निर्वाचन आयोगले स्वीकृत गरेको विषयमा अदालतले अन्तरिम आदेश गरे जारी

3 वर्ष पहिले प्रकाशित

(2079-05-16 B.S.)

2774 पटक देखिएको

भदौ ,१६ 

मतपेटिका छपाइसम्बन्धी ठेक्कामा अयोग्य भनिएको कम्पनीको बोलपत्र निर्वाचन आयोगले स्वीकृत गरेको विषयमा अदालतले अन्तरिम आदेश दिएको छ । उच्च अदालत पाटनले निर्वाचन आयोगको नाममा बुधवार अल्पकालीन अन्तरिम आदेश जारी गरेको हो ।  मतपेटिकाको बोलपत्र सम्बन्धी कार्य जे जस्तो अवस्थामा छ, सोही अवस्थामा राख्न अल्पकालीन अन्तरिम आदेशमा भनिएको छ । 


मतपेटिका छपाइको ठेक्का प्रक्रियामा सबै मापदण्ड र प्रक्रिया पूरा गरी सहभागी भएका ६ कम्पनीमध्ये एक ‘ग्याविओनेट इन्भारोमेन्ट सोलुसन प्रालि’को तर्फबाट आयोगविरुद्ध दायर मुद्दाको प्रारम्भिक सुनुवाइ गर्दै उच्च अदालत पाटनले आयोगको अल्पकालीन अन्तरिम आदेश जारी गरेको हो । 
न्यायाधीश महेन्द्रनाथ उपाध्यायको एकल इजलासले आयोगका नाममा आदेश जारी गर्दै दुवै पक्षलाई छलफलका लागि भदौ १९ गते बोलाएको छ । सो अवधिसम्मका लागि विपक्षी निर्वाचन आयोगको मतपेटिकाको बोलपत्र सम्बन्धी कार्य हाल जे जस्तो अवस्थामा छ, सोही अवस्थामा यथास्थितिमा राख्न अल्पकालीन अन्तरिम आदेश जारी भएको हो ।  निवेदक कम्पनीको तर्फबाट वरिष्ठ अधिवक्ताहरू सुशील पन्त, शम्भु थापा, सुनिलकुमार पोखरेल, मेघराज पोखरेल, नरेन्द्रप्रसाद गौतम तथा अधिवक्ता भेषराज न्यौपानेले बहस गरेका थिए । 
मतपेटिका छपाइ ठेक्कामा निर्वाचन आयोगले मापदण्डविपरीत अयोग्य कम्पनीलाई छनौट गरेको पाइएको थियो ।

आगामी निर्वाचनका लागि आवश्यक मतपेटिका छपाइका लागि टेन्डर आह्वान गर्दा निर्वाचन आयोग आफैँले बनाएर सार्वजनिक गरेको मापदण्ड तथा शर्तविपरीत योग्यता नै नपुगेको कम्पनीलाई छनौट गरी नाम प्रकाशन गरेको पाइएको हो । 
अयोग्य कम्पनीलाई ठेक्का दिने गरी नाम प्रकाशन भएपछि अन्यायमा परेका बाँकी कम्पनीले विरोध जनाएका छन् । आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि मतदान केन्द्रमा प्रयोग हुने निर्वाचन सामाग्री खरिद गर्न आह्वान भएको बोलपत्रमा २०७९ भदौ १ गते दिनको १२ बजेभित्र दर्ता हुन आएका बोलपत्रहरूमध्ये ‘शशीधर/काविल/ब्रिजटेक जेभी’ नामक कम्पनीले पेस गरेको १४ करोड ९८ लाख ४३ हजार ६५० को मतपेटिका खरिद सम्बन्धी बोलपत्र आयोगको भदौ १३ गतेको  निर्णयानुसार स्वीकृत भएको सूचना आयोगले मङ्गलवार पत्रिकामा प्रकाशित गरेको थियो ।

