ओलीसँग प्रतिस्पर्धा गर्न नेपाली कांग्रेसका तीन जनाले गरे चुनाव लड्ने दाबी
भदौ १४
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले निर्वाचन क्षेत्र झापा–५ बाट प्रतिनिधिसभा सदस्यमा दावी गरेका छन् ।
अघिल्लोपटक ओलीसँग पराजित खगेन्द्र अधिकारी, नेविसंघका पूर्व उपाध्यक्ष मेदनी सिटौला र विश्वदीप लिङ्देनले झापा–५ मा दाबी गरेका छन् ।
त्रिचन्द्र क्याम्पसमा प्राध्यापन पेशा छोडेर अधिकारी गत निर्वाचनमा ओलीसँग प्रतिस्पर्धा गर्न पुगेका थिए । यसवर्ष पनि त्यसै क्षेत्रबाट चुनावमा प्रतिस्पर्धा गरी संसदमा नागरिकको आवाज उठाउनकै लागि उम्मेदवार बन्न चाहेको अधिकारीले बताए ।
नेपाल विद्यार्थी संघका पूर्वउपाध्यक्ष सिटौला यसपटक झापा–५ मा उठ्ने दाबीसहित सक्रियता बढाएका छन् । ३५ वर्षदेखि उनी कांग्रेसको राजनीति गर्दै आएका छन् । सिटौलाले तरुण दलको केन्द्रीय सदस्य, केन्द्रीय प्रचार समिति र विधान मस्यौदा समितिको संयोजक भएर भूमिका निर्वाह गरेका थिए ।
झापामा डा शेखर कोइराला पक्षको नेतृत्व सिटौलाले गर्दै आएका छन् । महामन्त्री शर्माको साथ पनि आफूलाई हुने उनले आशा व्यक्त गरे ।
महाधिवशेन प्रतिनिधि लिङ्देन प्रतिनिधिसभा निर्वाचनमा ओलीसँग प्रतिस्पर्धा गर्ने मनस्थितिमा छन् । लिङ्देन २०७४ सालमा माओवादी केन्द्र परित्याग गरि कांग्रेस प्रवेश गरेका थिए । २०६४ सालमा लिङ्देनले माओवादीबाट ओलीलाई यस क्षेत्रमा हराएका थिए । उनी हालै लोकतान्त्रिक आदिवासी जनजाति महासंघको केन्द्रीय सदस्यमा लिङ्देन मनोनित भएका छन् ।
झापा–५ मा दमक नगरपालिका, कमल गाउँपालिका, गौरादह नगरपालिकाको वडा नं १ देखि ८ सम्म, गौरीगञ्जको ३ देखि ६ वडा पर्छ ।
कुल २९ वडा रहेको झापा–५ मा स्थानीय तहको निर्वाचनमा एमालेले १८ वटा वडामा जितेको छ । सत्तारुढ गठबन्धनको समर्थन पाएका राप्रपा उम्मेदवार राम थापा मेयरमा निर्वाचित भएका छन् । कमल गाउँपालिकामा कांग्रेसले जितेको छ ।
झापा–५ भित्र पर्ने विभिन्न वडामा वडाध्यक्षका उम्मेदवारले पाएको मत हिसाब गर्दा एमाले पहिलो छ । एमालेले ४१ हजार ६१९, कांग्रेसले २२ हजार २२, माओवादीले १० हजार ७८८, राप्रपाले ८ हजार ३५३ र एकीकृत समाजवादीले १ हजार ९८८ मत ल्याएका छन् ।
सत्तारुढ गठबन्धनमा रहेका कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीको मत जोड्दा एमालेको भन्दा ६ हजार ८२१ मत कम छ ।
२०७४ सालको निर्वाचनमा एमाले अध्यक्ष ओलीले देशभरको सर्वाधिक मतान्तरले कांग्रेस उम्मेदवारलाई हराएका थिए । ओलीले ५७ हजार १३९ मत ल्याई निर्वाचित हुँदा कांग्रेसका उम्मेदवार अधिकारीले २८ हजार २९७ मत ल्याएका थिए । दुई उम्मेदवारबीचको मतान्तर २८ हजार ८४२ थियो ।
चिसो बढ्दै गर्दा घरपालुवा जनावरमा विशेष ध्यान दिन नेपाल ..
निरन्जन कुमार साह महोत्तरी,पुष १९ गते । मौसम परिवर्तनसँगै चिसो बढ्दै जाँदा घरपालुवा जनावरहरू विभिन्न रोगको ज..
