पाँच दलीय गठबन्धनको घरदैलो कार्यक्रममा ठुलो र्याली
ममता शर्मा ।
महोत्तरी , कार्तिक २५ गते ।
महोत्तरी क्षेत्र न.१ मा पाँच दलीय गठबन्धनका उम्मेदवारहरुले गौशाला नगरपालिका वडा न.५ स्थित ठुलो संख्यामा घरदैलो कार्यक्रम अन्तर्गत र्याली निकालेका छन् ।

उक्त र्याली गौशाला नगरपालिका वडा न.५ का विभिन्न गल्लिको घरघरमा घरदैलो गर्दै गौशाला बजारको घैला बजारमा कोणसभा गरेका थिए । असोज २३ गते पाँच दलीय गठबन्धनबाट महोत्तरी क्षेत्र न.१ को प्रतिनिधि सभा सदस्यका लागि माओवादी पार्टीबाट गिरिराजमणि पोखरेल , महोत्तरी क्षेत्र न.१ (क) मा लोसपा पार्टीबाट पिताम्बर महतो ,(ख) मा माओवादी पार्टीबाट भरत प्रसाद साहले उम्मेदवारी दिएका छन् । कार्तिक १७ गतेदेखि घर दैलो कार्यक्रम गर्दै शुक्रबार महोत्तरीको गौशाला ५ मा बृहत हजारौको संख्यामा ५ वटै दलका कार्यकर्ता ,जनता सहभागी भएर घर दैलो कार्यक्रम सम्पन्न गरेका छन् ।
कोण सभामा सम्बोधन गर्दै भरत प्रसाद साहले केपी ओली मधेशी जनताको विरोधी रहेको बताएका छन् । “संबिधानमा समेत उल्लेख नरहेको संसद बिघटन गर्ने केपी ओली मधेशी जनताको विरोधी हुन । केपी ओलीले मधेशी नागरिकहरुलाई अनागरिक बनाउने कार्य गरेका छन् । त्यसैले अनागरिकहरुलाई नागरिक बनाउनको लागि पाँच दलीय गठबन्धन अगाडी बढिरहेको छ । त्यसको लागि माओवादी पार्टीलाई जनताले माफ्नो मतदान गर्नु जरुरि छ ।”साहले ‘खबरदार केपी ओली ! भन्दै मधेशी जनता अब आफ्नो अधिकारको पक्षमा सचेत भइसकेका दावी गरेका छन् ।

त्यस्तै प्रतिनिधि सभा सदस्यका उम्मेदवार गिरिराजमणि पोखरेलले स्थिर शासनको लागि गठबन्धनमा भोट दिन जनतालाई आग्रह गरे । मङ्सिर ४ गतेको चुनाव संविधानको रक्षा गर्ने ,जनताको भावनालाई सम्मान गर्ने लडाई भएकोले लोकतन्त्रको रक्षा , संघियताको रक्षा, संबिधानको कार्यान्वयन राष्ट्रियताको जगेर्ना ,जनमतको जगेर्ना गरि जनताको विश्वास आर्जन गर्न लागिपर्ने बताए । उनले भने , “इतिहासका निर्माता जनता हुन् । देशको शक्तिशाली यन्त्र जनता हुन् । हामी जनताको लागि लड्दै छौ ।”उनले मङ्सिर ४ गतेको चुनावमा विजय भए पश्चात नागरिकता विधेयक लागु गर्ने समेत दावी गरे ।


