ढकिया ( मुजेलि ) छापमा मतदान गर्न नागरिक उन्मुक्ति पार्टी बाराका अध्यक्ष रामचन्द्र चौधरीले गरे आग्रह

3 वर्ष पहिले प्रकाशित

(2079-08-01 B.S.)

3453 पटक देखिएको

उपेन्द्र पासवान

मंसिर १ 

नागरिक उन्मुक्ति पार्टीका जिल्ला अध्यक्ष रामचन्द्र चौधरीले ढकिया( मुजेलि) छापमा सम्पुर्ण मतदाताहरुलाई  मतदान गर्न आग्रह गर्नु भएको छ ।

नवगठित नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रेशम चौधरीको पत्नी रन्जिता श्रेष्ठ हुन।  उनी यसपटक कैलाली–१ बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार छिन् । २०७४ सालमा रेशम चौधरीले शानदार जित हासिल गरेको यो क्षेत्रमा यसपटक  रेशम चौधरीको पत्नी रन्जिताले स्थापित दलहरूलाई चुनौती दिएकी छन। संविधानसभाबाट नयाँ संविधान आउनुअघि सुदूरपश्चिमी तराईका आदिवासी थारू समुदाय पहिचान सहितको संघीयताका लागि आन्दोलन गरिरहेका थिए।

त्यसको विरोधमा ‘अखण्ड सुदूरपश्चिम’ आन्दोलन पनि चर्कियो । त्यसैक्रममा २०७२ साल भदौ ७ गतेमा टीकापुरमा ७ जना सुरक्षाकर्मी र एक नाबालकको ज्यान जाने गरी हिंसात्मक घटना घट्यो । उक्त घटनाको दोषी भन्दै सरकारले मुद्दा दायर गरेपछि रेशम चौधरी भूमिगत भए । भूमिगत अवस्थामै कैलाली–१ बाट २०७४ को प्रतिनिधिसभा निर्वाचन लडेका उनी अत्यधिक मतले विजयी बने । त्यसबेला उनले ३४ हजार ३४१ मत पाउँदा नेकपा (एमाले)की मदनकुमारी शाह १३ हजार ३०४ मतका साथ निकटतम प्रतिद्वन्द्वी बनेकी थिइन् ।

चौधरीको त्यो विजयलाई कतिपयले थारू समुदायमाथि राज्यसत्ताले गरेको ज्यादती विरुद्धको प्रतिक्रियाको रूपमा अथ्र्याएका थिए । जिल्ला अदालत र उच्च अदालतले टीकापुर घटनामा दोषी ठहर गरेपछि  रेशम चौधरी संसद जान भने पाएनन् ।

अन्ततः प्रहरी सम्पर्कमा आएका उनलाई जेल चलान गरेर त्यहीं प्रतिनिधिसभा सदस्यको शपथ खुवाइयो । चौधरीको पुनरावेदन सर्वोच्च अदालतमा विचाराधीन छ । मुद्दा नटुंगिएकाले पार्टी अध्यक्ष वा उम्मेदवार बन्न पाएन ।  २०७८ पुसमा दर्ता भएको नागरिक उन्मुक्ति पार्टीको अध्यक्ष र  रेशम चौधरी को पत्नी अहिले कैलाली–१ बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार रन्जिता श्रेष्ठ छन । रेशम चौधरी लाई सरकारले षड्यन्त्र गरि झुठो मुदामा फसाइएको छ ।बारा अध्यक्ष रामचन्द्र चौधरीले जानकारी गराउनु भयो ।

रेशम चौधरीलाई जेलबाट निकाल्न  न्याय र देश विकास रोजगारी, शिक्षा, स्वास्थ,  संचार  तथा यातायात विकासको लागि यसपाली सम्पुर्ण मातदाताहरुलाई ढकिया ( मुजेलि ) छापमा मतदान गर्न  बारा जिल्ला अध्यक्ष र मधेस प्रदेशको प्रदेश सदस्य पदको  समानुपातिक उमेदवार रामचन्द्र चौधरीले आग्रह गर्नु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

गौशालामा सांस्कृतिक खाना प्रदर्शन कार्यक्रम सम्पन्न

भाग्यरेखा ठाकुरमहोत्तरी ,पुष १० गते ।महोत्तरी जिल्लाको गौशाला नगरपालिकामा अवस्थित गौशाला एकेडेमी स्कुलले वि..

