म समाजलाई परिवर्तन गरि जनतालाई साँच्चिकै परिवर्तनको अनुभुति दिलाउन राजनीतिमा आएको हुँ :मानार्थ डा.विरवंश बैठा

4 वर्ष पहिले प्रकाशित

(2079-05-16 B.S.)

2635 पटक देखिएको

मनोज यादव

सर्लाही ,भदौ १६ 

समाजलाई  परिवर्तन गर्ने इच्छा र भिजन लिएर राजनीतिमा आएको  मानार्थ डा.विरवंंश बैठाले बताउनुएको छ। प्रतिनिधिसभा सदस्य पदका लागि सर्लाही क्षेत्र नं.२ बाट स्वतन्त्र उमेदवारी  दिन घोषणा गरेको पत्रकार सम्मेलन मार्फत उहाँले यस्तो बताउनुभएको हो।

 दर्जनौं राष्ट्रिय तथा ७ वटा अन्तराष्ट्रिय एवार्ड विजेता डा. बैठा राजनीतिक क्षेत्रमा आउनुअघि ३ दशक लामो समयदेखि शिक्षा क्षेत्रमा आबद्ध रही मकवानपुर जिल्लाको हेटौंडा नगरपालिका वडा न-४ मा रहेको आधुनिक राष्ट्रिय उच्च माविको  प्राधानाध्यापक पदमा कार्यरत हुनुहुन्थ्यो । सर्लाहीको सदरमुकाम मलंगवा नगरपालिका वडा न-५ भाँडसर निवासी मानार्थ डा.बैठाले आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा निर्वाचनमा सर्लाहीको निर्वाचन क्षेत्र न-२ बाट उमेदवारी दिन भदौ १ गते आफ्नो लामो शिक्षण पेशाबाट राजीनामा समेत दिइसकेका छन् । देशलाई विकास र  सम्बृद्धि तर्फ अगाडी बढाउन परिवर्तनको आवश्यक्ता रहेको र त्यसका असल र सबल नेतृत्वको आवश्यक्तालाई महसुस गरेर  अवकाश प्राप्त गर्न डेढ वर्षको समयावधि बाँकी रहँदै  प्राधानाध्यापकको पदबाट राजिनामा दिएर राजनितीमा आएको उहाँले  बताउनुभयो ।

मलंगवा वडा न-८ स्थित कुसुम पार्टी पैलेशको सभाहलमा आयोजित पत्रकार सम्मेलनमा डा.बैठकले नेपाल विश्वको तुलनामा धेरै पछि परेको र  मधेश अन्य क्षेत्रको तुलनामा झनै पछि परेकै कारण मधेश प्रदेशको एउटा जिल्ला पनि पूर्ण रुपमा साक्षार बन्न नसकेको प्रति चिन्ता ब्यक्त गरेका थिए। 

भिजन र सोंच नभएका नेताहरूकै कारण  ४० वर्षअघि सुरुवात गरिएको हुलाकी राजमार्ग अहिले पनि जस्ताको त्यस्तै ,दाइजो प्रथा कायमै , महिला हिंसा उस्तै र विकास निर्माणको हालत पनि खराब रहेको डा.बैठाले पत्रकारहरुलाई बताउनुभयो ।३० वर्षअघि नेपालमा प्रजातन्त्र आएको स्मरण गराउँदै उहाँले त्यो बेलादेखि आजको दिनसम्म नेपाली  जनताले सुखानुभूति गर्न नपाएको बताउनुभयो। उहाँले देशमा नेता नभएको समेत  दाबी गर्दै नेपालमा थर्ड क्लास पोलिटिसियनहरु मात्र  रहेको बताउनुभयो ।यदी देशमा नेता भएको भए विमानस्थलमा दैनिक पाँच वटा लाश आउँदैन थियो होला उनले भने।  हाम्रा देशका नेताहरु सँग सम्बृद्ध देश बनाउन कुनै मिशन, भिजन र डेडिकेशन छैन् । कुनैपनि राजनीतिक दलमा स्थिरता छैन् ।यस्तो अवस्थामा देशको विकास हुने सम्भावना छैन् ,डा.बैठाले दु:ख व्यक्त गर्नुभयो।

उनले विद्यमान राजनीतिक दलमा आइडल र आइडिओलोजी नभएको टिप्पणी गर्दै भने, ‘त्यही भएर हामी मुर्खहरुबाट मात्रै होइन बेइमानबाट शासित भएका छौं । अब हामी स्वतन्त्र रुपमा लड्नुपर्छ । राजनीतिक चेतना नहुँदा देश र समाज पछि परेको छ । अब समाजलाई गति प्रदान गर्नुपर्छ ।

