प्रहरी समायोजनको लागि सरकारले गम्भीरता नदेखाएपछी मधेश सरकारद्वारा आन्दोलनको घोषणा
साउन, २८
प्रधानमन्त्री शेरबहादुर देउवालाई प्रहरी समायोजनका लागि ७ दिने अल्टिमेटम सहित बुझाएको ध्यानाकर्षण पत्रको एक साता वितिसक्दा पनि गम्भिरता नदेखाएको भन्दै मधेस सरकारले आन्दोलनको घोषणा गरेको छ ।
संघीय सरकारले प्रहरी समायोजनका लागि बेवास्ता देखाएको आरोप लगाउँदै मधेस प्रदेश सरकारले पहिलो चरणको आन्दोलनको घोषणा गरेका छन् । शनिबार मधेस प्रदेश सरकारका गृह तथा सञ्चारमन्त्री भरतप्रसाद साहले औपचारिकरुपमा आन्दोलनका कार्यक्रम सार्वजनिक गरेका छन् ।
पहिलो चरणको आन्दोलनको कार्यक्रम अन्तर्गत मधेश प्रदेश सरकारले साउन २९ गतेदेखि बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्म दुई घण्टा प्रदेश प्रमुखको कार्यालयमा धर्ना दिने बताए । सो दुई घण्टा धर्ना कार्यक्रम एक सातासम्म चल्ने छन् । पहिलो चरणको आन्दोलनबाट पनि संघीय सरकारले प्रहरी समायोजन लगायतका अधिकारको विषयमा गम्भिरता नदेखाए दोस्रो चरणको आन्दोलनको कार्यक्रम घोषणा गर्ने सञ्चारमन्त्री साहले बताए ।
उक्त आन्दोलनमा अन्य प्रदेश सरकार तथा सबै पक्षलाई सहयोग प्रदान गर्नका लागि समेत मन्त्री साहले आह्वान गरे । उनले नागरिक समाज, नागरिक अगुवा, बुद्धिजीवी, सञ्चारकर्मीलगायत सबैसँग समर्थनका लागि आग्रह समेत गरे । मुख्यमन्त्री लालबाबु राउतको नेतृत्वमा हुने सो धर्नामा मधेस प्रदेश सरकारका मन्त्रीहरु, प्रदेशसभा सदस्यहरु, नागरिक समाजका अगुवा लगायतका व्यक्तिहरुको सहभागिता रहने मन्त्री साहले बताए ।
यस अघि गत साउन २२ मा मधेस प्रदेश सरकारले ७ दिने अल्टिमेटम सहित प्रदेश प्रमुख मार्फत प्रहरी समायोजनका लागि प्रधानमन्त्री देउवालाई ध्यानाकर्षण पत्र बुझाएको थियो ।
'प्रचण्ड' पुष २ गते गौशाला आउँदै, स्व. काशी महतोको श्रद्धा..
निरन्जन कुमार साह महोत्तरी, मंसिर २८ गते ।नेपाली कम्युनिष्ट पार्टीका संयोजक तथा पूर्व प्रधानमन्त्री पुष्पकम..
3 दिन पहिले
साना किसान कृषि सहकारी संस्था कान्तिबजारकाे ११ औं वार्ष..
जितेन्द्र कुसवाहा गाैशाला, मंसिर २६ गते । महाेत्तरीकाे गाैशाला नगरपालिका - १२ मा रहेको साना किसान कृषि सहकारी सं..
5 दिन पहिले
गौशालामा कानु–हलुवाई समाज गठन, १३ सदस्यीय समिति चयन
महोत्तरी, मंसिर ७ गते । महोत्तरीको गौशाला नगरपालिका–४ मा आज कानु–हलुवाई समाजको नयाँ समिति गठन गरिएको छ। वडा&..
24 दिन पहिले
महोत्तरीमा पत्नीको हत्या प्रकरण धारिलो हतियार प्रहार ग..
निरन्जन कुमार साह महोत्तरी, कात्तिक २९ गते । महोत्तरीको औरही नगरपालिका–६ मा शनिवार बैरिया बस्ने २५ वर्षीया कवि..
1 महीना पहिले
मौसम परिवर्तनसँगै स्वास्थ्य जोखिम बढ्दो, सचेत रहन डा. जा..
ममता शर्मा महोत्तरी, कार्तिक २३ गते । मौसम परिवर्तनसँगै महोत्तरी लगायत मधेशका विभिन्न क्षेत्रमा रुघाखोकी, सर्..
1 महीना पहिले
गौशालामा शहीदहरूको स्मृतिमा दीप प्रज्वलन गर्दै श्रद्धा..
गौशाला, महोत्तरी असोज २४ गते । राष्ट्रिय स्वतन्त्र पार्टी, गौशाला नगर समिति द्वारा शहीदहरूप्रति सम्मान प्रक..
2 महीना पहिले
रामगोपालपुरमा एमाले परित्याग गरि १५ जना माओवादी केन्द्..
गौशाला, साउन २६ गते ।रामगोपालपुर नगरपालिका–८ मा सोमबार नेकपा (एमाले) पार्टी परित्याग गरि १५ जना व्यक्तिहरू मा..
4 महीना पहिले
नेकपा (माओवादी केन्द्र) को महोत्तरी–काठमाडौं सम्पर्क सम..
महोत्तरी , साउन ३ गते । नेकपा (माओवादी केन्द्र) को महोत्तरी–काठमाडौं सम्पर्क समिति गठन गरिएको छ। शनिबार काठमाडौं..
5 महीना पहिले
राजनीतिक हस्तक्षेपले त्रिविको उपकुलपति नियुक्तिमा विव..
काठमाडौं, २६ असार — सरकारले शिक्षाको क्षेत्रमा निष्पक्षता र पारदर्शिता कायम राख्ने दाबी गरिरहेकै बेलामा त्रिभ..
5 महीना पहिले
गौशाला नगरपालिकाको चौधौं नगरसभा सम्पन्न, १ अर्बभन्दा बढ..
ममता शर्मा, महोत्तरी महोत्तरीको गौशाला नगरपालिकाको चौधौं नगरसभा मंगलबार सम्पन्न भएको छ। नगर प्रमुख डा. दिपेन्द्..
6 महीना पहिले
गौशालामा नेपाल जन जागृति पार्टीको नगर समिति गठन
निरन्जन कुमार साह, महोत्तरी । नेपाल जन जागृति पार्टीको नगर समिति गठन कार्यक्रम महोत्तरी जिल्लाको गौशालामा सम्पन..
7 महीना पहिले
'प्रचण्ड' पुष २ गते गौशाला आउँदै, स्व. काशी महतोको श्रद्धा..
निरन्जन कुमार साह महोत्तरी, मंसिर २८ गते ।नेपाली कम्य..
साना किसान कृषि सहकारी संस्था कान्तिबजारकाे ११ औं वार्ष..
जितेन्द्र कुसवाहा गाैशाला, मंसिर २६ गते । महाेत्तरीकाे ..
कमेन्ट गर्नुहोस्
view comments