स्थानीय तहको निर्वाचन खर्चिलो ,प्रभाव जनतामा –उपेन्द्र यादव

4 वर्ष पहिले प्रकाशित

(2079-02-10 B.S.)

9896 पटक देखिएको

Niranjan Kumar Sah

गौशाला 

जसपा नेपालका केन्द्रिय अध्यक्ष उपेन्द्र यादवले स्थानीय तहको निर्वाचन अत्याधिक खर्चिलो भएको र त्यसको प्रत्यक्ष प्रभाव जनतामा परेको बताएका छन् 

पूर्व उपप्रधानमन्त्री समेत रहेका अध्यक्ष यादवले बढ्दो महंगीले केवल जनताले शास्ती भोग्नुपरेको बताएका छन् । मंगलबार गौशालामा नवनिर्वाचित जनप्रतिनिधिलाई बधाई/ शुभकामना आदानप्रदान तथा पार्टी प्रवेश कार्यक्रममा आफ्नो मन्तव्य दिँदै उनले यस्तो बताएका हुन् । 

उनले भने, “ चुनाव महङ्गो भएको कारणले इमान्दार, गरिब, किसान, मजदुरलाई चुनाव लड्न मुस्किल छ  यो प्रणालीबाट लोकतन्त्र मजबुत हुँदैन यसको बोझ प्रत्यक्ष जनतामा पर्छ ।"

उनले अहिलेको निर्वाचन प्रणाली ‘खिचडी निर्वाचन प्रणाली’ भएको संज्ञा दिएका छन् 

गौशाला  नगरपालिकामा प्रतिकूल परिस्थिति र कठिनाइको अवरोध भएतापनि जसपा पार्टीको उम्मेदवारलाई आफ्नो अमुल्य मत दिएर विजयी गराएकोले उनले जनसमुदायमा धन्यवाद ज्ञापन गरेका छन् 

त्यस्तै पूर्व कृषिमन्त्री हरिनारायण यादवले जसपा पार्टी वैकल्पिक शक्तिको रुपमा विभेद अन्त्य गर्ने पार्टी भएको बताएका छन् । साथै उनले जुन भरोसाले गौशाला बासीले जसपा पार्टीलाई आफ्नो मत दिएर जिताएका छन्, त्यो भरोसा कायम राख्न जनप्रतिनिधिहरु सँग अनुरोध गरेका छन्

त्यस्तै पार्टीका केन्द्रीय सदस्य लक्ष्मी महतोले शान्ति र सुशासन कायम गर्नको लागि प्रहरी प्रशासनलाई आफ्नो काम कर्तव्य पूरा गर्न दिन जनसमुदायमा अपिल गर्दै जनप्रतिनिधिहरुलाई  वाधा नपुर्याईकन कार्य गर्न दिनको लागि अपिल  गरेका छन् 

पार्टीका केन्द्रिय अध्यक्ष यादवको प्रमुख आतिथ्यमा सम्पन्न भएको उक्त कार्यक्रममा नवनिर्वाचित नगर प्रमुख डा.दिपेन्द्र महतो ,उपप्रमुख रेणु कुमारी महतो , केन्द्रीय सदस्य लक्ष्मी महतो , हरिनारायण यादव, पूर्व स्वास्थ्य राज्यमन्त्री डाक्टर सुरेन्द्र यादव, पार्टीका नगर  संयोजक कुमरकान्त झा लगायत विभिन्न जनप्रतिनिधि, समाजसेवी र जन समुदायको सहभागिता रहेको थियो 

कार्यक्रममा नेपाली कांग्रेसका पुर्व क्षेत्रीय सभापति रामश्रेष्ठ महतो नेपाली कांग्रेस परित्याग गरि जसपामा प्रवेश गरेका छन् । साथै विभिन्न पार्टी परित्याग गरि सयौको संख्यामा जसपा पार्टी प्रवेश गरेका छन् 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मौसम परिवर्तनसँगै स्वास्थ्य जोखिम बढ्दो, सचेत रहन डा. जा..

ममता शर्मा महोत्तरी, कार्तिक २३ गते ।  मौसम परिवर्तनसँगै महोत्तरी लगायत मधेशका विभिन्न क्षेत्रमा रुघाखोकी, सर्..

3 दिन पहिले

माओवादी केन्द्रले मधेश प्रदेश संसदीय दलको नेतामा भरत प्..

महोत्तरी, कात्तिक १७ गते ।नेकपा (माओवादी केन्द्र)ले मधेश प्रदेश सभामा आफ्नो संसदीय दलको नेताको जिम्मेवारी फेरि ए..

9 दिन पहिले

आयोजककै कब्जामा मुन्नी मिश्री भलिबलको उपाधि

  महोत्तरी, कार्तिक ९ गते । गौशालाको कान्तिबजारमा सम्पन्न तेश्रो मुन्नी मिश्री भलिबलको उपाधि आयोजकले सुरक्ष..

17 दिन पहिले

बजारको फोहोरको आलोचना भएपछी महतो खुलासा गरे वास्तविक कु..

महोत्तरी, कार्तिक ९ गते ।महोत्तरीको गौशाला बजार फोहोर भएपछी जनसमुदायले गरेको आलोचनालाइ चिर्दै देव नारायण महतो..

17 दिन पहिले

छठ मनाउँदा मौसमको ख्याल गर्न अनुरोध

महोत्तरी, कार्तिक ८ गते । हिन्दू धर्मावलम्बीहरूको महान पर्व छठको अवसरमा मौसमविद्हरूले स्वास्थ्य र सुरक्षाप्रत..

17 दिन पहिले

गौशालामा शहीदहरूको स्मृतिमा दीप प्रज्वलन गर्दै श्रद्धा..

गौशाला, महोत्तरी  असोज २४ गते । राष्ट्रिय स्वतन्त्र पार्टी, गौशाला नगर समिति द्वारा शहीदहरूप्रति सम्मान प्रक..

1 महीना पहिले

रामगोपालपुरमा एमाले परित्याग गरि १५ जना माओवादी केन्द्..

गौशाला, साउन २६ गते ।रामगोपालपुर नगरपालिका–८ मा सोमबार नेकपा (एमाले) पार्टी परित्याग गरि  १५ जना व्यक्तिहरू मा..

3 महीना पहिले

नेकपा (माओवादी केन्द्र) को महोत्तरी–काठमाडौं सम्पर्क सम..

महोत्तरी , साउन ३ गते । नेकपा (माओवादी केन्द्र) को महोत्तरी–काठमाडौं सम्पर्क समिति गठन गरिएको छ। शनिबार काठमाडौं..

4 महीना पहिले

राजनीतिक हस्तक्षेपले त्रिविको उपकुलपति नियुक्तिमा विव..

काठमाडौं, २६ असार — सरकारले शिक्षाको क्षेत्रमा निष्पक्षता र पारदर्शिता कायम राख्ने दाबी गरिरहेकै बेलामा त्रिभ..

4 महीना पहिले

गौशाला नगरपालिकाको चौधौं नगरसभा सम्पन्न, १ अर्बभन्दा बढ..

ममता शर्मा, महोत्तरी महोत्तरीको गौशाला नगरपालिकाको चौधौं नगरसभा मंगलबार सम्पन्न भएको छ। नगर प्रमुख डा. दिपेन्द्..

5 महीना पहिले

गौशालामा नेपाल जन जागृति पार्टीको नगर समिति गठन

निरन्जन कुमार साह, महोत्तरी । नेपाल जन जागृति पार्टीको नगर समिति गठन कार्यक्रम महोत्तरी जिल्लाको गौशालामा सम्पन..

6 महीना पहिले