4 दिन पहिले
सहारा मल्टीपर्पस को–अपरेटिभ सोसाइटी लिमिटेड, गौशालाको ..
रोहित यादव पुस १७ गते, महोत्तरी महोत्तरी जिल्लाको गौशाला नगरपालिका–५ मा अवस्थित सहारा मल्टीपर्पस को–अपरे..
6 दिन पहिले
उखु बेच्न आएका किसानका लागि चिनी मिल ‘पीडाको थलो
महोत्तरी, पुष १६ गते । उखु बिक्रीका लागि देशकै ठूलो चिनी उद्योगमध्ये एक मानिने एभरेस्ट सुगर एन्ड केमिकल इन्डस्..
7 दिन पहिले
गौशालामा सांस्कृतिक खाना प्रदर्शन कार्यक्रम सम्पन्न
भाग्यरेखा ठाकुरमहोत्तरी ,पुष १० गते ।महोत्तरी जिल्लाको गौशाला नगरपालिकामा अवस्थित गौशाला एकेडेमी स्कुलले वि..
13 दिन पहिले
मधेसका आवाज डा. बीरवंश बैठालाई ‘तेस्रो दादासाहेब फाल्के ..
मलङ्वा (सर्लाही) — मधेसको सामाजिक, शैक्षिक तथा मानवअधिकार क्षेत्रमा निरन्तर आवाज उठाउँदै आएका डा. बीर वंश बैठाला..
16 दिन पहिले
महत्तरी क्षेत्र नं. ४ बाट प्रचण्ड र भरत प्रसाद साह उम्मेद..
निरन्जन कुमार साह महत्तरी, पुष ७ गते । आउदै गरेको फाल्गुन २१ गतेको प्रतिनिधि सभा सदस्यको निर्वाचनको लागि महोत्तर..
16 दिन पहिले
गौशालामा शहीदहरूको स्मृतिमा दीप प्रज्वलन गर्दै श्रद्धा..
गौशाला, महोत्तरी असोज २४ गते । राष्ट्रिय स्वतन्त्र पार्टी, गौशाला नगर समिति द्वारा शहीदहरूप्रति सम्मान प्रक..
3 महीना पहिले
रामगोपालपुरमा एमाले परित्याग गरि १५ जना माओवादी केन्द्..
गौशाला, साउन २६ गते ।रामगोपालपुर नगरपालिका–८ मा सोमबार नेकपा (एमाले) पार्टी परित्याग गरि १५ जना व्यक्तिहरू मा..
5 महीना पहिले
नेकपा (माओवादी केन्द्र) को महोत्तरी–काठमाडौं सम्पर्क सम..
महोत्तरी , साउन ३ गते । नेकपा (माओवादी केन्द्र) को महोत्तरी–काठमाडौं सम्पर्क समिति गठन गरिएको छ। शनिबार काठमाडौं..
6 महीना पहिले
राजनीतिक हस्तक्षेपले त्रिविको उपकुलपति नियुक्तिमा विव..
काठमाडौं, २६ असार — सरकारले शिक्षाको क्षेत्रमा निष्पक्षता र पारदर्शिता कायम राख्ने दाबी गरिरहेकै बेलामा त्रिभ..
6 महीना पहिले
गौशाला नगरपालिकाको चौधौं नगरसभा सम्पन्न, १ अर्बभन्दा बढ..
ममता शर्मा, महोत्तरी महोत्तरीको गौशाला नगरपालिकाको चौधौं नगरसभा मंगलबार सम्पन्न भएको छ। नगर प्रमुख डा. दिपेन्द्..
7 महीना पहिले
उखु बेच्न आएका किसानका लागि चिनी मिल ‘पीडाको थलो
महोत्तरी, पुष १६ गते । उखु बिक्रीका लागि देशकै ठूलो चिन..
चिसो बढ्दै गर्दा घरपालुवा जनावरमा विशेष ध्यान दिन नेपाल ..
निरन्जन कुमार साह महोत्तरी,पुष १९ गते । मौसम परिवर्तन..
सहारा मल्टीपर्पस को–अपरेटिभ सोसाइटी लिमिटेड, गौशालाको ..
रोहित यादव पुस १७ गते, महोत्तरी महोत्तरी जिल्लाको गौश..
कमेन्ट गर्नुहोस्
view comments