हामी मुर्खहरुबाट मात्रै होइन बेइमानबाट शासित भएका छौं : डा.बैठा

4 वर्ष पहिले प्रकाशित

(2079-05-07 B.S.)

4572 पटक देखिएको

भदौ ७ 

प्रतिनिधिसभा सदस्यका लागि सर्लाही क्षेत्र नं. २ बाट डा.वीरवंश बैठाले स्वतन्त्र उम्मेद्वारी घोषणा गरेका छन् ।

सर्लाहीको मलङ्गवा नगरपालिका–५ का स्थानीय डा. वीरबंश बैठाले आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा निर्वाचनमा सर्लाही क्षेत्र नं. २ बाट स्वतन्त्र उम्मेदवारी दिने घोषणा गरेका हुन् ।

तीन दशकदेखि शिक्षण पेशामा आबद्ध बैठाले स्वतन्त्र उम्मेदवारी दिने घोषणा गरेका हुन् । उनले उम्मेदवार बन्नकै लागि भदौ १ गते नै शिक्षण पेशाबाट राजीनामा दिइसकेका छन् । उनको राजिनामा स्वीकृत हुन भने बाँकी रहेको छ ।

थुप्रै राष्ट्रिय तथा ७ वटा अन्तर्राष्ट्रिय अवार्डसमेत पाएका बैठा नेपाल विश्वको तुलनामा सबै क्षेत्रमा धेरै पछि परेको र नेपालमा पनि मधेश अझै धेरै पछि परेको प्रति चिन्तित छन् ।

उनले भने, ‘मधेश प्रदेशको एउटा जिल्ला पनि पूर्ण साक्षार हुन सकेन । यो दुःखदायी कुरा हो । ४० वर्षअघि सुरुवात गरिएको हुलाकी राजमार्ग अहिले पनि जस्ताको त्यस्तै छ । दाइजो प्रथा कायमै छ । महिला हिंसा उस्तै छ । विकास निर्माणको हालत पनि खराब छ ।’

उनले ३० वर्षअघि नेपालमा प्रजातन्त्र आएको स्मरण गराउँदै त्यस कालदेखि आजको दिनसम्म देश र जनताले सुखानुभूति गर्न नपाएको गुनासो पोखे । उनले देशमा नेता नभएको पनि दाबी गरेका छन् ।

‘नेपालमा थर्ड क्लास पोलिटिसियन छन् । नेता भएको भए विमानस्थलमा दैनिक पाँच वटा लाश आउँदैन थियो । नेता त सिंगापुरमा छन् । हाम्रा नेताहरु भनाउँदासँग मिशन, भिजन र डेडिकेशन छैन् । दलमा स्थिरता छैन् । गठबन्धन अनि महागठबन्धन बनाउने, यस्तो पनि हुन्छ ? यस्तो अवस्थामा देशको विकास हुने सम्भावना छैन् ।’

उनले विद्यमान राजनीतिक दलमा आइडल र आइडिओलोजी नभएको टिप्पणी गर्दै भने, ‘त्यही भएर हामी मुर्खहरुबाट मात्रै होइन बेइमानबाट शासित भएका छौं । अब हामी स्वतन्त्र रुपमा लड्नुपर्छ । राजनीतिक चेतना नहुँदा देश र समाज पछि परेको छ । अब समाजलाई गति प्रदान गर्नुपर्छ ।’

बैठा हेटौंडा ४ मा रहेको श्री आधुनिक राष्ट्रिय उच्च मा.वि. का प्रधानाध्यापक हुन् । उनी शिक्षा क्षेत्रमा विगत तीन दशकदेखि सक्रिय रहेका छन् । उनले आधुनिकको बागडोर सम्हालेपछि यहाँ अग्रेजी माध्यमबाट शिक्षण सुरु भएको थियो । करिव २५ सय भन्दा बढी विद्यार्थी रहेको यस सामुदायिक विद्यालय देशकै नमुना विद्यालय मध्येको एक हो । विद्यार्थी, अभिभावकको पहिलो रोजाईमा रहेको यस विद्यालयलाई यहाँ सम्म ल्याउन बैठाले ठुलो योगदान दिएका छन् । उनले शिक्षा क्षेत्रमा रहेको विकृति हटाउन चालेको जस्तै कदम अब राजनीतिक क्षेत्रमा चाल्न राजनीति यात्रा सुरु गरेको प्रतिक्रिया दिए ।

उनले पुराना नेतालाई नो नट एगेन भनेका छन् । पुराना राजनीतिक दलका नेता संग देशलाई समृद्ध बनाउने भिजन नभएको भन्दै उनीहरुलाई अब बिस्थापित गर्नुपर्ने बताए । उनले दलका पुराना नेताले दशकौं देखि राजनीतिकलाई कमाउ धन्दा बनाएको आरोप लगाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

श्री टुटेश्वरनाथ साझेदारी वन उपभोक्ता समूहको चौथो साधा..

