समृद्ध देशको लागि राजनीतिमा महिला नेतृत्व जरुरि : प्रतिनिधि सभा सदस्य उम्मेदवार घिमिरे 

3 वर्ष पहिले प्रकाशित

(2079-07-27 B.S.)

6259 पटक देखिएको

ममता शर्मा ,महोत्तरी 

कार्तिक २७ गते 
महोत्तरीको क्षेत्र न.१ मा राष्ट्रिय प्रजातन्त्र पार्टीबाट प्रतिनिधि सभा सदस्यमा उम्मेदवारी दिएकी पुजा घिमिरेले राजनीतिमा महिलाको नेतृत्व अपरिहार्य रहेको बताएकी छिन । समृद्ध देश सिर्जनाको लागि जति पुरुष नेतृत्व छन् ,महिला नेतृत्व पनि उत्ति नै महत्वपूर्ण हुने उनको भनाई छ । पार्टीले आयोजना गरेको एक कार्यक्रममा  उनले यस्तो बताएकी हुन् ।

महिलाको विकास ,सशक्तीकरणको लागि राजनीतिमा महिला आउनुपर्ने उनले बताइन । आफ्नो अधिकार प्राप्तिको लागि महिलाले राजनीतिमा पाइला टेक्नैपर्छ, उनले भनिन् , "देश विकासको मूल आधार राजनीति हो । आफ्ना छोरी चेलीलाई राजनेता बन्ने ठाउँसम्म पुग्ने वा पुर्याउने कल्पनासम्म पनि गर्न गाह्रो मान्ने गहिरो जरा गाडिएको हाम्रो पुरुष प्रधान मुलुकमा महिला अगाडि बढ्नु जरुरि छ।"

‘म महिला हु ,कमजोर छु ,म गर्न सक्दिन भन्ने भावना परिवर्तन गरेर इतिहास रच्ने समय हाम्रो यहि रहेको उनको भनाई छ ।

समाजको डर ,परिवारको डर तथा अन्य डरको सामना गरेर महिला बढ्न नसकेमा महिला हिंसा कहिल्यै पनि नियन्त्रण हुन नसक्ने उनको भनाइ छ । उनले भनिन् , "कतिपय अवस्थामा राजनीतिक-सामाजिक जीवन र परिवारमध्ये एउटालाई मात्र रोजेर अगाडि जानुपर्ने विविध बाध्यात्मक परिस्थिति आइलाग्छ र यी दुबैमध्ये धेरैले राजनीतिक यात्रालाई बीच बाटोमा नै छोड्न बाध्य पारिएका उदाहरण हाम्रा अगाडि प्रशस्तै भेटिन्छन् । तर हामीले अहिले उभिने प्रयास गरेनौ भने समाजको कहाली लाग्दो सोचलाई परिवर्तन गर्न सक्दिनौ । महिलाले अब आफुभित्रको जागरुकता प्रष्फुटन गर्नुपर्छ ।  किनभने महिलाको सहभागिता नारामा मात्र सकारात्मक भएर पुग्दैन । समाजको महिलाप्रति हेर्ने दृष्टिकोण सकारात्मक गर्नको लागि तल्लो पददेखि माथिल्लो पद सम्म हरेक क्षेत्र महिलाको सहभागिता आवश्यक छ ।"

‘राजनीतिमै जीवन समर्पण गर्छु र देश र समाजको सेवा गर्छु’ भन्ने पवित्र उद्देश्य लिएर आफु घरबाहिर निस्केको पुजा घिमिरेको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मोबाइल हस्पिटल एण्ड रुपेश मोबाइल पसल नयाँ भवनबाट सञ्चाल..

रोहित यादव गौशाला, फागुन १ गते । गौशाला बजारमा सञ्चालन हुँदै आएको ‘मोबाइल हस्पिटल एण्ड रुपेश मोबाइल पसल’ अब ..