सहारा मल्टीपर्पस को–अपरेटिभ सोसाइटी लिमिटेड, गौशालाको ..
रोहित यादव पुस १७ गते, महोत्तरी महोत्तरी जिल्लाको गौशाला नगरपालिका–५ मा अवस्थित सहारा मल्टीपर्पस को–अपरे..
13 घन्टा पहिले
उखु बेच्न आएका किसानका लागि चिनी मिल ‘पीडाको थलो
महोत्तरी, पुष १६ गते । उखु बिक्रीका लागि देशकै ठूलो चिनी उद्योगमध्ये एक मानिने एभरेस्ट सुगर एन्ड केमिकल इन्डस्..
2 दिन पहिले
गौशालामा सांस्कृतिक खाना प्रदर्शन कार्यक्रम सम्पन्न
भाग्यरेखा ठाकुरमहोत्तरी ,पुष १० गते ।महोत्तरी जिल्लाको गौशाला नगरपालिकामा अवस्थित गौशाला एकेडेमी स्कुलले वि..
7 दिन पहिले
मधेसका आवाज डा. बीरवंश बैठालाई ‘तेस्रो दादासाहेब फाल्के ..
मलङ्वा (सर्लाही) — मधेसको सामाजिक, शैक्षिक तथा मानवअधिकार क्षेत्रमा निरन्तर आवाज उठाउँदै आएका डा. बीर वंश बैठाला..
11 दिन पहिले
गौशालामा दुई भारतीयसहित चार जना लागूऔषधसहित पक्राउ
गौशाला (महोत्तरी) — महोत्तरीको गौशालामा दुई जना भारतीय नागरिकसहित चार जनालाई ठूलो परिमाणको प्रतिबन्धित लागूऔष..
11 दिन पहिले
महत्तरी क्षेत्र नं. ४ बाट प्रचण्ड र भरत प्रसाद साह उम्मेद..
निरन्जन कुमार साह महत्तरी, पुष ७ गते । आउदै गरेको फाल्गुन २१ गतेको प्रतिनिधि सभा सदस्यको निर्वाचनको लागि महोत्तर..
11 दिन पहिले
गौशालामा शहीदहरूको स्मृतिमा दीप प्रज्वलन गर्दै श्रद्धा..
गौशाला, महोत्तरी असोज २४ गते । राष्ट्रिय स्वतन्त्र पार्टी, गौशाला नगर समिति द्वारा शहीदहरूप्रति सम्मान प्रक..
3 महीना पहिले
रामगोपालपुरमा एमाले परित्याग गरि १५ जना माओवादी केन्द्..
गौशाला, साउन २६ गते ।रामगोपालपुर नगरपालिका–८ मा सोमबार नेकपा (एमाले) पार्टी परित्याग गरि १५ जना व्यक्तिहरू मा..
5 महीना पहिले
नेकपा (माओवादी केन्द्र) को महोत्तरी–काठमाडौं सम्पर्क सम..
महोत्तरी , साउन ३ गते । नेकपा (माओवादी केन्द्र) को महोत्तरी–काठमाडौं सम्पर्क समिति गठन गरिएको छ। शनिबार काठमाडौं..
6 महीना पहिले
राजनीतिक हस्तक्षेपले त्रिविको उपकुलपति नियुक्तिमा विव..
काठमाडौं, २६ असार — सरकारले शिक्षाको क्षेत्रमा निष्पक्षता र पारदर्शिता कायम राख्ने दाबी गरिरहेकै बेलामा त्रिभ..
6 महीना पहिले
गौशाला नगरपालिकाको चौधौं नगरसभा सम्पन्न, १ अर्बभन्दा बढ..
ममता शर्मा, महोत्तरी महोत्तरीको गौशाला नगरपालिकाको चौधौं नगरसभा मंगलबार सम्पन्न भएको छ। नगर प्रमुख डा. दिपेन्द्..
6 महीना पहिले
उखु बेच्न आएका किसानका लागि चिनी मिल ‘पीडाको थलो
महोत्तरी, पुष १६ गते । उखु बिक्रीका लागि देशकै ठूलो चिन..
सहारा मल्टीपर्पस को–अपरेटिभ सोसाइटी लिमिटेड, गौशालाको ..
रोहित यादव पुस १७ गते, महोत्तरी महोत्तरी जिल्लाको गौश..
कमेन्ट गर्नुहोस्
view comments