डा. विरवंश बैठाद्वारा सर्लाहीको क्षेत्र न. २ बाट प्रतिनिधि सभा सदस्यको लागि स्वतन्त्र उम्मेदवारी

3 वर्ष पहिले प्रकाशित

(2079-05-03 B.S.)

8385 पटक देखिएको

Niranjan Kumar Sah

निरन्जन कुमार साह 

गौशाला , भदौ २ गते

श्री आधुनिक राष्ट्रिय मा.वि. हेटौडाका प्रधानाध्यापक डा.विरवंश बैठाले स्वतन्त्र उम्मेदवारको घोषणा गरेका छन् । उनले सर्लाहीको क्षेत्र न. २ बाट प्रतिनिधि सभा सदस्यको लागि स्वतन्त्र रुपमा उम्मेदवारीको घोषणा गरेका हुन् ।

प्रतिनिधि सभा र प्रदेश सभाको यहि मङ्सिर ४ गते हुन गरिरहेको छ ।  शिक्षा क्षेत्रमा आफ्नो अलग पहिचान कायम गर्न सफल वैठाले अब समाज सेवाको उद्देश्यले सकारात्मक धारणा सहित उम्मेदवारी दिने घोषणा गरेका छन् ।  वैठा एसिया महादेशकै उत्कृष्ट प्रधानाध्यापकको रुपमा मधेश प्रदेश भरि परिचित छन् । उनले शिक्षा क्षेत्रमा आफ्नो विशेष योगदान दिनुको साथै आफ्नो उत्कृष्ट क्रियाकलापले आफ्नो विद्यालयलाई पनि पहिलो नम्बरमा जनाउन सफल छन् ।

समाजमा आजको राजनीतिक अवस्था ,त्यसले निम्तिएका विभिन्न समस्याहरुलाई सुधार गर्दै जनताको आधारभुत आवश्यकता निस्वार्थ रुपमा पुरा गरि समृद्ध समाजको निर्माणको चाहना बोकेर उनि राजनीतिक क्षेत्रमा प्रवेश गरेको भन्छन ।

जनता अब सचेत भईसके ,उनि भन्छन , "अब चुनावमा नयाँ मिसन,भिजन र डेडिकेसन भएको व्यक्तिको आवश्यकता छ  वर्षौसम्म ठगेर मधेसीलाई मुर्ख बनाउने दल र ठगहरुलाइ विदाइ गरेर बिकासको बाटोमा अगाडि बढ्न जरुरि छ।राजनीति निस्वार्थ समाज सेवा हो  यसलाई आफ्नो फाइदाको स्वार्थमा डुबेर अहिले जनताको हित विपरित कार्य गरिरहेको कु राजनीतिकर्मीहरुले बद्नाम गरिरहेका छन् ।  तसर्थ देश विकास ,जनताको हितको निम्ति शिक्षित ,निस्वार्थ ,भिजन ,योजना र जागरुकता भएको व्यक्ति सत्तामा हुनु जरुरि छ  । मेरो उम्मेदवारी पनि त्यसकै लागि हो ।"

उनले मधेशी समुदायलाई शिक्षातिर अग्रसर गर्न ,यहाँ रोजगार ,स्वास्थ्य लगायतका कुराहरु पूर्ति गर्न आफु तत्पर रहदै जनसेवामा निहित रही अगाडी बढ्ने आफ्नो योजना रहेको बताए 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मौसम परिवर्तनसँगै स्वास्थ्य जोखिम बढ्दो, सचेत रहन डा. जा..

ममता शर्मा महोत्तरी, कार्तिक २३ गते ।  मौसम परिवर्तनसँगै महोत्तरी लगायत मधेशका विभिन्न क्षेत्रमा रुघाखोकी, सर्..

3 दिन पहिले

माओवादी केन्द्रले मधेश प्रदेश संसदीय दलको नेतामा भरत प्..

महोत्तरी, कात्तिक १७ गते ।नेकपा (माओवादी केन्द्र)ले मधेश प्रदेश सभामा आफ्नो संसदीय दलको नेताको जिम्मेवारी फेरि ए..

9 दिन पहिले

आयोजककै कब्जामा मुन्नी मिश्री भलिबलको उपाधि

  महोत्तरी, कार्तिक ९ गते । गौशालाको कान्तिबजारमा सम्पन्न तेश्रो मुन्नी मिश्री भलिबलको उपाधि आयोजकले सुरक्ष..

17 दिन पहिले

बजारको फोहोरको आलोचना भएपछी महतो खुलासा गरे वास्तविक कु..

महोत्तरी, कार्तिक ९ गते ।महोत्तरीको गौशाला बजार फोहोर भएपछी जनसमुदायले गरेको आलोचनालाइ चिर्दै देव नारायण महतो..

17 दिन पहिले

छठ मनाउँदा मौसमको ख्याल गर्न अनुरोध

महोत्तरी, कार्तिक ८ गते । हिन्दू धर्मावलम्बीहरूको महान पर्व छठको अवसरमा मौसमविद्हरूले स्वास्थ्य र सुरक्षाप्रत..

17 दिन पहिले

गौशालामा शहीदहरूको स्मृतिमा दीप प्रज्वलन गर्दै श्रद्धा..

गौशाला, महोत्तरी  असोज २४ गते । राष्ट्रिय स्वतन्त्र पार्टी, गौशाला नगर समिति द्वारा शहीदहरूप्रति सम्मान प्रक..

1 महीना पहिले

रामगोपालपुरमा एमाले परित्याग गरि १५ जना माओवादी केन्द्..

गौशाला, साउन २६ गते ।रामगोपालपुर नगरपालिका–८ मा सोमबार नेकपा (एमाले) पार्टी परित्याग गरि  १५ जना व्यक्तिहरू मा..

3 महीना पहिले

नेकपा (माओवादी केन्द्र) को महोत्तरी–काठमाडौं सम्पर्क सम..

महोत्तरी , साउन ३ गते । नेकपा (माओवादी केन्द्र) को महोत्तरी–काठमाडौं सम्पर्क समिति गठन गरिएको छ। शनिबार काठमाडौं..

4 महीना पहिले

राजनीतिक हस्तक्षेपले त्रिविको उपकुलपति नियुक्तिमा विव..

काठमाडौं, २६ असार — सरकारले शिक्षाको क्षेत्रमा निष्पक्षता र पारदर्शिता कायम राख्ने दाबी गरिरहेकै बेलामा त्रिभ..

4 महीना पहिले

गौशाला नगरपालिकाको चौधौं नगरसभा सम्पन्न, १ अर्बभन्दा बढ..

ममता शर्मा, महोत्तरी महोत्तरीको गौशाला नगरपालिकाको चौधौं नगरसभा मंगलबार सम्पन्न भएको छ। नगर प्रमुख डा. दिपेन्द्..

5 महीना पहिले

गौशालामा नेपाल जन जागृति पार्टीको नगर समिति गठन

निरन्जन कुमार साह, महोत्तरी । नेपाल जन जागृति पार्टीको नगर समिति गठन कार्यक्रम महोत्तरी जिल्लाको गौशालामा सम्पन..

6 महीना पहिले