तर, आयोगले यो कम्पनीको बोलपत्र स्वीकृत गर्दा आफैँले तोकेको मापदण्ड भने ठाडै मिचेको पाइएको हो । आयोगले टेन्डर प्रक्रियामा सहभागी हुने बिडर(कम्पनी)ले मतपेटिका उत्पादन गर्ने कम्पनीबाट गुणस्तर नापजाँच रिपोर्ट अनिवार्य रुपमा पेस गर्नुपर्ने मापदण्ड पनि तोकेको थियो । यस्तै,  १८ करोड १५ लाख रुपैयाँ बराबरको क्रेडिट फ्यासिलिटीको प्रमाण समेत बोलपत्रको साथमै पेस गर्नुपर्ने भनिएको थियो । विभिन्न मापदण्ड र सर्तमध्ये अनिवार्य भनिएका यी दुई मुख्य मापदण्ड नै पूरा नगरेको ‘शशीधर/काविल/ब्रिजटेक जेभी’को बोलपत्रलाई आयोगले स्वीकृत गरेको पाइएको हो । 


आयोगले बनाएको मूल्याङ्कन समितिको प्रतिवेदनले समेत ‘शशीधर/काविल/ब्रिजटेक जेभी’ले महत्वपूर्ण दुई मापदण्ड पूरा नगरेका कारण उल्लेख गर्दै यी सबै मापदण्ड पूरा गर्ने ‘ग्याबिओनेट इन्भाइरोमेन्ट सोलुसन’ नामको कम्पनी सो टेण्डरका लागि उपयुक्त र योग्य रहेको ठहर गरेको थियो । तर, एकाएक आफ्नै मूल्याङ्कन समितिको प्रतिवेदनलाई समेत बेवास्ता गरी रहस्यमय ढंगले ‘शशीधर/काविल/ब्रिजटेक जेभी’लाई टेन्डर दिने काम भएपछि योग्य ठहर भएको ग्याबिओनेट इन्भाइरोमेन्ट सोलुसन असन्तुष्ट हुँदै अदालत पुगेको हो । 


कम्पनीका डाइरेक्टर हेमन्त अग्रवालले मङ्गलवार निर्वाचन आयोग परिसरमै पत्रकार सम्मेलन गरी आयोग आफैँले तोकेको मापदण्ड पूरा नगरेको कम्पनीलाई षड्यन्त्रपूर्वक छनौट गरी आफूहरूलाई मर्कामा पार्ने काम गरेको गुनासो गरेका थिए। 
आयोगले १७ करोड ८७ लाख ५०हजार(मु.अ.करसहित)को स्वीकृत लागत अनुमानका आधारमा टेन्डर आह्वान गरेको थियो ।

त्यसमा हिमालयन ट्रेडिङ विजिनेश कन्सर्न/ एस गार्मेन्ट्स प्रालि जेभी, नेपाल हिमा ट्रेड लिंक प्रालि, केएस इन्टरनेशनल, एस.पी. एड लक्की ए.एस. जेभी, ग्याबिओनेट इन्भाइरोमेन्ट सोलुसन प्रालि र शशीधर/काविल/ब्रिजटेक जेभीले बोलपत्र पेस गरेका थिए । सबैभन्दा महँगो कबोल रकम २० करोड २४ लाखको बोलपत्र नेपाल हिमा ट्रेड लिंक प्रालिले पेस गरेको थियो भने सबैभन्दा कम शशीधर/काविल/ब्रिजटेक जेभीले गरेको थियो । 
सबै हिसाबले योग्य बोलपत्रदाताको रुपमा ठहर भएको ग्याबिओनेटले १४ करोड ५६ लाख ४० हजार रुपैयाँ बराबरको कबोल रकम पेस गरेको थियो । पेस भएका बोलपत्रहरुको विषयमा आयोगको मूल्याङ्कन समितिले प्रतिवेदन नै तयार पारेको समेत भेटिएको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

दुर्गम बस्तीको प्रेरणादायक पहल: गौशालाको सामुदायिक विद..