19 घन्टा पहिले

महोत्तरीमा रामभजन मण्डल र लालबिहारी साह नेपाली कम्युनि..

महोत्तरी, फागुन १ गते ।नेपाली कम्युनिस्ट पार्टी महोत्तरी निर्वाचन क्षेत्र नं. ४ अन्तर्गत मनरा सिस्वा नगरपालिक..

19 घन्टा पहिले

खाएर होइन, विकास गर्नेको पहिचान गरी भोट दिन आग्रह  

  महोत्तरी, माघ २९ गते । जनमत पार्टीका नेता देवेन्द्र साहले खाएर होइन, विकास गर्ने सक्षम उम्मेदवारको पहिचान गर..

2 दिन पहिले

गौशालामा इन्जिनियरिङ क्याम्पसको नव निर्मित भवन उद्घाटन

जितेन्द्र कुशवाहा महोत्तरी, माघ २८ गते । गौशाला नगरपालिका वडा नं. १, सुर्तिविकास स्थित गौशाला इन्जिनियरिङ क्याम्..

3 दिन पहिले

मधेसमा मधेसकेन्द्रित दल नै रक्षात्मक

महोत्तरी, माघ २६ गते । मधेस प्रदेशका विभिन्न क्षेत्रमा उम्मेदवार बनेका मधेसकेन्द्रित दलका नेता : उपेन्द्र यादव..

5 दिन पहिले

महोत्तरीमा रामभजन मण्डल र लालबिहारी साह नेपाली कम्युनि..

महोत्तरी, फागुन १ गते ।नेपाली कम्युनिस्ट पार्टी महोत्तरी निर्वाचन क्षेत्र नं. ४ अन्तर्गत मनरा सिस्वा नगरपालिक..

19 घन्टा पहिले

खाएर होइन, विकास गर्नेको पहिचान गरी भोट दिन आग्रह  

  महोत्तरी, माघ २९ गते । जनमत पार्टीका नेता देवेन्द्र साहले खाएर होइन, विकास गर्ने सक्षम उम्मेदवारको पहिचान गर..

2 दिन पहिले

मधेसमा मधेसकेन्द्रित दल नै रक्षात्मक

महोत्तरी, माघ २६ गते । मधेस प्रदेशका विभिन्न क्षेत्रमा उम्मेदवार बनेका मधेसकेन्द्रित दलका नेता : उपेन्द्र यादव..

5 दिन पहिले

जनमत पार्टीका सबैभन्दा कान्छा उम्मेदवार महतो घरदैलो अभ..

महोत्तरी,माघ २६ गते । जनमत पार्टीका सबैभन्दा कान्छा उम्मेदवार बिरेन्द्र महतोले गौशाला नगरपालिका वडा नं. १२ मा ..

5 दिन पहिले

 “सत्ताका लागि होइन, जनताको हकका लागि राजनीति” – जनादेश प..

निरन्जन कुमार साह महोत्तरी ,माघ २४ गते जनादेश पार्टी नेपालले आज महोत्तरीमा  पत्रकार सम्मेलनमा पार्टीका अध्यक्..

7 दिन पहिले

महत्तरी क्षेत्र नं. ४ बाट प्रचण्ड र भरत प्रसाद साह उम्मेद..

निरन्जन कुमार साह महत्तरी, पुष ७ गते । आउदै गरेको फाल्गुन २१ गतेको प्रतिनिधि सभा सदस्यको निर्वाचनको लागि महोत्तर..

2 महीना पहिले

खाएर होइन, विकास गर्नेको पहिचान गरी भोट दिन आग्रह  

  महोत्तरी, माघ २९ गते । जनमत पार्टीका नेता देवेन्द्र ..

जनमत पार्टीका सबैभन्दा कान्छा उम्मेदवार महतो घरदैलो अभ..

महोत्तरी,माघ २६ गते । जनमत पार्टीका सबैभन्दा कान्छा उम..