जिसस पर्साको सभापतिमा सरोज चौरसियाको उम्मेदवारी

3 वर्ष पहिले प्रकाशित

(2079-02-26 B.S.)

4055 पटक देखिएको

पवन प्रसाद साह 

वीरगंज, पर्सा

यही जेठ २७ गते हुन लागेको जिल्ला समन्वय समिति पर्साको निर्वाचनमा सभापतिमा नेपाली कांग्रेसबाट सरोज चौरसियाले उम्मेदवारी दिएका छन् । भने नेपाली कांग्रेसबाट उप–प्रमुखमा सोनी पासवानको उम्मेदवारी परेको छ।

सरोज चौरसिया नेपाली कांग्रेसको भातृ संगठनको नेपाल विद्यार्थी संघ ठाकुर राम बहुमुखी क्याम्पसबाट राजनीतिक सुरु गर्दै नेपाली कांग्रेसबाट सक्रिय राजनीति गरिरहेका चौरसियाको जिल्ला समन्वय समिति पर्साको सभापतिमा उम्मेद्वारी परेपछि कांग्रेसका युवानेताहरु उत्साहित छन् ।

पर्सेली राजनीतिक वृत्तमा चौरसियाको विशेष प्रभाव छ । प्रखर बोली र स्पष्ट विचारका कारण उनी प्रभावशाली युवा नेताका रुपमा चिरपरिचित समेत छन् । सरोज चौरसिया सक्रिय सामाजिक अभियन्ताका रुपमा पर्सेली जनताहरूको चिरपरिचित व्यक्तित्व हुन। सरोज चौरसियाले करिब १५ वर्ष विभिन्न राष्ट्रिय/अन्तर्राष्ट्रिय गैरसरकारी संस्थामा आबद्ध भएर काम गरेका छन् । सामुदाायिक विकासका लागि समुदाय अनुसारकै विकास पद्धती निर्माण गरि कार्यान्वयन गर्नसक्ने चौरसिया यहाँको समुदाय र समुदायको समस्याबारे जानकार छन् । पर्सा जिल्लालाई खुल्ला दिशामुक्त क्षेत्र घोषणा गराउनुमा उनको विशेष योग्दान रहेको छ । उनले संयुक्त राष्ट्रसंघको वातावरणीय कार्यक्रम युएन–हैबिट्याटका लागि पर्सा जिल्लाको संयोजक समेत भएर ४ वर्ष काम गरेका छन ।

युएनमा कार्यरत रहँदा साविकको गाविसहरुमा खुल्लामा दिसा पिसाब नगर्न जनचेतना कार्यक्रम सञ्चालनदेखि घर–घरमा शौचालय निर्माणसम्मका कार्यहरु चौरसियाको नेतृत्वमा सम्पन्न भएको हो । खुला दिशामुक्त क्षेत्र घोषणाका लागि नेपाल रेडक्रस सोसाईटीद्वारा सञ्चालित कार्यक्रमको नेतृत्व पनि चौरसियाले नै गरे । तत्कालिन गाविस र जिविसहरुको बिच समन्वय गर्न सहजीकरण र कार्यको मार्गचित्र प्रस्तुत गर्ने काम पनि सरोज चौरसियाले गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मौसम परिवर्तनसँगै स्वास्थ्य जोखिम बढ्दो, सचेत रहन डा. जा..

ममता शर्मा महोत्तरी, कार्तिक २३ गते ।  मौसम परिवर्तनसँगै महोत्तरी लगायत मधेशका विभिन्न क्षेत्रमा रुघाखोकी, सर्..

3 दिन पहिले

माओवादी केन्द्रले मधेश प्रदेश संसदीय दलको नेतामा भरत प्..

महोत्तरी, कात्तिक १७ गते ।नेकपा (माओवादी केन्द्र)ले मधेश प्रदेश सभामा आफ्नो संसदीय दलको नेताको जिम्मेवारी फेरि ए..

9 दिन पहिले

आयोजककै कब्जामा मुन्नी मिश्री भलिबलको उपाधि

  महोत्तरी, कार्तिक ९ गते । गौशालाको कान्तिबजारमा सम्पन्न तेश्रो मुन्नी मिश्री भलिबलको उपाधि आयोजकले सुरक्ष..

17 दिन पहिले

बजारको फोहोरको आलोचना भएपछी महतो खुलासा गरे वास्तविक कु..

महोत्तरी, कार्तिक ९ गते ।महोत्तरीको गौशाला बजार फोहोर भएपछी जनसमुदायले गरेको आलोचनालाइ चिर्दै देव नारायण महतो..

17 दिन पहिले

छठ मनाउँदा मौसमको ख्याल गर्न अनुरोध

महोत्तरी, कार्तिक ८ गते । हिन्दू धर्मावलम्बीहरूको महान पर्व छठको अवसरमा मौसमविद्हरूले स्वास्थ्य र सुरक्षाप्रत..

17 दिन पहिले

गौशालामा शहीदहरूको स्मृतिमा दीप प्रज्वलन गर्दै श्रद्धा..

गौशाला, महोत्तरी  असोज २४ गते । राष्ट्रिय स्वतन्त्र पार्टी, गौशाला नगर समिति द्वारा शहीदहरूप्रति सम्मान प्रक..

1 महीना पहिले

रामगोपालपुरमा एमाले परित्याग गरि १५ जना माओवादी केन्द्..

गौशाला, साउन २६ गते ।रामगोपालपुर नगरपालिका–८ मा सोमबार नेकपा (एमाले) पार्टी परित्याग गरि  १५ जना व्यक्तिहरू मा..

3 महीना पहिले

नेकपा (माओवादी केन्द्र) को महोत्तरी–काठमाडौं सम्पर्क सम..

महोत्तरी , साउन ३ गते । नेकपा (माओवादी केन्द्र) को महोत्तरी–काठमाडौं सम्पर्क समिति गठन गरिएको छ। शनिबार काठमाडौं..

4 महीना पहिले

राजनीतिक हस्तक्षेपले त्रिविको उपकुलपति नियुक्तिमा विव..

काठमाडौं, २६ असार — सरकारले शिक्षाको क्षेत्रमा निष्पक्षता र पारदर्शिता कायम राख्ने दाबी गरिरहेकै बेलामा त्रिभ..

4 महीना पहिले

गौशाला नगरपालिकाको चौधौं नगरसभा सम्पन्न, १ अर्बभन्दा बढ..

ममता शर्मा, महोत्तरी महोत्तरीको गौशाला नगरपालिकाको चौधौं नगरसभा मंगलबार सम्पन्न भएको छ। नगर प्रमुख डा. दिपेन्द्..

5 महीना पहिले

गौशालामा नेपाल जन जागृति पार्टीको नगर समिति गठन

निरन्जन कुमार साह, महोत्तरी । नेपाल जन जागृति पार्टीको नगर समिति गठन कार्यक्रम महोत्तरी जिल्लाको गौशालामा सम्पन..

6 महीना पहिले