आफुले चढ्ने गाडी उपाध्यक्षलाई दिने अध्यक्ष यादवको घोषणा

4 वर्ष पहिले प्रकाशित

(2079-03-08 B.S.)

4418 पटक देखिएको

उपेन्द्र पासवान

असार ८ गते

बारा देवताल गाउँपालिकाको आव २०७९/०८० को गाउँ सभा शुरु भएको छ । गाउँ सभाबाट ३५ करोड १४ लाख २५ हजार बराबरको बजेट प्रस्तुत गरिएको छ ।

गाउँसभालाई सम्बोधन गर्दै गाउपालिका अध्यक्ष उदय प्रसाद यादवले अध्यक्षले चढ्ने चार पाँग्रे गाडी उपाध्यक्षलाई प्रयोग गर्न दिने घोषणा गरेका छन । गाउँपालिका उपाध्यक्ष सितापती देवी यादवले बारम्बार गाडी चाहियो गाडी चाहियो भनेर दबाब दिने गरेको र कार्यालयका कर्मचारी माथी पनि गाडिको लागि दबाब दिने गरेकाले आफुले प्रयोग गर्ने गाडी उपाध्यक्षलाई चलाउन दिने बताएका छन ।

सरकारले नयाँ गाडी किन्न रोक लगाएको र यता बिना गाडि हुनै नसक्ने अडान उपाध्यक्षले राखेपछि आफू यस्तो निर्णय गर्न बाध्य भएको बताउदै अब देखि आफुले उपाध्यक्षले प्रयोग गर्ने स्कुटी प्रयोग गर्ने बताएका छन ।

अध्यक्ष यादवले मालिक नभएर सेवकको नाताले गाउँपालिकाको जनता प्रती उतरदायी,पारदर्शी,मेहनती,र ईमान्दार भएर सारा जनप्रतिनिधि तथा कर्मचारीको सहयोगमा समृद्ध देवतालको निर्माण गर्ने बताएका छन ।

सो अवसरमा असहाय सङ्ग गापा अध्यक्ष कार्यक्रम अन्तर्गत गापा भित्रका असहाय,गरिब,सहिद,बिधवा,बिपन्न परिवारका छोरिको विवाहका लागि २५ देखि ५० हजार सम्म आर्थिक सहयोग गर्ने नीति बनाएको बताएका छन । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत वकिल पालले स्वागत गरेको कार्यक्रमको सन्चालन योजना तथा प्रशासन शाखा प्रमुख राजिव यादवले गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सहारा मल्टीपर्पस को–अपरेटिभ सोसाइटी लिमिटेड, गौशालाको ..

रोहित यादव पुस १७  गते, महोत्तरी महोत्तरी जिल्लाको गौशाला नगरपालिका–५ मा अवस्थित सहारा मल्टीपर्पस को–अपरे..

2 दिन पहिले

उखु बेच्न आएका किसानका लागि चिनी मिल ‘पीडाको थलो

महोत्तरी, पुष १६  गते । उखु बिक्रीका लागि देशकै ठूलो चिनी उद्योगमध्ये एक मानिने एभरेस्ट सुगर एन्ड केमिकल इन्डस्..

3 दिन पहिले

गौशालामा सांस्कृतिक खाना प्रदर्शन कार्यक्रम सम्पन्न

भाग्यरेखा ठाकुरमहोत्तरी ,पुष १० गते ।महोत्तरी जिल्लाको गौशाला नगरपालिकामा अवस्थित गौशाला एकेडेमी स्कुलले वि..

8 दिन पहिले

मधेसका आवाज डा. बीरवंश बैठालाई ‘तेस्रो दादासाहेब फाल्के ..

मलङ्वा (सर्लाही) — मधेसको सामाजिक, शैक्षिक तथा मानवअधिकार क्षेत्रमा निरन्तर आवाज उठाउँदै आएका डा. बीर वंश बैठाला..

12 दिन पहिले

गौशालामा दुई भारतीयसहित चार जना लागूऔषधसहित पक्राउ

गौशाला (महोत्तरी) — महोत्तरीको गौशालामा दुई जना भारतीय नागरिकसहित चार जनालाई ठूलो परिमाणको प्रतिबन्धित लागूऔष..

12 दिन पहिले

महत्तरी क्षेत्र नं. ४ बाट प्रचण्ड र भरत प्रसाद साह उम्मेद..

निरन्जन कुमार साह महत्तरी, पुष ७ गते । आउदै गरेको फाल्गुन २१ गतेको प्रतिनिधि सभा सदस्यको निर्वाचनको लागि महोत्तर..

12 दिन पहिले

गौशालामा शहीदहरूको स्मृतिमा दीप प्रज्वलन गर्दै श्रद्धा..

गौशाला, महोत्तरी  असोज २४ गते । राष्ट्रिय स्वतन्त्र पार्टी, गौशाला नगर समिति द्वारा शहीदहरूप्रति सम्मान प्रक..

3 महीना पहिले

रामगोपालपुरमा एमाले परित्याग गरि १५ जना माओवादी केन्द्..

गौशाला, साउन २६ गते ।रामगोपालपुर नगरपालिका–८ मा सोमबार नेकपा (एमाले) पार्टी परित्याग गरि  १५ जना व्यक्तिहरू मा..

5 महीना पहिले

नेकपा (माओवादी केन्द्र) को महोत्तरी–काठमाडौं सम्पर्क सम..

महोत्तरी , साउन ३ गते । नेकपा (माओवादी केन्द्र) को महोत्तरी–काठमाडौं सम्पर्क समिति गठन गरिएको छ। शनिबार काठमाडौं..

6 महीना पहिले

राजनीतिक हस्तक्षेपले त्रिविको उपकुलपति नियुक्तिमा विव..

काठमाडौं, २६ असार — सरकारले शिक्षाको क्षेत्रमा निष्पक्षता र पारदर्शिता कायम राख्ने दाबी गरिरहेकै बेलामा त्रिभ..

6 महीना पहिले

गौशाला नगरपालिकाको चौधौं नगरसभा सम्पन्न, १ अर्बभन्दा बढ..

ममता शर्मा, महोत्तरी महोत्तरीको गौशाला नगरपालिकाको चौधौं नगरसभा मंगलबार सम्पन्न भएको छ। नगर प्रमुख डा. दिपेन्द्..

6 महीना पहिले

उखु बेच्न आएका किसानका लागि चिनी मिल ‘पीडाको थलो

महोत्तरी, पुष १६  गते । उखु बिक्रीका लागि देशकै ठूलो चिन..