ममता शर्मामहोत्तरी, जेठ १३ गते दुर्गम क्षेत्रमा पर्छ भन्ने पहिचान बनाइसकेको गौशालाको श्री राष्ट्रिय आधारभूत वि..

8 घन्टा पहिले

महोत्तरीको सम्सी गाउँपालिकामा स्तनपान कक्ष संचालन

निरन्जन कुमार साह, महोत्तरी । महोत्तरीको सम्सी गाउँपालिकामा स्तनपान कक्ष निर्माण गरिएको छ । पालिकाले केहि दिन..

5 दिन पहिले

गौशालामा पुर्व मन्त्री साहद्वारा नयाँ रोडको शिलान्यास

निरन्जन कुमार साह, महोत्तरी । महोत्तरीको गौशालाबजार स्थित महोलिया टोलमा पूर्व मन्त्री साहद्वारा एक नयाँ रोडको श..

6 दिन पहिले

मधेशमा आज पनि वर्षाको सम्भावना

महोत्तरी, ७ जेठ । आज देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ । बिहान देशभर बदली भइ हल्कादेखि मध्यम बर्षा भएको छ । कोश..

7 दिन पहिले

रामजानकी अटो प्रा.लि.द्वारा बजाज साटासाट मेला, विशेष छुट ..

गाैशाला, जेष्ठ ६ गते  महोत्तरीको गौशाला नगरपालिका–५ स्थित गौशाला बजारमा रहेको रामजानकी अटो प्रा.लि.ले बजाज कम..

7 दिन पहिले

गौशालामा नेपाल जन जागृति पार्टीको नगर समिति गठन

निरन्जन कुमार साह, महोत्तरी । नेपाल जन जागृति पार्टीको नगर समिति गठन कार्यक्रम महोत्तरी जिल्लाको गौशालामा सम्पन..

12 दिन पहिले

जनताको विकासका लागि पूर्वमन्त्री साहको अभियान

निरन्जन कुमार साह  गौशाला, महोत्तरी। मधेश प्रदेशका पूर्व अर्थमन्त्री तथा प्रदेशसभा सदस्य भरत प्रसाद साह आर्थि..

28 दिन पहिले

लोसपाको प्रथम नगर अधिवेशन गौशालामा सम्पन्न

निरन्जन कुमार साह गौशाला, बैशाख १३ गते महोत्तरीको गौशालामा लोकतान्त्रिक समाजवादी पार्टी नेपालको प्रथम नगर अधिव..

1 महीना पहिले

भ्रष्टाचार, वेथिति र प्रतिगमनविरुद्ध खबरदारी गर्न सोनम..

निरन्जन कुमार साह महोत्तरी, चैत्र ११ गते नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) द्वारा भ्रष्टाचार, वेथिति र प..

2 महीना पहिले

महोत्तरीमा एमालेको ‘लाल किला’ बनाउने मन्त्री यादवको घो..

महोत्तरी , फाल्गुन ५ गते ।नेपाल कम्युनिष्ट पार्टी (एमाले) को सांगठनिक विस्तारलाई तीव्र बनाउँदै महोत्तरीलाई ‘ला..

3 महीना पहिले

अखिल क्रान्तिकारीको उमेर हद सम्बन्धि चुनाव हुँदै

महोत्तरी , पुष १३ गते अखिल ( क्रान्तिकारी ) को संगठनात्मक संरचना अनुसार भौगोलिक र गैर भौगोलिक गरि  ८६ वटा जिल्ला ..

5 महीना पहिले

गौशालामा पुर्व मन्त्री साहद्वारा नयाँ रोडको शिलान्यास

निरन्जन कुमार साह, महोत्तरी । महोत्तरीको गौशालाबजार स्थ..