4 दिन पहिले

मधेसका आवाज डा. बीरवंश बैठालाई ‘तेस्रो दादासाहेब फाल्के ..

मलङ्वा (सर्लाही) — मधेसको सामाजिक, शैक्षिक तथा मानवअधिकार क्षेत्रमा निरन्तर आवाज उठाउँदै आएका डा. बीर वंश बैठाला..

7 दिन पहिले

गौशालामा दुई भारतीयसहित चार जना लागूऔषधसहित पक्राउ

गौशाला (महोत्तरी) — महोत्तरीको गौशालामा दुई जना भारतीय नागरिकसहित चार जनालाई ठूलो परिमाणको प्रतिबन्धित लागूऔष..

7 दिन पहिले

महत्तरी क्षेत्र नं. ४ बाट प्रचण्ड र भरत प्रसाद साह उम्मेद..

निरन्जन कुमार साह महत्तरी, पुष ७ गते । आउदै गरेको फाल्गुन २१ गतेको प्रतिनिधि सभा सदस्यको निर्वाचनको लागि महोत्तर..

7 दिन पहिले

सामुदायिक रेडियो अझै पनि विश्वसनीय सञ्चार माध्यम हो : मु..

निरन्जन कुमार साह, महोत्तरी । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले रेडियो वर्तमान समयमा पनि ज..

8 दिन पहिले

महत्तरी क्षेत्र नं. ४ बाट प्रचण्ड र भरत प्रसाद साह उम्मेद..

निरन्जन कुमार साह महत्तरी, पुष ७ गते । आउदै गरेको फाल्गुन २१ गतेको प्रतिनिधि सभा सदस्यको निर्वाचनको लागि महोत्तर..

7 दिन पहिले

गौशालामा शहीदहरूको स्मृतिमा दीप प्रज्वलन गर्दै श्रद्धा..

गौशाला, महोत्तरी  असोज २४ गते । राष्ट्रिय स्वतन्त्र पार्टी, गौशाला नगर समिति द्वारा शहीदहरूप्रति सम्मान प्रक..

3 महीना पहिले

रामगोपालपुरमा एमाले परित्याग गरि १५ जना माओवादी केन्द्..

गौशाला, साउन २६ गते ।रामगोपालपुर नगरपालिका–८ मा सोमबार नेकपा (एमाले) पार्टी परित्याग गरि  १५ जना व्यक्तिहरू मा..

5 महीना पहिले

नेकपा (माओवादी केन्द्र) को महोत्तरी–काठमाडौं सम्पर्क सम..

महोत्तरी , साउन ३ गते । नेकपा (माओवादी केन्द्र) को महोत्तरी–काठमाडौं सम्पर्क समिति गठन गरिएको छ। शनिबार काठमाडौं..

5 महीना पहिले

राजनीतिक हस्तक्षेपले त्रिविको उपकुलपति नियुक्तिमा विव..

काठमाडौं, २६ असार — सरकारले शिक्षाको क्षेत्रमा निष्पक्षता र पारदर्शिता कायम राख्ने दाबी गरिरहेकै बेलामा त्रिभ..

6 महीना पहिले

गौशाला नगरपालिकाको चौधौं नगरसभा सम्पन्न, १ अर्बभन्दा बढ..

ममता शर्मा, महोत्तरी महोत्तरीको गौशाला नगरपालिकाको चौधौं नगरसभा मंगलबार सम्पन्न भएको छ। नगर प्रमुख डा. दिपेन्द्..

6 महीना पहिले