेका अध्यक्ष यादवले बढ्दो महंगीले केवल जनताले शास्ती भोग्नुपरेको बताएका छन् । मंगलबार गौशालामा नवनिर्वाचित जनप्रतिनिधिलाई बधाई/ शुभकामना आदानप्रदान तथा पार्टी प्रवेश कार्यक्रममा आफ्नो मन्तव्य दिँदै उनले यस्तो बताएका हुन् । 

उनले भने, “ चुनाव महङ्गो भएको कारणले इमान्दार, गरिब, किसान, मजदुरलाई चुनाव लड्न मुस्किल छ  यो प्रणालीबाट लोकतन्त्र मजबुत हुँदैन यसको बोझ प्रत्यक्ष जनतामा पर्छ ।"

उनले अहिलेको निर्वाचन प्रणाली ‘खिचडी निर्वाचन प्रणाली’ भएको संज्ञा दिएका छन् 

गौशाला  नगरपालिकामा प्रतिकूल परिस्थिति र कठिनाइको अवरोध भएतापनि जसपा पार्टीको उम्मेदवारलाई आफ्नो अमुल्य मत दिएर विजयी गराएकोले उनले जनसमुदायमा धन्यवाद ज्ञापन गरेका छन् 

त्यस्तै पूर्व कृषिमन्त्री हरिनारायण यादवले जसपा पार्टी वैकल्पिक शक्तिको रुपमा विभेद अन्त्य गर्ने पार्टी भएको बताएका छन् । साथै उनले जुन भरोसाले गौशाला बासीले जसपा पार्टीलाई आफ्नो मत दिएर जिताएका छन्, त्यो भरोसा कायम राख्न जनप्रतिनिधिहरु सँग अनुरोध गरेका छन्

त्यस्तै पार्टीका केन्द्रीय सदस्य लक्ष्मी महतोले शान्ति र सुशासन कायम गर्नको लागि प्रहरी प्रशासनलाई आफ्नो काम कर्तव्य पूरा गर्न दिन जनसमुदायमा अपिल गर्दै जनप्रतिनिधिहरुलाई  वाधा नपुर्याईकन कार्य गर्न दिनको लागि अपिल  गरेका छन् 

पार्टीका केन्द्रिय अध्यक्ष यादवको प्रमुख आतिथ्यमा सम्पन्न भएको उक्त कार्यक्रममा नवनिर्वाचित नगर प्रमुख डा.दिपेन्द्र महतो ,उपप्रमुख रेणु कुमारी महतो , केन्द्रीय सदस्य लक्ष्मी महतो , हरिनारायण यादव, पूर्व स्वास्थ्य राज्यमन्त्री डाक्टर सुरेन्द्र यादव, पार्टीका नगर  संयोजक कुमरकान्त झा लगायत विभिन्न जनप्रतिनिधि, समाजसेवी र जन समुदायको सहभागिता रहेको थियो 

कार्यक्रममा नेपाली कांग्रेसका पुर्व क्षेत्रीय सभापति रामश्रेष्ठ महतो नेपाली कांग्रेस परित्याग गरि जसपामा प्रवेश गरेका छन् । साथै विभिन्न पार्टी परित्याग गरि सयौको संख्यामा जसपा पार्टी प्रवेश गरेका छन् 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..

गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..

2 दिन पहिले

नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन

गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिर..

8 दिन पहिले

बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ ..

महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..

9 दिन पहिले

पानी नपर्दा धान उत्पादन घट्ने चिन्तामा किसान

महोत्तरी, भदौं १७ गते । महोत्तरीको गौशाला नगरपालिकाअन्तर्गतका किसानहरूले लामो समयदेखि पर्याप्त वर्षा नहुँदा यस..

11 दिन पहिले

रसुवाका बाढीपीडितका लागि सम्सी गाउँपालिकाद्वारा १० लाख..

महोत्तरी भदौं ११ गते । रसुवा जिल्लामा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग ..

17 दिन पहिले

रामगोपालपुर नगरपालिकाको १४औँ नगरसभा सम्पन्न, करिब ५० कर..

महोत्तरी, असार ८ गते । महोत्तरीको रामगोपालपुर नगरपालिकाले १४औँ नगरसभा सम्पन्न गर्दै आर्थिक वर्ष २०८३/८४ का लाग..

3 महीना पहिले

रामनवमीकै साइतमा बालेन्द्र शाहको प्रधानमन्त्री शपथ हुद..

काठमाडौँ, चैत ८ गते  रामनवमी को शुभ अवसर पारेर चैत १३ गते देशले नयाँ प्रधानमन्त्री पाउने भएको छ। सो दिन बालेन्द्..

6 महीना पहिले

महोत्तरी–२ मा लक्ष्मण यादवको घरदैलो अभियान तीव्र देखिय..

रोहित यादव  महोत्तरी,फाल्गुन १३ गते  । महोत्तरी निर्वाचन क्षेत्र नम्बर २ अन्तर्गत वडा नम्बर ७, गोरहन्नामा न..

7 महीना पहिले

बाके मरहा साझेदारी वन उपभोक्ता समूहको वार्षिक साधारण सभ..

  निरन्जन कुमार साह  महोत्तरी, फाल्गुन ११ गते । महोत्तरी जिल्लाको लक्ष्मीनिया चौकस्थित कार्यालय परिसरमा बाक..

7 महीना पहिले

नेपाली कम्युनिस्ट पार्टीका युवा उम्मेदवार इन्जिनियर लक..

महोत्तरी, फागुन ११ गते । रोहित यादव  नेपाली कम्युनिस्ट पार्टीका युवा उम्मेदवार इन्जिनियर लक्ष्मण यादवको घरद..

7 महीना पहिले

महोत्तरी क्षेत्र न. ४ मा महेन्द्र कुमार रायलाई श्रीपुरवा..

जितेन्द्र कुशवाहा महोत्तरी, फाल्गुन ९ गते ।   महोत्तरी निर्वाचन क्षेत्र नं. ४ मा महेन्द्र कुमार रायको पक्ष..

7 महीना पहिले