महोत्तरी, फागुन ५ गतेनिरञ्जन कुमार साहमहोत्तरी जिल्लास्थित श्री टुटेश्वरनाथ साझेदारी वन उपभोक्ता समूहको चौथो स..

13 घन्टा पहिले

समावेशी र पहुँचयोग्य निर्वाचनको लागि महिला बालबालिका त..

काठमाडौँ,फागुन ५ गते । महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले आसन्न प्रतिनिधी सभा निर्वाचनलाई समावेशी ..

15 घन्टा पहिले

मोबाइल हस्पिटल एण्ड रुपेश मोबाइल पसल नयाँ भवनबाट सञ्चाल..

रोहित यादव गौशाला, फागुन १ गते । गौशाला बजारमा सञ्चालन हुँदै आएको ‘मोबाइल हस्पिटल एण्ड रुपेश मोबाइल पसल’ अब ..

5 दिन पहिले

महोत्तरीमा रामभजन मण्डल र लालबिहारी साह नेपाली कम्युनि..

महोत्तरी, फागुन १ गते ।नेपाली कम्युनिस्ट पार्टी महोत्तरी निर्वाचन क्षेत्र नं. ४ अन्तर्गत मनरा सिस्वा नगरपालिक..

5 दिन पहिले

खाएर होइन, विकास गर्नेको पहिचान गरी भोट दिन आग्रह  

  महोत्तरी, माघ २९ गते । जनमत पार्टीका नेता देवेन्द्र साहले खाएर होइन, विकास गर्ने सक्षम उम्मेदवारको पहिचान गर..

6 दिन पहिले

महोत्तरीमा रामभजन मण्डल र लालबिहारी साह नेपाली कम्युनि..

महोत्तरी, फागुन १ गते ।नेपाली कम्युनिस्ट पार्टी महोत्तरी निर्वाचन क्षेत्र नं. ४ अन्तर्गत मनरा सिस्वा नगरपालिक..

5 दिन पहिले

खाएर होइन, विकास गर्नेको पहिचान गरी भोट दिन आग्रह  

  महोत्तरी, माघ २९ गते । जनमत पार्टीका नेता देवेन्द्र साहले खाएर होइन, विकास गर्ने सक्षम उम्मेदवारको पहिचान गर..

6 दिन पहिले

मधेसमा मधेसकेन्द्रित दल नै रक्षात्मक

महोत्तरी, माघ २६ गते । मधेस प्रदेशका विभिन्न क्षेत्रमा उम्मेदवार बनेका मधेसकेन्द्रित दलका नेता : उपेन्द्र यादव..

9 दिन पहिले

जनमत पार्टीका सबैभन्दा कान्छा उम्मेदवार महतो घरदैलो अभ..

महोत्तरी,माघ २६ गते । जनमत पार्टीका सबैभन्दा कान्छा उम्मेदवार बिरेन्द्र महतोले गौशाला नगरपालिका वडा नं. १२ मा ..

9 दिन पहिले

 “सत्ताका लागि होइन, जनताको हकका लागि राजनीति” – जनादेश प..

निरन्जन कुमार साह महोत्तरी ,माघ २४ गते जनादेश पार्टी नेपालले आज महोत्तरीमा  पत्रकार सम्मेलनमा पार्टीका अध्यक्..

10 दिन पहिले

महत्तरी क्षेत्र नं. ४ बाट प्रचण्ड र भरत प्रसाद साह उम्मेद..

निरन्जन कुमार साह महत्तरी, पुष ७ गते । आउदै गरेको फाल्गुन २१ गतेको प्रतिनिधि सभा सदस्यको निर्वाचनको लागि महोत्तर..

2 महीना पहिले

खाएर होइन, विकास गर्नेको पहिचान गरी भोट दिन आग्रह  

  महोत्तरी, माघ २९ गते । जनमत पार्टीका नेता देवेन्द्र ..

गौशालामा इन्जिनियरिङ क्याम्पसको नव निर्मित भवन उद्घाटन

जितेन्द्र कुशवाहा महोत्तरी, माघ २८ गते । गौशाला नगरपालि..

श्री टुटेश्वरनाथ साझेदारी वन उपभोक्ता समूहको चौथो साधा..

महोत्तरी, फागुन ५ गतेनिरञ्जन कुमार साहमहोत्तरी जिल्लास..