हामी मुर्खहरुबाट मात्रै होइन बेइमानबाट शासित भएका छौं : डा.बैठा

3 वर्ष पहिले प्रकाशित

(2079-05-07 B.S.)

4530 पटक देखिएको

भदौ ७ 

प्रतिनिधिसभा सदस्यका लागि सर्लाही क्षेत्र नं. २ बाट डा.वीरवंश बैठाले स्वतन्त्र उम्मेद्वारी घोषणा गरेका छन् ।

सर्लाहीको मलङ्गवा नगरपालिका–५ का स्थानीय डा. वीरबंश बैठाले आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा निर्वाचनमा सर्लाही क्षेत्र नं. २ बाट स्वतन्त्र उम्मेदवारी दिने घोषणा गरेका हुन् ।

तीन दशकदेखि शिक्षण पेशामा आबद्ध बैठाले स्वतन्त्र उम्मेदवारी दिने घोषणा गरेका हुन् । उनले उम्मेदवार बन्नकै लागि भदौ १ गते नै शिक्षण पेशाबाट राजीनामा दिइसकेका छन् । उनको राजिनामा स्वीकृत हुन भने बाँकी रहेको छ ।

थुप्रै राष्ट्रिय तथा ७ वटा अन्तर्राष्ट्रिय अवार्डसमेत पाएका बैठा नेपाल विश्वको तुलनामा सबै क्षेत्रमा धेरै पछि परेको र नेपालमा पनि मधेश अझै धेरै पछि परेको प्रति चिन्तित छन् ।

उनले भने, ‘मधेश प्रदेशको एउटा जिल्ला पनि पूर्ण साक्षार हुन सकेन । यो दुःखदायी कुरा हो । ४० वर्षअघि सुरुवात गरिएको हुलाकी राजमार्ग अहिले पनि जस्ताको त्यस्तै छ । दाइजो प्रथा कायमै छ । महिला हिंसा उस्तै छ । विकास निर्माणको हालत पनि खराब छ ।’

उनले ३० वर्षअघि नेपालमा प्रजातन्त्र आएको स्मरण गराउँदै त्यस कालदेखि आजको दिनसम्म देश र जनताले सुखानुभूति गर्न नपाएको गुनासो पोखे । उनले देशमा नेता नभएको पनि दाबी गरेका छन् ।

‘नेपालमा थर्ड क्लास पोलिटिसियन छन् । नेता भएको भए विमानस्थलमा दैनिक पाँच वटा लाश आउँदैन थियो । नेता त सिंगापुरमा छन् । हाम्रा नेताहरु भनाउँदासँग मिशन, भिजन र डेडिकेशन छैन् । दलमा स्थिरता छैन् । गठबन्धन अनि महागठबन्धन बनाउने, यस्तो पनि हुन्छ ? यस्तो अवस्थामा देशको विकास हुने सम्भावना छैन् ।’

उनले विद्यमान राजनीतिक दलमा आइडल र आइडिओलोजी नभएको टिप्पणी गर्दै भने, ‘त्यही भएर हामी मुर्खहरुबाट मात्रै होइन बेइमानबाट शासित भएका छौं । अब हामी स्वतन्त्र रुपमा लड्नुपर्छ । राजनीतिक चेतना नहुँदा देश र समाज पछि परेको छ । अब समाजलाई गति प्रदान गर्नुपर्छ ।’

बैठा हेटौंडा ४ मा रहेको श्री आधुनिक राष्ट्रिय उच्च मा.वि. का प्रधानाध्यापक हुन् । उनी शिक्षा क्षेत्रमा विगत तीन दशकदेखि सक्रिय रहेका छन् । उनले आधुनिकको बागडोर सम्हालेपछि यहाँ अग्रेजी माध्यमबाट शिक्षण सुरु भएको थियो । करिव २५ सय भन्दा बढी विद्यार्थी रहेको यस सामुदायिक विद्यालय देशकै नमुना विद्यालय मध्येको एक हो । विद्यार्थी, अभिभावकको पहिलो रोजाईमा रहेको यस विद्यालयलाई यहाँ सम्म ल्याउन बैठाले ठुलो योगदान दिएका छन् । उनले शिक्षा क्षेत्रमा रहेको विकृति हटाउन चालेको जस्तै कदम अब राजनीतिक क्षेत्रमा चाल्न राजनीति यात्रा सुरु गरेको प्रतिक्रिया दिए ।

उनले पुराना नेतालाई नो नट एगेन भनेका छन् । पुराना राजनीतिक दलका नेता संग देशलाई समृद्ध बनाउने भिजन नभएको भन्दै उनीहरुलाई अब बिस्थापित गर्नुपर्ने बताए । उनले दलका पुराना नेताले दशकौं देखि राजनीतिकलाई कमाउ धन्दा बनाएको आरोप लगाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मौसम परिवर्तनसँगै स्वास्थ्य जोखिम बढ्दो, सचेत रहन डा. जा..