सर्लाहीको मलंगवा नपा-५ भाँडसर निवासी मानार्थ डा. बैठा हेटौंडा-४ मा रहेको आधुनिक राष्ट्रिय उच्च माविको  प्राधानाध्यापक रहँदा उक्त विद्यालयमा अग्रेजी माध्यमबाट शिक्षणको सुरुवात गर्नुभएको थियो। करिव २५ सय भन्दा बढी विद्यार्थीहरु अध्यनरत उक्त  सामुदायिक बिद्यालय देशकै नमुना विद्यालय मध्येको एक रहेको छ ।डा.बैठाकै कारण उक्त विद्यालयमा मधेस प्रदेशका सयौं विद्यार्थीहरु अध्यनरत रहेका छन् ।उहाँकै कारण उक्त विद्यालय  विद्यार्थी र अभिभावकहरुको पहिलो रोजाईमा पर्ने गरेको  त्यहाँ अध्यनरत मधेस प्रदेसका विद्यार्थीहरुले बताएका छन् ।  

उनले शिक्षा क्षेत्रमा रहेको बिकृति हटाउन चालेको कदम राजनीतिक क्षेत्रमा पनि चाल्न राजनीति यात्रा सुरु गरेको बताएका छन् । पुराना राजनीतिक दलका नेताहरु संँग देशलाई समृद्ध बनाउने कुनै भिजन नभएकोले अब उनीहरुलाई बिस्थापित गरेर नयाँलाई मौका दिनुपर्ने उहाँले बताउनुभयो। 

पत्रकार सम्मेलन मार्फत  दलका पुराना नेताहरुले राजनीतिलाई कमाउ धन्दा बनाएको आरोप लगाउँदै उहाँले मेरो उमेदवारी जनताले महसुस गर्न नपाएको विभिन्न अधिकारहरु,भ्रष्टाचार र अन्याय विरुद्धको शसक्त खबरदारी र विकल्प रहेकोले मधेस तथा सर्लाहीका आम जनताको आवाजलाई  नेतृत्व गरि संघीय संसदमा बलियो उपस्थिति सहित जनतामा साँच्चिकै परिवर्तनको अनुभुति दिलाउने प्रतिबद्धता व्यक्त गर्नुभयो।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..

गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..

2 दिन पहिले

नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन

गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिर..

8 दिन पहिले

बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ ..

महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..

9 दिन पहिले

पानी नपर्दा धान उत्पादन घट्ने चिन्तामा किसान

महोत्तरी, भदौं १७ गते । महोत्तरीको गौशाला नगरपालिकाअन्तर्गतका किसानहरूले लामो समयदेखि पर्याप्त वर्षा नहुँदा यस..

11 दिन पहिले

रसुवाका बाढीपीडितका लागि सम्सी गाउँपालिकाद्वारा १० लाख..

महोत्तरी भदौं ११ गते । रसुवा जिल्लामा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग ..

17 दिन पहिले

रामगोपालपुर नगरपालिकाको १४औँ नगरसभा सम्पन्न, करिब ५० कर..

महोत्तरी, असार ८ गते । महोत्तरीको रामगोपालपुर नगरपालिकाले १४औँ नगरसभा सम्पन्न गर्दै आर्थिक वर्ष २०८३/८४ का लाग..

3 महीना पहिले

रामनवमीकै साइतमा बालेन्द्र शाहको प्रधानमन्त्री शपथ हुद..

काठमाडौँ, चैत ८ गते  रामनवमी को शुभ अवसर पारेर चैत १३ गते देशले नयाँ प्रधानमन्त्री पाउने भएको छ। सो दिन बालेन्द्..

6 महीना पहिले

महोत्तरी–२ मा लक्ष्मण यादवको घरदैलो अभियान तीव्र देखिय..

रोहित यादव  महोत्तरी,फाल्गुन १३ गते  । महोत्तरी निर्वाचन क्षेत्र नम्बर २ अन्तर्गत वडा नम्बर ७, गोरहन्नामा न..

7 महीना पहिले

बाके मरहा साझेदारी वन उपभोक्ता समूहको वार्षिक साधारण सभ..

  निरन्जन कुमार साह  महोत्तरी, फाल्गुन ११ गते । महोत्तरी जिल्लाको लक्ष्मीनिया चौकस्थित कार्यालय परिसरमा बाक..

7 महीना पहिले

नेपाली कम्युनिस्ट पार्टीका युवा उम्मेदवार इन्जिनियर लक..

महोत्तरी, फागुन ११ गते । रोहित यादव  नेपाली कम्युनिस्ट पार्टीका युवा उम्मेदवार इन्जिनियर लक्ष्मण यादवको घरद..

7 महीना पहिले

महोत्तरी क्षेत्र न. ४ मा महेन्द्र कुमार रायलाई श्रीपुरवा..

जितेन्द्र कुशवाहा महोत्तरी, फाल्गुन ९ गते ।   महोत्तरी निर्वाचन क्षेत्र नं. ४ मा महेन्द्र कुमार रायको पक्ष..

7 महीना पहिले