ममता शर्मा महोत्तरी, कार्तिक २३ गते ।  मौसम परिवर्तनसँगै महोत्तरी लगायत मधेशका विभिन्न क्षेत्रमा रुघाखोकी, सर्..

3 दिन पहिले

माओवादी केन्द्रले मधेश प्रदेश संसदीय दलको नेतामा भरत प्..

महोत्तरी, कात्तिक १७ गते ।नेकपा (माओवादी केन्द्र)ले मधेश प्रदेश सभामा आफ्नो संसदीय दलको नेताको जिम्मेवारी फेरि ए..

9 दिन पहिले

आयोजककै कब्जामा मुन्नी मिश्री भलिबलको उपाधि

  महोत्तरी, कार्तिक ९ गते । गौशालाको कान्तिबजारमा सम्पन्न तेश्रो मुन्नी मिश्री भलिबलको उपाधि आयोजकले सुरक्ष..

17 दिन पहिले

बजारको फोहोरको आलोचना भएपछी महतो खुलासा गरे वास्तविक कु..

महोत्तरी, कार्तिक ९ गते ।महोत्तरीको गौशाला बजार फोहोर भएपछी जनसमुदायले गरेको आलोचनालाइ चिर्दै देव नारायण महतो..

17 दिन पहिले

छठ मनाउँदा मौसमको ख्याल गर्न अनुरोध

महोत्तरी, कार्तिक ८ गते । हिन्दू धर्मावलम्बीहरूको महान पर्व छठको अवसरमा मौसमविद्हरूले स्वास्थ्य र सुरक्षाप्रत..

17 दिन पहिले

गौशालामा शहीदहरूको स्मृतिमा दीप प्रज्वलन गर्दै श्रद्धा..

गौशाला, महोत्तरी  असोज २४ गते । राष्ट्रिय स्वतन्त्र पार्टी, गौशाला नगर समिति द्वारा शहीदहरूप्रति सम्मान प्रक..

1 महीना पहिले

रामगोपालपुरमा एमाले परित्याग गरि १५ जना माओवादी केन्द्..

गौशाला, साउन २६ गते ।रामगोपालपुर नगरपालिका–८ मा सोमबार नेकपा (एमाले) पार्टी परित्याग गरि  १५ जना व्यक्तिहरू मा..

3 महीना पहिले

नेकपा (माओवादी केन्द्र) को महोत्तरी–काठमाडौं सम्पर्क सम..

महोत्तरी , साउन ३ गते । नेकपा (माओवादी केन्द्र) को महोत्तरी–काठमाडौं सम्पर्क समिति गठन गरिएको छ। शनिबार काठमाडौं..

4 महीना पहिले

राजनीतिक हस्तक्षेपले त्रिविको उपकुलपति नियुक्तिमा विव..

काठमाडौं, २६ असार — सरकारले शिक्षाको क्षेत्रमा निष्पक्षता र पारदर्शिता कायम राख्ने दाबी गरिरहेकै बेलामा त्रिभ..

4 महीना पहिले

गौशाला नगरपालिकाको चौधौं नगरसभा सम्पन्न, १ अर्बभन्दा बढ..

ममता शर्मा, महोत्तरी महोत्तरीको गौशाला नगरपालिकाको चौधौं नगरसभा मंगलबार सम्पन्न भएको छ। नगर प्रमुख डा. दिपेन्द्..

5 महीना पहिले

गौशालामा नेपाल जन जागृति पार्टीको नगर समिति गठन

निरन्जन कुमार साह, महोत्तरी । नेपाल जन जागृति पार्टीको नगर समिति गठन कार्यक्रम महोत्तरी जिल्लाको गौशालामा सम्पन..

6 महीना पहिले